हामी नुहाउँदा कति समय लगाएर नौछौ र कति दिनको फरकमा ? नुहाउँदा खासै कसरत गर्नु पर्दैन ।

नुहाउँदा खासै कसरत गर्नु पर्दैन । शरीरमा साबुन लगायो, पानी हालेर पखाल्यो । तर, नुहाउने पनि आफ्नै विधि छ । नुहाउने तरिका नमिल्दा छाला एवं स्वास्थ्य समस्या आउन सक्छ । त्यसैले नुहाउने कुरामा पनि आधारभूत जानकारी भएको राम्रो हो ।

१. धेरैबेर ननुहाउने

गलत तरिका- २० मिनट नुहाउनु

सही समय- १० मिनट

तातोपानीले र धेरैबेर नुहाउनु छालाका लागि हानीकारक हुने गर्छ । यसले छाला चिलाउने समस्या सुरु हुनुका साथै घाउ पनि हुनसक्छ ।

नुहाउने सबैभन्दा ठीक समय जम्मा १० मिनट हो । त्यसो गर्नाले शरीरको दुर्गन्ध तथा धुलोमैला सफा हुनुका साथै शरीरसमेत स्वस्थ रहन्छ ।

२. फोम जेल तथा साबुनको अधिक प्रयोग

गलत बानी- जिउमा साबुन धस्ने

सही तरिका- स्पञ्जको प्रयोग

केमिकलयुक्त साबुन शरीरमा जति धेरै लगायो, त्यति छाला बिगि्रने वा समस्या आउने क्रम बढी हुन्छ ।

अझ, साबुनमा प्रयोग हुने हानीकारक रसायनले शरीरको छालालाई रुखो बनाउनुका साथै त्यसमा भएका प्राकृतिक तेलसमेत नष्ट गर्छ ।

त्यसैले नुहाउँदा सीधै साबुन वा सावर जेलको साटो स्पञ्जको प्रयोग सबैभन्दा राम्रो उपाय हो । स्पञ्चमा केही थोपा सावर जेल, फोम वा साबुन हालेर जीउमा दल्नाले त्यसमा भएका हानीकारक केमिकलले छालालाई धेरै असर गर्न पाउँदैन र छाला सुरक्षित राख्न मद्दत गर्छ ।

३. पुरानो तथा भिजेको स्पञ्जको प्रयोग

गलत तरिका- भिजेको स्पञ्ज

सही तरिका- सुख्खा स्पञ्ज

भिजेको स्पञ्जलाई ब्याक्टेरियाहरुको घर पनि भन्ने गरिन्छ । यस्ता स्पञ्जमा ढुसी पर्नुका साथै विभिन्न किटाणुहरुले संक्रमण गर्ने गर्छ । त्यसैले यस्ता स्पञ्ज प्रयोग गर्दा निकै सावधानी अपनाउनु जरुरी छ ।

महिनामा एक पटक वा चार सातामा एक पटक स्पञ्ज बदल्नाले शरीरमा विभिन्न रोगहरुको संक्रमण हुन पाउँदैन ।

त्यति मात्र होइन, हरेक पटक नुहाउँदा सफा तौलियाको प्रयोग उचित मानिन्छ ।

४. धेरैबेर जीउ पुछ्नु

गलत तरिका- पूरै जीउ सुख्खा पार्ने

सही तरिका- हल्का पुछ्ने

प्रायः मानिस एक पटक नुहाइसकेपछि धेरैबेरसम्म जीउ पुछिरहेका हुन्छन् । जीउमा भएको पानी सुकाउन शरीर पुछ्न आवश्यक पनि छ । तर, पूरै जीउ सुख्खा हुनेगरी जीउ पुछ्नु पनि शरीरका लागि घातक हुनसक्छ ।

त्यसैले हरेक पटक नुहाइसकेपछि हल्का किसिमले शरीरमा भएको पानी पुछ्नु पर्छ । शरीर पुछ्दा नरम तौलियाको प्रयोग गर्नुपर्छ । साथै, हल्का तवरले मात्र पुछ्नु पर्छ ।

शरीरलाई पूरै सुख्खा हुन दिनु हुँदैन । त्यसपछि शरीरमा क्रिम तथा पाउडरको प्रयोग गर्नुपर्छ । यसले शरीरलाई कोमल, मुलायम तथा स्वस्थ राख्न मद्दत गर्छ ।

५. अत्यधिक तातोपानीको प्रयोग

गलत तरिका- अत्यधिक तातोपानी

सही तरिका- ३५ देखि ४० डिग्रीको मनतातो पानी

तातोपानीले शरीरलाई सुख्खा बनाउनुका साथै छालाको नरमपनालाई समेत हटाउँछ । नुहाउँदा अत्यधिक तातोपानी प्रयोगले शरीरमा भएको तेलियपना नाश हुन्छ र शरीर रुखो हुन्छ ।

साथै, अत्यधिक तातोपानी प्रयोगले रक्त प्रवाहसमेत बढाउँछ, जसका कारण शरीरमा जलन हुने, घाउ हुने र पोल्ने गर्छ ।

नुहाउँदा गर्न नहुने ५ चिज

१ .वालमा टावेल बाँध्ने

प्रायःको नुहाएपछि चिसो कपालमा टावेल बाँध्ने प्रचलन हुन्छ । जुन गलत हो । यस्तो गर्दा कपाललाई हानि पुग्छ । कपाल छिन्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले नुहाएपछि हल्का रूपमा पानी पुछ्नुस् र हावामा सुक्न दिनुहोस् ।

२.पैताला सफा नगर्ने

कतिपयले नुहाउने समय पैतालाको सफाइमा भने त्यति ध्यान दिँदैनन् । दैनिक रूपमा पैतालाको सफा नगर्दा फंगल इन्फेक्सन हुने खतरा हुन्छ । त्यस्तै कैयौँ प्रकारका स्किन डिजिजको समस्या पनि हुन सक्छ । त्यसैले नुहाउने वेला स्क्रबर र हातका औँलाका सहायताले राम्रोसँग पैताला तथा औँलाका काप सफा गर्नुपर्छ ।

३.सधैँ स्याम्पु

तपाइ दैनिक नुहाउनुहुन्छ र नुहाउँदा स्याम्पुको प्रयोग गर्नुहुन्छ भने गलत गर्दै हुुनुहुन्छ । दैनिक स्याम्पुको प्रयोगले कपालमा भएको नेचुरल तेललाई हटाउने काम गर्छ । जसका कारण चमक घट्दै जान्छ । त्यसैले, हप्तामा दुईपटक मात्र कपालमा स्याम्पुको प्रयोग गर्दा राम्रो हुन्छ ।

४.सबै कपालमा कन्डिसनर

टाउकाको सबै भागमा कन्डिसनको प्रयोग गर्नुहुँदैन । कपालको पछिल्लो भागमा मात्र कन्डिसनरको प्रयोग गर्नुपर्छ । त्यसैले, नुहाउने समय कन्डिसनरको गलत प्रयोगबाट बच्न जरुरी हुन्छ । गलत तरिकाले कन्डिसनको प्रयोग गर्दा कपाल र टाउकोसम्बन्धी समस्या देखा पर्न सक्छ ।

५.सुकाउन हतार

नुहाइसकेपछि शरीर सुकाउन हतार गर्नुहुँदैन । धेरैले नुहाउनेबित्तिकै टावेलले शरीर रगट्ने र तुरुन्तै सुकाउने प्रयासमा हुन्छन् । यस्तो गर्दा स्किन सुक्खा हुनेलगायतका समस्या भोग्नुपर्ने हुन सक्छ । त्यसैले नुहाएपछि टावेल थपथपाउने र नेचुरल ढंगले सुक्न दिनुपर्छ ।

 तातो पानीले नुहाउँदाका बेफाइदा

१. तातो पानीले हात र गोडाका नङमा खराब असर पार्छ । नङ भाँचिने, संक्रमण हुने र नङवरिपरिको छाला फाट्ने समस्या आउँछ ।

२. तातो पानीले छालाको कोषिका क्षतिग्रस्त बनाउँछ । समयअगावै चाउरी पर्न थाल्छ ।

३. तातो पानीका कारण रौं झर्ने र टुक्रिने समस्या आउँछ ।

४. तातो पानीले छालाको चमक गायब बनाइदिन्छ ।

५. तातो पानीले नुहाउँदा छालामा रातोपना, –याशेज र एलर्जीको समस्या हुन्छ । तातो पानीले छालालाई सुक्खा बनाउँछ । त्यसबाट छालाको संक्रमणको खतरा बढ्छ ।

६. यसले कपालमा खराब असर पार्छ । कपालको मोइस्चर कम हुन्छ र कपाल रफ तथा ड्राई हुन्छ ।

७. तातो पानीका कारण छालाको सुक्खापन बढ्छ र चिलाउने समस्या आउँछ ।

८. तातो पानीले नुहाउँदा आँखा सुक्खा हुन्छ । आँखा रातो हुने, चिलाउने र पानीबाट आँसु बग्ने समस्या आउँछ ।

९. तातो पानीले तालुलाई सुक्खा बनाउँछ । यसले चायाँ ल्याउन सक्छ ।

चिसो पानीले नुहाउँदाका फाइदाहरु 

१. चिसो पानीले नुहाउँदा शरीरमा आनन्द आउनुका साथै यसले शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ ।

२. यसले शरीरमा रोगसंग लड्न सक्ने क्षमत अर्थात् रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ ।

३. चिसो पानीले नुहाउँदा शरीरमा आँफै तापको मात्रामा बृद्धि हुन्छ जसले पाचन प्रक्रियालाई मजबुद बनाउँछ ।

४. यदि तपाइँ ब्यस्त भई थकित महसुस गर्नुभएको छ भने चिसो पानीले नुहाउनुस् यसले तपाइँको थकान कम गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।

५. चिसो पानीले नुहाउँदा शरीरमा रहेको यूरिक एसिडलाई चलायमान बनाउनुका साथै बिभिन्न चोटपटक लागेका दाग तथा खतमा बस्ने ब्याक्टेरिया हटाउन मद्दत गर्छ ।

६. चिसो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा बृद्धि ल्याउनमा मद्दत गर्छ ।

राति सुत्नुअघि नुहाउँदा हुने  फाइदा

सामान्यतया मानिसहरु बिहान नुहाउछ्न। यो कसैको बानि हुन्छ भने कसैलाई चाही सधै नुहाउने बाध्यता नै हुन्छ । तर भने रातिको समयमा नुहाउने बानि पनि एकदम राम्रो हो ।

के तपाईँले सुत्नु अघि नुहाउने बानी राख्नु भएको छ ? सम्भ वत नहोला । भएपछि त राम्रो । तर यो कुरा भन्दा पहिले तपाई एउटा कुरा थाहा पाईराख्नुहोस् । तातोपानीले नुहाउँदा रक्तसञ्चार सुरुमा केही बढी हुन्छ, तर पछि मन्द हुन्छ ।

तर चिसो पानीले नुहाउँदा रक्तसञ्चार सुरुमा मन्द र पछि केही बढी हुन्छ । त्यसैले चिसो पानीले नुहाउनु राम्रो हुन्छ । त्यसैले सबैभन्दा पहिले सुहाउनको लागि चिसो पानी रोज्नुहोस् । चिसो पानीले दिमागलाई ठण्डा बनाएर राख्न मद्धत गर्ने आयुर्वेदिक दृष्टि छ । यदि दिन चिसो पानीले नुहाएर सुरु हुन्छ भने दिनभर नै ताजा महसुस हुन्छ । यसका साथै शारीरिक सौन्दर्य पनि कायम रहने हुन्छ ।

एउटा महत्पवूर्ण कुरा, राती सुत्नुअघि नुहाउनु हो । राती सुत्नुअघि नुहाउनाले हामीलाई हुने फाईदाहरु के–के छन् त ? हेर्नुहोस् हामीले तल उल्लेख गरेका छौँ ।

१. राती सुत्नुअघि नुहाएमा दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ । सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान पनि ठीक रहन्छ ।

२. यदि तपाईमा मोटोपना छ भने सुन्तुअघि नुहाउनु भयो भने क्यालोरी खपत भएर सजिलै तौल कम गर्न गर्न सकिन्छ ।

३. चिसो पानीले नुहाएमा कपाल राम्रो हुन्छ र छाला चमकदार बन्छ । गालामा डन्डीफोर छन भने पनि चिसो पानीले नुहाउनुपर्छ । यसबाट छाला रुखो हुनबाट बच्छ ।

४. चिसो पानीले नुहाउनले रोगप्रतिरोधी क्षमता बढ्छ र रक्त सन्चार पनि राम्रो हुन्छ । तातो पानीले नुहाउँदा माइग्रेनको समस्या पनि हट्ने हुन्छ ।

५. एक अध्ययन अनुसार नुहाउँदा मुड फ्रेस हुन्छ । अल्छीपना हटाउने यो सबैभन्दा राम्रो तरिका हो ।

६. तातोपानीले भरिएको टबमा दिनहुँ १५ मिनेट नुहाएमा उच्च रक्तचापमा कमी आउँछ ।

७. तातोपानीमा नुहाएमा ब्लड सुगरको स्तर कम हुने अमेरिकन डाइबिटिक एशोसियसनले देखाएको छ । यसले राती राम्रो निन्द्रा पनि लाग्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि