के तपाईलाई भान्टाको तरकारी मन पर्छ ? यदि मन पदैँन भने पनि खानुहोस् । किनकी भान्टा मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो । भान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्याङ्गानिज सेलेनियम लगायतका तत्व पाइन्छन् ।

भान्टाको तरकारी धेरैलाई मन पर्छ । भान्टामा विभिन्न थरीका भिटामिन पाइन्छ । भान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्याङ्गानिज सेलेनियम आदि पाइन्छ ।

भान्टामा न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले शरीरको तौललाई सन्तुलित राख्ने काम गर्छ । भान्टामा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले शरीरको पाचनप्रक्रियालाई मात्र व्यवस्थित गर्दैन कि कोलेस्ट्रोल र चिनीको मात्रा पनि घटाउँछ ।

भान्टाको प्रयोगले कब्जियतको जोखिमलाई पनि कम गर्छ । भान्टामा केही मात्रामा कार्बोहाइड्रेट र बोसोको मात्रा पनि हुन्छ । भान्टामा एन्थोसाइनिन, प्रोभोनाइटजस्ता अवयव हुने भएकाले तरकारीमा पनि विशेष रङ उत्पन्न गर्छ ।

नियमित सेवनले मधुमेह, मुटुरोग, शरीरमा बोसो लाग्नेजस्ता स्वास्थ्य समस्याको जोखिमसमेत न्यूनीकरण गर्छ । यसमा पाइने भिटामीन बि–६, सी, पोटासियम, वनस्पतिजन्य पोषक तत्वले मुटुजन्य स्वास्थ्य समस्यालाई कम गर्छ ।

फ्याभोनाइड पनि अत्यधिक मात्रामा पाइने भान्टाले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्ट उत्पादन गर्छ । एन्थोसाएनिन, फ्योभोसाइडजस्ता तत्व पाइने भएकाले शरीरका रक्तनलीलाई तन्दुरुस्त राख्ने काम पनि गर्छ ।

भान्टा सेवनले ब्याड कोलेस्ट्रोललाई नियन्त्रण गर्ने भएकाले रक्तचापलाई पनि सन्तुलनमा राख्छ । भान्टामा पाइने पोटासियमले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन कायम राख्न सहयोगी भूमिका खेल्छ । जसले शरीरमा सोडियमको असरलाई निष्क्रिय बनाई रक्तचाप नियन्त्रण गर्छ ।

भान्टा खादाको फाइदा :

भान्टाको सेवनले शरीरलाई निकै फाइदा गर्छ । यसले हड्डि बलियो बनाउनुका साथै एनिमियाबाट बचाउँछ ।

भन्टाको नियमित सेवनले मधुमेह तथा ब्लड प्रेसर नियन्त्रण गर्न मद्दत गर्छ । तथा क्यान्सर जस्ता बिरामीका लागि फाइदाजक हुन्छ ।

भान्टामा भिटामिन सी, भिटामिन के, थामिन, नियासिस,, भिटामिन बी६, फोलेटका साथै शरीरलाईआवश्यक पर्ने मिनरल्स फसफोरस कपर आइरन म्यान्नेसियम तथा पोटासियम आदि पाइन्छ ।

यसका साथै भान्टामा प्रशस्त मात्रामा फाइबर हुन्छ । यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

भान्टाको नियमति सेवनले पाचन क्रियालाई मजबुत बनाउन मद्दत गर्छ ।

भान्टा पूर्ण रुपमा सन्तुलित आहार :

भान्टामा न्यून कयालोरी हुन्छ । जसको नियमित सेवनले तौललाई सन्तुलित राख्नमा सहयोग पुग्छ । त्यसैले पनि होला यसलाई तौल न्युनीकरणको आहारको रुपमा पनि लिने गरिन्छ ।

यसमा आहार जन्य रेसा अर्थात फाइवरको मात्रा प्रचुर हुन्छ । जसले पाचनजन्य समस्या त ठिक पार्छ नै शरिमा कोलेस्ट्रोल र चिनीको मात्रालाई पनि नियन्त्रण गर्ने काम गर्छ । यसको सेवनले कब्जियतको जोखिम पनि कम हुन्छ ।

भान्टामा भिटामीन ए, सी, ई, के, वि ६, नायसीन, फोलेट र कोलीनको मात्र प्रचुर हुन्छ । पोटासियम, क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस, जिंक, कपर, म्याङगानीज सेलेनियम जस्ता खनीज तत्वहरु पनि सबाट प्राप्त गर्न सकिने भएकाले यसलाई पूर्ण सन्तुलित आहारको रुपमा लिने गरिन्छ ।

भान्टाको नियमित सेवनले जीवनशैल्ाी जन्य मधुमेह, मुटु रोग, शरिरमा बोसोलाग्ने जस्ता जोखिम न्यनिकरण गर्छ । यसमा पाइने भिटामीन बि-६, सी, पोटाशियम, बनस्पतिजन्य पोषणले मुटुजन्य समस्या न्युनिकरणको लागि सहयोग पुर्‍याउँछ ।

यो तरकारीमा फ्याभोनाइड को मात्रा अत्यधिक हुने भएकाले एन्टी अकसीडेन्ट गुण देखाउँछ । एन्थोसाएनीन जस्ता वनस्पतिजन्य फयोभोसाइड भएका खानाको सेवनले मुटु रोगको जोखिमलाई कम गर्ने बैज्ञानिकहरुका विभिन्न अनुसन्धानले नै पुष्टि गरेको छ ।

यस्तो तत्वले रक्तनलीलाई तन्दुरुस्त राख्ने काम गर्छ । जसको कारण रक्तचाप नियन्त्रणमा रहन्छ ।

भान्टामा पाइने अर्को महत्वपूर्ण तत्व भनेको कोरोजेनिक एसीड हो । यसले रगतमा कम घनत्वको लीपो प्रोटिन उत्पादनमा मदत गर्छ । भान्टामा पाइने पोटाशियमले फेरि शरीरमा इलेक्ट्रोलाइटसलाई सन्तुलनमा राख्न मद्दत गर्छ । जसले गर्दा उच्च रक्तचापको जोखिम अति न्युन हुन्छ ।

यति मात्र नभएर भान्टामा भएका अनगिन्ति खनीज, भिटामीन र एन्टिअक्सिडेन्टले शरीरको छालालाई सफा, रसिलो र मुलायम गराएर राख्न मदत गर्छ ।

किनकी भान्टामा भएको अकसीकरणरोधी एन्थोसाइनिन्सले छालाको कोशीकालाई क्षती हुनबाट बचाउँछ । जसले गर्दा छाला च्याउरीने, थोप्ला देखिने, रंग वद्लिनेजस्ता समस्याबाट बच्न सकिन्छ ।

त्यतिमात्र होइन भान्टाको रस लगाउँदा कपालको जरा वलियो हुन्छ । भाण्टाको तरकारी नियमित खानाले कपालको वनावट मा सुधार आउनुका साथै चम्किलो भएर जान्छ ।

भान्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउने काम गर्छ । पोेलिफिनोलहरुले क्यान्सरको कोषीकालाई मार्ने तथा बिषाक्त कोषीका नष्ट गर्ने कमा गर्छ ।

भान्टाको बोक्रामा पाइने एन्थोसाइनीन फाइटोले मस्तीष्कको कोषिका क्षति हुनबाट बचाउँछ । यसले मस्तीष्क कोषिकाका झिल्लीहरुमा हुने बोसो संरक्षण गरिराख्न सघाउ पुर्‍याउँछ । त्यतिमात्र नभएर यसले मस्तिष्क कोषिकाको आवश्यक पोषण तत्व प्रवाहमा पनि गरि विषादीलाई हटाउने काम गर्छ ।

भण्टाको रसको सेवनले सहि समयमा पिसाव हुन्छ । जसले गर्दा शरीरवाट सजिलै बिषाक्त पदार्थ वाहिरिई मृगौला स्वस्थ रहन मद्दत पुग्छ ।

भान्टामा न्युन कार्बोहाइड्रेट तथा उच्च रेसा, फाइवर पाइने हुँदा मधुमेहको जोखिम कम हुन्छ । यसले रगतमा अप्रत्याशित रुपमा रगतमा ग्लुकोजको मात्रा बढ्न दिदैन ।

भिटामिन-के म्यागानीज, कपर जस्ता तत्वले हाडको स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ । किनकी मानिसको शरिरमा कपरको मात्रा कम भएमा हाड कमलो भई खिएर जाने गर्दछ ।

प्राकृतिक रुपमा पाइने फोलेट एउटा स्रोत भान्टा पनि हो ।यस्तो भिटामिनले शरीरमा कोशिका विभाजन तथा नयाँ कोषिकाको उत्पादनमा महत्वपुर्ण भुमीका निर्वाह गर्छ । यसले गर्भमा रहेको बच्चामा न्युराल टयुवमा हुने विकार रोक्न सहयोग गर्छ ।

खाने अनेक तरिका

यसलाई उमालेर, बाफीलो पारेर, तारेर, पिंधेर वा अचारलगायतका परिकार बनाएर प्रयोग गर्न सकिन्छ । यसलाई अन्य तरकारीमा मिसाएर प्रयोग गर्दा स्वादिष्ट मात्र हुँदैन अत्यन्तै स्वस्थवर्द्धक हुन्छ ।

यसलाई पूर्ण सन्तुलीत आहारकै रुपमा लिने गरिन्छ । यसमा एन्थो साइनीन जस्तो प्रोभोनाइट जस्ता तत्व अत्याधिक हुने हुँदा तरकारीमा विशेष रंग उत्पन्न गराउँछ गराउँछ ।

भान्टासम्बन्धि थप केहि जानकारी :

भान्टा स्वास्थ्यलाई फाइदा पुर्याउने एक प्रकारको उपयोगी तरकारी हो । यसले स्वास्थ्यलाई विभिन्न खालको फाइदाहरु पुर्याउँछ । यदि तपाईलाई भान्टा मन पर्दैन भने यसको फाइदा बारे थाहा भएपछी तपाई यसलाई नाइँ भन्न सक्नु हुन्न । यसको उपयोगिको बारेमा धेरै मानिसहरु अन्जान रहने गरेका छन् ।

भान्टाले पुर्याउने फाइदाहरु यस प्रकार छन् :

१) दिमागलाई स्वास्थ्य बनाउँछ :

भन्टामा पाइने फाइटोन्युट्रियन्टले दिमागको सेल मेम्ब्रेनलाई सम्भावित क्षतिबाट बचाउछ र सन्देशलाई एक ठाउबाट अर्को ठाउमा पुर्याउन सहयोग गर्छ । जसले गर्दा मानिसको स्मरणशक्ति पनि बढ्ने गर्छ ।

२) तौल नियन्त्रण :

भन्टामा क्यालोरी कम हुन्छ । यसले गर्दा हाम्रो शरीरमा अनावश्यक तौल बढ्दैन । यदि तपाईलाई आफ्नो तौल नियन्त्रण गर्नु छ भने भान्टा खाने गर्नुहोस तपाइलाई लाभ मिल्छ ।

३) मधुमेह नियन्त्रण :

यसमा पाइने फाइबरले हाम्रो ब्लड सुगरलाई नियन्त्रण गर्छ । त्यसैले मधुमेह रोगीले भान्टा खाने गरेमा मधुमेह नियन्त्रणमा आउने गर्छ । यसले ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ ।

४) मुटुरोग लाग्नबाट बचाउँछ :

भन्टाको नियमित सेवनले कोलेस्टेरोलको तहलाई घटाउन सहयोग गर्छ । यसका साथै रक्तचापलाई स्थिर गर्न मद्धत गर्ने भएकाले मुटुको रोग लाग्ने सम्भावनाकम गर्छ । यसमापाइने पोटासियमका कारण शरीरलाई हाइड्रेट राख्छ ।

५) पाचनप्रक्रियामा सहयोग गर्छ :

यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसबाट कब्जियत रोकथाम हुनुकासाथै कोलोन क्यान्सरको सम्भावनालाई पर राख्छ ।

६) धुम्रपान हटाउँछ :

भान्टामा अलिकति मात्रामा निकोटिन पाइन्छ । यसले गर्दा हरेक दिन भान्टा खाने गरेमा धुम्रपानको लत हट्न मद्धत पुग्छ ।

नोट:

माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।