रिसले मानिसलाई कहिल्यै पनि राम्रो गर्दैन । जो मानिस रिसाउने गर्छ त्यसको प्राय साथीभाईहरु पनि हुदैनन् । रिसले कसैलाई पनि राम्रो गर्दैन । यदि हामीलाई रिस उठ्छ भने त्यसलाई कन्ट्रोल पनि गर्न सक्नुपर्दछ । रिस किन उठ्छ ? रिसलाई कसरी नियन्त्रण गर्ने ? यी कुराहरु आज हामी यहाँ चर्चा गर्नेछौ ।

रिस एक प्रकारको भावनात्मक संवेग हो । रिस सधैँ नकारात्मक मात्र हुन्छ भन्नेचाहिँ होइन । कहिलेकाहीँ यसले प्रतिस्पर्धीसँग सामाना गर्न पनि सिकाउँछ । यद्यपि, रिसलाई सूक्ष्म ढंगले हेर्ने हो भने यो मानिसमा हुने ऊर्जाको प्रभाव हो । रिस होस् या प्रेम, दुवैमा ऊर्जाकै भूमिका हुन्छ ।

रिस व्यवस्थापन गर्न मानिसलाई त्यति गाह्रो हुँदैन । तर, बुझ्न नखोज्दा या बुझ्न नसक्दा भने रिसले गम्भीर समस्या उत्पन्न गर्न सक्छ । जब रिस उठ्छ तब हामी कि त रिसलाई दबाउँछौँ, कि पोख्छौँ ।

रिस उठेका वेला होसपूर्वक काम गर्न आवश्यक हुन्छ । यो नै सबैभन्दा उत्तम उपाय हो । रिस उठ्न लागेको थाहा पाउनासाथ पूर्ण होसमा बस्ने प्रयास गर्नुपर्छ । म के गर्दै छु, के बोल्दै छु, त्यसले दीर्घकालीन असर कस्तो पुर्‍याउँछ भन्ने कुराको बोध हुन आवश्यक छ ।

जब रिसलाई निष्काम भावले हेर्न थाल्छौँ, त्यसपछि रिस स्वस्फूर्त रूपमा कम हुन्छ । यसो गर्दा रिसको ऊर्जा प्रेम, करुणा, क्षमामा रूपान्तरण हुन जान्छ । नियमित ध्यानको अभ्यासले पनि रिस व्यवस्थापनमा सहयोग पुग्छ ।

रिसबाट यस्ता रोग

रिसले मानसिक

भावनात्मक समस्या त निम्त्याउँछ नै

शारीरिक समस्या

रिसकै कारण टाउको दुख्ने,

रक्तचाप

मुटुरोग

ग्यास्ट्रिक

कब्जियत

अपचजस्ता शारीरिक समस्याहरू निम्त्याउन सक्छ ।

रिस व्यवस्थापन गर्न
रिस व्यवस्थापनका लागि आफूलाई रिस उठेकोबारे जानकारी हुन जरुरी हुन्छ । किनभने, चरम रिसको अवस्थामा मानिसले होससमेत गुमाउन पुग्छ । त्यसैले यस्तो वेला आफूले गर्ने गतिविधिबारे पनि सचेत हुन आवश्यक हुन्छ, ताकि क्षणभरको गल्तीले पछि पछुताउन नपरोस् । यसो गर्दा रिसको समयमा पनि मानिसले नराम्रो कार्य गर्न सक्दैन ।

रिस उठेको थाहा पाउासाथ चार–पाँचपटक गहिरो र लामो श्वास लिने, छोड्ने गर्नुपर्छ । त्यसपछि आफूलाई शान्त भएको भावना मनमा लिनुपर्छ । यसो गर्दा रिस कम हुन जान्छ ।

रिस उठ्नासाथ आफ्नो मनलाई डाइभर्ट गर्नुपर्छ । यसो गर्न सकिएन भने सम्बन्धित ठाउँबाट बाहिर निस्कनुपर्छ । रिस व्यवस्थापनका लागि नियमति योग, ध्यान, प्राणायाम पनि गर्न सकिन्छ ।

रिस के हो ?

रिस भनेको प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो । समय ,परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् र यी भावनात्मक अवस्थालाई हाम्रो दिमागले निरन्तर सन्चालन गरीरहेको हुन्छ । तिनै विभिन्न भावनात्मक अवस्थाहरू मध्ये रिस एक हो ।

रिस किन उठ्छ ?

सामान्यतया हाम्रो मानसिकतामा, सोचाइमा चोट पुगेको खण्डमा, अथवा दिक्दार लागेको, आलोचना हुने अथवा खतरा जन्य अवस्था अनुभूती गरेको क्षणमा रिस उठ्छ । यस्तो अवस्थामा रिस सृजना हुँदा यसई नराम्रो अथवा अब्यवहारिक भन्न मिल्दैन। रिसको अभिव्यक्ती हल्का झोंक चल्ने देखि लिएर उग्र हुनेसम्म हुन सक्छ ।

प्राथमिक श्रेणीका कारणहरू मध्ये तल उल्लेखित अवस्थाहरुमा हामी प्राय रिसाउँछौं । तनाव थकान, भोक, आर्थिक समस्या, असफलताको अनुभुति, नैरास्यता, दु:ख, कष्ट, अन्याय इत्यादि ।

दोस्रो श्रेणीका कारणहरू- अव्यवहारिक तवरले रिस उठ्ने कारणहरु- मानसिक रोगहरु जस्तै : Mania, Agitated, डिप्रेसन, Anxiety, Psychosis, लागूपदार्थको प्रत्यक्ष असर इत्यादि ।

रिसको असरहरू

रिसको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतमा र विवेकमा क्षति पुग्न सक्छ जस्ले गर्दा अव्यवहारिक, तर्कहीन बोली र व्यवहार प्रस्फुटीत हुन सक्छ। रिस उठेको अवस्थामा हामीले प्रभावकारी ढङ्गले आफ्नो विचार ब्यक्त गर्न अथवा सन्चार गर्न सक्दैनौं जसले गर्दा पारस्परिक सम्बन्धमा नकरात्मक असर पर्न सक्छ ।

प्राय: जसो परिस्थिति अनुसार रिस ब्यक्त गर्नु स्वस्थवर्धक प्रतिकृया नै हुन सक्छ । तर बारम्बार अत्यधिक मात्रामा र धेरै समयसम्म रिस उठ्ने, उग्र हुने, रिसको अभिव्यक्ति नियन्त्रण बाहिर जान थाल्यो भने यस्ले हाम्रो मानसिकतामा र शरीरमा प्रतिकूल असर पुर्याउन सक्छ । यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ । काममा, ब्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ ।

शारिरिक असरहरू 

टाउको दुख्ने

रक्तचाप बढ्ने,

निन्द्रामा असर,

पाचन प्रणालिमा असर

रोगसँग लड्ने क्षमतामा असर ।

मानसिक असरहरू 

उदासिपन

नैराशयता

आत्मबिश्वासमा कमि

खानपिनको व्यवहारमा असर

लागुपदार्थको प्रयोग

आत्मघाती असर इत्यादि

रिसको ब्यवस्थापन 

सही तरिकाले रिसलाई अभिब्यक्त गर्ने हो भने रिस सामान्य र स्वस्थवर्धक हुन सक्छ। यसको लागी हामीले रिस उठ्दा खेरीको संकेतहरु केके हुन् भनेर चिन्न सक्नु पर्छ र त्यस पस्चात् यसलाई कसरी ब्यवस्थापन गर्ने भनेर उपयुक्त किसिमका उपायहरू विकास गर्नुपर्छ ।

रिस ब्यवस्थापन गर्नुको अर्थ हामीले रिसलाई थामेर बस्नु अथवा लुकाएर बस्नु अथवा रिस त्याग्नु होइन । रिस ब्यवस्थापनले हामीलाई सुरुवाती अवस्थामै नैरास्यता चिन्न सक्ने क्षमता विकास गर्ने र त्यसलाई ब्यवस्थित गरेर आफ्नो विचार र आवश्यकताहरूलाई शान्त र नियन्त्रित तवरले अभिब्यक्त गर्न सिकाउँछ ।

१. सबैभन्दा पहिले रिस किन र के कती कारणले उठ्यो भनेर अन्वेषण गर्ने र आफैँले आफैसँग कुरा गर्ने (Self talk) । वास्तविकता के हो र के रहेछ भनेर बुझ्न कोशिस गर्ने ।

२. रिस उठ्दा हाम्रो शरिरमा के–कस्ता चेतावनी मुलक चिन्हहरू उत्पन्न हुने रहेछन भन्ने कुराप्रति सजग हुने । यी चेतावनीमूलक लक्षणहरूलाई नियन्त्रणमा ल्याउनलाई उपयुक्त पाइलाहरू चाल्ने ।

३. नकारात्मक सोचहरूलाई चिन्ने ।

४. शान्त हुने प्रकृयाहरू 

रिसको शारिरिक अनुभुतिहरूमा ध्यान केन्द्रीत गर्ने ।

लामो–लामो श्ववास लिने ।

एकछिन break लिने ।

तनावपूर्ण स्थितिबाट एकछिन टाढा बस्ने ।

ब्यायाम गर्ने । एकछिन हिँड्ने ।

आँखाले सुन्दर र रमणीय दृष्य देखेको स्मरण गर्ने, कानमा कर्णप्रिय धुन बजेको स्मरण गर्ने ।

जिउ तन्काउने, तनाव खिचाव महसुस भएको शरिरको भागहरूलाई मसाज गर्ने ।

बिस्तारै केहि समय लिएर १ – १० सम्म गन्ने ।

वास्तविकताको चेक जाँच गर्ने (त्यो अवस्थामा रिसाउन कतिको उपयुक्त थियो ? मैले देखाएको प्रतिकृया त्यो अवस्थामा जायज थियो

कि थिएन ? रिस सम्हाल्नलाई मैले के गर्न सक्छु  ?

५. रिस अभिब्यक्त गर्ने स्वस्थवर्धक उपायहरू:

रिस किन र कसरी उठ्यो, त्यसको कारणलाई किटान गर्नुस्, सम्बन्धलाई प्राथमिकता दिनुस्, वर्तमानमा ध्यान केन्द्रित गर्नुस्, माफ गर्न इच्छुक हुनुस्, दोष दिने अथवा आरोप प्रत्यारोप लगाउने काम नगर्नुस् ।

रिसको कारण

व्यक्तिको आफ्नो (इगो) व्यक्तित्व, स्वभाव, विचार र कहीँकतैबाट आघात वा चुनौती आयो भने, काम अनुसारको अनुकूल अरूको व्यवहार भयो भने रिस उठ्छ ।

मनोवैज्ञानिक हिसाबले भन्दा चाहेको कुरा नपाउँदा, हानी नोक्सानी पुर्याउने खालको व्यवहार गर्दा, मनोवैज्ञानिक, शारीरिक, आर्थिक जुनसुकै पक्षमा उसलाई चित्त नबुझ्दो व्यवहार कसैले गर्यो भने भावनामा चोट पर्छ, चोट परेको जुन प्रतिक्रिया हो त्यो रिस हुन आउँछ ।
रिस उठ्यो भन्दैमा कसैले कसैलाई केही गर्न पाइन्छ भन्ने नै हुँदैन ।

के गर्न हुन्छ–हुँदैन भन्ने  कुरा निर्धारित छ, रिस उठे पनि नउठे पनि नगर्ने कुरा गर्न हुँदैन । मानिसहरू सबैलाई आ–आफ्नो काम सही कि गलत भन्ने थाहा हुन्छ जे मन लाग्छ त्यही गर्न हुँदैन । मानिसले रिसको आवेगमा गरिएका कुरालाई रोक्न रिस रुपान्तरण गर्ने प्रयास गर्नुपर्छ ।

व्यक्तिमा परेको भावनात्मक प्रभाव, चोट, संवेग नियन्त्रण गर्ने एउटा ‘मेकानिक’ हुन्छ त्यो कमजोर भएका कारण हुने समस्या मानसिक तनाव हो । त्यो तनाव लामो समयसम्म भएपछि आउन सक्ने मानसिक अवस्था उदासिनता (डिप्रेशन) हो ।

रिस मत्थर पार्न वा रुपान्तरण गर्न गलत व्यवहार गर्न हुन्न । यस्तो अवस्थामा रिसाएको व्यक्तिले विभिन्न खालको लागु औषध प्रयोग गर्न सक्छ त्यसबाट हुने अरू विभिन्न समस्या उत्पन्न हुन सक्छ र व्यवहारमा फरक–फरक समस्या देखा पर्न सक्छ ।

रिसको आवेगमा आएर घटना दुर्घटना लगायत शारीरिक रुपमा मुटु र हर्मोनको कारण रोगको समस्या हुन्छ । जस्तै,थाइराइड, मधुमेह । निर्णय लिन नसक्दा व्यक्तिको स्वास्थ्यदेखि लिएर व्यवहारिक जिन्दगीमा धेरै कुरामा हानी नोक्सानी पुर्याउँछ ।

रिसले रोगसँग लड्ने क्षमता घट्छ र अरू रोगहरु पनि लाग्ने सम्भावना बढी हुन्छ । बढी रिस भएको मानिसले कसैको निर्णय लिन नसक्दा आउने व्यावहारिक, व्यक्तिगत क्षमता, स्वास्थ्य स्याहार, कार्यक्षेत्रमा अपनाउनु पर्ने कार्य यी सबै कुरामा असर पर्दछ ।

रिसका लक्षणहरु 

त्यस्तै रिस उठेको बेलामा मनोवैज्ञानिक, शारीरिक लक्षण देखा पर्छ । मनोवैज्ञानिक कुरामा भन्दा व्यक्ति आफ्नो तनावमा हुन्छ र आफ्नो काममा ध्यान दिन सक्दैन ।

के गर्छु भन्ने कुराको नियन्त्रण गर्न नसक्ने र शारीरिक रुपमा उसको मुटुको धड्कन बढ्ने, चिरचिर पसिना आउने, अनुहार रातो भई तनाव बढ्दै जाने, दैनिक जीवनमा निद्रा नपर्ने, छटपटी हुने लक्षण देखा पर्दछन् ।

रिस कति किसिमका हुन्छन् ?

रिसलाई यति किसिम भनेर विभाजन अहिलेसम्म गरिएको छैन । तर सहजताका लागि छुट्याएर अध्ययन हुन्छ । रिस प्यासिभ र एक्टिभ दुई प्रकारको हुन्छ । मानिस बाहिर रिस प्रत्यक्ष देखाउन सक्दैन तर हरेक व्यवहारमा रिस प्रतिबिम्वित हुन्छ, त्यो प्यासिभ हो । प्रत्यक्ष आक्रमण गर्न सक्ने, व्यवहार देखाउने रिस एक्टिभ हो । तर यति नै किसिमको भनेर छुट्याइएको छैन । रिसले धेरै नराम्रो हानि नोक्सानी हुन्छ ।

तनाव र रिस एउटै जस्तो लाग्छ ?

रिस र तनाव एउटै होइन । तनाव भनेको आफूलाई कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष नराम्रो बारेमा बढी नै सोचिरहने र त्यसको बारेमा डरको अवस्था सिर्जना हुनु तनाव हो । रिस भनेको जे जस्तो आघात हुन्छ त्यसलाई जनाउने प्रतिक्रिया हो । तनाव कारण हो जसको परिणाम रिस हो ।

रिसको उपचार के हुन्छ ?

रिसलाई व्यवस्थापन गर्न यही औषधिले काम गर्छ भन्ने छैन । रिसको कारण पहिल्याएर त्यो अनुसारको उपचार गर्दा कम हुन्छ । मनोवैज्ञानिक हिसाबले उपचार गर्नुपर्छ, रिसको कारण राम्रोसँग विश्लेषण गरेर त्यहीअनुसारको उपचार गरी रुपान्तरण गर्न सकिन्छ ।

नोट:  माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।