फलफुल मानव शरिरमा पाेषक तत्व दिलाउने आहारमा पर्दछ । यसले हाम्रो शरीरलाई चाहिने भिटामिन उब्लब्ध गराउनुको साथै अनुहारमा चमक ल्याउन सहयोग गर्दछ ।

फलफुल खाएपछि हामी त्यसको बोक्रालाई फोहरमा मिल्काई दिन्छौ किनकी हामीलाई यसको फाईदाबारे ज्ञान छैन जुन यसप्रकार छन्  ।

मेवाको बोक्रा

मेवाको बोक्रा तास्दा एक किसीमको सेतो चोपयूक्त तरल पदार्थ आउछ यो सहितको बोक्राले धोएको अनुहारमा केहि समय दलेर छाड्ने र अनुहार सुके पछि अनुहार धोएमा मुलायम तथा चम्किलो महसुस् हुन्छ । यो प्रकृया हप्तामा दुई पटक गरेमा धेरै फरक अनुभव गर्न सकिन्छ ।

खरबुजाको बोक्रा

खरबुजा यस्तो मौसमी फल हो जुन गर्मी महिनामा मात्र पाइन्छ । यसले हाम्रो शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्ने गर्दछ । खरबुजाको बोक्राको पेष्टलाई अनुहारमा लगाउँदा दादको समस्या हट्छ भने यसले छालालाई विशेष चम्किलो पनि राख्छ ।

शरीरको वजन नघटेर वाक्कदिक्क हुनुभएको छ भने खरबुजाको बोक्रा खाने गर्नुस् । यसले वजन घटाउन सहयोग गर्छ । खरबुजाको बोक्रा यत्तिकै खान नसकिने भएकाले ससानो टुक्रा पारी खाने गर्नुस् । यसो गर्दा पनि खान अप्ठेरो भयो भने नुन–खुर्सानीमा चोपेर खाने गर्नुस् ।

सुन्तलाको बोक्रा

सुन्तलामा भिटामिन सि पाईन्छ । यो हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ । सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स टाढा भाग्छ र छालाका विभिन्न समस्याबाट छुटकारा पाइन्छ ।

सास गनाउने समस्या छ भने सुन्तलाको बोक्रा खानाले राम्रो गर्छ । यसमा पाइने एसिडले मुखमा रहेका ब्याक्टेरिया नाश गर्छ र सास ताजा बन्न पुग्छ ।

सुन्तलाको बोक्रामा प्रशस्त पौष्टिक तत्व हुन्छ । सक्नुहुन्छ भने सुन्तलाको बोक्रा मर्याङमर्याङ चपाएर खानुस् । यसले मुटुसम्बन्धी रोग लाग्ने जोखिमलाई कम गरिदिन्छ । सुन्तलाको बोक्राको चूर्ण बनाई मनतातो पानीसँग पिउने गर्नाले कब्जियतको समस्या हटेर जान्छ ।

केराको बोक्रा

केराको बोक्राबाट प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ । यसमा भिटामिन बी ६ र बी १२ पाईनुका साथसाथै म्याग्नेसियम र कार्बोहाइड्रेट पाईन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले स्ट्रेसलाई कम गर्ने गर्दछ । केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ ।

केराको बोक्रामा एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरलाई बलियो राख्ने, रोगप्रतिरोधी क्षमता बढाउनेलगायत काम गर्छ ।केराको मूल फलमा भन्दा यसको बोक्रामा बढी उपयोगी तत्व हुन्छन् ।

केराको बोक्रामा फाइबर उच्च मात्रामा पाइन्छ, जसले पाचनलगायत शरीरको समग्र प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । आँखामा जुनसुकै खालको इन्फेक्सन भएको छ भने केराको बोक्रा खानु फाइदाजनक हुन्छ ।

अनार

अनारको बोक्रामा आइरन प्रशस्त मात्रामा पाइने भएकाले यो खाने गर्नाले रक्तअल्पतालगायत समस्याबाट समेत जोगाउँछ । घाँटी खसखस भएर दिक्क हुनुभएको छ भने अनारको बोक्रा खाँदा सञ्चो हुन्छ । गिजाबाट रगत निस्किने समस्या भएकाका लागि पनि अनारको बोक्रा उपयोगी हुन्छ ।

काँक्रो

काँक्रोको बोक्रा खाने गर्नाले हड्डी बलियो बन्छ । काँक्रोको बाहिरी भागमा भिटामिन ए र के प्रचुर मात्रामा पाइन्छन् । त्यही भएर बोक्रा नताछीकन काँक्रो खाने गर्नुपर्छ । शरीरको वजन घटाउन काँक्रोको बोक्रा खानु बडो उपयोगी हुन्छ ।

स्याउ

स्याउमा पाइने पोषक तत्वमध्ये अधिकांश बोक्रामा थुप्रिएका हुन्छन् । त्यही भएर बोक्रा ताछेर स्याउ खाने मूर्खता गर्नु हुँदैन । स्याउको बोक्रामा फ्लेभोन्वइड नामक तत्व पाइन्छ, जसले रोगप्रतिरोधी क्षमता बढाउँछ । स्याउको बोक्रामा क्यान्सरबाट बचाउने तत्व पनि पाइन्छ ।

कागती

कागतीको बोक्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जुन अनुहारका लागि ज्यादै उपयोगी हुन्छ । कागतीको बोक्रा त्यसै खान सकिँदैन भने चूर्ण बनाएर खान सकिन्छ । कागतीको बोक्रा खाने गर्नाले रोगप्रतिरोधी क्षमता चाँडै वृद्धि हुन्छ । कागतीको बोक्रामा क्यान्सरबाट जोगाउने तत्व पनि पाइन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

मुटुलाई स्वस्थ राख्नुका साथै अनुहारलाई चम्किलो बनाउन मद्दत गर्ने कागतीको चमत्कारिक फाइदाबारे जान्नुहोस्

कागती अत्याधिक प्रयोग हुने फल हो । चियादेखि अनुहार चमकाउनसम्म कागतीको प्रयोग हुन्छ । यसको अचार पनि त्यतिकै स्वादिलो हुन्छ । कागतीले नुहाँउदा चाँया पर्ने समस्या हट्छ । यतिमात्र होइन, निचोरेको कागतीका पनि धेरै फाइदा छन् । तर हामी थाहा नभएर त्यसको प्रयोग भने गर्दैनौं ।

भाडा डढेको दाग मेटाउन कहिलेकाही खाना पकाउदा भाँडा डढ्न सक्छ । खाना डढेर कुकर वा कुनै भाँडाको भित्र र बाहिर कालो हुन सक्छ । यस्तो अवस्थामा मन तातो पानीमा निचोरेको कागतीलाई केही बेर डुबाउने र त्यसले रगेटेर माझ्नाले डढेको दाग हट्छ ।

कागतीको फाइदा

कागतीको रसमा २ गुणा पानी,२ वटा ल्वाङ र मरिच राखी सेवन गर्नाले अरुचि भएको मानिसलाई खानामा रुचि हुन्छ । यसको साथै कागती काटेर बिरेनुन छरेर चाट्नाले पनि खानामा रुचि बढ्दछ ।

मनतातो पानीमा कागतीको रस र मिस्री मिलाइ दैनिक रुपमा बिहान-बिहान पिउनाले कलेजो सफा हुन्छ ।

प्रत्येक दिन बिहान २०० ग्राम तातोपानीमा २ चम्चा ताजा कागतीको रस र १ चम्चा मह सेवनले मोटोपना घट्छ ।

छालामा आएको कालो दाग,दाद आदि पनि कागती काटेर रगड्नाले ठिक हुन्छ् ।

कागती काटेर ढुंगामा घोट्ने र कपडामा पोको पारेर आँखामाथि राखेर सेक्नाले आँखामा कचेरा आउने,रातो हुने र दुख्ने आदि रोग निको हुन्छ ।

दुई फक्लेटा कागती कन्चेटमाथी राखेर एक घन्टासम्म सेक्नाले टाउको दुख्ने रोग निको हुन्छ ।

पागलपनका बिरामीहरुलाई कागतीको रस निधारमा लेपन गरिदिनाले धेरै लाभ पुर्याउदछ ।

कागतीको रसले अनुहारमा मसाज गर्नाले अनुहारमा रहेको चाया निको हुन्छ ।

कागतीको रसमा मह मिलाई लगाउने र मनतातो पानीले सफा गर्नाले अनुहार चम्किलो हुन्छ ।

यी हुन निचोरेको फालेका कागतीका चार अनौठा फाइदा

कपडामा चमकपन ल्याउन

सेतो लुगामा कालो वा अन्य टाटो लागेर हैरान हुनु भएको छ ? आत्तिनु पर्दैन, फालिएको कागतीलाई पानीमा निचोरेर लुगालाई १५ मिनेट छोडिदिनुहोस । १५ मिनेटपछि ती लुगालाई साबुन पानीले साबिक झै धुनुहोस । तपाईको लुगाको चमक पूर्ववत अवस्थामा फर्किन्छ । कागती पानीले लुगाको जुनसुकै फोहर सफा बनाइदिन्छ ।

हातको चिल्लो हटाउन

तपाईले याद गर्नु भएकोले होला प्राय रेस्टुरेन्टमा सानो कचौरा वा गिलासमा मन तातो पानीमा कागती डुबाएर राख्ने गरिन्छ । किन राखिन्छ कागतीलाई यसरी ?

रेस्टुरेन्टमा निकै चिल्लो तथा मसलादार खाना खाँद हातमा लागेको चिल्लो हटाउन कागती पानीले मद्धत गर्ने भएकोले यस्तो व्यवस्था गरिएको हो । निचोरेको कागतीलाई हातमा दल्नाले चिल्लोपन हट्छ । साथै कागतीमा हुने एसिडयुक्त तत्वले नङको फोहर फाली चमक गराउँछ ।

घरलाई बासनादार बनाउन

कागतीको बासना आफैमा मगमग आउने भएकोले यसले वातावरणलाई सुगन्धित बनाउछ भने अनावश्यक झिंगा पनि फैलिदैनन् । सम्भव भए घरको वरिपरि कागती लगाउनुहोस ।

घरका कुना काप्चा ढुडी लागेर वा हावा नछिरेर नराम्रो गन्ध त आएको छैन ?यस्तो बेलामा तपाईले कोठाका कुना कुनामा अत्तर छर्ने चिन्ता लिनु पर्दैन । फालिएका एकदुई ओटा कागती भए पुग्छ ।

निचरेको कागती वा वोक्रालाई कुनै सेतो र सफा कपडामा राखेर कुनामा फालिदिनुहोस । दुई तीन घन्टासम्म कागतीको बासनले कोठा नै सुगन्धित हुन्छ । फेरी तीन घन्टा पछि पुन कागतीको बोक्रा कपडामा घोटेर छोडिदिनुहोस , यसले कोठालाई बासनायुक्त बनाइदिन्छ ।कागतलीलाई तपाईले किचेनको विभिन्न स्थानमा पनि घोटेर बासनायुक्त बनाउन सक्नुहुन्छ । कागतीले फ्रिजको गन्ध पनि हटाँउछ ।

सौन्दर्य निखारको लागी कागतीको प्रयोग

१. नरिवलको तेलमा कागतीको रस मिलाएर रातमा हल्का हातले लगाउने तथा विहान कपाल धुने गर्नाले कपालको “खुश्की” हट्दछ ।

२. कपाल धुने समयमा कागतीको केही थोपा पानीमा हालेर सो पानीबाट कपाल धुने गरेमा कपाल मुलायम हुने कपाल झर्न कम हुने तथा खुश्की या चाया समेत कम हुन्छ ।

३. नरिवलको तेलमा कागतीको रस तथा कपुर लगाएर मालिस गर्नाले कपालमा हुने रोग रहन्न ।

४. विहान नुहाउनु भन्दा अगाडी कागतीको बोक्रा मुखमा लगाएर विस्तार विस्तार २-३ मिनेट मोलेर धुने लगातार १०-१५ दिनसम्म गर्नाले मुख सफा हुने गर्दछ । यो बजारमा पाइने कुनै पनि प्रकारको ब्लिचिङ्ग क्रिम या ब्युटीपार्लरको ब्लिचभन्दा कम हुन्न ।

५. कागतीको रस र गुलावजल समान मात्रामा मिलाएर अनुहारमा लगाउँनाले केही दिनमै अनुहार बेदाग तथा छाला नरम र स्वच्छ हुन्छ ।

६. कागतीको रस र तुलसीको पातको रस समान मात्रामा मिलाएर कुनै काँचको भाँडामा राखेर दिनमा कमसेकम दुईपटक अनुहारमा लगाउँनाले यसमा रहने मैलो तथा अन्य प्रकारको निशाना समेत मेटिने गर्दछ ।

७. अनुहार जलेमा या अनुहारमा कालो दाग परेमा टमाटरको गुदीमा कागतीको रसको मिलाएर विहान वेलुका लगउने तथा केही समयपछी धुनाले फाइदा गर्दछ ।

कागतीको अरु छुटेका फाइदाहरु र यसको प्रयोग 

१. कपाल झरेमा, कपाल सेतो भएमा, कपालमा चाया तथा जुम्रा परेमा कागतीको रसमा अमलाको धुलो मिलाएर कपाल धुनाले फाइदा हुन्छ ।

२. भात पकाउँदा कागतीको रस केही थोपा हाल्नाले चामल एक अर्कामा जोडिंदैन तथा चमकिलो भएर पाक्ने गर्दछ ।

३. डण्डिफोर हटाउँनकोलागि कागतीको रसमा मलाई मिलाएर एक महिना सम्म अनुहारमा लागाएमा डण्डिफोर हट्ने तथा अनुहार चम्किलो हुन्छ ।

४. कागतीको रसमा मरिच धनिया तथा भुटेको जिरा मिलाएर सेवन गरेमा पेटको विकार हट्दछ ।

५. शरीरको कुनै भागमा चिलाएमा नरिवलको तेलमा कागतीको रस मिलाएर लगाउनाले चिलाउँदैन ।

६. तरकारी दाल सलाद आदिमा कागतीको मिलाउनाले स्वाद बढ्ने गर्दछ ।

७. कागतीको नियमित सेबनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढंगले हुने गर्दछ । शरीरको मोटापा घटाउन कागती र मह मिलाएको पानी नियमित रुपमा महिनाभर लिनाले फरक देखिन थाल्दछ ।

८. कागतीमा भिटामिन सी भरपुर मात्रामा रहने भएकाले यस्को सेवनबाट शरीरको मैटाबॉलिज्म बढ्न जने तथा वजन घट्ने हुन्छ । दैनिक खाली पेटमा तातोपनी कागती र मह मिलाएर खानाले बजन घट्दछ ।

९. बदहजमी भएमा कागती काटेर चपाउँनाले या सानो टुक्रा काटेर कालो नुनको साथमा चुस्नाले फाइदा गर्दछ ।

१०. जस्लाई भोक कम लाग्दछ तथा पेट दुखने सिकायत रहन्छ कागतीको टुक्रामा कालो या सिधेनुन लगाएर उस्लाई तावामा तताएर चुस्नाले पेट दुखनमा आराम हुन्छ तथा भोकपनि खुलेर लाग्दछ ।

११. यदि चक्कर आइरहेको छ या उल्टी भै रहेको छ भने कागतीको एक टुक्रामा कालो नुन मरिच हालेर खानाले चक्कर आउँन छोड्दछ । बमन रोकिन्छ ।

१२. एक ग्लास पानिमा एउटा कागतीको रस निचोरेर त्यसमा चिनी पिंधेर पिउनाले हैजा रोकिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि