प्रोटिन मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो । प्रोटिन को मात्रा अत्यधिक भएमा हानि पनि गर्दछ । मानव शरीर लाई र धेरै प्रोटिनयुक्त खानेकुरा मिर्गौलाको लागि खतरा हुनेछ ज्यादा प्रोटिन भएका खाना खाने व्यक्तिलाई शाकाहारी भोजन गर्नेकोभन्दा ज्यादा मिर्गौलासम्बन्धी रोग लाग्ने गरेको छ ।

प्रोटिन भएका खानेकुरामा पनि बोसोयुक्त मासु मिर्गौलाको लागि अभिशाप नै मानिन्छ । मुटुरोगको उपचार सहज बन्दै गए पनि मिर्गौलाका रोगीको संख्या भने वृद्धि हुनथालेको छ । करिब ३० वर्ष काटेपछि मानव शरीरमा प्रोटिनको आवश्यकता खासै पर्दैन । यद्यपि हप्तामा एकदिन साम्न्य प्रोटिन खाए पुग्नेमा अधिक प्रोटिन युक्त खानेकुरा खानाले उच्चरक्तचाप र युरिक एसिड बढ्न गइ मानिसलाई मिर्गौलासम्बन्धी रोग लाग्दछ ।

प्रोटिन भएका खानेकुरा खाएपछि धेरै पानी खानुपर्ने हुन्छ । यद्यपि मानिसहरूले पानीको त्यति चाहना पनि गर्दैनन् र मिर्गौलालाई प्रोटिन पचाउन पनि गाह्रो पर्न जान्छ र अन्तमा मिर्गौला ब्रि्रन गइ मान्छेको मृत्यु समेत हुन्छ । मानिसको शरीरमा भएका विकारयुक्त पदार्थलाई पचाउने काम पनि मिर्गौलाले नै गर्छ ।

शरीरको अत्यन्त महत्वपूर्ण अंग पनि हो मिर्गौला । मिर्गौलामा रोग लागिसकेपछि निको नै हुन्छ भनेर भन्न् पनि नसकिने र धेरै खर्चालु भएकाले पनि सामान्य मानिसको दुवै मिर्गौला काम नलाग्ने भएपछि उसले मृत्युलाई कुर्नुसिवाय केही विकल्प रहदैन

उच्च रक्तचाप र मधुमेहका रोगीलाई मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना निकै बढी हुन्छ । शुरशुरुमा यो रोगको खासै लक्षण भने देखिंदैन । त्यसैले हामी विरामीलाई समय समयमा रगत र पिसाव जचाउनु पर्दछ ।

मिर्गौलालाई बचाउन दैनिक शारीरिक ब्यायाम, शारीरिक तौल नियन्त्रण, वार्षिक स्वस्थ्य परीक्षण गराउने उचित खानपिन मा ध्यान दिने ।

प्रोटिन मानिसको स्वास्थ्यका लागि महत्वपूर्ण तत्व हो। यसले शरीरको कोशिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ। यो हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ। गर्भावस्थामा प्रोटिन बढी आवश्यक हुन्छ। शिशुको निर्माण प्रक्रियामा पनि यसको अहम् भूमिका हुन्छ। मानिसको पूरै जीवनमा प्रोटिन धेरथोर आवश्यक भइरहन्छ। यसैले हाम्रो खानामा पनि कुनै न कुनै प्रोटिनजन्य खाद्यपदार्थ सामेल गराइएको हुन्छ। थाहा पाऔं प्रोटिन बढी पाइने खानेकुराहरु :

एकदिनमा कति प्रोटिन जरुरी ?

युनाइटेड स्टेट डिपार्टमेन्ट अफ एग्रीकल्चका अनुसार शरीरको तौलको हिसाबमा प्रतिदिन ०.८ ग्राम प्रोटिन जरुरी हुन्छ। उदाहरणका लागि यदि तपाईंको तौल ६० किलो छ भने ४८ ग्राम (६० किलो गुणा ०.८) प्रोटिन जरुरी पर्छ। यदि स्ट्रेन्थ तालिम गरिरहनुभएको छ भने तौलको हिसाबले प्रतिकिलोग्राम १.५ देखि २ ग्राम प्रोटिन आवश्यक हुन्छ।

सिमी
सिमी प्रोटिनको निकै राम्रो स्रोत हो। पोषणविद् यसलाई प्रोटीनको पावरहाउस पनि भन्छन्। यसमा शरीरलाई आवश्यक फाइबर भरपूरमात्रामा पाइन्छ। सुकाइएको र हरियो सबै खालका सिमीमा प्रोटिन पाइन्छ। यसमा पर्याप्तमात्रामा भिटामिन ए, सी, के र बी ६ पाइन्छ। यो फोलिक एसिडको पनि राम्रो स्रोत हो। यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्यांगनिज, बिटा क्यारोटिन, प्रोटिन, पोटासियम र कपर पायन्छ। एक कप उमालिएको सिमीमा करिब ७ ग्राम प्रोटिन हुन्छ।

माछा
एमिनो एसिड भरपूर पाइने भएकाले माछा प्रोटिन एक राम्रो स्रोत हो । माछामा लाइसिस र थ्रियोयिन तत्व पाइन्छ । साना माछा हड्डीसमेत उपभोग गर्नाले क्याल्सियम पनि राम्रो पाइन्छ । माछामा पाइने स्याचुुरेटेड फ्याट, अधिक मात्रामा प्रोटिन र ओमेगा ३ फ्याटी एसिडका कारण यो स्वास्थ्यबद्र्धक मानिन्छ । माछामा भिटामिन, खनिजलगायत कयौं प्रकारका पोषक तत्व पाइन्छ ।

अण्डा
अण्डा खानाले शरीरका लागि आवश्यक भिटामिन र खनिज पाइन्छ । अण्डामा निकै प्रकारका पौष्टिक तत्व पाइन्छ, जसबाट भिटामिन र प्रोटिन पाइन्छ । १०० ग्राम उमालेको अण्डामा भिटामिन ए १० प्रतिशत, भिटामिन डी २१ प्रतिशत, १८ प्रतिशत भिटामिन बी १२, ५ प्रतिशत भिटामिन बी ६, म्याग्नेसियम २ प्रतिशत, आइरन ६प्रतिशत, सोडियम १२४ मिलिग्राम, पोटासियम १२६मिलिग्राम, कोलेस्टेरोल ३७३ मिलिग्राम र प्रोटिन १३ ग्राम पाइन्छ ।

पनिर र डेरी उत्पादन
पनीर, दही, चिजजस्ता डेरी उत्पादनमा प्रोटीन भरपूरमात्रामा पाइन्छ । चिजको तुलनामा पनीर र दहीमा क्यालोरी पनि कम हुन्छ । त्यसैले यी चिज खाँदा डाइट प्लानमा कुनै फरक पर्दैन । गाइको दूूधबाट बनेको १०० ग्राम पनीरमा १८.३ ग्राम प्रोटीन हुन्छ, जो अण्डाभन्दा कयौं गुणा बढी हो ।

उमारिएको गेडागुडी
गहुँ, चना, मुँग, दालजस्ता उमारिएको गेडागुुडीमा प्रोटीन निकै बढी पाइन्छ । एक कप उमारिएको अनाजमा १३ देखि १६ग्रामसम्म प्रोटिन हुन्छ । यसमा क्यालोरी कम हुने हुनाले सलादमा मिसाएर पनि खान सकिन्छ । उमालेर या पकाएर खानाले पनि यसमा भएको प्रोटिनले फाइदा नै दिन्छ ।

शरीरमा प्रोटिन कम हुँदा के के हुन्छ ?

शरीरलाई नभई नहुने पोषक तत्वमा पर्छ प्रोटिन । अङ्ग, मांसपेशी, स्नायु प्रणाली तथा प्रतिरक्षा प्रणाली धेरै हदसम्म प्रोटिनमा भर पर्छन् । शरीरको संरचना विकासमा यसको भूमिका महत्त्वपूर्ण हुन्छ ।

मांसपेशीको विकास तथा आन्तरिक स्वस्थताले शरीरको ढाँचा तयार पार्छ र यो सब प्रोटिनमा निर्भर रहन्छ । त्यसैले अत्यावश्यक प्रोटिनको मात्रा शरीरलाई पुगेको छ वा छैन थाहा पाउनु जरुरी छ । प्रोटिनको अभावमा तपार्इंको शारीरिक विकास राम्रोसँग हुँदैन । प्रोटिन अभाव भएको सङ्केत थाहा पाउन सके त्यसको समाधानको उपाय अपनाउन सकिन्छ ।

प्रोटिन अभावका लक्षण

पातलो रौँ
रौँको मोटाई वंशाणुगत हुने भए पनि प्रोटिनको अभावमा रौँ पातलो हुन्छ । शरीरमा प्रोटिनको कमी हुन जाँदा शरीरले रक्षात्मक उपाय अपनाएर रौँ, नङलाई प्रोटिन आपूर्ति गर्न छाड्छ । यसैकारणले नङ र रौँको स्वास्थ्य बिग्रन्छ । यसैले रौँ र नङको स्वास्थ्य अवस्थाले शरीरमा प्रोटिनको मात्रा दर्साउँछ ।

आँखा सुन्निने
प्रोटिनको अभाव भएको अवस्थामा रगतमा प्लाज्मा प्रोटिन कमी हुन्छ । कलेजोले पर्याप्त मात्रामा फलाम तत्व सञ्चय गर्न नसक्दा यसरी प्लाज्मा प्रोटिन कम हुने हो । फलाम तत्वको कमी भएर हेमोग्लोबिनको उत्पादन घट्छ र रक्तअल्पता भएर आँखा सुन्निन्छ ।

थकान
प्रोटिन कम हुँदा शरीर थकित हुन्छ किनभने शरीरले पर्याप्त ऊर्जा पाउँदैन । शरीरमा चिनीको मात्रा प्रोटिनको सहयोगमा व्यवस्थित हुन्छ । यसैले प्रोटिनको पर्याप्त मात्रा भएन भने दिमागले राम्रोसँग काम गर्न सक्दैन र थकान महसुस हुन्छ । मांसपेशी क्षय हुनुले प्रोटिनको कमी देखाउँछ । प्रोटिनको अभाव भएमा मांसपेशीको आकार कम हुन थाल्छ ।

भोक लाग्नु
प्रोटिनको आभावमा भोक धेरै लाग्छ ।

बारम्बार विसन्चो हुनु
स्वस्थ मानिसमा पनि प्रोटिनको आभाव भएको अवस्थामा बारम्बार बिरामी पर्न थाल्छ । शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन पर्याप्त मात्रामा प्रोटिन आवश्यक पर्छ । रातो रक्तकोष, सोतो रक्तकोष र एन्टिबडीको आधार प्रोटिन हो । यी सबै पक्षले मिलेर शरीरमा रोगाणु नाश गर्ने काम गर्छन् ।

झाडापखाला
झाडापखाला लाग्नु भनेको पाचन प्रणाली बिग्रनु हो । यस अवस्थामा आन्द्राले पोषक तत्व राम्रोसँग अवशोषित गर्न सकेको हुँदैन र शरीरमा प्रोटिनको कमी हुनजान्छ ।

धेरै प्रोटिन पाइने खाद्यवस्तु
दालः दाल र गेडागुडीमा पर्याप्त मात्रामा प्रोटिन हुन्छ तर यसप्रकारको प्रोटिन पचाउन गाह्रो हुने भएकाले तरकारीसँग मिलाएर राम्रोसँग चपाएर खानुपर्छ । अण्डाः अण्डामा हामीलाई चाहिने महत्त्वपूर्ण प्रोटिन हुन्छ । साथै सबै आठ प्रकारका अत्यावश्यक एमिनो एसिड पनि अण्डामा पाइन्छ ।

 

हामीमध्ये कतिलाई थाहा नहुन सक्छ पुरुषलाई दैनिक ५६ ग्राम प्रोटिन आवश्यक पर्छ भने महिलालाई ४६ ग्राम । प्रोटिनले कोषको वृद्धिमा मदत गर्छ, त्यसैले प्रोटिन बढाउने तरिका जानिराखौँ ।

१. पालुङ्गो : पालुङ्गोमा ३० ग्राम प्रोटिन हुन्छ ।

२. बन्दागोभी : यसमा पनि हाम्रो शरीरमा चहिने प्रोटिन ७० ग्राम हुन्छ ।

३. ब्रोकाउली : ब्रोकाउलीमा पनि ९१ ग्राम प्रोटिन हुन्छ, जसले हामीलाई प्रोटिन कम हुनबाट बचाउँछ ।

४. काउली : एउटा मिडियम साइजको काउलीमा १०० ग्राम प्रोटिन हुन्छ ।

५. च्याउ : सेतो एक कप च्याउमा १०३ ग्राम प्रोटिन हुन्छ ।

यी खानेकुरामा पाइन्छ मुटुका लागि फाइदाजनक प्रोटिन :

मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ ।

जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् त ? हेरौंः

देशी बदाम :
यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।

काजु :
काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

पेस्ता :
पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।

बदाम :
१०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

ओखर :
ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।

किसमिस :
दाख वा किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्त तथा कफसम्बन्धी तीनै दोषको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

अन्जीर :
अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले कब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दुखाइ, थाइराइड तथा पाइल्सजस्ता रोगमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ ।

नोट:
माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।