शिशुलाई भेट्न जाँदा उत्सुकता देखाउनु स्वभाविक हो । तर, तपाईको भ्रमणले भर्खरै जन्मिएको परिबारमा कुनै पनि असुविधा भने हुन हुँदैन् ।

शिशुलाई भेट्नु अघि केही ६ महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ

१. राम्रोसँग हात धुनुहोस्

शिशु जन्मेपछि ६ देखि ७ सातासम्म शिशुको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ । तसर्थ शिशुलाई कुनै पनि प्रकारको रोग लागको व्यक्तिबाट टाढै राख्नुपर्छ । तसर्थ बच्चा नजिक पुग्दा वा बच्चालाई हेर्दा तपाईको हात खुट्टा राम्रोसँग साबुन पानीले धुनुपर्छ । बच्चालाई छुनुपूर्व यो पहिलो मापदण्ड भए पनि धेरै जसो मानिसले बिर्सन्छ ।

२. एकघण्टाअघिदेखि धुमपान नगर्नुहोस्

शिशु भेट गर्नुअघि धुमपान नगर्नुहोस् । यदि तपाई पिउने व्यक्ति हो भने तपाईले अन्तिम पटक चुरोट पिएको १ घन्टापछि मात्र बच्चालाई भेट गर्नुहोस् । मुख बेस्सरी कुल्ला गर्नुहोस् र चुरोटको गन्ध हटाउनुहोस् । किनकी तपाईको मुखको गन्धले शिशुलाई असर गर्न सक्छ । कतिपय अवस्थामा शिशुलाई एलर्जी पनि हुन सक्छ ।

३. शिशुलाई काखमा सक्दो नलिनुहोस्

सानो र आकर्षक शिशुलाई देख्दा कतिपय व्यक्तिले आफ्नो मन थाम्न सक्दैनन् । शिशुप्रति उनीहरुको भावनात्मक माया बढ्न सक्छ । तर मन कठोर बनाउनुहोस् । यदि आफ्नो नजिकको वा छिमेकीको बच्चा होइन भने टाढै रहनुहोस ।

बच्चालाई अंगालोमा नराख्नुहोस् । एकातिर तपाईँसँग भएका ब्याक्टेरिया सर्न सक्छन् भने अर्कातिर अपरिचित व्यक्तिले समाउदा शिशुले असजिलो महशुस गर्ने वा मनोवैज्ञानिक अशर पर्ने गर्छ ।

४. अत्यधिक अत्त्तर छर्केर नजानुहोस्

नवजातहरुलाई गन्धप्रति त्यति कडा चेतना नभए पनि शरिरमा अत्यधिक अत्तर छर्केर जाँदा शिशुलाई एलर्जी हुने सम्भावना हुन्छ । तसर्थ सकभर तडकभडक नभई सामान्य भएर भेट गर्नुहोस् ।

५. रुघा लागेको समयमा नजानुहोस

नवजात शिशुहरुको रोग प्रतिरोधी क्षमत निकै कमजोर हुन्छ । तसर्थ नवजात र उसको परिवारलाई भेट गर्नुपूर्व तपाईँ आफ्नो स्वास्थ्यको पूर्ण परीक्षण गर्नुहोस् । यदि तपाईलाई निरन्तर खोकी, हाच्छँयु वा यस्तै अन्य लक्षण छ भने भने बच्चालाई नभेट्नुहोस ।

रुघाका किटाणु सजिलै सर्ने भएकोले सकभर यस्तो बेला शिशुलाई भेट्न अस्पताल वा घरमा नजानुहोस् । तपाईँको भेट बच्चालाई थम समस्या ल्याउन नभई शिशु र उसको परिबारलाई खुसी साट्न हो भन्ने बुझनुहोस् । यदि तपाई आफै रोगी हुनुहुन्छ भने बच्चालाई भेटेर के फाइदा ?

६. हातमा उपहार नदिनुहोस्

एक डेढ वर्षको शिशुलाई खानेकुरा, खेलौना वा अन्य उपहार हातैमा नदिनुहोस् । शिशुहरुले तपाईले दिएको खेलौना टोक्ने वा लगेको खानेकुरा खान नसक्ने वा खाने अवस्था नभएकोले पनि यस्ता उपहार लिएर जाने कष्ट नउठाएको बेस । बरु बच्चालाई के उपहार (लुगा, हर्लिक्स, सेयरलेक्स) ल्याइदिउ भनेर शिशुको परिबारलाई सोध्दा उपयुक्त हुन्छ ।

दिने उपहार सोध्न नहिच्कििचाउनुहोस् । यदि तपार्इँ लुगा लिएर जाने सोच बनाउनु भएको छ भने बच्चाको छालालाई उपयुक्त वा सुरक्षित हुन्छ वा हुन्न भन्ने विषयमा पनि ख्याल पुयाउनुहोस् ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

नवजात शिशु स्याहार गर्ने तरिका, यस्ता छन्

१. नवशिशुलाई २४ घन्टासम्म नुहाउनु हुँदैन ।

२. ठूला बच्चाभन्दा नवशिशुहरु चाँडै बिरामी हुने र चाँडै सिकिस्त हुने हुनाले विशेष ध्यान दिनु आवश्यक छ ।

३. नवशिशुलाई संक्रमण हुनबाट जोगाउन धेरै भीडभाड भएको स्थानमा नलग्ने, शिशुलाई छुँदा, स्तनपान गराउँदा साबुनपानीले मिचीमिची हात धुनुपर्छ ।

४. नवशिशुलाई २४ घन्टामा कम्तिमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउँनुपर्छ ।

५. शिशुलाई जन्मेदेखि ६ महिनासम्म अनिवार्य रुपमा आमाको दूध मात्र खुवाउँनुपर्छ अन्य कुरा खुवाउनु हुँदैन ।

६. नवशिशुलाई खतराका लक्षणहरु देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

७. बच्चा जन्मेको ३५ दिनभित्र अनिवार्य रुपमा जन्म दर्ता गराउनुपर्छ ।

८. सरकारले नवशिशु बिरामी तथा मृत्युदर घटाउन यसै आव २०७२÷०७३ देखि निःशुल्क नवशिशु उपचार गर्ने व्यवस्था सबै स्वास्थ्य संस्थामा गरेको छ ।

९. नवशिशु जमिने बित्तिकै सफा, नरम कपडाले पुछेर सुख्खा पार्नुपर्छ ।

१० नवशिशुको नाभी काट्ने बित्तिकै नाभी मलम लगाउनुपर्छ, अन्य कुनै कुरा लगाउनु हुँदैन ।

११. नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौती दूध खुवाउँनुपर्छ ।

१२. नवशिशुलाई आमाको छातीमा टाँसेर न्यानो पारेर राख्नुपर्छ ।

नवजात शिशुको रौँ हटाउने उपाय यस्ता छन्

प्राय नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी रौँ हटाउन सकिन्छ ।

बेसन

बेसन र दूधको पेस्ट बनाएर बच्चाको रौँ भएको शरीरको भागमा लगाउने । हप्ताको दुईपटकसम्म यस्तो गर्नाले बच्चाको शरीरमा भएको रौँ हराउँदै जान्छ ।

मुसुरोको दाल

राति सुत्नेवेला चार चम्चाजति मुसुरोको दाल दूधमा भिजाएर राख्ने । बिहान त्यसलाई पिसेर बच्चाको रौँ भएको ठाउँमा लगाउने । चारदेखि पाँच मिनेटसम्म राखेपछि मनतातो पानी र कपासले सफा गर्ने ।

नतताएको दूध

नतताएको काँचो दूधले मालिस गर्दा पनि बच्चाको रौँ जान्छ । यसमा अझै आमाको दूध उपयुक्त मानिन्छ । काँचो दूधमा थोरै बेसार मिसाएर पनि लगाउन सकिन्छ । हप्तामा तीन–चारपटकसम्म प्रयोग गर्दा छिट्टै बच्चाको रौँ हराएर जान्छ ।

तेल

बच्चालाई तेलले मालिस गर्दा पनि रौँ हराएर जान्छ ।

मुल्तानी माटो

मुल्तानी माटोलाई दूधमा मिसाएर रौँ भएको भागमा लगाउँदा पनि बच्चाको शरीरमा भएको रौँ हराउँछ । तर, यस्तो पेस्ट बच्चाको शरीरमा लगाएपछि तत्काल साबुन प्रयोग गर्नु हुँदैन ।

कुन कुन उमेरकालाई कति निद्रा आवश्यक ?

यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्,” निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन् । युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन् । निद्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो स्वास्थ्य सेवा प्रणाली हो,” उनी भन्छन्।पचास वर्षको अध्ययन एवम् अनुसन्धानपछि अबको विषय ‘निद्राले हामीलाई के गर्छ’ भन्ने होइन कि ‘निद्राले फाइदा नगर्ने केही छ कि’ भन्नेमा केन्द्रित हुन थालेको छ ।

निद्राले हामीलाई के गर्छ ?

निद्रा नपुगेमा हाम्रो शरीर र मस्तिष्कले राम्रो काम गर्दैन अहिलेसम्म अध्ययनकर्ताहरूले निद्राले फाइदा नगर्ने स्वास्थ्यसम्बन्धी कुरा पत्ता लगाउन सकेका छैनन् । विज्ञानले अहिलेसम्म पत्ता लगाएको कुरो भनेको निद्राको अभावमा हाम्रो शरीर र मस्तिष्कमा नाटकीय असर गर्छ भन्ने हो ।

विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ।निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुन्छ । निद्रा पुगेन भने तिनमा असर पर्छ।तर निद्रा भने प्राकृतिक हुनुपर्छ। निद्राको औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ ।

हामी कम सुत्छौँ

पर्याप्त नसुत्नु आफैँलाई हानि पुर्‍याउनु हो निद्रा हाम्रो लागि अत्यावश्यक छ । तर विकसित मुलुकको तथ्याङ्क हेर्दा हिजोआज मानिसहरू कम सुत्न थालेको स्पष्ट हुन्छ । हिजोआज मानिसहरू एक सय वर्षअघिको भन्दा औसतमा कम सुत्छन् ।

दैनिक सातदेखि नौ घण्टा सुत्दा पर्याप्त निद्रा पुग्छ । पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन, रचनात्मकता र सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ । सात घण्टाभन्दा कम सुत्ने मानिसहरूको शरीर र मस्तिष्कमा असर हुन थाल्छ र रोगको प्रतिरोध गर्ने क्षमतामा असर गर्छ ।

मीठो निद्रा कसरी पार्ने ?

एकदमै धेरै सुत्नु पनि स्वस्थकर हुँदैन निदाउनु भनेको तकियामा टाउको राख्नु मात्रै होइन । विश्वका धेरै मानिसहरूलाई निदाउन गाह्रो हुन्छ । विश्वका धेरै ठाउँमा हिजोआज अँध्यारो हुँदैन । किनभने हामी धेरैजसो कृत्रिम उज्यालोमा समय बिताउछौँ । अहिले हाम्रो जीवनमा धेरै धपेडी पनि हुन्छ ।

अनि हामी नपुगेको निद्रा पुर्‍याउन खालि समयको सदुपयोग पनि गर्दैनौँ । “गएको समय गयो,” प्रा. वाकर भन्छन् । तर निदाउनका लागि हामी आफैँलाई प्रशिक्षित गर्न सक्छौँ । वैज्ञानिकहरू भन्छन् – हामीले आफ्नो बानी परिवर्तन गर्‍यौँ भने राम्रो परिणाम तुरुन्तै देखिन्छ ।’ह्वाई वी स्लीप (हामी किन सुत्छौँ)’पुस्तकका लेखक प्रा. वाकरले निम्न सुझाव दिएका छन्

१.सुत्ने र उठ्ने समय नियमित बनाउनुहोस्

दिउँसो सुत्न रमाइलो होला तर राति निद्रा नपर्न सक्छ है! थाल्न सजिलो छ: सधैँ एउटै समयमा सुत्न जानुहोस् र उठ्ने समय पनि नियमित होस्।सबैभन्दा महत्त्वपूर्ण कुरा जागा रहने समय निश्चित राख्नु हो। यसले गर्दा शरीरले सुत्ने समयमा निद्रा पार्न सहयोग गर्छ।

२. अँध्यारोमा बस्नुहोस्

सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर्छ निद्राका लागि आवश्यक महत्त्वपूर्ण हार्मोनका लागि शरीरले अँध्यारो खोज्छ । विकासको एउटा नराम्रो पक्ष भनेको हामी निरन्तर उज्यालोमा हुन्छौँ । सुत्नुअघि कोठाको उज्यालो कम गरेर हामी अँध्यारो बनाउन सक्छौँ।यसको अर्थ मोबाइल वा टीभी वा कम्प्युटरको स्क्रीनबाट पर रहनु पनि हो । स्क्रीनले ‘नीलो प्रकाश’ निकाल्छ जसले निद्राको हार्मोन मेलटोनिनको प्रभावलाई निस्तेज पारिदिन्छ । त्यसैले सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर्छ ।

३.तापक्रम घटाउनुहोस्

कोठाको तापक्रम कम राखे निद्रा पर्न सजिलो हुन्छ प्राकृतिक रूपमै तापक्रम २४ घण्टाभित्र कहिले कम कहिले बढी हुन्छ । तापक्रम घट्दा निद्रा पनि पर्छ । तर हिजोआज हामी एउटै तापक्रममा बस्न खोज्छौँ । निद्रा पर्न हाम्रो मस्तिष्क र शरीरको भित्री तापक्रम झन्डै एक डिग्री सेल्सियसले घट्नुपर्छ । त्यसैले तापक्रम नियन्त्रण गर्न मिल्ने अवस्थामा १८ डिग्री सेल्सियसमा सुत्नुहोस् ।

४. ओछ्यान सुत्नका लागि मात्रै

सुत्न र अन्य सीमित क्रियाकलापका लागि मात्र ओछ्यानमा जानुहोस् । खाना खान, पढ्न वा खेल्न होइन।हाम्रो मस्तिष्कले छिट्टै दुई वस्तुबीच सम्बन्ध स्थापित गर्छ । त्यसैले हामीले ‘ओछ्यान सुत्नका लागि हो’भन्ने सन्देश दिनुपर्छ ।

यदि ओछ्यानमा २० मिनेटसम्म निदाउन सकिएन भने उठेर केही बेर हिँड्ने, पढ्ने वा अरू केही काम गरेर अलमलिनुपर्छ। त्यसो गर्दा फेरि सुत्न सजिलो हुन सक्छ ।

५. कफी कम खानुहोस्

दिउँसो हामी कोला, कफी, चिया वा अन्य पेयपदार्थ पिउँछौँ । तिनमा हुने क्याफिन र थिनजस्ता तत्त्वले हाम्रो स्नायुप्रणालीमा रमाइलो प्रभाव देखाउँछन् । तर प्राध्यापक वाकरको सल्लाह यस्तो छ: सुत्नु १२ घण्टाअगाडि मात्रै कफीजस्ता पेय पदार्थ पिउनुहोस्।कफीको ‘हाफ लाइफ’हुन्छ । त्यसैले यसको प्रभाव छ घण्टासम्म आधा र नौ घण्टासम्म तीनचौथाइ एक्प्रेसो खाएजति बाँकी हुने उनी बताउँछन् । त्यसैले सुत्ने बेलामा रगतमा कफीको मात्रा बाँकी नभएकै राम्रो हुन्छ ।

कुन कुन उमेरका मानिसहरुको लागि कति निद्राको आवश्यक ?

संयुक्त राज्य अमेरिकाको राष्ट्रिय निद्रा फाउण्डेशनले गरेको अनुसन्धानमा जनाइए अनुसार विभिन्न उमेरका मानिसहरुको निद्राको आवश्यकता पनि फरक हुने गर्छ । तपाईंले कति घण्टा सुत्नु पर्छ ? हामीहरु प्राय: आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं । तर पर्याप्त निद्रा भनको कति हो त ? अमेरिकामा हालै गरिएको एक अनुसन्धानले भनेको छ त्यो तपाईंको उमेरमा भर पर्छ ।

सुत्ने नियमितताको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्स जस्ता पेय पदार्थको सेवन, अलार्म घडी र दिनको प्रकाश जस्ता कुराहरुले मानिसको बायोलोजीकल क्लक अर्थात जैविक घडीलाई प्रभावित गर्ने गर्छ ।

अमेरिकामा भर्जीनीया राज्यको आर्लींगटनमा कार्यालय रहेको निद्रा विषयमा अनुसन्धान गर्ने एउटा संस्था न्याशनल स्लीप फाउण्डेशनका अनुसार व्यक्तिको निद्राको आवश्यकता उस्को जीवनशैलीमा आधारित हुने गर्छ ।

नवजात शिशुहरुलाई अरु उमेरका मानिसभन्दा बढी निन्द्राको आवश्यकता पर्छ, तिनीहरुका लागि १९ घण्टासम्म सुत्नु सामान्य हो । तर उमेरले पनि मानिसको निन्द्राको आवश्यकतामा महत्वपूर्ण भूमिका निर्धारण गर्ने गर्छ ।

नवजात (०-३ महिना)

भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ सुत्नु पर्दछ । ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निद्रा पुग्छ, तर १९ घण्टाभन्दा बढी सुत्न दिनु हुंदैन ।

शिशु (४-११ महिना)

यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निद्रा हो। कम्तीमा १० घण्टा सुत्दा पनि निद्रा पुग्न सक्छ तर शिशुहरुलाई १८ घण्टाभन्दा बढी कहिल्यै सुत्न दिनु हुंदैन ।

वामे सर्नेहरु (१-२ बर्ष)

यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नु पर्छ । यिनीहरुका लागि स्वीकार्य ‌९ देखि १६ घण्टाको निद्रा हो ।

विद्यालय जानु अघिका(३-५ बर्ष)

विशेषज्ञहरु यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नु पर्ने बताएका छन् । तर ८ घण्टाभन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा यिनीहरुलाई उपयुक्त हुंदैन ।

स्कुले उमेरका (६-१३ बर्ष)

अमेरिकी निद्रा फाउण्डेशनका अनुसार यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ । ७ घण्टा भन्दा कम र १२ घण्टा भन्दा बढीको निद्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन ।

किशोरकिशोरी (१४-१७ बर्ष)

किशोरकिशोरीहरुका लागि सुझाइएको निद्राको अवधि ८ देखि १० घण्टा हो । तर यिनीहरुले ११ घण्टाभन्दा बढी र ७ घण्टाभन्दा कम सुत्नु उपयुक्त नहुने अमेरिकी निद्रा फाउण्डेशनले जनाएको छ ।

युवा (१८-२५ बर्ष)

युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो । तर यिनीहरुले ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुंदैन ।

वयस्क (२६-६४ बर्ष)

यो उमेर समूहका लागि सुझाइएको निद्राको अवधि युवाहरुको लागि जस्तै छ ।

बृद्ध (६५ बर्ष भन्दा माथि)

यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७-८ घण्टाको निद्रा स्वस्थ मानिएको छ । तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु स्वस्थ होइन ।

८ घण्टाभन्दा कम सुत्नेलाई यस्तो खतरा

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो ।

सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो ।

विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ ।

आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन् ।

सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर असर समेत पर्ने गरेको पाइएको समाचारमा जनाइएको छ ।

अनुसन्धान टोलीका एकजना सदस्य जाकोब नोटाले नकारात्मक सोँचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताए ।

अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टासम्म सुत्नुपर्ने सुझाव पनि दिएका छन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि