सजिलैगरी भन्न सक्छन् – मलाई टेन्सन छ । तर त्यो तनाबको सही व्यवस्थापन गर्न नसक्दा संसारमा गम्भीर खालका रोगीको संख्या थपिदै गएको छ । चिकित्सकहरु पेटमा हुने अल्सरदेखि, धेरै गम्भीर रोगको कारण बन्ने उच्चरक्तचाप, चिनीरोगदेखि मतिष्कघात र पक्षघातको प्रमुख कारण तनाव बन्दै गएको बताउँछन् ।

मानसिक तनाव अहिलेको आम समस्या हो । कुनै न कुनै तनाव बोकेर मानिस बाँचिरहेको हुन्छ । फरक यत्ति हो, यसको मात्र कम या बढी हुन सक्छ । उसो त हरेक प्राणीमा मानसिक तनाव हुन्छ । जुन उमेर र रोगले त्यति धेरै अर्थ राख्दैन । यद्यपि, सबै मानिस तनावबाट मुक्त हुन चाहन्छन् । र, यसको बाटो खोजी नै रहेका हुन्छन् । यस्तो तनावको मात्रा बढ्दै गएमा मानिस बढी नै उदास हुन थाल्छ र डिप्रेसनको सिकार हुन सक्छ ।

लक्षण

१. लगातार दुःखको अनुभव हुनु ।

२. काम गर्ने वा केही सोच्ने जोस, जाँगर, ऊत्साहमा कमी आउनु ।

३. निद्रा नलाग्नु ।मुटुले तीव्रगतिमा रगत पम्प गर्नु, श्वासप्रश्वासको गति बढ्नु ।

४. उच्च रक्तचापको समस्या हुनु ।एलर्र्जीको समस्या भइरहनु, छालामा विभिन्न समस्या देखिनु ।

५. मांसपेशीहरू कडा हुनु र दुख्नु ।

६. भोक कम लाग्नु, खानामा रुचि नहुनु, अपचको समस्या हुनु ।

७. शरीरको तौल घट्दै जानुु, टाउको र आँखावरिपरिको भाग दुखिरहनु ।

८. पेट सफा नहुनु, ग्यास भरिनु, कब्जियतको समस्या देखिनु ।

९. अनावश्यक रिस उठ्नु, झिझ्जिरहनु ।

१०. बढी रुनु, आत्महत्याको इच्छा हुनु वा यसको प्रयास गर्नु ।

कारण

१. मानिसलाई भौतिक तथा मानसिक कारणले तनावहुने गर्छ ।

२. चर्को प्रकाश र कोलाहलयुक्त ठाउँमा बसिरहँदा तनावहुन सक्छ ।

३. शब्याक्टेरिया तथा विभिन्न केमिकलको विषाक्त प्रभाव पर्नु ।

४. एक्स-रे तथा अन्य रेडियसन र औषधिहरूको दुष्प्रभाव हुनु ।

५. पुराना शारीरिक समस्या हुनु ।१६. सन्तुलित भोजनको कमी, त्रास, ईष्र्या, रिस आदि पनि तनावका कारण हुन सक्छन् ।

मानसिक तनाव भए के हुन्छ ?

मानसिक तनावका कारण मानिसलाई थुप्रै रोगहरू लाग्न सक्छ । डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअर्डर, छटपटीको समस्या, त्यस्तै गरेर अनिन्द्राको समस्या हुन्छ । तनावमा मानिसहरूलेले रक्सी, गाजा, बिभिन्न खालका ट्याब्लेटसमेत प्रयोग गर्छन् ।

धेरै तनाव भयो भने कहिलेकाही रक्सी खानेले पनि धेरै खान्छ । भूकम्पका कारणले आफ्नो घर भत्कियो । अब बनाउने उपाए छैन त्यसले गर्दा कतिपए मानिसलाई तनाव भइरहेको छ । त्यस्तै पागलपनको समस्या पनि तनावकै कारण हुन्छ ।

टाउको दुख्ने समस्या अर्को समस्या हो । अलिकति तनाव भयो टाउको दुखिहाल्ने समस्या पनि हुन्छ कतिपएलाई । टाउको गह्रौ भएजस्तो, भारी भएजस्तो, तातो भएजस्तो महसुस हुन्छ । दिक्क लाग्ने नरमाइलो लाग्ने, निराश हुने छटपटी हुने, अत्यास लाग्ने ढुकढुकी बढ्ने हुन्छ ।

कतिपए अवस्थामा मान्छेलाई मुटुकै समस्या भयोकि मलाई भन्ने पनि हुन्छ । डर लाग्ने, पेट पोलेको जस्तो हुने हुन्छ । कतिपएलाई ‘स्ट्रेस’ को कारणले ग्याष्ट्रिकको समस्यासमेत हुन्छ । ग्याष्ट्रिकको दबाइ खाएको छ, तर पेटको समस्या समाधान भएको छैन ।

दिसा कहिले ढिलो हुने कहिले चाडो हुने भएको छ । हातखुट्टा झमझमाउने, पोल्ने, कहिले यता दुखे जस्तो कहिले उता दुखेजस्तो लाग्ने हुन्छ । यस्तो बेलामा जचाउन गयो रिपोर्टमा केही पनि आउदैन। यो सबै तनावका कारणले हुन्छ । शंका लाग्ने, मलाई केही भयोकि भन्ने खालका महसुस हुने हुन्छ । रक्सी चुरोट गाँजा लगायतका कुलतमा फस्ने पनि हुन्छ ।

तनावले निम्त्याउने रोगहरु

-तनावका कारण टाउको दख्ने, कम्मर दुख्ने, छालाका रोग लाग्नेजस्ता शारीरिक समस्या हुन्छ ।

-तनावले निद्रा नलाग्ने, डिप्रसन हुने तथा चिन्ता बढ्ने मानसिक समस्या निम्तिन्छ ।

-निरन्तर तनावमा रहँदा मदिरा सेवन तथा लागुपदार्थ दुव्र्यसनको लत लाग्ने खतरा हुन्छ ।

-तनावले पेटमा एसिड बढाउँछ । लामो समयसम्म तनाव कायम रहेमा अल्सर नै निम्त्याउँछ ।

-तनावले मुटुको धड्कन बढ्ने, ब्लडप्रेसर हाई हुने, छाती दुख्ने र हृदयघातसमेत हुनसक्छ ।

तनावको दुष्प्रभाव

-मुटु सम्बन्धी विभिन्न समस्या देखिनु, हृदयाघात हुनु ।

-फाइब्रो माइलेजिया अर्थात् मांसपेशी दुख्नु ।

-शरीरको प्रतिरोधक क्षमतामा ह्रास आउनु ।

-छालासम्बन्धी रोग देखा पर्नु ।

-शरीरमा रगतको कमि हुनु ।

-आखाँको दृष्टि कमजोर हुँदै जानु, चस्माको आवश्यकता खड्किरहनु ।

के गर्ने ?

-कुनै प्रकारको तनाव भयो भने चिसोपानीले नुहाउनुपर्छ । यसो गर्दा हल्का अनुभूति हुन्छ ।

-समय-समयमा नियमित कामबाट बिदा लिने, भुम्ने बानीको विकास गर्नुपर्छ ।

-आफ्नो बाध्यात्मक दैनिक कामबाहेक सिर्जनात्मक क्रियाकलापमा भाग लिनुपर्छ ।

-मर्निङ वाकमा निस्कने बानीको विकास गर्नुपर्छ । यस्तो गतिविधिले तनाव तथा निद्राको समस्यालाई कम गर्न भूमिका खेल्छ । मर्निङ

-वाक गर्दा तन र मन पनि स्वस्थ रहन्छ ।

-त्यस्तै, योग अभ्यास, ध्यानजस्ता गतिविधि गर्दा पनि लाभदायक हुन्छ ।

के नगर्ने ?

-चिया, कफी, रक्सी, चुरोट, खैनी, गुट्खाजस्ता पदार्थको सेवनले तनाव बढाउने काम गर्छ । त्यसैले यस्ता पदार्थको सेवनलाई रोक्नुपर्छ ।

-स-साना कुरालाई लिएर परिवार वा साथीहरूसँग झगडा गर्ने गतिविधि गर्नुहुँदैन ।

-मनको भावना दबाएर राख्नुहुँदैन । यस्ता भावना व्यक्त गर्दा हल्का अनुभूति हुन्छ ।

-बढी चिन्ता लिनुहुँदैन । सधैँ प्रसन्न रहने प्रयास गर्नुपर्छ ।

-परिवारका सबै सदस्यहरू एकसाथ बसेर खाने गर्नुपर्छ । जसले आपसमासामञ्जस्य हुन्छ ।

-होमियोप्याथिक चिकित्सा, स-होमियोप्याथिकमा यसका लागि कैयौँ प्रभावकारी औषधिहरू छन् । जसको प्रयोगले तपाईंलाई यस रोगबाट सजिलैसित छुटकारा दिलाउन सक्छ ।

होमियोप्याथी औषधि

-कालिफोस थ्री-दिनमा तीनपटक सेवन गर्नुपर्छ ।

-हाइपेरिकम क्यु-पानीसँग पाँच थोपा दिनको तीनपटक पानीसँग लिने । यो औषधिले तनावकम गर्छ ।

-काभा काभा-क्युस-१० थोपा दिनको तीनपटक लिँदा तनाव कम हुनुका साथै निद्राको समस्या पनि समाधान गर्छ । तर, गर्भवती,

-सुत्केरी महिलाका साथै पार्किन्सन रोगीले यस्तो औषधि सेवन गर्नुहुँदैन ।लेभेन्डर आयलस-रुमालमा केही थोपा रुमालमा राखेर सुँघ्ने ।

-औसिमम सानटेक्टम-क्युस-दिनको दुईपटक १०-१० थोपा सेवन गर्ने । योग्य तथा अनुभवी चिकित्सकको सल्लाहमा मात्र यस्ता औषधिको प्रयोग गर्नुपर्छ ।

मानसिक तनावबाट बच्ने उपाय के हो ?

मानसिक तनावबाट बच्न दुई वटा उपाय छन् । एउटा यसबाट कसरी जोगिने र अर्को यसको उपचार कसरी गर्ने भन्ने हो । सबैभन्दा पहिला आफ्नो जीवनलाई व्यवस्थित गर्नुपर्‍यो । जसरी शरीर स्वस्थ्य राख्न हामी व्यायाम गर्छो त्यसैगरी मनको स्वस्थताका लागि पनि काम गर्नुपर्‍यो ।

आफ्नो विचारलाई कसरी स्वस्थ्य राख्ने ? विचार कतातिर गइरहेको छ । म आज कस्तो छु? मेरो सोचाई कस्तो छ ? म स्वस्थ्य छुकि छैन ? आज म खुसी छुकि छैन ? अलि बढी तनावमा पो छुकि यस्ता कुरा बेलाबेलमा जाच्नुपर्छ ।पारिवारिक तनाव होकि, व्यवसायिक तनाव होकी, जागीरको तनाव होकी यसलाई पत्ता लगाउनुपर्छ ।

कसैले मलाई आलोचना गर्‍यो मैले माफी नदिएको होकी जस्ता कुरालाई पनि ध्यान दिनुपर्छ । त्यो बाहेक निन्द्राको व्यवस्थापन, खानाको व्यवस्थापन गर्न जरूरी छ । बेलाबेलामा मनोरन्जन आवश्यक छ । आफूले आफूलाई स्वस्थ्य र बलियो बनाउन मैले कुनै रमाइलो र खुसी हुने काम गरेको छुकि छैन भनेर आफूले आफैलाई जाच्नुपर्छ ।

आफ्नो सबैभन्दा ठूलो डाक्टर आफै हो । त्यसैले मानिसले आफ्नो तनावको कारण पत्ता लगाउनुपर्छ ।आधुनिकताले गर्दा व्यक्तीवादी चिन्तन हावी भएको छ । दिनरात काम गर्ने गर्नाले एक दिन पनि मानिसलाई फुर्सद छैन । राति ‘डिउटी’ गर्नेहरुलाई अझै बढी मानसिक तनावको समस्या हुन्छ ।

बेलाबेलामा साथीभाइ, आफन्तसँग घुम्ने रमाइलो गर्ने गर्नुपर्छ। बिदाको दिनमा आफ्नो कामको तनाव लिनु हुँदैन । आफ्नो विचारलाई बेलाबेलामा जाँच गर्नुपर्छ । यस्ता कुरालाई ध्यान दिने हो भने हामी एन्जाइटी, डिप्रेसनलगायतका समस्याबाट सजिलै बच्न सक्छौ ।

मानसिक समस्यालाई लुकाउन हुँदैन

मानसिक समस्यालाई लुकाउने दबाउने चलन छ । डाक्टरकोमा गयो भने पनि यो त मानसिक डाक्टर भेट्न गयो यसलाई के भयो भनेर हेर्ने चलन छ । त्यो बिल्कुलै गलत काम हो । मानसिक डाक्टरलाई समेत यो आफैं पागल भयोकि भन्ने सम्मको आशंका गर्ने गरिन्छ ।

यो रोग होइन यो त मान्छे कमजोर भएर हो । डिप्रेशन कसरी रोग हुन सक्छ यो आफैं ठीक हुन्छ भनेर परिवारले भन्दै जाँदा बिरामीले आत्महत्या सम्म गर्न सक्छ । यसलाई सुरूमा नै ध्यान दिनपर्छ। कहिलेसम्म यसलाई लुकाएर राख्ने ? समस्या परिसकेपछि मात्रै सचेतता अपनाउने हाम्रो परम्परालाई बदल्नुपर्छ ।

यो सँगै बिरामीले पनि मैले डाक्टरको सहयोग लिनुपर्छ लिए भने मात्रै मेरो समस्या ठीक हुन्छ भन्ने सोच्न जरुरी छ । म समाजको कुरा सुन्दिनँ, म अरूको कुरा सुन्दीनँ मलाई समस्या छ । म डाक्टरसँग सल्लाह लिन जान्छु भनेर बिरामीले पनि हिम्मत गर्नुपर्छ ।

मानसिक रुपमा स्वस्थ्य बन्ने उपाय

१. लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले यी वस्तुबाट टाढा रहने ।

२. दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने । समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने ।

३. अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो व्यबहारको बढी आशा नगर्ने ।

४. आफ्ना समस्या आफ्नो परिवार, साथीभाइलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।

५. मनलाई सधै शान्त राख्ने । मानसिक समस्या अति सानोदेखि ठूलोसम्म हुन्छन् ।

६. अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने ।

७. अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।

८. अहिले असान्दर्भिक पुराना रूढीवादी कुरामा विश्वास नगर्ने ।

९. हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।

१०. जे छ त्यसमा सन्तुष्ट हुने तर मिहेनत गर्न नछाड्ने ।स्वास्थको सहयोगमा

थप जानकारी :

यस्तो रोग नै लाग्यो भने मानसिक रोग बिशेषज्ञहरुसँग सल्लाह लिनुपर्छ । मनोवैज्ञानिकहरूसँग समेत छलफल गर्नुपर्छ । मैले चाहँदा चाहँदै पनि तनाव नियन्त्रण गर्न सकिनँ भन्ने भयो भने त्यतिबेला विशेषज्ञको सल्लाह लिनुपर्छ । सुरुमा ‘काउन्सिलङ’ बाट हेर्ने त्यति गर्दा पनि भएन भने औषधिको साहरा लिनुपर्छ ।

सुरूवाती चरणमा बिरामी आयो भने आठ, दस दिन औषधी खाएमा ठीक हुन्छ । अलि धेरै समयमदेखि तनाव दिएको छ भने एक महिनादेखि ६ महिनासम्म पनि खानुपर्ने हुन्छ । कतिपए अवस्थामा लामो समयसम्म पनि औषधी लिनुपर्ने हुन्छ । तर, सामान्यत: एन्जाइटी र डिप्रेशनको लागि ६ महिनादेखि नौ महिनासम्म औषधि खाएमा निको हुन्छ । सबै खाले मानसिक रोगको औषधीबाट निको हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि