आजकल मानिसहरु सबैभन्दा पहिले अनुहार नै हेर्ने गर्दछन । किनकि कसैको अनुहार राम्रो छैन भने मान्छेहरु छेउ पनि खोज्दैनन् । त्यसैले आजकल मानिसहरु आफ्नो आनुहार के गरेर राम्रो बनाउन सकिन्छ त्यसको खोजीमा लागेका छन ।

छालामा चमक ल्याउनको लागि कतिपय व्यक्तिले धेरै उपायहरु अपनाई रहेका हुन्छन् । तर यो भुलेका हुन्छौँ हाम्रो भान्सा भित्र नै त्यस्ता अनेक खानेकुराहरु हुन्छन् जसले स्वस्थ्य बनाउनुको साथसाथै छालामा थप चमक ल्याउन सहयोग गर्दछ ।

ओखर
ओखर छालाको लागि निकै गुणकारी खानेकुरा मानिन्छ । यसको दैनिक सेवनले छालालाई नरम बनाउनुका साथै प्राकृतिक रुपमा सुन्दर पनि बनाउछ । ओखरलाई खानुका साथै यसलाई पिधेर धुलो बनाएको पाउडरलाई फेसप्याकको रुपमा लगाउदा पनि यसले फाइदा गर्छ । यसलाई छालामा लगाउदा स्क्रबको काम गर्छ ।

डार्क चकलेट
पश्चिमी मुलुकमा छालामा चमक ल्याउनका लागि चकलेट खाने चलन रहेको छ । अझ गाढा खैरो रंगको चकलेट छालाको लागि गुणकारी मानिन्छ । यसको नियमित सेवनले रक्तसंचारलाई राम्रो बनाएर मुहारको छालामा चमक ल्याउने काम गर्छ ।

किबी
निकै स्वादिलो फलको रुपमा रहेको किबीमा भिटामिन सिको मात्रा पर्याप्त मात्रामा हुने गर्छ । यो फलको नियमित सेवनले मुहारमा चमक ल्याउनुका साथै अनुहारमा रहेका खराव वा नष्ट भएका छालाहरुलाई हटाएर नयाँ आउन लागेको छालाको स्याहारमा बिशेष भुमिका निभाउछ ।

अण्डा
अण्डामा प्रोटिनको मात्रा पर्याप्त मात्रामा हुने गर्छ । यो प्रोटिनले छालालाई धेरै नै फाइदा गर्छ । अण्डावाट प्राप्त भएको प्रोटिनले छालामा हुने चाउरीपनलाई रोक्नुका साथै छालामा चमक पनि ल्याउने काम गर्छ ।

पालुंगो
छालाको चमकका लागि हरियो सागपात निकै लाभदायक मानिन्छ । यसमा पनि पालुंगोको साग अझ राम्रो हुन्छ । पालुंगोको सागमा भएको पोषक तत्वले बढ्दो उमेरमा छालामा आउने परिवर्तनहरुलाई रोक्ने काम गर्न मद्धत गर्छ ।

ब्रोकाउली
ब्रोकाउलीमा रहेको भिटामिन सि, तामा र फलामको गुणले छालामा देखा पर्ने धेरै किसिमका समस्याहरुलाई हटाउछ । ब्रोकाउलीमा रहेको एण्टीअक्सिडेन्टले बढ्दो उमेरमा देखापर्ने समस्याहरुलाई पनि समाधान गर्ने गर्छ ।

अनुहारको छालाको चमकको लागी दिनहुँ पाचँ मिनेट समय छुट्याउनु होस् :

मुसुरोको दाल :
मुसुरोको दाललाई मोटो धूलो सुख्खा पाउडरजस्तो बनाई डब्बामा राख्ने, यही मुसुरोको दालको पाउडरले अनुहार धोए छाला गोरो एवं सफा देखिन्छ ।

काँक्रा :
चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने गरेमा छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाहरूका लागि यसले एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला कसिलो हुन्छ ।

गोलभेंडा :
अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने टमाटरलाई लेदो बनाई पूरै अनुहारमा लगाउने, २० मिनेटपछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ ।

बेसार :
काँचो बेसारको मसिनो लेप दूधमा हाली पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण शरीरमा हल्का मालिस गर्ने । यो मालिसले केही दिनमै सम्पूर्ण शरीरको छालामा निखार आई छाला मुलायम, गोरो एवं बेदाग देखिन्छ ।

आलु :
आँखा वरिपरि कालो घेरा छ भने आलुलाई कोरेसोमा कोर्ने र आँखामाथिबाट कोरेको आलु १५ मिनेटसम्म राखेर नियमित रूपमा सफा गरे कालो घेरा समाप्त हुन्छ ।

मह :
महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुख्खा छ भने सधैं राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउँछ ।

अण्डा :
अण्डाको प्रयोगले अनुहारको कान्ति वृद्धि हुन्छ । छाला सुख्खा छ भने अण्डाको पहेंलो भागलाई साताको दुई पटक अनुहारमा लगाउने । छाला चिल्लो छ भने अण्डाको सेतो भाग लगाउने । सुख्खा छालामा पहेंलो भाग नियमित लगाए अनुहारको छाला कसिलो बनाउन हुन्छ ।

मेवा :
मेवामा पाइने एन्जाइमले छालाको मृतकोष हटाई नयाँ कोष उत्पन्न गर्छ र छाला मुलायम हुन्छ । मेवाको लेप लगातार केही महिना लगाउने हो भने छालाको सबै दाग हराउँछ ।

कागती :
अनुहारको छालाको सौन्दर्य वृद्धिमा कागतीको महत्वपूर्ण भूमिका हुन्छ । कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ । छाला सुख्खा छ भने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाउनुपर्छ । यसो गर्दा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ । कागतीमा प्राकृतिक ब्लिच भएका कारण यसको प्रयोग दिनहुँ गरे छाला गोरो एवं सफा देखिन्छ ।

दही :
दही छाला र केश दुवैका लागि अत्यन्त लाभकारी छ। सुख्खा, सामान्य र तैलीय छालाका लागि दही गुणकारी मानिन्छ । दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुख्खा र सामान्य छाला सधैं चम्किलो देखिन्छ ।

छाला चिल्लो छ भने दुई चम्चा दही लिने र त्यसमा एक चुटकी बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर पूरा अनुहारमा लगाउने र सुकेपछि चिसो पानीले अनुहार धुने, छाला गोरो, बेदाग र चम्किलो देखिन्छ ।

केरा :
सुख्खा छालामा केरालाई दूधमा मिसाई बनाइएको लेप लगाउने र २० मिनेटपछि सफा गर्ने । यो उपाय केही महिना नियमित अवलम्वन गरे छालामा एक प्रकारको चमक आउँछ र छाला छिट्टै चाउरी पर्दैन ।

तुलसीको पात :

तुलसीका पातलाई कागतीको रसमा मिसाएर मसिनो पेस्ट बनाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा छालामा भएको दाग एवं चाउरी समाप्त हुन्छ ।

बदाम :
बेलुका आधा कप दूधमा दुई-तीन दाना बदाम भिजाएर राख्ने र बिहान मसिनो पेस्ट बनाई सुख्खा छाला भएकाहरूले पूरा अनुहारमा लगाई २० मिनेटपछि सफा गर्ने। यो लेप सुख्खा छालाका लागि अत्यन्तै गुणकारी मानिन्छ । यसबाट छाला मुलायम एवं चम्किलो देखिन्छ भने छाला चाउरी पर्नबाट पनि जोगिन्छ ।

चना :
चनाको बेसनमा दूध मिसाई लेप बनाएर अनुहार धुनुपर्छ । यो उपाय अपनाउँदा अनुहारको छालाको सौन्दर्य वृद्धि हुन्छ ।

जौ :
जौको पीठो दूधमा मिसाएर लेप बनाई अनुहारमा लगाएर १०,१५ मिनेटपछि सफा गर्दा चायाँ वा पोतो पूर्णरूपमा हटेर जान्छ अनि छाला कसिलो, मुलायम एवं चम्किलो देखिन्छ ।

गर्मीमा आफुलाई कसरी फिट एन्ड फाइन राख्ने ?

के गर्ने ?

गर्मी याममा लाग्नसक्ने संभावित रोगहरुबाट छुटकारा पाउनका अपनाउनुहोस् यी सतर्कता :

१. पर्याप्त पानी वा झोलयुक्त पदार्थ पिउने । किनभने गर्मीमा बढी पसिना बग्ने भएकाले शरीप्रमा पानीको मात्रा अपुग हुन्छ ।

२. मौसमी सब्जी, फलफूलको सेवन गरौं । सडेगलेको, बासी, जथाभावी राखिएको खानेकुराबाट शरीरमा रोगको संक्रमण हुनसक्छ ।

३. सकेसम्म घर बाहिरको खानेकुरा सेवन नगरौं । फूटपाथको खानेकुरा, जस्तै चटपटे, पानीपुरी, मम, चाउमिन जस्ता खानेकुराले पाचन प्रणालीलाई खराब गर्न सक्छ ।

४. घरबाहिर निस्कदाँ पुरै शरीर ढाक्ने पहिरन लगाउने । यसले गर्दा धुलो धूँवा तथा घामको सोझो किरणबाट छालालाई जोगाउन सकिन्छ ।

५. आँखाको सुरक्षाको लागि सनग्लास प्रयोग गरौं ।

६. सरसफाईमा विशेष ध्यान दिनुपर्छ । पसिना बग्ने, धुलो-धूँवा शरीरमा टाँसिने भएकाले नुहाई-धुवाई गर्नैपर्छ ।

लामखुट्टे, झिँगा, साङ्लाबाट बच्न

गर्मीमा आफ्नो शरीरका साथसाथै वातावरणिय स्वच्छता पनि आवश्यक हुन्छ । आफ्नो घर, आँगन वा आफु बसोबास गर्ने आसपासको क्षेत्र सफा, सुग्घर भयो भने विभिन्न संक्रमणको भय हुँदैन ।

पानी जम्ने खाल्डाखुल्डी, फोहोरको थुप्रो, कुहिएका बस्तुहरु छन् भने त्यहीबाट लामखुट्टे, झिँगा, साङ्ला फैलन्छ । यी रोगका स्रोत हुन् । लामखुट्टेको टोकाइले जिउमा चिलाउने मात्र होइन, रगतको माध्यामबाट विभिन्न रोग सार्ने भय पनि हुन्छ । झिँगाले खानेकुरालाई दुषित बनाइदिन्छ । साङ्लाले पनि खानेकुरामा हानिकारक ब्याक्टेरिया सार्ने जोखिम हुन्छ ।

त्यसैले लामखुट्टे, झिँगा, साङ्ला नियन्त्रणका लागि घर एवं आसपासका क्षेत्रमा सरसफाई आवश्यक हुन्छ ।

गर्मीमा लामखुट्टेको टोकाईबाट बच्नका लागि झुलको प्रयोग गर्ने गरिन्छ । यो सही तरिका हो । जबकी लामखुट्टे भगाउन धूप बाल्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यस्ता धूपले लामखुट्टे मर्छ भने पक्कै त्यसले हाम्रो स्वास्थ्यलाई पनि हानी गरिरहेको हुन्छ ।

लामखुट्टेको प्रकोपबाट बच्न कतिले झ्याल-ढोका बन्द गर्ने गर्छन् । यद्यपी झ्याल ढोका पूर्ण रुपमा बन्द गर्दा कोठामा हावा आउजाउ गर्न सक्दैन । त्यसैले संभव भएसम्म झ्यालमा जाली लगाएर सकेसम्म खुला राख्नु राम्रो हो ।

नोट :

माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।