बेललाई सस्कृतमा श्री फल भनिन्छ । यो ६-१० मि. सम्म अग्लो हुने अर्ध-पतझर रुख हो । यसका पातहरूमा एउटै पत्र डाँठमा तीनवटा पातहरू छुट्टिएका हुन्छन् र यसा लाई बेलपत्र भनिन्छ । तीनवटा पातमध्ये बीचको पात केही ठूलो हुन्छ ।
पातका साइज ५-१० से. मी. लामा र २.५-६.३ से. मी. सम्म चौडाई भएका र अण्डाकार र टुप्पो चुच्चो परेको हुन्छ। यसका आँख्ला नजीकै सोझा काँडाहरू हुन्छन् । फूलहरू हरिया-सेता रंगका र बास्नादार हुन्छन् ।

फूलहरूको व्यास करीब ३ से. मी. सम्म हुन्छन् । फल गोलाकार करिब १५ से.मी सम्म व्यास भएका र बाहिरी आवरण एकदम कडा हुन्छ। फल भित्र ८-१५ वटा कोठाहरू हुन्छन् जसमा वीउ र सुन्तला रंगको गुदी भरिएको हुन्छ।यसको प्रयोग हुने भाग फल, जरा र पातहरू नै हुन् ।

मधुमेह अर्थात सुगर रोग शरिरमा गुलियोको मात्रा बढि भएपछि लाग्ने गर्छ । अब चिन्ता नलिनुहोस् घरमा नै सजिलैसँग तपाईँको सुगर रोग ठिक पार्न सक्नुहुन्छ । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलको पात प्रयोग गर्न सक्नुहुनेछ । यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलका पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ ।

त्यसपछि ३ या ४ कालो मरिचको दालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाई त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस् । यसप्रकारले बेलको पात पिसेर पिउँनाले तपाई केही महिनामा नै यो रोगबाट मुक्त हुन सक्नुहुनेछ । त्यसैगरी बेलपत्रलाई अन्य तरिकाले प्रयोग गरेर पनि सेवन गर्न सकिन्छ ।

तपाईले ६ वा ७ वटा बेलको पात, कालो मरिचको दाना, तुलसीको पात र निमको पातलाई एकै ठाउँमा राखेर एकदमै मसिनो हुने गरि मजाले पिसेर एक गिलास पानीसँग मिश्रण गरि सेवन गर्नुहोस । हरेक दिन यसप्रकारको घोल पिउँनाले तपाई छिट्टै मधुमेह रोगबाट मुक्त हुन सक्नुहुनेछ ।

सुगर किन हुन्छ ?

सुगरको प्रमुख कारण जीवनशैली नै हो । हाम्रो खानपिन ठीक छैन । मान्छेहरू अल्छी भएका छन् । तरकारी लिन जान पनि गाडी र मोटरसाइकलको प्रयोग गर्छन। मोटोपन धेरै छ । खाना समयमा नखाने र एकै पटकमा धेरै खाना खाने गरिन्छ ।

खाना साथै सुत्ने बानी छ । व्यायाम गर्ने चलन छैन । तनावपूर्ण जीवन शैली छ । यो बाहेक बंशाणुगत कारणले पनि सुगर हुन्छ । लापरबाही तरिकाले बिभिन्न किसिमका औषधि प्रयोग गर्दा पनि सुगर हुन्छ । पेटको रोगी, कलेजोको रोगी, पित्तको रोगी र पेन्क्रियाजको रोगी भएको मानिसलाई हुन्छ ।

रक्सी धेरै पिउनेलाई सुगरको खतरा हुन्छ । सबैभन्दा ठूलो कारण जीवन शैली नै हो । खाना धेरै खाने तर व्यायाम नगर्ने गर्दा सुगरको खतरा बढी हुन्छ ।

सुगरका लक्षणहरू

सुगर भएको लक्षण देखिन्छ भन्ने छैन । सुगरको मुख्य लक्षण भनेको मुख सुक्ने पिसाब बढी लाग्ने हुन्छ । पानी बढी प्यास लाग्ने, शरीरको तौल घट्दै जाने, यौन इच्छा कम हुँदै जाने, यौन अगंहरू चिलाउँदै जाने हुन्छ । छालाहरु सुख्खा भएर जाने हुन्छ। आँखा धमिलो हुने हुन्छ ।

यी लक्षणहरू सुगर भएको आठ, दस वर्षपछि मात्रै देखिन्छ । यसको लक्षण तुरून्तै देखिन्छ भन्ने छैन । त्यसैले बेला बेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ । अर्को कुरा सुगरको मात्रा मात्रै जाच्ने चलन छ । यसले मात्रै हुँदैन । यसको लागि कोलस्ट्रोल,किड्नीको परीक्षण गर्नुपर्छ । सुगरको लागि विशेष परीक्षणसमेत गर्नुपर्छ ।

उपचार

सुगरको मुख्य उपचार भनेको खानपिन नै हो । जबसम्म खाने तरिका मिलाइँदैन जति औषधि खाए पनि ठीक हुँदैन । चिकित्सकको निगरानीमा बिभिन्न खालका औषधिको प्रयोग त गर्न सकिन्छ तर त्यो भन्दा महत्वपूर्ण बिरामी आफू सचेत हुनुपर्छ । आहारलाई परिवर्तन गर्नुपर्छ । खानेकुरा मिलाएर खानुपर्छ ।

शरीरको तौललाई सन्तुलन गर्नुपर्छ। दिनमा तीस मिनेटदेखि पैतालीस मिनेटसम्म हिड्नुपर्छ । अथवा कुनै किसिमको व्यायाम गर्नुपर्छ । आहार, व्यवहार र विचार नबदलि जतिसुकै औषधि र सुई खोपे पनि ठीक हुँदैन ।

लापरबाही गरे के हुन्छ ?

यसले बिरामीलाई तुरुन्तै दुःख दिँदैन । यसले बिस्तारै मार्छ। यसलाई म ‘साइलेन्ट किलर’ भन्न रूचाउँछु । यसले भविष्यमा आँखा नदेख्ने बनाउनसक्छ । किड्नी फेल हुनसक्छ। हृदयघात हुनसक्छ । प्यारालाइसिस हुने खतरा हुन्छ । कतिपए अवस्थामा खुट्टासमेत काट्नुपर्ने हुन्छ । यो अवस्था एकै दिनमा पुग्ने होइन । यसका लागि बीसौ वर्ष लाग्छ । त्यसैले यसलाई लापरबाही गर्न हुँदैन ।

हिजो सुगर ५ सय थियो आज ३ सय छ कन्ट्रोल भयो भनिन्छ यो गलत हो । सुगर जति भए पनि त्यसले बिगार्ने उत्ती नै हो । सुगर हुनासाथ आत्तिनु पर्ने हुँदैन । यसले जिउन सिकाउँछ । मानिसलाई अनुशासित बनाउँछ । यसलाई कन्ट्रोल गर्न सकियो भने मानिसको आयु दस-पन्ध्र वर्ष बढ्छ । सुगर भएपछि म खत्तम भए केही गर्न सक्दिनँ भनेर सोच्न हुँदैन ।

रोग नभएको मान्छेले केही पनि परीक्षण गर्दैन । तर सुगर भएको मान्छेले बेलाबखत शरीरको स्वास्थ्य परीक्षण गरेको हुन्छ । जसले गर्दा उसलाई के भइरहेको छ भन्ने थाहा हुन्छ र रोगको चाडो उपचार हुन्छ । सुगरको कन्ट्रोल गर्ने औषधिले र चिकित्सकले होइन यसको कन्ट्रोल बिरामी आफैंले गर्ने हो ।

जबसम्म बिरामीले चाहँदैन सुगर कन्ट्रोल हुँदैन । जतिपटक चिकित्सक कँहा धाए पनि जति औषधी खाए पनि यो कन्ट्रोल हुँदैन। यदी बिरामी स्वयम् सचेत भएन भने ।

नोट :

माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।