पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ ।

महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ ।

डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्त्व हो ।

महिला प्रजनन प्रणाली अत्यन्तै संवेदनशील, परविर्तनशील, हर्मोन तथा रसायनहरूको तीव्र प्रभावयुक्त हुने भएकाले पाठेघरको क्यान्सरबाहेक योनिको क्यान्सर, योनिद्वारको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सर पनि विद्यमान छन् । त्यस्तै, स्तनको क्यान्सर पनि अत्यन्तै ठूलो मात्रामा पाइने क्यान्सर हो ।

चेतनाको अभाव, आर्थिक-सामाजिक अवस्था तथा लाजका कारण धेरै महिलाहरू नियमित रूपमा प्रजनन प्रणालीको जाँच गर्दैनन्, जसले गर्दा उपचारको प्रभावकारतिा कम र मृत्युदर बढी हुन्छ ।

पाठेघरमा बाहिरी तह ‘इन्डोमेटि्रयम’ र भित्री मासुको तह ‘मायोमेटि्रयम’ हुन्छन् । जसमध्ये बाहिरी तहको क्यान्सर अर्थात् इन्डोमेटि्रयल क्यान्सर ९५ प्रतिशत र भित्री तह अर्थात् मायोमेटि्रयल क्यान्सर पाँच प्रतिशत मात्र हुन्छ। तसर्थ, पाठेघरको क्यान्सरलाई इन्डोमेटि्रयल क्यान्सर पनि भनिन्छ ।

पाठेघरमा असामान्य कोषहरूको वृद्धि भएपछि पाठेघर सुन्निने, मासु, फोका वा गुच्छाजस्तो पलाउने हुन्छ । क्यान्सरमा परिणत नहुने फाइब्राइड, पोलिप्स आदि मृत्युको कारक हुँदैनन्, उपचार वा शल्यक्रियापछि निको हुन्छ र पुनः उम्रँदैनन्, वरपिर िअवयवका कोष तथा तन्तुलाई हानि गर्दैनन् र शरीरको अन्य भागमा फैलिँदैनन् ।

क्यान्सरमा परण्िात हुने फाइब्राइड, पोलिप्स आदि मृत्युको कारक हुन्छन्, शल्यक्रिया गरेर हटाए पनि पुनः वृद्धि हुन्छन्, नजीकका तन्तु तथा अंगहरूमा असर गर्छन् र शरीरको अन्य भागमा पनि फैलिन्छन् ।

डिम्बासय महिलाको तल्लो पेटको भागमा पाठेघर नजिक रहेको हुन्छ । पाठेघरको दुबै तर्फ हुने सानो अण्डा आकारको अंगलाई डिम्बासय भनिन्छ ।

यो अंगको प्रमुख काम भनेकै महिनै पिच्छे डिम्ब अर्थात् अण्डा उत्पादन गर्नु हो । डिम्बासय महिलाको प्रजनन प्रणालीको महत्वपूर्ण अंग हो । डिम्बासयमा निको नहुँने घाँउ र ट्युमर देखिएमा यसलाई डिम्बासयको क्यान्सर भनिन्छ ।

के हो डिम्बाशय क्यान्सर ?

पाठेघरको दुवैतिर हुने सानो अन्डा आकारको अंगलाई डिम्बासय भनिन्छ। डिम्बासय महिलाको प्रजनन प्रणालीको महत्वपूर्ण अंग हो। डिम्बासयको क्यान्सर महिलामा धेरै देखिने क्यान्सरमध्येको एक हो ।

पालमा महिलामा देखिने क्यान्सरमा यो क्यान्सर तेस्रो नम्बरमा छ । विश्वमा यो क्यान्सर चारदेखि पाँचौ स्थानमा छ । नेपालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर पहिलो र दोस्रो नम्बरमा छ ।

डिम्बासयको क्यान्सर कोषिकाको अनियन्त्रित वृद्धि भएर हुन्छ । क्यान्सर हुनुको ठोस कारण आजसम्म पत्ता नलागे पनि यो क्यान्सर उमेर बढ्दै गएपछि अर्थात् ४० कटेका महिलामा देखिन्छ । तर पछिल्लो समय कम उमेरका महिलामा पनि यो क्यान्सर अध्यधिक देखिन थालेको छ ।

यो क्यान्सर भएको समयमा विशेषका खालको फरक लक्षण नदेखिने भएकाले महिलाले खासै ध्यान दिँदैनन् । देखिने लक्षण पनि त्यति वास्ता गरिहाल्नुपर्ने खालका हुदैनन् ।

स्तन, पाठेघर, लामो आन्द्राको क्यान्सर भएका बिरामी, परिवारमा अरु कुनै क्यान्सर भएको छ भने बच्चा नजन्माएका महिलामा डिम्बासयको क्यान्सर हुने उच्च सम्भावना रहन्छ ।

यो क्यान्सर मुख्यतया ३ प्रकारका हुन्छन् । जुन डिम्बासयको विभिन्न भागबाट उत्पन हुन्छन्।

इपिथिलीय सेल क्यान्सर :

यो क्यान्सर डिम्बासयको बाहिरी भागबाट आउँछ। यो सबैभन्दा बढी पाइने प्रकारको क्यान्सर हो।

जम सेल ट्युमर्स :

यो डिम्बासय रहेका अन्डा÷अन्डाको कोषिकाबाट उत्पन्न हुन्छ। यो वयस्क महिलामा बढी हुने गर्दछ र बालबालिकामा पनि देखिन्छ।

स्टेनल ट्युमर :

यो डिम्बासय वरपरको तन्तु र कोषिकाबाट उत्पन्न हुन्छ। यो विभिन्न प्रकारको डिम्बासय क्यान्सरको उपचार पद्धति भिन्नभिन्न हुनसक्छ ।

डिम्बासय क्यान्सरका लक्षण

माथि भनिएजस्तो यो क्यान्सर भएको छ भने सुरुमा लक्षण नदेखिन पनि सक्छ । देखिए पनि सामान्य खालका हुन्छन् ।

पेटमा असजिलो महसुस हुने वा दुखाइ हुने प्रमुख लक्षण हुन् । पेट फुल्ने वा पेटमा डल्ला र गाँठा पनि देखिन सक्छन् ।

कब्जियत हुने, यौन सम्पर्क पीडादायक हुनसक्छ । धेरै कमलाई मात्र महिनावारीमा अनियमितता वा महिनावारी सुकिसकेको अवस्थामा पनि पुनः रगत बग्ने समस्या हुन्छ ।

रोग फैलिँदै जाँदा छातीमा पानी जम्मा हुने हुन्छ, जसले श्वासप्रश्वासमा पनि समस्या ल्याउन सक्छ। शरीरका अन्य भागमा गिर्खा देखिने वा दिमागमा असर पर्ने हुनसक्छ ।

रोग फैलिइसकेको अवस्थामा भोक नलाग्ने, दुब्लाउँदै जाने हुनसक्छ। वाकवाकी र बान्ता हुने हुनसक्छ ।

रोग पत्ता लगाउन गरिने जाँच र उपचार

रेडियोलोजिकल जाँच, रगत जाँच, अल्ट्रासाउन्ड अफ एबडोमेन, एमआरआई, सिटी स्क्यान र एक्सरे गरी रोग पत्ता लगाउन सकिन्छ ।

डिम्बासय क्यान्सरको मुख्य उपचार शल्यक्रिया हो । उपचार क्यान्सरको चरणमा भर पर्छ। फैलिएको छैन भने शल्यक्रिया गरी घटाएर बायोप्सी गरी रिर्पो अनुसार किमोथेरापी दिइन्छ ।

मुख्यतया यसमा रेडियसन थेरापी चाहिँदैन । क्यान्सर फैलिसकेको छ, पेटमा पानी जमिसकेको छ, ठूलो छ र चिकित्सकले शल्यक्रिया गरी निकाल्न सक्ने अवस्था छैन भने अवस्था हेरी केमोथेरापी दिएर घटाउने र सिटी स्क्यान गरी शल्यक्रिया गर्ने चलन पनि छ ।

शल्यक्रिया अघि या पछि किमोथेरापीको प्रयोग गरिन्छ । सामान्यतः किमोथेरापी ६ पटक दिनुपर्छ र यो करिब एकएक महिनाको फरकमा लगाइन्छ । यसले यो रोगलाई नियन्त्रण गर्न गर्छ ।

बिरामीको आवश्यकता हेरेर रेडिएसन अर्थात् सेकाइ पनि दिनुपर्ने हुन्छ । तर प्रमुख उपचार शल्यक्रिया नै हो । समयमै पत्ता लाग्यो भने यो क्यान्सर पूर्ण रुपमा निको पार्न सकिन्छ ।

केमोथेरापीमा प्रयोग गरिने औषधि कडा हुनाले बिरामीमा विभिन्न असर देखिन सक्छ । जस्तो कि, वाकवाकी लाग्ने, बान्ता हुने, खानाको रुचि घट्ने, कलेजो वा मिर्गौलामा असर पर्ने, कपाल झर्ने रक्तअल्पता गराउने आदि ।

रोकथाम

डिम्बासय क्यान्सरको पारिवारिक इतिहास भएका महिलामा यो क्यान्सर विकसित हुने अधिक सम्भावना भएको हुँदा उनीहरूले विशेष रुपमा स्वास्थ्य जाँच गर्ने गर्नुपर्छ ।

लामो समयदेखि दिसा गर्न समस्या भएको छ वा कब्जियत भएको छ भने जाँच गराउनुपर्छ । ३५ वर्ष उमेर कटेका महिलाले समय-समयमा सिए १२५ को जाँच पनि गराइरहनुपर्छ । सिए १२५ अरुमा बढ्दैन, डिम्बासयको क्यान्सरमा मात्र बढ्छ ।

यो क्यान्सर अरु क्यान्सरको तुलनामा पुनः बल्झिने सम्भावना धेरै हुन्छ । यसबाहेक आन्द्राको क्यान्सर, पिसाब थैलीको क्यान्सर पनि निको भए पनि पुनः फैलिने सम्भावना बढी हुन्छ ।

मैले उपचार गरेका बिरामीमध्ये अहिले ५० जनाजति बिरामीमा फेरि यो क्यान्सर दोहोरिएको छ । कति बिरामीले ५८ पटकसम्म केमो लिनुपरेको छ ।

यो लिभरमा सर्न सक्छ । लिभरको क्यान्सर हुने सम्भावना पनि हुन्छ। जति ढिला थाहा भयो उपचार गर्न उति नै समस्या हुन्छ ।

रोग निको भएपछि पनि बेलाबेलामा चिकित्सककहाँ फ्लोअपमा आइरहनुपर्छ । क्यान्सरका चार चरण हुन्छन् । पहिलो चरणमा क्यान्सर पत्ता लागेमा उपचार र निको हुने सम्भावना धेरै हुन्छ ।

बिडम्वना के छ भने, हामीकहाँ आइपुग्ने करिब ७० प्रतिशत बढी बिरामी चौथो चरणमा पुगिसकेका हुन्छन् । हामीले क्यान्सर बिरामीलाई उपचार गरी निको बनाएर घर पठाएपछि पनि जीवनभर हामीकहाँ फ्लोअपमा आउनुहोस् भनेर पठाउँछौं ।

समय समयमा जाँच गर्नाले स्वास्थ्यको स्थिति थाहा हुन्छ । तर रोग फर्कने कारण धेरै हुन्छ भने कसैलाई एउटा क्यान्सर निको भए अर्को अंगमा क्यान्सर हुने जोखिम पनि हुन्छ । एउटै मानिसलाई तीन फरक-फरक क्यान्सर हुने व्यक्ति पनि धेरै छन् । फ्लोअप समय-समयमा गरेमा सुरुको अवस्था पत्ता लगाउँदा उपचार भरपर्दो हुन्छ ।

पछिल्लो समयमा नेपालमा क्यान्सरको उपचार सेवा गुणस्तरीय हुदैछ । अधिकांश क्यान्सरको उपचार नेपालमै सम्भव छ । हरेक क्यान्सरका विशेषज्ञ चिकित्सक पनि बढ्दैछन् । यो रोग शीरदेखि पाउसम्म जोसुकैलाई जुनसुकै उमेरमा लाग्न सक्छ । पहिले पनि क्यान्सरका बिरामी नभएका होइनन्, तर अहिले रोग निदानको विकाससँगै रोग पत्ता लाग्ने क्रम बढेको छ ।

 

महिलामा देखिने डिम्बासयको क्यान्सरसम्बन्धि थप जानकारी  :

पाठेघर मुखको क्यान्सरका लक्षण

-योनीबाट रगत बग्नु

-यौन सम्पर्कपछि रगत देखिनु

-सेतो गन्हाउने पानी निरन्तर बग्नु

-महिनावारी हुन छोडेका महिलाको योनीमा रगत देखिनु

-महिनावारीका बेला सामान्यभन्दा लामो समयसम्म रगत बग्नु

-महिनावारीका बेला अत्यधिक रगत बग्नु

-यौन सम्पर्कका बेला दुख्नु

-तल्लो पेट अनावश्यक रूपमा दुखिरहनु

कारण

–पाठेघरको मुखको क्यान्सर हुनुमा ९९ प्रतिशत कारक तत्व भाइरस हो । यो भाइरस यौन सम्पर्कको माध्यमद्वारा शरीरमा प्रवेश गर्छ । सबै भाइरसले क्यान्सर गर्छ भन्ने होइन । कुनै-कुनै भाइरसले मात्र क्यान्सर गराउँछ । पाठेघरको मुखको क्यान्सर गराउने भाइरस, ह्युमन प्यापिलोमाको प्रवेशपछि क्यान्सरको जोखिम अत्यधिक रूपले बढ्छ ।

–यौन साथी धेरै हुनेमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

–रोगसँग लड्ने क्षमता (रोग प्रतिरोधात्मक क्षमता) कम भएकालाई क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

–धेरै बालबच्चा जन्माएका र सानै उमेरमा गर्भवती भएका महिलाहरूमा क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

–पाँच वर्षभन्दा धेरै समयसम्म परिवार नियोजनको साधन पिल्स चक्की खाने महिलामा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

–धूमपान गर्ने महिलालालाई क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ ।

–कम उमेरमा यौन सम्पक गर्ने महिलाहरूमा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

रोकथामका उपाय

पाठेघरको मुखको क्यान्सर सुरुकै अवस्थामा छ भने उपचार गर्न सकिन्छ । तर रोग लागिसकेपछि उपचारमा लाग्नुभन्दा रोग लाग्न नै नदिनु र रोकथाम गर्नु नै उत्तम हुने चिकित्सक बताउँछन् ।

डा. प्रजापति भन्छिन्, ‘विकसित राष्ट्रहरूमा नियमित स्वास्थ्य परिक्षणको प्रचलन र अनिवार्य खोपका कारण पाठेघरको मुखको क्यान्सर निकै नियन्त्रणमा आइसकेको छ। तर नेपालजस्तो विकासोन्मुख देशमा नियमित स्वास्थ्य परिक्षण गराउने चलन नभएको र खोपको पनि अनिवार्यता नहुने हुँदा यसलाई नियन्त्रणमा ल्याउन गाह्रो भएको हो।’

उनी थप्छिन्, ‘ह्युमन प्यापिलोमाविरुद्धको खोप लगाउने, समयसमयमा स्क्रीनिङ गर्ने र खानपान, जीवनशैली र सरसफाइमा ध्यान दिने हो भने पाठेघरको मुखको क्यान्सरलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।’

खोप :
महिलामा पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ। यौन सम्पर्क हुनसक्ने उमेर सुरु हुनुअघि नै अर्थात् ९ देखि १३ वर्षसम्मको उमेरमा नै ह्युमन प्यापिलोमा भाइरसविरुद्धको खोप लगाइ क्यान्सरबाट बच्न सकिन्छ।

स्क्रिनिङ(पाठेघर जाँच) :
बेलाबेलामा पाठेघरको जाँच गराउन चिकित्सककोमा जानुपर्छ । स्क्रिनिङ गरेर हेरिसकेपछि पाठेघरको अवस्थाका बारेमा जान्न सकिन्छ र केही समस्या आउनुअगावै त्यसको रोकथाम गर्न सकिन्छ ।

सुरक्षित यौन सम्पर्क :
असुरक्षित यौन सम्पर्क नै महिलामा पाठेघरको मुखको क्यान्सरको प्रमुख कारणमध्ये एक हो । त्यसैले यौन सम्पर्क राख्दा सुरक्षित तरिकाले राख्नुपर्छ ।

धूमपान नगर्ने :
धूमपानले कहिल्यै, कसैलाई फाइदा गर्दैन। कुनै पनि रोगबाट बच्न, धूमपानको बानी छ भने सबैभन्दा पहिला त्यो त्याग्नुपर्छ ।
दिनदिनै भित्रि लुगा फेरौ ।  एउटै लुगा लामो समयसम्म प्रयोग गर्दा पसिनाले फोहर हुने र त्यसमा किटाणु जम्मा हुने हुन्छ । तिनै किटाणु योनीबाट पाठेघरमा प्रवेश गरी रोग लाग्ने सम्भावना हुन्छ । त्यसैले भित्रि लुगाहरू दिनदिनै फेर्ने गर्नुपर्छ ।

सफा राखौँ :
शरीर सफा राख्नु भनेको स्वस्थ रहने अभ्यास हो। झन् यौनांग वरपर त निकै सफा राख्नुपर्ने हुन्छ । पिसाब फेरिसकेपछि यौनांगलाई सफा राखी क्यान्सरमात्र नभई विभिन्न यौन रोगबाट बच्न सकिन्छ ।

यौन सम्पर्कअघि र पछि सफा पानीले सफा गर्ने गरौँ । यौन सम्पर्क गर्नुअघि महिला र पुरुष दुवैले आफ्नो यौनांग सफा राख्नुपर्छ । सफा नहुँदा वा नगरिँदा त्यसमा किटाणु हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन र त्यसबाटै रोगहरू लाग्नसक्ने हुन्छ । यौन सम्पर्कपछि पनि यौनांगलाई राम्ररी सफा गर्नुपर्छ ।

श्रीमान्लाई पनि सफा गर्न लगाऔँ :
पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस, विशेषगरी यौनसम्पर्कका बेला पुरुषको लिंगबाटबाट महिलाको शरीरमा प्रवेश गर्छ । त्यसैले पुरुषको लिंग पनि एकदम सफा राख्नुपर्ने हुन्छ ।

दिसा धोएको हातले तुरून्तै योनी नछुने, किटाणु फैलिन सक्छ । दिसा गरिसकेपछि दिसा धोएकै हातले योनी सफा गर्दा किटाणु योनीमा प्रवेश गरी रोग लाग्ने सम्भावना हुन्छ । त्यसैले दिसा धोएकै बेलामा योनी धुने काम भने नगरेकै बेस हुन्छ ।

नोट :

माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।