ढ्दो प्रदुषण नरोकिए धुवाँधूलोकै कारण आगामी दिन मानिसको स्वास्थ्य स्थितीमा गम्भीर असर पर्ने विज्ञहरूले चेतावनी दिएका छन् । चेतावनीका कारण मानिसमा आफ्नो र आफन्तको स्वास्थ्य बारे चिन्ता बढेको छ । बढ्दो जनसंख्या र तिव्र रुपमा भइरहेका विकास निर्माणका गतिविधिले विश्वभर प्रदूषणको मात्रा बढ्दो छ ।

तर, यि खतरनाक समस्याबाट राहत पाउन आयुर्वेद विशेषज्ञहरूले केहि सुझाब र उपाय बताएका छन् । यि सुझाबको व्यवहारिक प्रयोगबाट तपाईं हामी सजिलै धुवाँ धूलोका कारण हुने स्वास्थ्य समस्याबाट टाढै रहन सक्छौं ।

यस्ता छन् प्रदूषणजन्य रोगबाट जोगाउने आयुर्वेदिक तत्वहरू 

निम सेन्ट्रल आयुर्वेद क्याम्पस विजौरी दाङ्गका प्रशिक्षक डा.अमित कर्णका अनुसार निमको पातलाई पानीमा उमालेर उक्त पानीले छाला धोए धुवाँ धूलोजन्य संक्रमणबाट बच्न सकिन्छ । यसले छालामा भएको धूलोका कण सफा पार्छ । सातामा कम्तीमा दुई देखि तीन पटक निमको पात ३ देखि ४ वटा खानु स्वस्थकर मानिन्छ । यसले रगत सफा गर्नमा मद्दत गर्छ ।

डा. कर्णले प्रत्येक घरमा तुलसी रोपेर पनि धुवाँधूलो नियन्त्रण गर्न सकिने बताएका छन् । यसबाहेक दैनिक १०–१५ मिलिलिटर तुलसी पत्ताको रस पिउन सके त्यसले श्वासप्रश्वास प्रक्रियालाई सहज बनाउँछ ।

आधा चम्चा बेसारको धुलोमा एक चम्चा घ्यू वा मह मिसाएर बिहान बेलुका खाली पेटमा खादा पनि शरीर स्वस्थ हुने डा. कर्णको सुझाब छ । यसले शरीरमा भएका प्रदूषणलाई सफा गर्नमा सहयोग गर्छ ।

डा. कर्णका अनुसार बिहान नाकमा गाईको घ्यू दुई थोपा राख्नाले प्रदूषित कणहरू सफा हुन्छन् । दैनिक दुईदेखि तीन चम्चा घरमै बनाएको घ्यू सेवन गर्नु पनि फाइदाजनक हुन्छ । यसले सिसा र पारो जस्ता धातुको विषाक्त प्रभावलाई गायब गर्न सहयोग गर्छ । साथै ती धातुका कणलाई हड्डि, मिर्गौला र कलेजोमा जम्मा हुन दिदैन ।

फोक्सो, मुटु, मिर्गौला र मानसिक स्वास्थ्यमा प्रदूषणले कसरी असर गर्छ ?

सामान्यतः प्रदूषणका कारण श्वासप्रश्वासको समस्या निम्तने ठानिन्छ । तर फोक्सो, मुटु, मिर्गौला र मानसिक स्वास्थ्यमा पनि प्रदूषणले असर पार्छ । त्यसमध्येमा पनि सबैभन्दा बढी असर फोक्सोमै पर्छ । हामीले श्वास फेर्दा हावामा भएको हानिकारक तत्व फोक्सोसम्म पुग्छ र त्यसले गम्भीर समस्या निम्त्याउँछ ।

विश्व वातावरण दिवसका अवसरमा प्रदूषणले फोक्सोमा पर्ने असरबारे थाहा पाऔं

प्रदूषणले फोक्सोमा कति प्रभाव पर्छ भन्ने कुरा वरीपरीको हावामा कति रासायनिक पदार्थ मिसिएको छ भन्नेमा निर्भर गर्छ । श्वासप्रश्वासका बिरामीलाई त प्रदूषणसबैभन्दा बढी खतरनाक हुन्छ । लामो समयसम्म प्रदूषणयुक्त वातावरण, जस्तै सडक तथा उद्योग वरपर बस्नेलाई फोक्सोको समस्या हुने डर हुन्छ ।

लामो समयसम्म प्रदूषणमा रहनेहरुलाई फोक्सोको संक्रमण, क्यान्सरजस्ता श्वासप्रश्वाससम्बन्धी कयौं खालका रोग लाग्ने खतरा हुन्छ । गाडीबाट निस्कने धुँवाबाट दम पनि हुनसक्छ । प्रदूषणको सम्पर्कबाट ब्रोङकाइटिस, एम्फीसीमा र दम रोगीहरुको स्थिति झन् बिग्रन सक्छ ।

प्रदूषण र मुटुका बिरामी

वायु प्रदूषणबाट फोक्सोका साथै मुटुमा पनि प्रभाव पर्छ । प्रदूषित वातावरणमा लामो समय बिताउनेहरुको मुटु कमजोर हुन्छ । एक अध्ययनअनुसार हावामा पाइने सुक्ष्म कणले मुटुको कार्यप्रणालीमा नकारात्मक असर पर्छ, जसका कारण इलेक्ट्रोनिक संकेत दिने क्षमता प्रभावित हुन्छ । सडकमा बढ्ने ट्राफिक र वायु प्रदूषणबाट हृदयाघातको खतरा पनि बढ्छ ।

घरमा हुने प्रदूषण बढी खतरनाक

घरमा हुने वायु प्रदूषण पनि खतरनाक हुन्छ । एक अध्ययनअनुसार खाना पकाउने, चिसो मौसममा कोठा तातो राख्न प्रयोग हुने इन्धन फोक्सोका लागि बढी खतरनाक हुन्छ । यसबाट फोक्सोको प्रतिरक्षण क्षमता कमजोर हुन्छ ।

धूमपानबाट पनि फोक्सोलाई सबैभन्दा बढी हानी पुग्छ । बढी धूमपान गर्नेलाई फोक्सोको क्यान्सर र श्वासप्रश्वासजन्य समस्याको खतरा बढी हुन्छ । बढीजसो गर्मी महिनामा केही स्थानमा ओजोन र अन्य खालको प्रदूषक स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

प्रदूषणबाट बच्ने उपाय

घरबाहिर निस्कँदा मुखमा मास्क लगाएर निस्कनुपर्छ ।

सडक क्षेत्रको घर छ भने झ्यालढोका बन्द गर्ने या एयर प्युरिफायरको प्रयोग गर्नुपर्छ ।

घर आसपास कारखाना या रासायनिक उद्योग छ भने हावाको सम्पर्कमा कम आउनुपर्छ ।

आँखाको प्रदूषणबाट बचाउन घरबाहिर निस्कँदा ठूलो खालको सनग्लास लगाउनुपर्छ ।

दमका रोगीले सधैं इन्हेलर साथमा राख्नुपर्छ ।

११ संगठन (डब्लुएचओ) का अनुसार प्रदूषणका कारण विश्वभर हुने मृत्युमध्ये भारतमा सबैभन्दा बढी मृत्यु हुने गरेको छ । विगत केही वर्षयता प्रदूषणबाट दम, दीर्घ खोकी, फोक्सोको क्यान्सर, ब्रोङकाइटिस, टाउको दुख्ने, मुटुको धड्कन असामान्य हुने र हृदयाघातका रोगीको संख्या तीब्र रुपमा बढिरहको डब्लुएचओले जनाएको छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

हाम्राे शरीरकाे धेरै रोग जिब्रो हेरेरै पत्ता लाग्छ

तपाईं उपचारको लागि कुनै चिकित्सककहाँ पुग्नु भयो भने उसले पहिला तपाईको कुरा सुन्दै नोट गर्छ । त्यसपछि परिक्षणको लागि मुख बाउन लगाउँछ र जिब्रो बाहिर निकाल्न भन्छ । अनि टर्च लाइट बालेर जिब्रोलाई राम्रोसँग नियाल्छ ।

टाउको, पेट दुखेको होस् या शरिरमा अन्य समस्या नै किन नहोस । चिकित्सकले जिब्रोको अवस्था हेर्न छुटाउँदैन । तपाईंले कहिल्यै सोच्नुभएको छ कि चिकित्सकले किन जिब्रोलाई यति धेरै महत्व दिन्छन् ?

जिब्रोको अर्को पाटो

जिब्रो पाँच ज्ञानेन्द्री यमध्येको एक हो । जिब्रोको काम शब्दको ऊच्चारणमा सहयोग गर्ने, बोल्ने र खानेकुराको स्वाद छुट्टयाऊने मात्र होइन । जिब्रोले स्वास्थ्य समस्याको बारेमा पनि संकेत दिने गर्छ ।

जिब्रोको अवस्था हेरेर सजिलोसँग स्वास्थ्य समस्याबारे थाहा पाउन सकिन्छ । जिब्रोलाई पेटको दर्पणको रुपमा पनि लिइन्छ । यसले पाचनसम्बन्धी समस्यालाई प्रतिबिम्बित गर्नुका साथै पाचन प्रणालीको गडबडी र अन्य खरावीलाई पनि देखाउने गर्छ ।

प्राचिनकालमा बैद्य अर्थात आयुर्वेदिक फिजिसियनहरुले जिब्रो, नाडि, हात र खुट्टाका नङ तथा कपालको परिक्षण गरी गम्भीर रोग पनि पत्ता लगाउँथे । यसरी नै उनीहरुले क्षयरोग, मस्तिष्क रोग, छारे रोग, पेट सम्बन्धी रोगको सफल उपचार पनि गर्थे ।

विरामीले झुटो बोलेर रोग लुकाउन खोजे पनि जिब्रोमा हुने परिवर्तनले यसलाई लुकाउन दिँदैन । यद्यपि एलोप्याथिक औषधिको सेवन गरिरहेको वा कुनै जडिबुटीको सेवन गरिरहेको अवस्थामा पनि जिब्रोको रङ परिवर्तन हुन सक्छ ।

अहिले पनि आधुनिक चिकित्सा (एलोप्याथिक) ले भने रोग निदानको उद्देश्य बाहेक बिरामीको जिब्रोलाई त्यति महत्व दिँदैन, जति आयुर्वेदिक, होमियोप्याथिक र युनानीमा दिइन्छ । तर, होमियोप्याथिक चिकित्सकलाई बिरामीको जिब्रोले महत्वपुर्ण जानकारी दिने गर्छ । यसकै सहायताले चिकित्सकले औषधिको निर्देश पत्र लेख्छ ।

रोगअनुसार जिब्रोमा परिवर्तन

जिब्रो मोटो, पहेँलो तथा किनारमा दाँतका निशानहरु देखिन्छन् भने त्यस्ता व्यक्तिमा रगतको निकै कमी भएको हुन सक्छ । त्यस्तै, जिब्रोमा देखिने कालो दागले ऊच्च रक्तचापको समस्या भएको जनाउ दिन्छ ।

अपचले गर्दा पित्त बढेर टाउको दुख्नुका साथै आँखाको दृष्टि क्षमतामा पनि समस्या सृजना गर्छ । पेटमा भएको बायुविकारले मुटुको धड्कनलाई बढाउने, छातीमा दुखाई हुने गर्छ । यस्ता समस्याको संकेत जिब्रोमा सहजै देख्न सकिन्छ । त्यति मात्र नभएर जिब्रोले अंगहरुले गरिरहेको कामबारे पनि जानकारी दिन्छ ।

अर्द्ध पक्षधात भएमा जिब्रोको अघिको भाग सुक्ने गर्छ । त्यस्तै, पहेँलो र चिल्लो जिब्रोले रगतसम्बन्धि बिकारलाई इंगित गर्छ ।

जिव्रो निलो छ भने मुटुसम्बन्धि (ईमप्युअर अक्सिजन) समस्या भएको थाहा लाग्छ । मानिसको मन, शरिर, भावनासमेत पाचन प्रणालीबाट प्रभावित भएको हुन्छ । जस्तो कि हाइपरएसिडिटी प्रायः ब्यक्तिको तनावसँग जेडिएको हुन्छ । त्यसैले जिब्रोले पूर्ण शरिरलाई नै वताउने गर्छ ।

यदि पेटको माथिल्लो भाग दुखिरहेको छ भने त्यस्ता व्यक्तिको जिब्रोमा चमक देखिन्छ । त्यस्तै, जिब्रोमा चिनीका मसिना कणजस्ता चम्किला थोप्लाको निशान छ भने पेटमा जुका परेको हुन सक्छ । जिब्रोका केही अवस्थाले ब्यक्तिको शरिरमा रहेको मात्र नभएर सम्भावित रोगबारे भबिष्यबाणी पनि गर्न सकिन्छ । डढेको जस्तो, रातो, कालो वा सेतो रंगको जिब्रोलाई मुखमा किटाणुको संक्रमण भएको लक्षणका रुपमा लिईन्छ ।

त्यस्तै, एलर्जि भएमा जिब्रो सुनिने गर्छ । लामो समयसम्म एन्टिबायोटिक औषधिको प्रयोग तथा एचआईभी (एड्स) बाट संक्रमित भएका मानिसको मुखमा ढुस्सी (फगंस) को संक्रमण हुने गर्छ । यस्ता व्यक्तिको जिब्रो कालो र रगंहिन हुन्छ ।

जिब्रोको सतहमा लामा र गहिरा धर्साहरु (चिरा) भएमा भिरंगी (सिफिलिस) जस्ता यौन रोग लागेको पनि हुन सक्छ । त्यस्तै, जिब्रोमा पटक-पटक घाउ भएमा त्यो पेटको जटिल रोग -क्रोनिक डिजिज) को लक्षण हो ।

जिब्रोले राम्रोसँग स्वाद थाहा नपाउने समस्या भएमा भिटामिन बी १२ र फलाम तत्वको कमी र रक्तअल्पता भएको भएको शंका गर्नुपर्छ । ज्वरो, खोकी, जन्डिस, रक्तअल्पता, टाउको-पेट दुख्नेजस्ता समस्या पनि मानिसको जिब्रो हेरेरै पत्ता लगाउन सकिन्छ ।

जिब्रोको कुन भाग कुन अंगसँग जोडिन्छ ?

एउटा स्वस्थ व्यक्तिको जिब्रोको रङ गुलाबी, सफा र पातलो हुने गर्छ । र, यस्तो जिब्रो स-साना टुस्सा (प्यापिलि) ले भरिएको हुन्छ । आयुर्वदिक चिकित्साअनुसार जिब्रोको विभिन्न भागले फरक-फरक अंगबारे जानकारी दिने गर्छ ।

जिब्रोको सतहले मेरुदण्ड, दाहिने र देब्रे छेउको भागले मिर्गौला, सतहदेखि माथिको भागले आन्ऽा, अगाडिको भागले अग्नाशय र त्यसभन्दा अछिको भागले पेटको अवस्थालाई देखाउँछ । बिच छेउको भागले दाहिने फियो र देब्रे कलेजोलाई संकेत गर्छ । र, अगाडिको दुबै छेउले दाहिने र देब्रे खुट्टालाई जनाउने गर्छ ।

त्यस्तै त्यही भागको बीचभागले मुटुलाई प्रतिविम्ब गर्छ । त्यसैले ऐनामा जिब्रो हेरेर आफैं पनि आफ्नो स्वास्थ्यअवस्थाको बारेमा जानकारी राख्न सकिन्छ । स-साना बालबालिका, लाटा, बहिरा र नबुझ्ने भाषा भएका विरामीहरुलाई जिब्रो हेरेरै औषधी लेख्न सकिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि