चाहे अग्ला होस् वा पुड्को । चाहे मोटो हुन् वा दुब्लो । शरीरका विविधतालाई हामीले स्विकार्नुपर्छ । यी प्राकृतिक हुन् । र, प्रकृतिका हरेक रचना आफैमा सुन्दर हुन्छन् । त्यसैले हाम्रो शरीर जस्तोसुकै भएपनि त्यो आफैमा सुन्दर हुन्छ ।

हामीले आफ्नो शरीर मोटो भयो वा दुब्लो भयो भनेर गुनासो गरिरहनुको कुनै तुक छैन । किनभने कतिपय प्राकृतिक कुरा बदल्ने सामथ्र्य हामीसँग हुन्न । भलै, व्यायाम गरेर वा खानपान कटौती गरेर शरीरलाई स्लिम बनाउन सकिएला । केही उपचार विधीबाट आफ्नो प्राकृतिक उचाई केही बढाउन सकिएला । तर, यी नै पर्याप्त होइनन् ।

यद्यपी जस्तोसुकै भएपनि स्वस्थ्य र तन्दुरुस्त हुन जरुरी छ ।

स्वस्थ्य, तन्दुरुस्त भए जस्तो पनि ज्यान आकर्षक देखिन्छ । बरु यसका लागि हामीले आफ्नो दिनचर्या र खानपानमा ध्यान दिनुपर्छ । भनिन्छ नि, जस्तो खाइन्छ शरीर उस्तै हुने हो ।

यहाँ हामीले शरीरको बनौट अनुसार कस्तो आहार सेवन गर्ने भन्ने काइदा पेश गरेका छौं । किनभने हरेक शरीरले बेग्लाबेग्लै किसिमले फ्याट -बोसो) संग्रहीत गर्छ, जसले गर्दा व्यक्ति अनुसार शरीरिक बनावट पनि फरक हुने गर्छ । त्यो फ्याट पनि कसैको पेटमा त कसैको हिपमा तथा कसैको थाईमा जम्मा हुने गर्छ । परिणामस्वरुप, हामीलाई शरीरमा लागेको बोसो घटाउन हम्मे हम्मे पर्छ ।

त्यसैले, शरीरको वजन कम गर्न सबैभन्दा पहिले त आˆनो शारीरिक बनावट कस्तो छ भनेर जान्न नै आवश्यक छ । जब शरीरको बनावट अनुसार खानपान गर्न थालिन्छ, शरीरको वजन स्वतः कम हुन थाल्दछ ।

चारपाटे आकार (रेक्ट्यांगल आहार)

चारपाटे शरीरको विशेषता भनेकै कसिलो हिप र छरितो कम्मर हो । यस्ता शरीरिक बनावट भएका व्यक्तिको कुम र हिपको आकार लगभग एउटै आकारको हुन्छ । शरीरको माथिल्लो भागमा केही तौल बढेपनि छाती तथा कुममा धेरै बोसो लाग्छ । त्यसैले, यस्ता व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ । किनकी यस्ता व्यक्तिलाई नुनिलो खानेकुरा, फास्टफुड तथा मदिरामा विशेष रुची हुन्छ ।

यस्ता व्यक्तिले आˆनो तौललाई नियन्त्रित राख्न पनि एभोकार्डो, बदाम, साल्माने माछा तथा विरुवामा आधारित खानपान गर्नुपर्छ । याद राख्नुहोस्, मान्छे कति दुख्लो छ यसले फरक पार्दैन, तर खानपान भने स्वस्थकर हुनैपर्छ । साथै, फास्ट फुड तथा गुलियो खानेकुराको सेवन कम गर्नुपर्छ ।

स्याउ आकारको शरीर

यदी कसैको शरीर स्याउ आकार छ भने त्यस्ता व्यक्तिको शरीर पेटमा बोसो जम्मा हुन्छ । जबकी हात तथा खुट्टामा कम वोसो अभावमा पातलो हुने गर्छ । जसले गर्दा यस्ता व्यक्ति विभिन्न रोगको उच्च जोखिममा पर्छन् । यस्ता व्यक्तिलाई स्टार्च बढी भएको, गुलियो खान मन पर्छ भने डाइड सोडा तथा कैफिनमा यिनीहरुको विशेष रुची हुन्छ ।

यस्ता व्यक्ति शरीरको वजन कम गर्न थोरै थोरै तर धेरै पटक खाना खानु पर्छ । अर्थात दिनमा छ पटक सम्म खानुपर्छ तर कम परिणाममा खानुपर्छ ।

खानामा फाइबरयुक्त खानेकुरा, फलफूल, तरकारी, भिटामिन ‘सी’, प्रोटिन तथा लो फ्याट डेयरी प्रोडक्टस् सेवन गर्नुपर्छ । दही नै खाएपनि खाना पचाउनका लागि कम फ्याटयुक्त दही खानु पर्छ । पेटमा ग्यास तथा इन्फ्लेमेशनको समस्या निम्त्याउने फास्ट फूड, ब्रेड तथा केही सब्जी लगायतका खानेकुरा परेज गर्नुपर्छ ।

नासपाती आकार

नासपाती आकारको शरीरिक बनावट भएको व्यक्तिको हिप तथा थाई वरिपरि मासु लाग्ने गर्छ । यस्ता व्यक्तिको शरीरको माथिल्लो भाग सानो हुन्छ जसकी तल्लो भाग विशेषगरी हिप ठूलो हुन्छ । र, यस्ता व्यक्तिको हिप तथा थाई वरिपरि बोसो लाग्ने सम्भावना पनि उच्च हुन्छ । यसबाहेक, पाखुरा तथा छातीमा पनि उनीहरुको वजन बढ्छ । यस्ता व्यक्तिलाई तौल घटाउन अलि बढी समस्या हुने भएकोले उनीहरुलाई तनाव हुनसक्छ । किनकी यस्ता व्यक्तिमा चाहिने ठाउको भन्दा अन्य भागको वोसो छिटै घट्ने गर्छ ।

त्यसैले, नासपाती जस्तो शारीरिक बनावट भएका व्यक्तिले मासु, माछा, अण्डा, डेरी प्रोडक्टस् तथा हाई प्रोटिन खानेकुरा बढी खानु पर्छ ।

तरबुजा, भुईकटहर लगायतका फलफूल पनि यस्ता व्यक्तिको लागि राम्रो मानिन्छ किनकी यसले शरीरको विषाक्तलाई हटाएर शरीरलाई सफा राख्न मद्दत गर्छ । यसलाई ग्रीन टी वा हर्वल टी सित मिसाएर खानु राम्रो हुन्छ ।

नुन लगायत उच्च सोडियमयुक्त खानेकुरा कम खानुपर्छ । पाउरोटी, नुडल्स, भात जस्ता खानेकुराबाट टाढा बस्नुपर्छ । साबुत अनाजको सेवन गर्नुपर्छ । चीज ता कि्रम, तोफू, मदिरा , कैफिनलाई आˆनो आहारबाट हटाउनु पर्छ ।

हावरग्लास आकार

हावरग्लास आकारको शरीर सबैभन्दा चाहनामा पर्छ । यो आकारको शारीरिक बनावट भएका व्यक्तिले समान रुपमा बजन बढाउँछ र मांपसेशीको कमी हुन्छ । यस्तो आकार भएका व्यक्तिको रगतमा चिनीको मात्रा उच्च हुने सम्भावना अत्याधिक हुन्छ ।

त्यसैले, यस्ता व्यक्तिहरुलाई लो ग्लाईसेमिक इन्डेक्सयुक्त खानेकुरा खान सल्लाह दिइने गरिन्छ । र, दिनमा पाँच देखि छ पटक देखि थोरै थोरै मात्रामा खानेकुरा खाने सल्लाह दिइने गरिन्छ । यस्ता व्यक्तिले ताजा फलफूल तथा साजसब्जी धेरै खानुपर्छ । र, कम प्रोटिनबाट स्वस्थकर फ्याट लिने प्रयास गर्नु पर्छ ।

यसबाहेक, पाउरोटी, नुडल्स, भात लगायतमा रिफाइन्ड खानेकुरा कम खानुपर्छ । यसको सट्टा पूर्ण खाद्य पदार्थ सेवन गर्न सकिन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

तौल नियन्त्रणका साथै शरीरलाई सही सेपमा ढाल्न र स्वास्थ्य रहन जुसको सेवन, जानिराखाैँ

ताजा जुसको सेवन स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । जुसले पाचन यन्त्रलाई सहज बनाउने मात्र होइन, पोषण पनि दिन्छ । फल, सब्जी आदिको जुस बनाइन्छ ।

बजारमा उपलब्ध प्याकेटको जुस भने त्यती लाभदायक नहुने बताइन्छ । संभव भएसम्म ताजा फलफूलको जुस सेवन गर्नुपर्छ । यसले स्वास्थ्यमा राम्रो फाइदा त गर्छ, तर यसका लागि केही सावधानी भने अपनाउनुपर्छ ।

खासगरी तौल कम गर्नका लागि जुस निकै प्रभावकारी हुन्छ । साथै शरीरलाई सही सेपमा ढाल्नका लागि यसले सहयोग गर्छ । अन्य ठोस पदार्थ अर्थात खानेकुरा भने नियन्त्रण गर्नुपर्छ ।

त्यसो त शरीरको शुद्धिकरणका लागि पनि हामी दिनभर जुस सेवन गर्न सक्र्छौं । खानेकुराको बदलामा जुस सेवन गर्न सकिन्छ । यद्यपी यसका लागि निश्चित तालिका हुनुपर्छ । र, भिन्न भिन्नै फलफूल एवं सब्जीको जुस सेवन गर्नुपर्छ ।

यस किसिमको खानपान तालिका अनुसर गर्नुअघि पोषणविद्सँग भने सल्लाह गर्नैपर्छ । अतः यसरी अन्य खानेकुरा छाडेर जुस मात्र सेवन गरिरहँदा शरीरमा के असर गर्छ त ?

वाटर वेट कम हुन्छ ।

मेटाबोलिज्म धिमा हुनसक्छ ।

उर्जा कम हुनसक्छ ।

पेटलाई आरम मिल्छ ।

भोक कम गर्छ ।

वाटर वेट कम हुन्छ

हाम्रो मांसपेशीमा ग्लाइकोजेनका साथ धेरै मात्रामा पानी स्टोर हुन्छ जसलाई वाटर वेट भनिन्छ ।

मेटाबोलिज्म धीमा हुनसक्छ

जब हामी खाद्य पदार्थ सेवन गर्दैनौ हाम्रो शरीरमा पर्याप्त उर्जा मिल्दैन । त्यही कारण मेटाबोलिज्म धिमा हुनसक्छ । जुन क्लिन्ज तौल नियन्त्रण गर्नमा सहयागी हुन्छ तर लामो समयसम्म त्यसको पालना गर्दा हानिकारक हुनसक्छ ।

उर्जा कम हुन्छ

जब हामी फल र सब्जीको जुस सेवन गर्छौं, तब हाम्रो आहारमा क्यालोरी कम हुन्छ । यसले गर्दा शरीरमा पर्याप्त उर्जा मिल्दैन । थकान महसुष हुन्छ ।

पेटलाई आरम मिल्छ

हामी दिनभर जे पनि खान्छौं, स्न्याक्स, सुगर, अस्वस्थ्य खाद्य पदार्थ आदि यी कुरा पचाउनका लागि निकै गाह्रो हुन्छ । तर जब जुस मात्र सेवन गर्छौं, यसलाई पचाउनका लागि खास मेहनत गर्नुपर्दैन । पेटलाई आरम मिल्छ ।

जुस सेवन सम्बन्धि अरू जानिराख्नु पर्ने जानकारी

गर्भावस्थामा पिउनैपर्ने जुस

गर्भवती महिलालाई खानाको कमी भएमा गर्भमा रहेको शिशुले आवश्यक मात्रामा पोषकतत्व प्राप्त गर्दैन । यसबाट गर्भमा रहेको शिशु कमजोर हुने गर्छ ।

यस्तो हुन नदिन पनि गर्भवती महिलाले गर्मीे मौसममा पर्याप्त मात्रामा फलफूल तथा फलफूलको जुस सेवन गर्नु आवश्यक छ । फलफूलको जुसले शरीरलाई शीतलता प्रदान गर्ने मात्र नभई शरीरलाई आवश्यक पर्ने भिटामिन, मिनरल्स लगायतका आवश्यक तत्व समेत प्रदान गर्छ ।

सुन्तला वा मौसमको जुस

गर्भावस्थामा सुन्तला वा मौसमको जुस पिउनु पनि शरीरका लागि निकै उपयोगी मानिन्छ । सुन्तला तथा मौसममा पर्याप्त मात्रामा भिटामिन पाइन्छ । यसमा फोलिक एसिड पनि भरपूर मात्रामा पाइन्छ । यसको सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन । साथै यसको सेवनले गर्भमा रहेको शिशुको मांसपेशी विकास गर्न मद्दत गर्छ । यसको सेवनले शिशुमा संक्रमण हुने खतरा पनि कम गर्छ ।

किवीको जुस

किवीमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, फाइबर तथा कार्बोहाइड्रेट पाइन्छ । यसको सेवनले गर्भमा रहेको शिशुलाई आवश्यक पोषण तत्व प्राप्त हुन्छ । साथै, यसमा रहेको पोषण तत्वले पेट सम्बन्धी समस्या कम गर्ने भएकाले पनि गर्मीको मौसममा गर्भवती महिलाहरूले किवीकेा जुस सेवन गर्नु राम्रो हुन्छ ।

गाजरको जुस

गाजरमा पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यसको सेवनले थकान कम हुनुका साथै शरीरमा स्फूर्ति बढ्ने गर्छ । त्यसका साथै, जागरको जुसको सेवनले शरीरमा रगतको कमी हुन दिँदैन ।

अंगुरको जुस

अंगुरमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट तत्व हुन्छ, जसको सेवनले गर्भमा रहेको शिशु स्वस्थ रहनुका साथै गर्भवती महिलालाई आवश्यक पोषणतत्व प्रदान हुन्छ । अंगुरलाई फल, जुस वा अन्य जुससित मिसाएर पनि सेवन गर्न सकिन्छ । यसको सेवनले शरीरमा आवश्यक पोषणका साथै भिटामिन प्राप्त हुन्छ ।

स्याउको जुस

गर्भावस्थामा स्याउको जुस निकै फाइदाजनक मानिन्छ । स्याउमा प्रशस्त मात्रामा आइरन हुन्छ, जसले शरीरमा रगत बढाउनुका साथै रगत सम्बन्धी रोग लाग्नबाट जोगाउँछ । साथै यसको सेवनले शरीरमा हेमोग्लोविनको कमी हुन दिँदैन ।

कसरी बनाउने जमराको जुस ?

जमरा भन्नसाथ हामी दशैं सम्झन्छौं । अक्सर दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । जमरा शिरमा सिउरिन किन योग्य छ भन्ने कुरा यसको औषधिय गुणबाट पनि थाहा पाउन सकिन्छ । यो एक आयुर्वेदिक औषधी हो, जो हाम्रो स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ ।

के पाइन्छ गहुँको जमरामा ?

जमरा राम्रो आहार पनि हो । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।

के लाभ मिल्छ ?

गहुँको जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँत सम्बन्धि समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।

रेसेपी

कसरी बनाउने गहुँको जमराको जुस ?

गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । कसरी बनाउने त जुस ?

१. आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।

२. अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।

३. यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।

४. यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।

कति पिउने ?

यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने प्रतिदिन तीसदेखि पचास एमएल जुस पिउनुहोस्, दिनमा दुई पटकसम्म ।

सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।

एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।

कसरी उमार्ने गहुँको जमरा ?

अग्र्यानिक बिजको प्रयोग गर्नुपर्छ ।

सबैभन्दा पहिला गहुँको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।

अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।

अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।

एक हप्तासम्म एक-एक वटा गमलामा यसरी नै बिज रोप्नुहोस् ।

सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ ।

खान योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिज रोप्नुहोस् ।

गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।

गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।

कुन रोग लाग्दा कुन जुस पिउने ?

उच्च रक्तचापका रोगीहरूले गाजर, अंगुर र मौसमको जुस पिउनुपर्छ । अनि शारीरिक र मानसिक आराम पनि गर्नुपर्छ । निम्न रक्तचाप लो ब्लडप्रेसर भएकाहरूले गुलिया फलको रस पिउनुपर्छ भने अमिलो फलको रस पिउनुहुँदैन । अंगुर र मौसमको रस लाभदायक हुन्छ ।

जन्डिस जन्डिस हुँदा रोगीले अंगुर, स्याउ र मौसमको रस पिउनुपर्छ । किसमिस डुबाएको पानीले पनि राम्रो गर्छ ।

अनुहारको दाग अनुहारको दाग हटाउनका लागि गाजर, खरबुजा, प्याज, तुलसी र पालुंगोको रस लाभदायी हुन्छ ।

क्यान्सर क्यान्सरबाट मुक्तिका लागि गाजर र अंगुरको रस पिउनु राम्रो हुन्छ ।

भोक नलाग्दा भोक नलाग्ने मान्छेले बिहान खाली पेट कागतीपानी खानुपर्छ अनि खानुअघि अदुवाको पेस्टमा बीरेनुन हालेर खानुपर्छ ।

रगत सफा गर्न शरीरमा विद्यमान रगतलाई शुद्ध बनाउनका लागि कागती, गाजर, काउली, पालुंगो, स्याउ, तुलसी र बेलका पातहरूको रस लाभदायक हुन्छ ।

दमको समस्या दमको रोगीले लसुन, अदुवा, तुलसी, काउली, गाजरको सुप र मुँगको दाल अनि बाख्रीको दूध खाँदा फाइदा पुग्छ ।

करेलाको जुस पिउँनुका फाइदा

प्याङक्रियाजमा हुने क्यान्सरको कोषलाई नष्ट गर्छ

आँखा स्वस्थ राख्न सहयोगी

पाचन प्रक्रिया बलियो बनाउन

भोक बढाउनमा सहयोगी

सुगर नियन्त्रण गर्न सहयोगी

छाला र कपालको लागि फाइदाजनक

तौल नियन्त्रण गर्न सकिन्छ

घ्युकुमारीको जुस पिउदा हुने फाईदा

घ्युकुमारी प्राय रोप्दा सबै तिर उम्रेने बिरुवा हो । कति मानिसहरुले यसलाई आफ्नो घरको छत्को गमलामा पनि रोपेर यसको फाईदा लिइ रहेका हुन्छन ।

घ्युकुमारी प्रतेक मानिसको घर घरमा आवाश्यक हुन्छ । यसले धेरै प्रकारका रोगसंग लड्ने क्षमत दिन्छ । तल दिएको छ घ्युकुमारीको जुसको फाईदाहरु :

एलोभेराको जुस एक हिसाबले शक्ति दिने पदार्थ हो । यसको नियमित प्रयोगले शरिरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ । यसले रो प्रतिरोधी क्षमतालाई पनि बृद्धी गर्छ ।

एलोभेरा जुसले रगतको कमीलाई पनि कम गर्छ । एलोभेराको ६ देखी ८ इन्च तासिएको टुक्रा, ५९७ वटा तुलसीकोप पत्ता र ४९५ वटा नीमको पात लिएर थोरै पानीमा हालेर पिस्ने र यसलाई तातो काढाँ बनाएर पिउनाले एनीमिया सञ्चो हुन्छ ।

एलोभेराको जुसले छालालाई समेत फाइदा पुर्याउँछ । यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै स्वस्थ समेत राख्छ । यस्तै, यसले कपाललाई पनि स्वस्थ राख्ने र रूखोपनलाई कम गर्ने गर्छ ।

एलोभेराको जुसले रगतको सञ्चालनलाई ठिक गर्छ । यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ । यस्तै, मुटुका बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ ।

प्रदुषण, जंक फुड, अनहेल्दी लाइफ स्टाइल, स्मोकिङ र ड्रिकिङ्ग आदीबाट शरिरमा बेफाइदा हुने गर्छ र यी खानेकुराले शरिरमा बिकार तत्व बढि मात्रामा निकाल्ने गर्छ ।

एलोभेरा जुसको नियमित सेवन गर्नाले यी सबै विकार पदार्थ बाहिर निस्किने गर्छन् ।

दैनिक रूपमा एक गिलास एलोभेरा जुस पिउनाले तौल घट्छ साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ । साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

एलोभेराको जुसले दाँतको पहेलोपन पनि कम गर्छ । यसको दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ । सासमा हुने दुर्गन्ध समेत यसले कम गर्छ ।

डाइटिङ गर्ने व्यक्तिहरुका लागि तरकारीको जुस अत्यन्त लाभकारी

१. बन्दाकोभीको जूसले पनि तौल घटाउन सघाउ पुर्‍याउँछ । त्यसैले दैनिक एक गिलास बन्दाकोभीको जूस पिउने गरौं । बन्दाकोभीको जूसमा फ्याट कम गर्ने तत्वहरु हुन्छन् ।

२. नियमितरुपमा २-३ महिनासम्म २ सय५० ग्राम टमाटरको जूस पिउँदा पनि तौल कम हुन्छ ।

३. भिटामिन, प्रोटिन र कार्बोहाइड्रेडबाट भरपूर ब्रोकाउलीमा पनि फ्याट्स बिल्कुल हुँदैन । यसको जूस निकालेर पिउन सकिन्छ वा तरकारी बनाएर खान पनि सकिन्छ ।

४. हरियो सागको जूसले पनि वजन कम गर्न सहयोग गर्छ । आफ्नो स्वादअनुसार हरियो सागको चयन गर्न सकिन्छ ।

५. अरुबखडाको जूसमा कागतिको रस मिलाएर पिउँदा पनि तौल घट्छ ।

६. करेलाको जुस पिउँदा तितो हुन्छ, तर यो जुसले शरीरमा जम्मा भएको बोसोलाई पगाल्न सहयोग पुर्‍याउँछ ।

७. करेलाको जुसमा कागतिको रस हाल्दा झनै फाइदा मिल्छ ।

८. पाकेको कांक्रोको जूसले पनि तौल घटाउन महत्वपूर्ण भूमिका खेल्छ । यसले तौल मात्रै कम हुने होइन कि छाला पनि चम्काउँछ ।

९. हरेक दिन बिहान एक गिलास लौकाको जूस पिउनुपर्छ । यसमा अत्यधिक फाइबर र कम क्यालोरी हुन्छ ।

१०. नियमित रुपमा आरुको रस पिउनाले पनि तौल कम हुँदै जान्छ ।

उखुको जुस पिउनुहोस्, तर याद गर्नुहोला यी कुराहरु

उखुमा प्रशस्त मात्रामा पानीको मात्रा हुने भएकाले पिसाव सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । यसको सेवनले कलेजोलाई मजबुत बनाइराख्न मद्दत गर्नुका साथै कलेजो सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । उखुको रस सेवन गर्नाले शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ ।

उखुको जुसका यस्ता फाइदा

१. पाचन प्रणालीमा सुधार

उखुको रसमा हुने पोटासियमले पाँचन प्रणाली पनि राम्रो हुन्छ ।

२. दाँत बलियो हुन्छ

उखुको रसमा खनिजको मात्रा उच्च हुन्छ जसले हाड र दाँत बलियो बनाउँछ । यसले दाँतलाई चम्किलो बनाइदिन्छ ।

३. नङमा चमक

उखुको रसको सेवनले नङलाई पनि सुन्दर बनाउँछ । यसले नङमा हुने दाग धब्बा हटाउन सघाउँछ ।

४. त्वचा जवान हुन्छ

उखुको रसमा हुने खनिजको मात्राले शरीरमा उर्जा कायम राख्छ र यसले छालालाई जवान देखाउन पनि सहयोग गर्छ । उखुको रसले छालामा आवश्यक पर्ने नुनको मात्रा कायम राख्ने हुँदा छाला जवान हुन्छ ।

५. ज्वरोबाट मुक्ति

उखुको रसमा प्रोटिनको मात्रा उच्च हुन्छ । यसले प्रोटिनको कमीबाट आउने ज्वरोबाट पनि बचाउँछ ।

६. तत्काल उर्जा

उखुको जुसमा उच्च मात्रामा ग्लुकोज हुन्छ जुन शरीरलाई हरपल आवश्यक पर्छ । उखुको जुस खाँदा तत्काल शरीर उर्जाशील हुन्छ ।

७. क्यान्सरबाट बचाउँछ

उखुको रसमा क्याल्सियम, क्रोमियम, कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ । यि तत्वले प्रोस्टेट र स्तन क्यान्सरबाट बचाउँछ ।

८. डण्डीफोरबाट मुक्ति

उखुको रसबाट छालालाई आवश्यक पर्ने अल्फा हाइड्राक्सी एसिड प्रयाप्त हुन्छ । जसले छालामा आउने डण्डीफोर लगायतका समस्याबाट मुक्ति मिल्छ ।

९. मृगौलालाई फाइदा

उखुको रसमा प्रशस्त प्रोटिन हुन्छ । यसलाई नरिवलको पानीमा मिलाएर पिउँदा युरिन इन्फेक्सन् एसिडिटी वा पत्थरी लगायतका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

१०. रोग प्रतिरोधी क्षमता बढ्छ

उखुको रसमा एंटीऑक्सीडेंट्सको मात्रा उच्च हुन्छ जसले शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धी हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि