एउटा सामान्य व्यक्तिको मुटुको चाल (हार्ट विट) प्रति मिनेट ६० देखि एक सयको बीचमा हुनु पर्छ । केही विशेषज्ञहरु ५० देखि ७० लाई पनि सामान्य चाल मान्ने गर्छन् ।

तर मुटुको चाल सामान्य भन्दा बढी भएमा त्यो स्वास्थ्यका लागि हानीकारक हुनसक्छ, जसलाई चिकित्सकीय भाषामा ट्रेकिकार्डिया भनिन्छ । मुटु रोग तथा रक्तअल्पत्राको समस्याले पनि ट्रेकिकार्डिया निम्त्याउन सक्छ, जुन आफैमा जटिल हो ।

किनकी शारीरिक श्रम, तनाव तथा एक्सरसाइजका कारण मात्र मानिसमा मुटुको चाल अधिक हुने गर्छ । अन्य समय यो सामान्य स्तरमा रहन्छ । र, मुटुको चाललाई मुटुको विद्यतीय तरंगले नियन्त्रित पार्ने गर्छ ।

तर जब मुटुले असामान्य तरंग उत्पादन गर्न थाल्छ, तब मानिसको मुटुको चाल असामान्य हुने गर्छ । र, असामान्य मुटुको चाल भएमा हृदयाघात, स्ट्रोक लगायतका समस्या निम्तिन सक्छ । त्यसैले, यदी कसैले यस किसिमको समस्या भोगिरहनु भएको छ भने कम्तीमा एक पटक चिकित्सकलाई अवश्य देखाउनु पर्छ ।

अन्यथा, तल उल्लेखित उपाय अपनाएर प्रारम्भिक उपचार सुरु गर्नु पर्छ ।

भलसल्भा मेन्युभर

भलसल्भा मेन्युभर एक प्रकारको सास फेर्ने तरीका हो । जसले मुटुको धडकनमा तिव्र गतिमा बदलाव ल्याउँछ । यसको लागि मुखलाई बन्द गरेर हातले नाकलाई बन्द गर्नु पर्छ । अब बलुन फुके झै सासलाई बाहिरतर्फ फाल्नुपर्छ । यो विधि अपनाउदाँ पेटलाई केही खुम्च्याउनु पर्छ । र , पेटलाई हल्का प्रेशर दिनुपर्छ । अब यो विधि दश देखि पन्ध्र सेकेण्ड अपनाउनु पर्छ ।

चिसो पानीमा मुख डुबाउने

यो विधि प्रभावकारी छ किनकी यसले योनी तन्त्रिकालाई उत्तेजित बनाई हृदयको गति नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ । त्यसैले, लाग्छ कि मुटुको धडकन बढी रहेको छ भने चिसो पानी मुखमा छर्कनुस् । अन्यथा चिसो पानी भरिएको एउटा ठूलो भाडोमा मुख डुबाउनुस् ।

निहुरिने

यो विधि भलसल्भा मेन्युभर भन्दा खासै फरक छैन । यसमा दुई चरण छन् । पेटको मांसपेशी खुम्च्याउने र पेटमा समस्या भएजसरी जिउलाई बेस्सरी कस्ने ।

क्यारोटिड साइनस मसाज

क्यारोटिड साइनस मसाजले पनि हृदयलाई आराम दिलाउँछ । क्यारोटिन साइन नामक नशा घाँटी हुँदै मुटुतिर जान्छ । हातका औलाद्धारा यस नशामा हल्का मसाज गर्नाले मुटुको गति स्थिति हुन्छ र मुटुको धडकन नियन्त्रित हुन्छ ।

बरफ पानी खाने

एक अध्ययन अनुसार मुटको धड्कनलाई नियन्त्रित गर्ने यो एक प्रकारको प्रभावकारी उपाय हो । बरफ पानीको सेवन गरेर पनि मुटुको धडकनलाई नियन्त्रणमा राख्न सकिन्छ । उदाहरणको लागि, जब एउटा व्यक्तिले बरफयुक्त पानीको सेवन गर्छ, यसले योनी तन्त्रिकालाई उत्तेजित पार्छ र मुटुको धडकनलाई कम गर्दै लैजान्छ ।

लामो लामो सास फेर्ने

लामो लामो सास फेरेर पनि मुटुको गतिलाई नियन्त्रित गर्न सकिन्छ । यसको लागि केहीबेर सासलाई पाँच सम्म गन्नु पर्छ त्यसपछि विस्तारै सास तान्ने र छोड्ने गर्नु पर्छ । अब यो प्रकृयालाई केही पटक पुन दोहर्‍याउनुपर्छ ।

औषधीको सेवन

प्रत्येक रोगमा बेग्ला बेग्लै किसिमको उपचारको आवश्यकता पर्छ । त्यसै अनुरुप औषधी सेवन गर्नुपर्छ । त्यसैले, माथि उल्लेखित कुनै पनि उपायले काम गरेको छैन भने, तुरुन्तै नजिकैको चिकित्सकलाई सम्पर्क गरे औषधीको सेवन गर्नु पर्छ । आजकल बजारमा यस्ता थुप्रै औषधी उपलब्ध छन्, जसले मुटुको चाललाई क्षणभरमै नियन्त्रित गर्न मद्दत गर्छ ।

मुटु रोग भए नभएको कसरी थाहा पाउने ?  जानिराखाैँ

मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्रकृतिक अङ्ग हो । यो हरपल चलिरहन्छ । छाती भित्र धडकिरहने यो सानो अङ्गले शिर देखि पैतालासम्म प्रभाव पारी राखेको हुन्छ । हामीलाई मुटुरोग लागे नलागेको कसरी पत्ता लगाउन सकिन्छ ।

मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरु पनि हुन्छन् । मुटुरोगका अनगिन्ती लक्षणहरु मध्ये सबैले थाहा पाइराख्नुपर्ने १२ वटा प्रमुख लक्षणहरु रहेकोवरिष्ट मुटुरोग विशेषक डा. प्रकाशराज रेग्मीले बताए ।

डाक्टर रेग्मीका अनुसार मुटुरोगका लक्षण यस्ता छन् ।

१. छातीको बिचको भाग दुख्नु

२. दम बढ्नु

३. खुट्टाहरु सुन्निनु

४. घाटीँको रक्तनली फुल्नु

५ ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु

६. औंलाका टुप्पा बाक्ला , चाक्ला हुनु

७. टाउको दुख्ने र चक्कर लाग्नु

८. मुटुको धड्कन रोकिने वा छिटो चल्नु

९. कफमा रगत देखा पर्नु

१०. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु

११. हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रितरुपमा चल्नु

१२. छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु

मुटुरोगकाे घरेलु उपचार

विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष-महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ ।

मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात (heart attack) रोकथाम गर्न सकिन्छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन् ।

नेपालमा मुटुरोग बढ्ने क्रममा छ। हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ । यो रोग विशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ तर आजकल युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ ।

मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ, विशेषगरी हामीले दैनिक रुपमा सेवन गर्ने यस्ता खानेकुरा छन्, जसले मुटु तथा कलेजोलाई हानी पुर्‍याउने गर्छ ।

यस्ता खानेकुराले मुटुको रक्तधमनीमा बोसो जम्मा भई मुटुुमा अवरोध गर्छ । जसका कारण रक्तधमनीमा रगतको सञ्चार राम्रोसित हुन नसकी मुटुको समस्या निम्त्याउछ ।

उपचारहरू

१. एउटा अमला र एउटा मिस्र्री लिनुहोस् र त्यसलाई पिनेर धूलो बनाउनुहोस् र मिसाउनुहोस् । यसको प्रयोग हरेक बिहान दुई चम्चा पानी सँग प्रयोग गर्दा मुटुको रोग र ब्लड प्रेसरमा पनि कमि आउने छ ।

२. एउटा प्याज लिनुहोस् र त्यसलाई पिनेर त्यसको जुस निकाल्नुहोस् । अब दुई चम्चा प्याजको जुस र शुद्ध मह मिसाउनुहोस् र यसको प्रयोग दिनमा तिन पटक प्रयोग गरेमा ब्लड प्रेसर र मुटुको रोग भएकोलाई धेरै फइदा गर्दछ । सधैँ खाना खाँदा काचो प्याज वा लसुनको प्रयोग गरेमा यसको समस्या कम हुँदै जानेछ ।

३. एक चम्चा अर्जुना पौडरको सेवन दिनको एक पटक पानी सँग गर्नुहोस् । एउटा अर्जुनाको रूखको बोक्रालाई पानीमा उमालेर खानाले पनि यो रोग कम हुँदै जानेछ ।

४. दुईवटा काचो लसुन बिहान उठ्ने बितिकै पानी सँग खानुहोस् । यसले यो रोग हटाउन धेरै मदत गर्दछ ।

५. एक ग्लास दुधमा आधा चम्चा बेसार मिसाउनुहोस् र यसको सेवन दिनको दुई पटक गर्नुहोस् । यसले मुटुको रोगलाई घटाउन धेरै मदत गर्दछ ।

६. एक कप कागतीको जुस, एक कप अदुवाको जुस, एक कप लसुनको जुस र एक कप स्याउको जुस लिनुहोस् र सबैलाई मिसाउनुहोस् र त्यसको माथिबाट तिन कप मह राखेर मिलाउनुहोस् र एउटा बोतलमा राख्नुहोस् । हरेक बिहान एक चम्चा यसको प्रयाग गर्नुहोस् । यसो गर्दा यसले मुटुको रोगमा धेरै कमि ल्याउने गर्दछ ।

७. अर्जुन रूखको बोक्रालाई पिनेर पाउडर बनाएर त्यसको पाउडर एक कप पानी र एक कप दुधमा राखेर पकाउनु र बाक्लो भएपछि यसलाई छानेर यसको सेवन हरेक दिन बिहान खाली पेट वा राती सुत्न अगाडी एक पटक प्रयोग गर्दा यसले यो रोग हुनबाट रोक्छ र कम पनि गर्दछ ।

८. एक कप काचो लौकाको जुस, तुलसीको पातको जुस, पुडिनाको जु्स र बिरे नुन मिलाएर र त्यसको सेवन दिनमा एक पटक ३ महिना नियमित प्रयोग गर्नाले यो रोगमा कमि आउने छ र ब्लड प्रेसरमा पनि कमि ल्याउने छ ।

हृदयाघातको जोखिम बढ्ने यी खानेकुराले

१.कफि क्रिम, पपकर्न

कफी, त्यसमा पनि कि्रम मिसाइएको कफी मुटुको लागि निकै घातक मानिन्छ । यसै पनि दिनमा दुई-तीन कप कफी स्वास्थ्यका लागि हानीकारक मानिन्छ । उक्त कफीमा क्रिम मिसाइएको छ भने त्यो अझै घातक हुन्छ किनकी उक्त कि्रममा ट्रान्सफैट हुन्छ । त्यही क्रिमलाई कतिपयले पपकर्न स्वादिलो बनाउनमा पनि प्रयोग गरिरहेका हुन्छन् ।

२.वोसोयुक्त आहार

तेल तथा घयुबाट बनेका परिकारमा अधिक मात्रामा चिल्लो तथा वोसो पाइन्छ, जसको अधिक सेवनल मुटु सम्बन्धि समस्या निम्त्याउने गर्छ । विशेषगरी, समोसा, पकौडा, पुरी लगायत तेलबाट पकाइने खानेकुरामा तेल तथा क्यालोरीको मात्रा अधिक हुन्छ ।

अधिक मात्रामा क्यालोरीको सेवन शरीरमा फ्याटको रुपमा जम्मा हुन्छ । त्यसैगरी, जब तेललाई एक हटसम्म तताइन्छ, तब उक्त तेल ट्रान्सफैटमा बद्लिन्छ, जुन हृदय वा मुटुको लागि निकै हानीकारक छ ।

३.ननभेज

ननभेज अर्थात् मांसहारी भोजन । मांसहारी भोजनका कयौं फाइदाहरु छन् । यसले शरीरमा मासुुबाट पाइने प्रोटिनको प्रवाह गर्दछ । तर आवश्यक्ता भन्दा बढी मात्रामा प्रोटिनको सेवन गर्नाले मुटुको समस्या निम्तने गर्छ ।

विशेषगरी, मांसाहारी भोजनमा स्याचुरेटेड फ्याट तथा कोलेस्ट्रोल अधिक मात्रामा पाइन्छ । जसल गर्दा रक्तधमनी कडा भई त्यसमा अवरोध खडा हुन्छ र हार्ट अट्याक तथा हार्ट व्लक लगायतका समस्या निम्तने गर्दछ ।

४.चिसो पेय पदार्थ

सोडा, कोकाकोला, लगायतका चिसो पेय पदार्थ पनि स्वास्थ्यका लागि पनि निकै हानीकारक छ । सोडो तथा चिसो सय पदार्थमा चिनीको मात्रा अधिक हुन्छ । जसको सेवनले रगतमा चिनीको मात्रा त बढाउँछ नै, यसमा पाइने विभिन्न तत्वले शरीरमा डिप्रेशनका हर्मोनलाई समेत एक्टिभ राख्ने हुदाँ यसको सेवनले मुटु तथा मस्तिष्क दुवैलाई प्रभावित पार्ने गर्छ ।

५.पिज्जा तथा फ्राइड राइस

खाजामा होस् वा नाश्तामा हिजोआज पिज्जा , मम, फ्राइड राईस लगायतका फास्टफुड धेरैको रोजाईमा पर्ने गर्छ । जबकी यस्ता फास्टफुटमा मैदा तथा पोलिस गरिएको चामलको अधिकतम प्रयोग हुने गर्दछ । मैदा तथा पोलिस गरिएको चामललाई रिफाइन गर्दा नै त्यसमा भएको तत्व भिटामिन बी १ अर्थात थियामिन नष्ट हुने गर्छ ।

थियामिन नष्ट भएमा यस्ता खानालाई पचाउन कलेजोलाई गार्‍हो हुन्छ र कलेजोले उक्त प्रकि्रयालाई पूरा गर्न शरीरमै भएको भिटामिन बी १ प्रयोग गर्न थाल्छ । परिणाम स्वरुप यस्ता खानेकुराको मुटुको समस्या बढाउने गर्छ ।

६.नुन

मुटु रोगबाट बँच्न दैनिक ५ ग्राम (एक चिया चम्चा ) भन्दा बढी नुन प्रयोग गर्नु हुँदैन तर नुनको मात्रामा पूरै रोक लगाउनु हुँदैन । साथै नुनिलो खानेकुराको प्रयोग कम गर्नुपर्छ । नुनीलो अचार, टीनमा बन्द गरिएका खानेकुरा खानु हुँदैन ।

७.धूम्रपान

धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने । सेकेण्ड-ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु)को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

मुटुका धेरै रोगहरू हुन्छन् र प्रत्येक रोगका आफ्नै प्रकारका लक्षणहरू पनि हुन्छन् । मुटुरोगका अनगिन्ती लक्षणहरूमध्ये सबैले थाहा पाइराख्नुपर्ने प्रमुख लक्षणहरू यस्ता छन् |

मुटु रोगका लक्षणहरु

१. छाति दुख्ने, ढक्क फुुल्ने वा भारी हुने (छातिमा बेचैनी हुने वा भारीपन महशुस हुनु) हृदयाघातको मुख्य सूचकका रूपमा लिइन्छ । त्यसैले यदि तपाईलाई यस्तो भइरहन्छ भने त्यसलाई हल्का रूपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर उपचार गर्नुहोस् ।

२. यदि तपाईलाई स्वाश लिन बल लगाउनु पर्ने वा कठिनाई वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

३. गर्मी महिनामा तथा धेरै परिश्रम गर्दा पसिना आउनु स्वाभाविकै हो । तर यदि चिसो याममा तथा बसेको बेलामा पनि पसिना तरतरी आउँछ भने त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

४. नियमित रूपमा वाक्वाक् लाग्नु पनि हृदय रोगको लक्षण हुनसक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यस्तो भएको हुनसक्छ । वाक्वाक् लाग्ने, निकै थकाई तथा कमजोरी महशुस हुने र तनाव महशुस हुने जस्ता लक्षण खतराका सूचक हुन सक्छन् ।

५. यदि तपाईको हात बारम्बार झमझमाउँछ वा चिमोटेको समेत थाहा नपाउने गरी सिथिल हुन्छ भने सचेत हुनुहोस् । यसो हुनु भनेको मुटु रोग तथा प्यारालाइसिस लगायतको लक्षण हुनसक्छ ।

६. यदि शरीरको कुनै भाग जस्तै काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्यो वा छुँदा पनि थाहा हुँदैन भने हेलचेक्र्याई नगर्नुहोस् । त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

७. यदि तपाईलाई बोल्दा अप्ठेरो महशुस हुन्छ, स्पष्ट उच्चारण गर्न सक्नुहुन्न वा जिब्रो लरबरिन्छ भने त्यो मुटु रोगको लक्षण हुनसक्छ ।

मुटुको हेरचाह

१. घ्यू वा तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।

२. नुन दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नु हुँदैन । नुन थपेर खाने बानी छोड्नुपर्छ ।

३. बिहान बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तिमा एकपटक फलफूल खानुपर्छ ।

४. बेलुकीको खानामा २ वा ३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ ।

खानाको मात्रा सबैको लागि एकैनास हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । काम कम भए खाना धेरै गर्नु हुँदैन । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन, कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ ।

५. शाकाहारी हुनु मुटुका लागि फाइदा जनक छ । तर नियन्त्रित रूपमा माछा, मासु खाएमा हानी छैन । खसी, राँगो, बँगुरले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराले कम बढाउँछ ।

चिल्लो नराखी माछा र कुखुरा पकाएको मात्र खानुपर्छ । यस्तो खानाले हानी गर्दैन । माछा मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछा मासु नखानु नै उत्तम हुन्छ ।

६. उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख श्रोत गहुँ, गेडागुडी, हरियो सागपातहरू हुन् । गेडागुडीलाई नियमित रूपमा खानु अझ बढी फाइदा जनक हुन्छ ।

७. खाना थोरै थोरै तर धेरैपल्ट खानु उचित हुन्छ । दुई छाक खाने तर पेट कसेर खाने, खाने बित्तिकै सुत्ने, यो मुटुका लागि अत्यन्तै खतरनाक हो । आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागी थोरै खाने, धेरै पल्ट खाने र उचित खाना खाने बानी बसाल्नु राम्रो हुन्छ ।

८. मुटु रोग लागिसकेकाहरूले चिकित्सकको सिफारिसअनुसार रोगअनुसारको आहार लिनुपर्छ ।

९. मोटो मानिसले तौल घटाउनु पर्छ र यसका लागि कम क्यालोरीयुक्त आहार लिनुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि