गालामा डण्डीफोर आउँदा कम्ती बोर हुँदैन । एक त अनुहारको शौन्दर्य बिग्रने, अर्को मनमा चिन्ता परीरहने ।

के तपाई पनि डण्डीफोरका कारण चिन्तामा हुनुहुन्छ ? के तपाईको अनुहारमा हप्तैपिच्छे डण्डीफोर आउँछ, त्यो पनि बारम्बार एकै ठाउँमा ? यदी त्यस्तो हुन्छ भने बुझ्नुहोस्, तपाईको अनुहार संवेदनशील छ । अनि अनुहारको सफाई पनि राम्ररी भएको छैन ।

डण्डीफोर प्रायः छाला चिल्लो भएमा आउने गर्छ । खानामा चिल्लोको मात्रा घटाउने हो भने डण्डीफोरको समस्याबाट केही हदसम्म मुक्ती पाउन सकिन्छ ।

हर्मोनको गडबडी, छालाको छिद्रमा टाँसिएको धुलोमाटो तथा व्याक्टेरियाका कारण बारम्बार एकै ठाउँमा डण्डीफोर आउने गर्छ । डण्डीफोर आउनुका अन्य कारण यस्ता छन्

गर्भावस्था

गर्भावस्थामा हुने हर्मोन असन्तुलनका कारण बारम्बार एकै ठाउँमा डण्डीफोर आउने गर्छ । गर्भावस्थामा यो सामान्य हो ।

चलाइरहने र निचोर्ने बानी

कयौ मानिसको बानी हुन्छ, डण्डीफोरमा हात लगाइरहने । बारम्बार एकै ठाँउमा डण्डीफोर आउनुको कारण यो पनि हो । बारम्बार हातले डण्डीफोर चलाइरहने बानीका कारण अनुहारको छिद्रमा तेल तथा फोहर जम्मा हुन्छ । छिद्र टालीएपछि डण्डीफोर निस्कन्छ ।

कसैको बानी चाहिँ डण्डीफोर आयो कि निचोर्ने हुन्छ । निचोर्दा डण्डीफोर त निस्कदैन, तर त्यसले झन समस्या ल्याउँछ । बारम्बार डण्डीफोर थिच्दा, निर्चोदा या कोटयाउँदा त्यो ठाउँ सुन्नीन्छ र डण्डीफोर झन ठूलो देखिन्छ ।

यस्तो बेला छालाको छिद्र्रलाई मनतातो पानीले सफा गर्नुपर्छ । विभिन्न टि्रटमेन्ट क्रिम दलेर छालामा जम्मा भएका फोहर तथा अतिरिक्त तेल हटाउन सकिन्छ, जसबाट अनुहार सफा हुन्छ ।

चिन्तीत मुद्रा

हामी जब चिन्तीत हुन्छौं, तब मुहारमा पनि त्यसको असर पर्छ । हामी हाँस्दा मुहार तन्कीन्छ भने रिसाउँदा या तनावम हुँदा खुम्चीन्छ । किनकी, मानिसको मुहारमा ‘स्टे्रस एरिया’ हुन्छ । र, डण्डीफोर पनि बारम्बार स्ट्रेस एरियामै आउँछ ।

तनाव या कुनै विरामीका कारण मानिसको रोग प्रतिरोधात्मक क्षमतामा कमी हुँदा त्यो ठाउँमा डण्डीफोर आउँछ । हर्मोनको गडबडी तथा महिनावारी हुँदा पनि महिलालाई त्यस्ता ठाउँमा डण्डीफोर आउने गर्छ ।

छालाको समस्या

छालाका अन्य धरै समस्या हुन्छन्, जसका कारण अनुहारमा बारम्बार डण्डीफोर आउँछ, त्यो पनि एकै ठाउँमा । छालाभित्र नदेखिने डण्डीफोर पनि हुन्छन् । छाला भित्र डण्डीफोर आएमा त्यसको केही भागमात्र छाला बाहिर देखिने गर्छ । बाँकी भाग भित्रै रहन्छ । विशेषगरी छालाका छिद्र विभिन्न भागमा विभाजित हुन जाँदा त्यसमा रहेको तेल कोणको आकारमा माथि उठ्ने गर्छ ।

डण्डीफोर आउने कारण र हटाउने केहि घरेलु उपाय

डण्डीफोर प्रायजसो युवावस्थामा नै आउँछ । डण्डीफोरले अनुहारको सुन्दरतानै समाप्त गर्दिन्छ । डण्डीफोर बढी तेलीय छालामा, कब्जियतका कारणले, चाँयाको कारणले वा तनावको कारणले हुने गर्छ ।

डण्डीफोर आउने कारण

१.युवावस्थामा हार्मोनको बृद्धि

२.पेटको खराबी

३.रगतको कमी

४.छाला फोहोर हुनु

५.विभिन्न प्रकारका क्रिम मलमको प्रयोग

६.भिटामिन ‘ए’को कमी

७.चिल्लो पदार्थको बढी सेवन

८.सम्भोगको अति चाहना

९.बढी हस्तमैथुन

१०.कामोत्तेजक साहित्य

११.महिनावारीमा खराबी

१२.पेय पदार्थको असर

यदि तपाई पनि डण्डीफोरको कारणले हैरान हुनुहुन्छ भने बजारमा पाइने कुनै क्रिम लगाउनुको साटो केही घरेलु उपायहरु अपनाउन सक्नु हुन्छ । डण्डीफोर हटाउनका लागि यी घरेलु उपाय प्रयोग गर्न सक्नुहुन्छ ।

डण्डीफोर हटाउने केहि घरेलु उपाय, यस्ता छन्

मह 

एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् ।

अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ ।

भिटामिन 

खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् ।

गोलभेंडा 

गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् ।

चन्दन पाउडर 

एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् । केही दिनमै दाग हट्न थाल्छ ।

ओलिभ आयल 

ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।

आलु 

आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनहारलाई सुक्न दिनुस् ।

त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।

कागतीको रस 

डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।

खाने सोडा 

फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ ।

तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् ।

हामीले सम्बन्धित थप केहि जानकारी दिइएका छाै

हाम्राे खानालाई स्वादिष्ट बनाउने मसलाको प्रयोग स्वास्थ्य र सुन्दरताका लागि कति फाइदाजनक ?

इन्साइक्लोपिडिया अमेरिकाले मसाला तथा जडीबुटीलाई ‘वनस्पतिजन्य उत्पादन, भोजनलाई स्वादिष्ट बनाउने, जसले खानामा सुगन्ध तथा स्वादिलो बनाउन मद्दत गर्छ’भनी परिभाषित गरेको छ ।

हाम्रो भू–बनोट, हावापानी, जलवायु र बृहत् ज्ञानले विभिन्न परिकार बनाउँदा मसलाको प्रयोगबारे हामी निकै जानकार छौँ । अझ औषधिजन्य प्रयोग, अत्तर बनाउन, सौन्दर्य प्रसाधन बनाउन र प्रयोग गर्न पश्चिमी सभ्यताभन्दा निकै जाकार छौँ ।

नेपाल मसला तथा जडीबुटीको भण्डारका रूपमा विश्व प्रसिद्ध छ । जसले चालीस थरीभन्दा बढी मसला उत्पादन गरेको पाइन्छ । तिनीहरूमध्ये मरिच, अलैँची, अदुवा, बेसार, खोर्सानी, ल्वाङ लसुन, केशरी तथा दानाजन्य मसला जस्तै, मेथी, धनिया इत्यादी ।

सुगन्ध अनि स्वाद

सुगन्धित बाफ भएर उड्ने तेलहरू वा अत्यावश्यक तेलहरू धुलो मसालालाई बाफद्वारा तरल पदार्थ निकालिएका एउटा महत्वपूर्ण मसलाजन्य उत्पादन मानिन्छ ।

बाफ भएर उड्ने तेलहरू मसलाको सुगन्ध तथा वासनका लागि तथा स्वादका लागि विख्यात मानिन्छन् । ओलियो रेसिन मसलाहरू अत्यावाश्यक बाफ भएर उड्ने र वाफ भएर नउड्ने मौलिक मसलाका माग जसलाई गल्ने गाल्ने प्रविधिबाट मूल्य तत्व निकालिन्छ । तिनले मौलिक मसलासँग मेलखाने तीतो पीरो स्वाद र सुगन्ध प्रमाणित गर्छन् ।

पोषणजन्य महत्व

यद्यपि मसलाहरू विशेषगरी हाम्रा भान्सामा पाक्ने परिकारहरूको सुगन्ध अनि स्वादिष्टता बढाउनका लागि प्रयोग गरिन्छ । यिनले भोजनमा विशिष्ट स्वाद प्रदान गर्छ । यी मसलामा सबै तीन खाले पोषणको अंशहरू कार्बोहाइड्रेट प्रोटिन बोसो पनि हुने हुँदा यिनमा पोषणजन्य महत्व पनि हुने गर्दछ ।

यसले शरीरका शक्ति तथा खनिज लवण आपूर्तिमा थप टेवा पुर्याउँछ । यिनीहरू आफैमा शक्ति क्षमता हुन्छ । यसलाई प्राविधिक शब्दमा क्यालोरी क्षमता भनिन्छ ।

उदाहरणका लागि प्रायजसो प्रयोग गरिने मसलाहरू प्रतिसय खानयोग्य मात्रमा सयपत्रीको मसालामा चार सय सैंतीस, जाइफलमा चार सय बहत्तर, ज्वानोमा तीन सय चैंत्तीस, जीराको गेडामा तीन सय छपन्न, बेसारमा तीन सय उनन्चास, मेथीको गेडामा तीन सय तेत्ततीस मिलिग्राम हुने गर्दछन् । जे भए पनि यिनको पोषणजन्य क्षमता सीमाबद्ध मात्र हुन्छ ।

अझ हाम्रा भोजन परिकारमा मसलाको प्रयोग थोरै भए पनि प्रत्यक्ष योगदान पुर्याउँने खालका छन् । तथापि यिनीहरूको अप्रत्यक्ष क्रियाकलाप महत्वहीन पनि छन् । किनकी यिनले भोक जगाउन तथा भोजन रुचाउने मात्रा बढाउँछ ।

शरीरविज्ञानजन्य क्रियाकलाप

मसलाहरूले र्यालका साथै अमाइलेज न्युरामिनिक अम्ल हेकसोसामाइन उत्सर्जन तथा प्रवाहलाई तीव्र पार्ने काम गर्छन् । यसले मुखमा खानेकुरा तथा जीवाणु टासिनबाट बचाउन मद्दत गर्दछ ।

मसलाहरूले र्याललको उत्र्सजनको मात्रा बढाउँछ, जसमा अमाइलेज वा पिटाइलिनको मात्रा बढी हुने हुँदा यिनले पेटमा खाना पचाउनमा सहजीकरण गराउन तथा खानेकुरालाई परिमार्जन गरी कार्बोहाइड्रेट लाइप्रचुर सारयुक्त बनाई बढी सजिलै पच्ने बनाउँछ ।

यसले मुख पाचन प्रणलीमा हल्का एत्तेजित क्रियाकलाप देखाउँछ । अतः मसलाहरूले खाने अभिरुचि बढाउने प्रेरणा दिनुका साथै र्यालजन्य तथा पेटको रसको प्रवाहलाई तीव्र पार्न महत्वपूर्ण भूमिका खेल्दछ ।

औषधिजन्य गुणहरू

मसलामा धेरैखाले औषधिजन्य गुण भएको दाबी गरिन्छ । विभिन्न खाले औषधि बनाउन प्रयोग गरिन्छ । खासगरी प्राकृतिक उपचार प्रणालीमा प्रयोग हुने, जस्तै आर्युवेदिक तथा युनानी प्रायः जसो पाचन प्रणालीमा जन्मा भएको वायु उत्र्सजक किसिमका हुन्छन् । केही चाहिँ वायुग्रस्त सरक्षण गर्ने र उत्तेजित पार्ने किसिमका हुन्छन् ।

अर्कोतिर केही मसलाहरू अपज अजीर्ण नपच्ने रोग निवारक, सड्न, गल्न, पाक्न नदिने तथा मांसपेसी बटारिन नदिने खालका हुन्छन् । केही मसलाले भने अरू औषधिको निमीठो, तीतो, टर्रो स्वादलाई ढाकछाप गर्ने गर्छन् ।

धेरैखाले मसालामध्ये लसुन सँझना गर्न नसकिने बेलादेखि नै पैतीसभन्दा बढी औषधिजन्य गुणयुक्त प्रभावशाली मसला मानिन्छ । हालैको समयमा आधुनिक औषधि प्रयोग गरी उपचारमा अभ्यासरत स्वास्थ्यकर्मी पनि उच्च रक्तचापग्रस्त बिरामीका लागि निश्चित भरपर्दाे एवम् प्रभावकारी औषधिका रूपमा स्वीकार्न थालेका छन् ।

के तथ्य फेला पारिएको छ भने यसको प्रयोगले बिरामीमा यस्तो एलडीएस कोलेस्ट्रोल तथा ट्राइग्लाइसेराइड मात्रा तह घटाउँछ । साथै संरक्षित गर्ने एचडीएल कोलेस्ट्रोलको मात्रालाई सामान्यमा राख्न मद्दत गर्दछ ।

सौन्दर्य तथा शरीर रक्षामा मसलाको भूमिका

आजका महँगा अत्तरहरूमा जीरा दालभिनी, ल्वाङ, जाइफल, मेथी, अलैँची जस्ता मसला वा व्युत्तपादित तेलहरूको आवश्यक पर्दछ । सौन्दर्यता र शरीरको रेखदेख एवम् सुरक्षका लागि हामी कहाँ यिनको उपयोग परापूर्वकालदेखि नै प्रचलनमा छ । खाने विविध मसला काँचै प्रशोधन नगरी आज पनि शरीरको रङ सुधार्न अनि राम्रो देखिन प्रयोग गरिन्छ ।

बेसार असाध्यै लोकप्रिय मसलाको श्रेणीमा पर्दछ । यसलाई लेदो बनाएर अनुहार लेप आँत र शरीरमा लगाएमा छालाको रङ परिष्कृत गर्न सकिन्छ । यसका साथै नचाहिँदा रौँ हटाउन पनि प्रयोग गरिन्छ । यसलाई मूल आधार सूत्र लिएर केही व्यापारिक उत्पादकहरूले विभिन्न सौन्र्दय प्रसाधन तथा औषधि एवम् मञ्जन उत्पादन गरी बजारीकारण गरिराखेका छन् ।

त्यसमा मूल अवयव अंश बेसार नै आवश्यक पर्छ । केही अनुसन्धान संस्थानहरूले मसलाको भूमिका सौन्दर्य प्रसाधन तथा औषधि एवम् मञ्जन उत्पादन गरी व्यापार पनि गरेका छन् । यसमा मूल अंश बेसारकै प्रयोग भएको हुन्छ ।

केही अनुसन्धानात्मक संस्थानहरूले मसलाको भूमिका सौन्दर्य प्रसाधनसँग चासो राखी गरेको पाइन्छ । बेसार, मेथी, मरिच, दालचिनी, ल्वाङ, सुपका दाना जस्ता धेरैजसो मसला राम्रो अनुहार रूप रङ देखिन लेपमा मलम तथा लोसन बनाउन प्रयोग गर्न सकिन्छ ।

यिनीहरूलाई डण्डीफोरको फोका सडाउन, गलाउन, पाक्न नदिन प्रयोग गर्न सकिन्छ । हाम्रै भान्सामा यति महत्वपूर्ण सामग्री हुँदा पनि यिनबाट उत्पादन भएका सौन्दर्य प्रसाधन तथा शरीर रक्षाका सामग्री खरिद गर्न भौँतारिएर बजार चाहार्छौँ र चर्को मूल्य तिर्छौं ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि