नङ पालिस लगाउँनु अहिलेको मात्र होइन, निकै समय पहिले देखिको फेसन हो । महिलाहरुलाई सौन्दर्यका लागि अनेक प्रशाधनहरु चाहिन्छन् । नङ पालिस पनि त्यस्तै मध्येको एक सौन्देय प्रशाधन हो ।

नङमा रंग लगाउँने मात्र नभएर अहिले नङमा विभिन्न आकृतिहरु बनाउँने चलन पनि बढ्दो छ । बढ्दो आधुनिकता र उत्पादनसँगै नङ मात्रैको सौन्दर्यका लागि बजारमा अनगिन्ती ब्रान्डहरु पाइन्छन् तर सबैमा केहि समानता भने अवश्य हुन्छ ।

यहाँ हामी तपाईहरुलाई नङमा प्रयोग हुने पालिसका बारेमा जानकारी दिन गइरहेका छौँ । तपाईले यो लेख पढेर वास्तवमा नङमा लगाइने पालिसका बारेमा धेरै कुराहरु थाहा पाउँन सक्नु हुनेछ ।

तपाईलाई विश्वास नलाग्ला तर नङ पालिसको प्रयोगले स्वास्थ्यमा असर पारिरहेको हुन्छ ।

नङ पालिसमा प्रयाेग हुने केमिकल ट्रिफेनाइल फाेस्फेटले शरीरलाई निकै धेरै असर पुर्याउँछ । यसलाई टिपिएचडी पनि भनिन्छ । यसले हाम्राे इन्डाेक्राइनमा गढबढी गरिदिने भएकाले हाम्राे हर्माेनहरुमा यसले समस्या पुर्याउँछ । जसले अन्तत ताैल मात्र बढ्दैन, अन्य समस्याहरु पनि उत्पन्न हुन्छन् । दुई दर्जनभन्दा बढी महिलामा गरिएकाे एक अध्ययन अनुसार नङ पालिस लगाएकाे १० घन्टादेखि १४ घन्टामा उनीहरुकाे शरीरमा नङ पालिसमा प्रयाेग भएकाे केमिकल पाइएकाे थियाे ।

याे अध्ययन गरेकी जाेहना कांगलटनले पछिल्लाे समय यसकाे प्रयाेग बढ्दै जाँदा झन् समस्या भएकाे बताएकी छिन् । उनीहरुले अनुसन्धानमा प्रयाेग गरेका १० मध्ये ८ नङ पालिसमा टिपिएचपी पाइएकाे बताएका छन् ।

नङ टोक्दा निम्त्याउँन सक्ने समस्याहरु

रक्तस्राब

नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उक्किरहन्छ। जसले गर्दा रक्तस्राब हुनुका साथै अत्यन्त दुखाइ पनि हुन्छ ।

आन्द्रामा जुका

नङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने भएकाले यसको पहिलो असर आन्द्रामा पर्छ । नङमा भएको फोहोरको माध्यमबाट पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छ

सासको गन्ध

धेरै नङ टोक्ने मानिसको मुखमा ब्याक्टेरिया जम्मा हुने भएकाले सास गन्हाउने समस्या देखिन्छ । बिहान बेलुकै दाँत ब्रस गरे पनि नङ टोक्ने बानी भएका मानिसको सास गन्हाउने कारण भनेकै ब्याक्टेरियाले गर्दा हो ।

मुखमा फोका

यदि औँलामा मुसा छ भने, त्यो मुखभित्र या ओठमा सजिलै फैलिन सक्छ । मुखमा फोकाहरु आउन सक्छन् । मुसाको माध्यमबाट हुयमन प्यापिलोमा भाइरस सर्न सक्ने पनि चिकित्सकहरुले बताएका छन् । यो भाइरस पाठेघरको मुखको क्यान्सरको कारक हो ।

शरीरमा केमिकल

यदि नङ पोलिस लगाउने महिलाको नङ टोक्ने बानी छ भने, पोलिसमा भएका विभिन्न केमिकल शरीरभित्र प्रवेश गर्ने खतरा रहन्छ । अनावश्यक केमिकलका कारण विभिन्न समस्या आउन सक्छन् ।

नङ बांगिने

बारम्बार नङ टोक्ने मानिसको नङको स्वरुप फेरिन सक्छ । नङ बांगिने हुन सक्छ । नङ टोक्ने मानिसको नङ बांगिने समस्या टोक्न छोडेपछि हट्ने भए पनि केहीको नङ सधैँका लागि खराब हुन सक्छ ।

छालाको सक्रमण

नङ टोक्ने मानिसलाई पारोनाइसिया नामक छालाको संक्रमण हुन्छ । यो संक्रमणले नङ वरपरको छालालाई असर गर्छ । नङ रातो हुने र नङ वरपरको मासु सुन्निने खतरा हुन्छ ।

ब्याक्टेरियाको संक्रमण

सन् २००७ को एक अध्ययन अनुसार नङ टोक्ने मानिसको मुखमा नटोक्ने मानिसको मुखमाभन्दा धेरै ब्याक्टेरिया हुन्छ । यस्तै हैँजा–पखालाजस्ता संक्रमण फैल्याउने इकोलाइ भाइसर नङबाट सर्नसक्ने सम्भावना हुन्छ l

नङलाई सुन्दर र स्वस्थ बनाउने केहि घरेलु तरिकाहरु

नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ । हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ । सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण हुन्छ किनभने शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात नै हो ।

प्राकृतिक रुपले स्वस्थ र सुन्दर नङ भए पनि अन्य विभिन्न कारणले गर्दा नङ बिग्रन सक्छ वा नङका विभिन्न समस्या देखा पर्न सक्छन् । साबुन, डिटर्जेन्ट, केमिकल आदिबाट नङमा रिएक्सन हुनसक्छ । कडा पानीको प्रयोग गरी काम गर्दा नङ कमजोर हुन्छ ।

भाँडा सफा गर्दा, लुगा धुँदा, सरसफाई गर्दा गरिने लापरवाहीले नङमा समस्या हुन सक्छ । त्यस्तै नङ टोक्ने, नङको प्रयोग गरी काम गर्ने बानी, कमसल र पुरानो कस्मेटिक सामानको प्रयोग आदि कारणले नङ कमजोर तथा अस्वस्थ हुन सक्छ ।

१. एक चम्चा नरिवलको तेल तताएर त्यसमा एक चम्चा ह्यान्ड लोसन मिलाउनुहोस् । हप्तामा एक दिन यो मिश्रणमा २० मिनेटजति नङ डुबाउनुहोस् । चारपाँच पटक नियमित यसो गर्नाले कमजोर नङमा सुधार हुनेछ ।

२. नङमा उसिनेको आलु रगड्नाले नङको चमक बढ्छ ।

३. फिट्किरीको मालिसले नङलाई बलियो बनाउँछ ।

४. नङ बांगा भए राति सुत्नुअघि तातोपानीले नङ धुने र नङमा बेसारको लेप लगाउने । बिहान नङ सफा गरेर जैतुनको तेलले मालिस गर्नाले नङहरू सीधा हुन्छन् ।

५. नङ पालिस हटाउनका लागि घरेलु विधि प्रयोग गर्नुहोस् । कपासलाई एउटा डल्लोलाई मट्टीतेलमा भिजाउने र अर्को डल्लोलाई कागतीको रसमा । कागतीको रसमा डुबेकोे कपासको डल्लोलाई नङमा दल्नुहोस् र त्यसपछि मट्टीतेल भएको कपासको डल्लोलाई रगड्नुहोस् ।

यस्तो गर्नाले नङ पालिस निस्किन्छ । अन्त्यमा पुनः कागतीको रस भएको कपासको डल्लो नङमा लगाउनुहोस् । यस्तो गर्नाले ताजा नङ पालिस लामो समयसम्म रहिरहन्छ ।

६. शीघ्र नङ पालिस सुकाउन लगाएको एक मिनेटपछि बरफको पानीमा नङलाई भिजाउनुहोस् । यस्तो गर्नाले नङ पालिस चाँडै सुक्छ र पालिसको चमक पनि रहिरहन्छ ।

७. नङ पालिस लगाउनुअघि नङमा बदामको तेल लगाउनुहोस् । यसो गर्नाले नङ कडा हुँदैनन् ।

८. नङको धब्बा हटाउन आलुको रस लाभप्रद हुन्छ । कागतीको रसले पनि धब्बा जान्छ ।

९. नरिवलको तेलले नङ मालिस गर्दा नङ सुन्दर, चम्किला र कोमल बन्छन् ।

यहाँ केहि सम्बन्धित थप जानकारी दिइएका छाै

सौन्दर्य सामग्रीसम्बन्धी थप केहि जानकारी :

आइलाइनर

हाम्रो आँखा संवेदनशिल हो भन्ने थाहा हुँदाहुँदै पनि कतिपय महिलाले आँखामा ‘आइलाइनर’ प्रयोग गर्छन । तर, आँखाको भित्री ढकनीमा सिसाकलमको प्रयोग गर्दा हाम्रो आँखाको दृष्टि गुम्ने सम्म खतरा हुने विज्ञहरु बताउँछन् । आइलाइनरमा प्रयोग हुने रंगमा तेल, सिलिकन, गम, मैन लगायतका बस्तुहरुको प्रयोग हुने भएकाले यसले  आँखालाई रातो बनाउने, व्याक्टेरियाले संक्रमण गर्ने र धमिलो दृश्य देखिने हुन्छ । आई एन्ड कन्ट्राक्ट लेन्स नामक जर्नलमा प्रकाशित एउटा अध्ययन अनुसार आईलाइनरमा प्रयोग हुने रसायनयुक्त चिज आँखाका लागि हानीकारक हुने पुष्टि भएको छ ।

लिपिस्टक

कतिपय महिला लिपिस्टकबिना आफू पूर्ण नभएको महसुस गर्छन् । तर, अधिकांश अध्ययनले लिपिस्टिकमा लिडलगायत अन्य उत्तेजक र हानिकारक धातु रहको पुष्टि गरेका छन् । लिपिस्टिकमा क्याडमियम, आल्मुनियमलगायतको धातु हुने र यसले स्नायु प्रणालीलाई प्रत्यक्ष रुपमा हानि गर्ने मात्र होइन, गर्भवतीको भ्रुणमा समेत असर गर्ने विज्ञहरु बताउँछन् ।

लिपिस्टकमा लिडलगायतका हानिकारक रसायन प्रत्यक्ष रुपमा मिसाइएको हुँदैन तर अधिकांश लिपिस्टक त्यस्ता खनिजबाट बनाइएको हुन्छ, जसको स्रोत विषादी हो । युनिर्भसिटी अफ क्यालिफोर्नियाले गरेको एक अध्ययनमा धेरै पटक लिपिस्टक प्रयोग गर्ने महिलामा छालाको क्यान्सरलगायतको गम्भीर रोग हुने गर्छ ।

आल्मुनियमजस्तो विषादीयुक्त धातुबिना लिपिस्टक बनाउन नसकिने भन्दै यसले स्वास्थमा प्रत्यक्ष प्रभाव पर्ने अध्ययनमा जनाइएको छ । कतिपय अवस्थामा लिपिस्टकमा भएका रसायन मुखभित्र पुगी शरीरमा क्यान्सरसम्म हुने विज्ञहरु बताउँछन् ।

अनुहारमा लगाउने क्रिम

अनुहारमा दल्ने विभिन्न क्रिममा पनि रसायनको मिसावट हुने भएकाले सकभर यस्ता उत्पादन प्रयोग नगर्न विज्ञहरु सल्लाह दिन्छन् । फेस क्रिममा प्रयोग हुने मिथेनका कणले अनुहारमा एलर्जी बढाउनुका साथै राता दाग देखाउँछ ।

यस्ता क्रिमको प्रभाव महिनौंपछि पनि देखिन सकिने बताइन्छ । क्रिमका रसायनले आखा र अनुहारको नरम छाला उक्किने, घाउ आउने र बिस्तारै दीर्घकालीन रुपमा छालाको रोग लाग्ने गरेका छन् ।

नङ पालिस

त्यस्तै, नङ पालिसमा राखिने रसायनका कारण छालामा एलर्जी हुनुका साथै क्यान्सरसम्म लाग्न सक्छ । नङ पालिसको प्रभाव आँखाको ढकनी, मुख वरपर र घाँटीमा सोझै देखिने लन्डनस्थित सौन्दर्यविज्ञ निकोलस लोईको कथन छ । नङ पालिस लगाउँदा मात्र होइन, घोट्दा पनि हातलगायत छालाका संवेदनशील स्थानामा लतपतिने भएकाले एलर्जीलगायतका समस्या ल्याउने गर्छ ।