हाम्रो आफ्नै भान्सामा थुप्रै औषधीय गुण रहेका खानेकुराहरु रहेका छन । जसको बारेमा हामीलाई थाहा पनि छैन । आज हामी यहाँ हाम्रो भान्सामा के-कस्ता खानेकुरामा कस्ता औषधीय गुण पाइन्छ भनेर चर्चा गर्नेछौ ।

कैयौं पटक हामी साधारण बीमारीमा पनि आत्तिन्छौं तर घरेलु उपचार विधि बारेमा अनविज्ञ हुन्छौं । घरेलु उपचार भनेको घरायसी तरिकाले विरामको उपचार गर्नु हो ।

यस विधिमा घरमा सजिलै उपलब्ध हुने सामग्री प्रयोग गरी उपचार गरिन्छ । यदि हामीलाई अलिकति घरेलू उपचारको बारेमा थाहा भए सरल तरिकाले तत्कालै लाभ हाँसिल गर्न सकिन्छ । हाम्रा बुढापाकाहरूले सिकाउनुभएको सुन्नुभएकै होला ।

हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ । जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले तन्दुरुस्त रहन सघाइरहेका हुन्छन् ।

कुन मसला कुन रोगका लागि लाभदायी हुन्छ त  ?

लसुन

लसुनलाई खाना स्वादिस्ट बनाउने मसला मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव स्वास्थ्यका लागि धेरै लाभदायी गुण हुन्छन् लसुनसँग । एसिडिटीको समस्यामा यसको प्रयोग असाध्यै लाभदायी मानिन्छ ।

लसुनले उच्च रक्तचाप कन्ट्रोल गर्न मद्दत गर्छ । यसले रगत प्रसारणमा नियन्त्रण गरेर कतिपय अवस्थामा मुटुका रोग लाग्नबाट समेत जोगाउँछ ।पेटका रोग जस्तै डाइरियाका लागि यसको प्रयोग असाध्यै प्रभावकारी ठानिएको छ ।

त्यसैगरी प्राचन प्रक्रियालाई यसले सघाउँछ । आत्तिने वा तनावबाट सिर्जना हुने एसिडिटी कन्ट्रोल गर्न पनि काम आउछ । लसुनमा रहेको डिटक्सिफिकेसन गुणका कारण विश्वमैं वैकल्पिक चिकित्सामा यसलाई सबभन्दा राम्रो खाद्य सामग्री मानिएको हो । यो त्यति शक्तिशाली हुन्छ, कतिपय परजीविलाई शरीरभित्रै सिध्याइदिन्छ ।

मधुमेह र कति प्रकारका क्यान्सर समेत निको गर्न यसले मद्दत गर्छ । लसुन श्वासप्रश्वास प्रणालीका लागि पनि राम्रो हुन्छ । यसले टिबी, दम, निमोनिया, रुघालगायतका रोगको रोकथाम गर्न सक्छ ।

खुर्सानी

खुर्सानीको प्रयोग बुझेर गर्दा यसले ओखतीकै काम गर्छ । बङ्गारा दुखेमा सफा सिलौटामा मसिनो गरी खुर्सानीमा पानी मिसाई पिँधेर कपडाछान गर्नुपर्छ। यदि वायाँ वङ्गारो दुखेको छ भने दाहिने कानमा यसको झोल हाल्नुपर्छ ।

यदि खुर्सानी पानीले पोल्यो भने अलिकति घ्यू मनतातो पारेर एक दुई थोपा कानमा हाल्दा सन्चो हुन्छ । पुरानो खुर्सानीको बोटको जरा सुरक्षित राखी जरालाई चन्दन बनाएर मोतीया बिन्दु हुन लागेको या आँखामा लगाउदा आराम गर्छ ।

एउटा खुर्सानी पानीमा डुवाउनुपर्छ । त्यसलाई छानेर अलिकति मह मिसाई कुल्ला गर्दा घाँटीको घाउ निको हुन्छ। केही बेर पोल्न सक्छ।

स्वर बन्द भएमार गला बसेमा तीन वटा खुर्सानी एउटा कागती तीन मासा बदाम, तीन ग्राम मिश्री र बबुरको गुँद पिधनु र गोली बनाउनुएर दिनमा दुई९दुई पटक गोली मुखमा राखी चुस्नुपर्छ। बसेको स्वर खुल्छ ।

मृगौला शुल एउटा खुर्सानी पानीमा हाली खुव पिँधि चन्दन जस्तो भएपछि शुल भएको ठाउमा लेप लगाउनु, दुख्ने एकदम छोड्छ ।

निमोनिया एउटा खुर्सानीमा पानी हालेर खुव पिँधि चन्दन जस्तो लेप तयार भएपछि मनतातो बनाई दुखेको ठाउमा लेप गर्दा दुख्न छोड्छ । लेप लगाएको ठाउमा सहन नसक्ने गरी पोल्यो भने १५ मिनेट पछि लेप हटाई पोलेको ठाउमा गाईको घ्यू लगाई दिनु पर्छ ।

ज्वानो

ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारी आदिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ ।

ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले गर्छ ।

सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ । यसले पाचनशक्ति बढाउँछ, हानीकारक जीवाणु एवम् कृमिनाश गर्छ, वायुविकार हटाउँछ ।

गर्मी, सर्दी दुबै मौसममा अनुकुल ज्वानोले फाइदा गर्छ । पेट दुखाइ कम गर्न, पेटका कृमिहरु नाश गर्न र पाठेघर सबल पार्न ज्वानोको प्रयोग फाइदा जनक छ । ज्वानोको बढी प्रयोग गर्दा हानी देखिएमा धनियाँको प्रयोग गर्नुपर्ने कुरा आयुर्वेदले मानेको छ ।

पेट दुखेमा ज्वानो पानी पकाएर थोरै नून मिसाई खान दिँदा पेट दुखेको कम हुन्छ । पेट फुलेमा भुटेको ज्वानो एक चम्चा र थोरै बीरेनून मिसाई पिस्ने र त्यो पाउडरलाई एकडेढ चम्चा तातो पानीसँग खाने गर्दा पेट फूल्ने ठिक हुन्छ ।

महिलाहरुमा सेतो पानी बग्ने समस्या भएमा नियमित रुपले चौलानी पानीमा भुटेको ज्वानोको पाउडर राखी फिटेर केही महिनासम्म पिउने गर्दा सुधार हुन्छ । ज्वानोको प्रयोग झोल बनाउँन, तरकारी एवम् भात, रोटी वा अन्य खानेकुरा आदि पनि गर्न सकिन्छ ।

पुदिना

पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ । चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ ।

आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ । यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ ।

दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५-६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ । पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १-२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ ।

पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ । दिनको १०-१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २-३ पटक केही महिनासम्म खुवाउन सकिन्छ ।

कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ ।

सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ ।पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घटद्छ ।

पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ ।पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ । घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ ।

अदुवा

आयुर्बेदिक चिकित्सा पद्धतिमा अदुवालाई महाऔषधीको नाम दिइएको छ । फिलिपिन्समा अदुवा चपायो भने दुष्टात्माहरु नष्ट हुन्छन् भन्ने विश्वास गरिन्छ । अठारौं शताब्दीतिर युरोपमा अदुवाले यौनशक्ति बढाउछ भनेर विश्वास गरिन्थ्यो ।

यसको प्रयोगले गर्दा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउने र तागत दिने हुनाले यसमा यौनशक्ति बढाउने क्षमता पनि रहेको हुन्छ भन्ने ठानिन्छ ।

अदुवामा पनि एक प्रकारको गन्धरहित तेल हुन्छ । त्यसैले अदुवा चपाएर राख्दा पनि मुखबाट कुनै गन्ध आउदैन । अदुवालाई ताजा र सुकाएर प्रयोग गर्न सकिन्छ । सुकाएको अदुवालाई सुठो भनिन्छ । जाडोमा अदुवाको का“ढा बनाएर खाने चलन छ ।

रुघाखोकी, घाटी दुख्दाको बेलामा अदुवाको टुक्रालाई सफा गरेर पोलेर मुखमा राखिराख्दा घाटीबाट हुने दुखाइ धेरै नै कम हुन्छ । गर्भावस्थाको सुरुसुरुको एक टुक्रा अदुवा मुखमा हालेर रस निलिरह“दा वाकवाकी हुने समस्या धेरै कम हुन्छ ।

अपच भएको बेलामा अदुवाको ससाना टुक्रालाई बिरेनूनसंग मिसाएर खानाले अपचको समस्या कम हुन्छ । अदुवाभित्रका केही तत्वहरुले कोलेस्टेरोल नामको बोसो घटाउन मद्दत गर्छन् र मुटुको रोगबाट बचाउ“छन् । विदेशतिर जिन्जरओला भनेर अदुवाबाट निकालिएको रस बेचिन्छ ।

हींग

हींगलाई भगवानको खाना भनिन्छ । यसले खानाको स्वाद र सुगन्ध बढाउने मात्र नभई बिभिन्न रोगबाट पनि बचाउछ । यसले पाचनक्रिया मजबुत बनाउछ । श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउछ । रोघाखोकी लाग्नबाट बचाउछ । तातो पानीमा राखेर हिंग खाँदा ब्रोन्काइटिसमा राहत मिल्छ ।

पेट दुख्दा तातो पानीसंग हींग खाँदा दुखाई कम हुन्छ । दाँत दुखेमा हींग खाँदा राहत मिल्छ । दुखाई भएको ठाउमा हींगको लेप लगाउदा दुखाई कम हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउछ । दाद, लुतो भएको ठाउमा हिंगको लेप लगाउदा औषधिको काम गर्छ । कब्जियत भएमा तातो पानी र हिंग खाँदा फाइदा हुन्छ ।

गोलभेंडा

नेपाली भान्छामा अचारका रूपमा प्रयोग गरिने, तरकारीमा प्रयोग गरिने र सलादका रूपमा खाइने खाद्य पदार्थ हो, गोलभेंडा । पाकेको गोलभेंडा हेर्नमा जति आकर्षक देखिन्छ, उति नै लाभकारी पनि मानिन्छ ।

गोलभेंडाको इतिहास निकै पुरानो छ । गोलभेंडा गुलियो, अमिलो, पाचक, शक्तिबद्र्धक र रुचिबद्र्धक हुनुका साथै यसले अतिसार, पेट र मोटोपना रोक्ने औषधिको पनि काम गर्छ । यसमा लौह तत्वको मात्र दूधभन्दा दुई गुणा र अंगुर, मौसम, तरबुजा तथा खरबुजाको तुलनामा बढी पाइन्छ ।

गोलभेंडामा क्याल्सियम, चुना, गन्धक, साइट्रिक एसिडलगायतका तत्व पाइन्छ । गोलभेंडा भिटामिनको भण्डार हुन्छ । गोलभेंडा सेवन गर्दा कब्जियतको समस्या समाधान हुन्छ, रक्त विकारबाट मुक्ति मिल्छ, सुख्खा, एक्जिमाजस्ता रोगमा रामबाण मानिन्छ ।

गोलभेंडा खाने मानिसमा मधुमेह, रुघा, दाँतको समस्या, रक्तस्रावजस्ता रोग लाग्दैन । साथै नेत्र रोगको समस्या पनि हुँदैन ।त्यसो त गोलभेंडा खानाले गम्भीर रोग पनि लाग्छ, जसमा क्यान्सर, पत्थरी, जोर्नी दुख्ने रोग, टाउको दुखाई, कमर दुखाइ पर्छ । यसकारण सन्तुलित मात्रामा नियमित गोलभेंडाको सेवन स्वास्थ्यबद्र्धक हुन्छ भने बढी सेवन कष्टकारक पनि बन्न सक्छ ।

के – के हुन्छन् त भान्सामा औषधि ?

–अदुवाको रसमा या काढामा मह मिसाएर खानाले खोकी सन्चो हुन्छ ।

–पाकेको आँपको रसमा मह मिसाएर जण्डीसको रोगिलाई खुवाउनाले लाभ हुन्छ ।

–जुन बच्चालाई शकर चीनी खानु हुँदैन, उस्लाई शकरको ठाउँमा मह दिन सकिन्छ ।

–बान्ता (वमन) को समय पुदिनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।

–शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने । यस्ले त्वचाको शुष्कता हटाउँछ र लावण्यता प्राप्त हुन्छ ।

–एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।

–मह नित्य सेवन निर्बल आमाशय र आँतलाई बल प्रदान गर्छ ।

–प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरू हटाएररा नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।

–हृदयको धमनीको लागि मह बडो शक्तिवद्र्धक हुन्छ । सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी पीउनालेकमजोर हृदयमा शक्तिको संचार हुन्छ ।

–पेटको स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।

–सुख्खा खोकीमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।

–महले मांसपेशिहरू बलवती हुन्छ ।

–बढेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।

–अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।

–सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मचमा फिटेर तयार गरेर छालामा दल्ने । यसो गर्दा यसले छाला चम्किन्छ ।

–कब्जियतमा टमाटर वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।

गर्मी याममा आफ्नो स्वास्थ्यको ख्याल गर्न निम्न उपायहरु अपनाउन सकिन्छ :

१. गर्मीमा बढी पसिना आउने भएकाले शरीरमा पानीको कमी हुनसक्छ । त्यसैले, पर्याप्त मात्रामा पानी वा झोलयुक्त पदार्थ पिउने ।

२. आँखाको सुरक्षाको लागि सनग्लास प्रयोग गर्ने, आँखालाई धुलो, धुवाँ आदिबाट बचाउने ।

३. मौसम अनुसारको सागपात, फलफूलको सेवन गर्ने । सडेगलेको, बासी, जथाभावी राखिएको खानेकुरा नखाने ।

४. सकेसम्म घर बाहिरको खानेकुरा सेवन नगर्ने । फूटपाथको खानेकुरा, जस्तै चटपटे, पानीपुरी, मम, चाउमिन जस्ता खानेकुराले पाचन प्रणालीलाई खराब गर्न सक्ने भएकाले यस्ता खानेकुरा सकेसम्म नखाने ।

५. सरसफाईमा विशेष ध्यान दिने । पसिना बग्ने, धुलो–धूँवा शरीरमा टाँसिने भएकाले नियमित नुहाउने ।

६. घरबाहिर निस्कँदा पुरै शरीर ढाक्ने पहिरन लगाउने । धुलो, धूँवा तथा घामको सोझो किरणबाट छालालाई जोगाउने ।

७. आफ्नो घर, आँगन वा आफू बसोबास गर्ने आसपासको क्षेत्र सफा, सुग्घर राख्ने ।

८. पानी जम्ने खाल्डाखुल्डी, फोहोरको थुप्रो, कुहिएका बस्तुहरु हटाउने ।

९. रातमा सुत्दा झुलको प्रयोग गर्ने । लामखुट्टेको टोकाईबाट बच्न धूपलगायतका हानिकारक चिजहरुकाले प्रयोग नगर्ने ।

१०. बालबालिका, सुत्केरी, वृद्धवृद्धा तथा रोगीहरुको विशेष ख्याल गर्ने, उनीहरुको खानपान तथा नियमित सरसफाईंमा ध्यान दिने ।

नोट:

माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।