विश्व स्वास्थ्य संगठनको रिपोर्टले भन्छ, ‘प्रत्येक वर्ष औसत १ दशमलव ४ करोड व्यक्तिमा क्यान्सर देखिन्छ ।’ यो विश्वको तथ्यांक हो । नेपालमा पनि यसको तथ्यांक भयावह छ । र, यसरी क्यान्सर हुनुमा खराब जीवनशैली, मोटोपनका साथै सुर्तीजन्य पदार्थको सेवन मूल कारण मानिएको छ ।

नेपालमा वर्षेनी ५० हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । ५० प्रतिशत मामलामा खराब जीवनशैली, मोटोपना ताथ सुर्तीजन्य पदार्थका कारण क्यान्सर हुने गर्छ । सुर्तीजन्य पदार्थ सेवनका कारण मुख तथा घाँटीको क्यान्सर हुने गर्छ । अहिले यस्तै प्रकृतिका क्यान्सर रोगी बढिरहेका छन् ।

के हो घाँटीको क्यान्सर ?

जब शरीरको कोषिका असामान्य रुपमा फैलिन थाल्छ, तब क्यान्सर हुने गर्छ । क्यान्सर शरीरको विभिन्न अंगमा हुने गर्छ । जसमध्ये एक घाँटीको क्यान्सर पनि हो । घाँटीको क्यान्सर आवाज, भोकल कर्ड तथा मुखको विभिन्न भागमा हुने गर्छ ।

घाँटीको क्यान्सर दुई प्रकारको हुन्छ, फेरनजील क्यान्सर र लरेन्जियल क्यान्सर । फेरनजील क्यान्सर फेरनक्समा हुन्छ । फेरनक्स एक प्रकारको खाली नली हो, जसले अन्न नलीलाई नाक र मुखसित जोड्छ । जबकी लरेन्जियल क्यान्सर लेरीनक्स -स्वरग्रन्थि वा भ्वाइस वक्स)मा हुन्छ ।

कसलाई हुन्छ ?

पहिले पहिले उमेर पुगेका मानिसलाई मात्र घाँटीको क्यान्सर हुन्थ्यो । अहिले २०-२५ वर्षका मानिसहरुलाई पनि मुख तथा घाँटीको क्यान्सर हुने गरेको छ । त्यसो त ४०-५० वर्ष उमेर समूहका मानिस यसको शिकार धेरै हुने गरेका छन् । सामान्यतया मानिसहरुले मुखको समस्यालाई नजरअन्दाज गर्छन् । जसले गर्दा उनीहरुमा यो क्यान्सर खतरनाक हुने गर्छ ।

कसरी थाहा पाउने ?

घाँटीको क्यान्सरको खासै लक्षण देखिदैन । र, यो प्रारम्भिक चरणमा भएमा यसको लक्षण शारीरक निदानबाट पनि पत्ता लगाउन सकिदैन । घाँटीको टिस्यूमा हुने जलन तथा घाँटीमा गाँठो हुनु यस क्यान्सरको एक मात्र संकेत हुन्छ ।

घाँटीको क्यान्सर भएमा यसको लक्षण रुघाखोकीको भन्दा खासै फरक हुँदैन । जसको कारण व्यक्ति भ्रमित हुने गर्छन् । त्यसैले , लामो समयसम्म यस्तो लक्षण देखिएमा तुरुन्तै चिकित्सकसित सम्पर्क गर्नुपर्छ ।

किनकी, लक्षण देखिएको अवस्थामा पनि यसको लक्षण व्यक्तिपिच्छे फरक हुनसक्छ । यसको लक्षण व्यक्तिको अवस्था, रोगको चरण तथा रोगको प्रकार अनुसार पनि फरक हुने गर्छ ।

त्यसैले पनि, यी मध्य कुनै एक वा अधिक लक्षण देखिएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ ।

-आवाज बदलिए वा भारी भएमा

-घाँटीमा खसखस भएमा

-दाँत दुखेमा वा गिजा सुन्निएमा

-घाँटीमा गाँठो महसुस हुनु

-मुखबाट खून निस्कनु

-निद्रा नलाग्नु

-थकान महसुस हुनु

-खाना चपाउन समस्या हुनु

-मुख भित्र रातो हुनु, सेतो वा गहिरो रङ्गको दाग देखिने

-सासबाट दुर्गन्ध महसुस हुने,

-कानमा अकारण दुख्ने

-कफ आउनु तथा खकारमा रगत देखिनु

-लगातार तौल कम हुनु

किन हुन्छ ?

धुमपान वा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुमा घाँटीको क्यान्सर हुने सम्भावना उच्च हुन्छ । धुमपानको अप्रत्यक्ष सम्पर्कमा आउनेहरुमा घाँटीको क्यान्सरको जोखिम उच्च हुन्छ ।

महिलाहरुमा पनि यसको लक्षण देखिने गर्छ । सुर्तीजन्य पर्दाथको सेवनले स्वास नलीको कार्य प्रणालीमा विपरी प्रभाव पर्दछ । जसले गर्दा क्यान्सरको खतरा उच्च हुने गर्छ ।

मदिराको साथमा धुमपान गर्नेहरुमा पनि मुखको क्यान्सरको खतरा उच्च हुने गर्छ । यसबाहेक, धुलोधुवा , प्रदुषण, काठको धुलो वा केमिकल्स डस्टका कारण पनि घाँटीको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

सल्फर डाइअक्साइड, क्रोमियम तथा आर्सेनिकले पनि घाँटीको क्यान्सरको जाखिम उच्च हुने गर्छ । पछिल्लो केही वर्षहरुमा धुमपान नगर्ने व्यक्तिहरुमा पनि मुख तथा घाँटीको क्यान्सरको लक्षण देखिएको छ ।

सुर्ती बाहेक दाँतको उचित हेरचाह नगर्नुले पनि भविष्यमा यो समस्या निम्तिन सक्छ । त्यस्तै, भिटामिन ‘ए’ को कमी पनि यसको कारण हुनसक्छ । यसबाहेक, घाँटीको क्यान्सर हुनुमा अणुवंशिक कारण पनि प्रमुख हुन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

टन्सिल के हाे ? यसकाे कारण, लक्षण र  घरायसी उपचार बिधि गर्न सिक्नुहोस्

टन्सिल भनेको घाँटीको माथिल्लो भागमा रहेको टन्सिल नामको ग्रन्थी सुन्निने, रातो तथा तातो हुने (इन्फ्लामेसन) समस्या हो। यो एक प्रकारको गला सुन्निने समस्या (फ्यारिन्जाइटिस) हो।

टन्सिल भयो भनेर डक्डरकोमा हतारिएर जानु पर्छ भन्ने छैन । पहिले घरमा उपलब्ध सामग्री प्रयोग गर्दा राम्रो हुन्छ किनकि घरकै सामग्रीले पनि निको हुन्छ टन्सिल ।

यदी वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदी टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नु हुन्छ ।

टन्सिल भयो भने यसो गर्ने ? जान्नुहोस

तातो पानीले कुल्ला गर्ने

टन्सिल हुँदा तातो पानीले कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । पानीलाई मनतातो बनाएर त्यसमा अलिकति नून हाल्ने ।

र, त्यसले दिनमा तीन-चार पल्ट कुल्ला गरौं । नूनिलो पानीले कुल्ला गर्दा टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ ।

बेसार पानी खाने

बेसारले भित्री संक्रमणबाट बचाउन प्रभावकारी काम गर्छ । यो प्राकृतिक एन्टिबायोटिक्स नै हो । बेसार शुद्ध चाहि हुनुपर्छ । शुद्ध किन भनिएको भने, अहिले बजारमा पाइने बेसारमा अनेक मिश्रण हुन्छ । त्यसैले गाउँघरको बेसार प्रयोग गरौं ।

बेसारलाई तातो पानीमा घोल्ने र त्यसले कुल्ला गर्ने वा खाने गरौं । यसले प्रभावकारी काम गर्छ ।

तुलसी चपाउने

तुलसी बहुगुणी वनस्पती हो । टन्सिल भएको अवस्थामा तुलसी चपाउनुपर्छ, राहत मिल्छ । साथै यसलाई पानीमा उमालेर पनि पिउन सकिन्छ । पानी पिइसकेपछि बाँकी रहेको पात पनि चपाउनुपर्छ ।

मह र दालचिनी

दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले यी दुवै टन्सिलमा फाइदाजनक हुन्छन् । यसका लािग अलिकति दालचिनी पिस्नुस ।

त्यसपछि दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरौं । यसबाट दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ ।

हर्बल चिया

हर्बल चिया पिउँदा पनि टन्सिलको समस्याबाट छिट्टै छुट्कारा पाउन सकिन्छ । टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ ।

यसले गर्दा घाँटी सुन्नि कम हुन्छ र दुखाई पनि ठिक हुन्छ । हर्बल चिया बनाउनका लागि ग्रीन टीमा ल्वाङ, अलैंची र दालचीनी मिलाएर पिउन सकिन्छ । यसका साथै अदूवा र महयुक्त चिया पनि टन्सिलको उपचारमा प्रभावकारी हुन सक्छ ।

लसुन या ल्वाङको प्रयोग

टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।

हरेक दिन मनतातो पानीमा नुन राखेर या नन अल्कोहलिक माउथवास राखेर मुख कुला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुला गर्दा थप फाइदा हुन्छ ।

चूक अमिलोको प्रयोग

चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकल बजारमा सहज रुपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नु हुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ ताथ यी विरामी हुनबाट जोगाउँछ ।

अत्याधिक पानी

टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ । सूप, जूूस तथा अन्य पेय पर्दाको प्रयोग बढी गर्नु आवश्यक छ । पानी पिउँदा गला चिसो रहन्छ । तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरुपमा त्याग्नु पर्छ ।

चिकेन सुप

चिकन सूपमा सोडियमको मात्रा धेरै हुन्छ । यो सू्रपमा कयौं पोषक तत्वपनि पाइन्छ । टन्सिल भए खाना खानसकिँदैन । जसका कारण शरीरमा भएको पोषक तत्वको कमीलाई चिकेन सुपले पुरा गर्छ ।

लसुन या ल्वाङ

टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।

टन्सिल भयो भने यसो कहिले नगर्नुहोस्

टन्सिलको समस्या प्राय औधि चिसो वा गर्मी चिज खानाले हुन्छ । त्यसैले टन्सिल भएको छ भने चिसो कुरा खान बन्द गरौं । यस्ता फल र आहारबाट बच्नुस जुन पेटभित्र गएपछि चिसो हुन्छ ।

यसका अलावा अत्यधिक तेल, मसला र खुर्सानीवाला खानाबाट पनि टाढै रहनुपर्छ ।

टन्सिलको लक्षण

घाँटी दुख्ने

ज्वरो आउने

टन्सिल बढ्दै जाने

निल्न गाह्रो हुने तथा घाँटी वरपरका लिम्फ नोडहरू बढ्ने

थुक निल्न पनि गाह्रो हुने

ज्वरो आउने – टाउको दुख्ने

टन्सिलमा पिप देखिने

खाना खान मन नलाग्ने

आलस्य हुने

घाँटीको ग्रन्थीहरू सुन्निने

वान्ता हुने

पेट दुख्ने

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि