बनारमा उपलब्ध विभिन्न व्युटी प्रोडक्टद्वारा अनुहारलाई आकर्षक बनाउन त सकिन्छ तर त्यस्ता प्रोडक्टको प्रभाव क्षणिक हुने गर्छ । यसको सट्टा प्राकृतिक रूपमै उत्पादन हुने विभिन्न किसिमका खानेकुराको सेवन गरेर अनुहारमा प्राकृतिक एवं दीर्घकालीन सौन्दर्य प्राप्त गर्न सकिन्छ ।

अनुहार, छाला तथा सम्पूर्ण शरीरलाई स्वस्थ एवं आर्कषक राख्न सकिने त्यस्ता खानेकुरालाई चिकित्सकीय भाषामा ‘व्युटी फुड्स’ भन्ने गरिन्छ । व्युटी फुड्सको नियमित सेवनले रक्तसञ्चार सुचारु हुन्छ, छालाको कोषिका स्वस्थ हुन्छ र अनुहारको सुन्दरता वृद्धि हुन्छ । यस्ता खानेकुराको सेवनले लामो समयसम्म जवान तथा सुन्दर देखिन सकिन्छ ।

दही

क्याल्सियम तथा फस्फोरसको खानी दहीले दाँतलाई मजबुती प्रदान गर्नुका साथै दाँतको क्याविटी हुनबाट बचाउँछ । दहीको नियमित प्रयोगले छाला चम्किलो हुनुका साथै नरम हुन्छ । यसले ओस्टियोपोरोसिस हुनबाट समेत रोक्छ ।

दहीलाई फेसमास्कको रूपमा समेत प्रयोग गर्न सकिन्छ । सफा अनुहारमा फिटेको दही करिब दश मिनेटसम्म मालिस गरी लगाउनाले अनुहार चम्किलो हुन्छ ।

आधा कम फुल फ्याट दहीमा तीन ठूलो चम्चा मह र एउटा अण्डाको पहेलो भाग हालेर त्यसलाई राम्ररी घोलेर कपालमा करिब १५ मिनेट राख्नाले कपाल आकर्षक तथा मुलायम हुने गर्छ ।

गाजर/चुकन्दर

गाजर तथा चुकन्दर महत्वपूर्ण भिटामिन तथा खनिज पदार्थले भरिपूर्ण हुन्छ । यिनले एन्टी एजिङ्ग हुनबाट रोक्नुका साथै छालाको बाहिरी सतहलाई स्वस्थ राख्न मद्दत गर्छ । दुई साता लगातार गाजर वा चुकन्दरको रस नियमित सेवन गर्नाले छालामा नसोचेको परिवर्तन देखा पर्छ ।

सखरखण्ड

सखरखण्डमा पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । त्यसैले यसलाई ‘एन्टी एजिङ्ग फुड’ पनि भन्ने गरिन्छ । एन्टी एजिङ्ग तत्व भएकै कारण यसको नियमित सेवनले छाला चिल्लो नरम, मुलायम तथा चमकदार हुने गर्छ ।

लसुन

लसुनले चाउरीपना हुनबाट रोक्नुका साथै छालामा नयाँ कोषिका उत्पादन गर्ने तथा विषाक्तताबाट छालालाई जोगाउँछ । दिनमा एक/ दुई पोटी लसुन खाली पेटमा सेवन गर्नाले छाला सम्बन्धी समस्या कम हुने गर्छ । अनुहारमा डण्डीफोर छ भने त्यसमा लसुनको पोटी दल्दा समस्या कम हुन्छ ।

उमारिएको गहुँ

दिनमा दुईदेखि तीन चम्चा गहुँलाई उमारेर तयार पारिएको टुसालाई खानामा समावेश गर्नाले डण्डीफोर, एक्ने लगायतका छाला सम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । साथै, यसको नियमित सेवनले छालालाई सुन्दर बनाउन सकिन्छ । गहुँको टुसालाई दही, पनीर आदिमा मिलाएर पनि सेवन गर्न सकिन्छ ।

अमिलो फलफूल

अमला, कागती, सुन्तला लगायतका अमिलो फलफूलले छालालाई स्वस्थ तथा सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेल्छ । यसको सेवन एन्टीअक्सिडेन्टको रूपमा काम गर्छ । त्यति मात्र नभई यस्ता फलफूलको सेवनले छाला कोमल, नरम तथा चम्किलो हुनुका साथै सफासमेत हुने गर्छ ।

गोलभेँडा

भिटामिन ‘ए’ र ‘सी’ले भरिपूर्ण टमाटरमा पर्याप्त मात्रामा पोटासियम हुन्छ । यसमा पाइने लाइकोपीन नामक तत्वले एन्टीअक्सिडेन्टको काम गर्छ । टमाटरको प्रयोगले छालालाई सर्न वर्न हुनबाट समेत जोगाउँछ ।

ओख्खर/आलस

ओख्खर तथा आलसमा पर्याप्त मात्रामा ओमेगा-३ फ्याटी एसिड पाइन्छ । फ्याटी एसिडले छाला, कपाल तथा हड्डीलाई पोषण प्रदान गर्छ । यसले छाला सम्बन्धी समस्याहरूबाट समेत बचाउँछ ।

डार्क चकलेट

डार्क चकलेट पौष्टिकता तथा एन्टी अक्सिडेन्ट तत्वले भरिपूर्ण हुन्छ । चकलेटको सेवनले घामको विकीरणबाट छालामा पार्ने असरबाट बचाउनुका साथै रक्तसञ्चार बनाउँछ ।

ग्रीन टी

ग्रीन टीमा भरपूर मात्रामा पोलीफेनोल एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ, जुले छाला चाउरी पर्नबाट जोगाउँछ । ग्रीन टीको प्रयोगले मुटु सम्बन्धी समस्या तथा क्यान्सरजस्ता रोग लाग्नबाट समेत बचाउँछ । यसमा पाइने प्लावोनाइट तत्व पनि छालाको लागि लाभदायक मानिन्छ । यसले शरीरमा भएका विषाक्तता कम गर्नुका साथै अतिरिक्त तौल कम गर्न मद्दत गर्छ ।

यी बाहेक किसमिस, रातो वा पहेलो भेँडे खुर्सानी, ब्रोकाउली, मेवा तथा बदामको प्रयोगले पनि सौन्दर्यमा निखार ल्याउन ठूलो सहयोग पुर्‍याउँछ ।

सुन्दर रहन कुन भिटामिनको के भूमिका

सुन्दर रहन चाहाने सबैकालागी जानकारी कुन भिटामिनको के भूमिका ?, छालालाई पुन मर्मत गर्न भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन ए खानेकुरामार्फत प्राप्त गर्न खानामा ब्रोकाउली, एभोकाडो, सख्खरखण्ड, गाजर, पालुङ्गो, तरबुजा वा खरबुजा नियमित सेवन गर्नुपर्छ ।

भिटामिन बी

भिटामिन बीमा नायसिनआइड नामक तत्व पाइन्छ जुन मानिसका लागि अति नै गुणकारी हुन्छ । भिटामिन बीयुक्त क्रिम तथा लोसनले अनुहारमा देखापर्ने रातोपन वा खराबी निर्मूल पार्छ । भिटामिन बी कुखुराको मासु, टुना, सलगम, बदाम, ब्राउन राइस, हरियो केराउ, जौ, च्याउ, खरबुजा एवं सनफ्लावरको दाना आदिबाट प्राप्त गर्न सकिन्छ ।

भिटामिन ई

भिटामिन ईले छालालाई हानिकारक कीटाणुहरूबाट जोगाउँछ । छालालाई हरेक कुराबाट सुरक्षा प्रदान गर्न भिटामिन ईको ठूलो भूमिका हुन्छ । भिटामिन ईले क्लोजन उत्पादन गर्छ र बूढो हुँदै गएको छालालाई तरोताजा राख्छ । भिटामिन ई प्राप्त गर्न बदाम, अण्डा, काँचो मेवा, हरियो साग, अनाज आदि खानेकुरा खानुपर्छ ।

भिटामिन सी

भिटामिन सीमा छालामा चमक पैदा गर्ने तत्व हुन्छ । यसले दाग–धब्बालाई पूर्णरूपमा हटाउँछ । यो भिटामिनले क्लोजनको निर्माण गर्छ । एभोकाडो, ब्रोकाउली, टमाटर, काँक्रा, कागती, स्ट्रबेरी आदिबाट भिटामिन सी प्राप्त गर्न सकिन्छ ।

मुलाको प्रयेाग यसरी गर्नूहोस र अनुहारको डन्डिफोर, दाग वा पोतो देखी तन्दुरुस्त हूनुहोस

प्राकृतिक पाचक हो मुला, मुलाले भोज्य पदार्थ सजिलै पचाउँछ । आयुर्वेदले पनि यसलाई पाचक समेत भनेको छ । यसले पाचन प्रक्रियालाई सुचारु र मजबुत राख्छ । अनेक रोगका कीटाणुलाई शरीर बाहिर निकाल्न मद्दत गर्छ ।

मुलामा किसिम किसिमका खनिज पदार्थ पाइन्छन् । यो रक्त शोधक समेत हो । आयुर्वेद अनुसार, मासिक धर्ममा गडबडीका कारण अनुहारमा डन्डिफोर निस्कने समस्याबाट ग्रस्त युवतीहरूले दिनहुँ मुला खानु लाभदायक हुन्छ ।

मुलाले रगत सफा मात्रै गर्दैन, रक्त सञ्चारमा समेत लय ल्याउँछ । यसले छालामा भएका दाग वा पोतो निको पार्छ । मुलामा गन्धक हुन्छ, त्यसैले यसको गन्ध नै धेरै प्रकारका रोग निको पार्न सहायक हुन्छ ।

मुलामा भिटामिन ‘ए’ पनि पाइन्छ । त्यसै कारण यो तरकारी आँखाका लागि फाइदाजनक छ । आयुर्वेद अनुसार, जाडो याममा सधैं बिहानपख एउटा मुला खानेहरूको आँखाको ज्योति वृद्घावस्थासम्म राम्रो हुन्छ, आँखालाई अन्य रोगले पनि हतपती सताउँदैनन् ।

अब त गर्मी याम लागिसक्यो, तैपनि मुला सेवन गरी अनेकानेक फाइदा लिन सकिन्छ । मुला हरेक प्रकारको पाइल्स -बवासिर) हटाउन लाभदायक मानिन्छ । मृगौलाको खराबीले पिसाब बन्न बन्द भए मुलाको रस सेवन गर्नु अत्युत्तम

हुन्छ । यो मधुमेहमा पनि लाभकारी हुन्छ । यो हरेक मौसममा पाइए पनि चिसो याममा पाइने चाहिँ उत्तम गुणस्तरको मानिन्छ ।

मुला नियमित सेवन गर्ने व्यक्ति स्वस्थ, उत्साहित एवं उमंगले भरिपूर्ण हुने आयुर्वेदमा उल्लेख छ । यसले शरीरको गुमेको ऊर्जा फिर्ता ल्याउन सहायता गर्छ । छालामा चाउरी भएकाहरूले सधैंसधैं मुला खाने गरे शरीरको चमक पूर्ववत् हुन बल मिल्छ ।

एक सय ग्राम मुलामा प्रोटिन ०.७ ग्राम, कार्बोहाइड्रेट ३.४ ग्राम, बोसो ०.१ ग्राम, ऊर्जा १७ मिलिग्राम, खनिज ०.६ ग्राम, क्याल्सियम ३५ मिलिग्राम, फाइबर ०.८ ग्राम, फस्फोरस २२ मिलिग्राम, नायसिन ०.५ मिलिग्राम, भिटामिन सी १५ मिलिग्राम, आइरन ०.४ मिलिग्राम, क्यारोटिन ३ मिलिग्राम, थायमिन ०.०६ मिलिग्राम, राइबोफ्लोबिन ०.०२ मिलिग्राम र पानी ९४.४ ग्राम हुन्छ । त्यसैले, सधैं मूला खाऔं, सधैं तन्दुरुस्त रहौं ।

गर्मीमा अनुहारलाई यसरी सुन्दर बनाउनुहोस्

गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ ।

१. अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन ।

२. अनुहारको रोम छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ ।

३. घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ । जस्तोः दहिले क्लििन्जङको काम गर्छ । काँक्रो, मेवाको लेप बनाएर पनि प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा लाभदायी हुन्छ ।

४. अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल हुन्छ ।

५. अनुहारमा ससाना दाग भए बेसार, कागतिको रस ,दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ ।

६. जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्नसकिन्छ ।

७. आँखाको वरपरको कालो दाग हटाउन आलु, काक्रोको चप बनाई राख्दा पनि शितला प्रदान गर्नुको साथै दाग पनि बिस्तारै हुँदै जान्छ ।

छाला सुन्दर बनाउनु छ भने यी पाँच वनस्पति प्रयोग गर्नुहोस

सबैलाई राम्रो र सुन्दर हुन मन हुन्छ। राम्रो हुनको लागि महँगो खालको क्रिम लगाउनु पर्छ भन्ने छैन । आफुले अलिक बडी ध्यान दियो भने हुन्छ । यसका लागि घरेलु उपाय अपनाएर पानी छालालाई रेखदेख गर्न सकिन्छ ।

चन्दन

चन्दनले छालामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउछ र छालालाई सफा, चम्किलो राख्छ । चन्दनलाई नरिवलको तेलमा मिसाई शरीर मसाज गर्नाले पूरै शरीरको छाला सफा हुन्छ र शरीरलाई आराम मिल्छ ।

गुलाब

गुलाबमा भिटामिन ‘सी’ प्रशस्त पाइन्छ । त्यसैले सुत्नुअघि अनुहारमा गुलाबजल दल्नाले डन्डीफोर, पोतोलगायत छालाका समस्या कम हुन्छन् र छाला चम्किलो बन्छ ।

घ्यूकुमारी

घ्यूकुमारी छालामा लगाउनाले छाला तलको रगत शुद्ध हुनुका साथै डन्डीफोर, चिलाउने, छाला सुन्निने, छाला फुस्रो हुने आदि समस्या कम हुन्छ । घ्यूकुमारी लगाउनाले छालामा रहेका दाग पनी बिस्तारै हराउँदै जान्छ ।

नीम

छालामा रहेका टक्सिनलाई नीमले हटाउछ साथै डन्डीफोरलाई पनि हटाउँछ । यसका लागि नुहाउनुभन्दा आधा घण्टाअघि पानीमा नीम पत्ता हाल्नुपर्छ र त्यही पानीले नुहाउने गर्नुपर्छ ।

बेसार

सुन्दर बन्न छालामा बेसार दल्ने चलन छ । बेसनमा बेसार र चन्दन मिसाएर छालामा लगाउनाले छाला सफा र चम्किलो बन्दै जान्छ । दूधमा एक चिम्टी बेसार मिसाएर दिनहुँ खाने गर्नाले छाला राम्रो हुँदै जान्छ ।

 नङलाई सुन्दर र स्वस्थ बनाउने केहि घरेलु तरिकाहरु

नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ । हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ । सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण हुन्छ किनभने शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात नै हो ।

प्राकृतिक रुपले स्वस्थ र सुन्दर नङ भए पनि अन्य विभिन्न कारणले गर्दा नङ बिग्रन सक्छ वा नङका विभिन्न समस्या देखा पर्न सक्छन् । साबुन, डिटर्जेन्ट, केमिकल आदिबाट नङमा रिएक्सन हुनसक्छ ।

कडा पानीको प्रयोग गरी काम गर्दा नङ कमजोर हुन्छ । भाँडा सफा गर्दा, लुगा धुँदा, सरसफाई गर्दा गरिने लापरवाहीले नङमा समस्या हुन सक्छ । त्यस्तै नङ टोक्ने, नङको प्रयोग गरी काम गर्ने बानी, कमसल र पुरानो कस्मेटिक सामानको प्रयोग आदि कारणले नङ कमजोर तथा अस्वस्थ हुन सक्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि