यदि तपाईंको घरमा कुकुर छ वा कुकुर राख्ने विचार गर्दै हुनुहुन्छ भने तपाईंको लागि थप खुसीको कुरा छ । घरपालुवा जनावरमध्ये कुकुर धेरैको प्रिय बनेको छ। घर पुग्दा पुच्छर हल्लाउँदै ढोकासम्म आउने र पछ्याउने विशेषताले पनि धेरैले कुकुरलाई घरमा राख्न मन पराउँछन् ।

अमेरिकाको बार्कपोस्टले घरमा कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा प्रमाणित केही तथ्य सार्वजनिक गरेको छ ।

१. मुड राम्रो बनाउँछ

तपाईंको कुकुरसँग १५ देखि ३० मिनेट समय बिताउनाले तनाव घट्न गई खुसी बढ्छ । कुकरसँग खेल्नाले मस्तिष्कमा डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ, जुन खुसी र शान्तिसँग सम्बन्धित छ । कुनैबेला तपाईंले निराश महसुस गर्नुभयो भने कुकुरसँग केही समय बिताउनुहोस् । कुकरले हल्लाउने पुच्छरले पक्कै पनि तपाईंको अनुहारमा मुस्कान थप्नेछ ।

२. कार्डियोभास्कुलर रोगको जोखिम घटाउँछ

अध्ययनहरुले घरमा भएको कुकुरसँग कुराकानी गर्दा र खेल्दा रक्तचाप घटाउन सहयोग पुग्छ, जसले गर्दा मुटुसम्बन्धी रोगहरुको जोखिम कम हुन्छ ।

३. कुकुरले बच्चालाई हुनसक्ने छालाको रोग र एलर्जीबाट जोगाउन सहयोग गर्छ

घरमा बिरालो हुने वा कुकुर नहुने बालबालिकाको तुलनामा कुकुरसँग खेल्दै हुर्किने बालबालिकालाई लुतो हुने सम्भावना कम हुन्छ । साथै, उनीहरुलाई घरपालुवा जनावरसँग हुने एलर्जी पनि कम हुन्छ ।

४. कुकुरले शारीरिक स्वस्थतालाई सुधार गर्छ र स्वस्थ दैनिकीलाई प्रोत्साहन गर्छ

कुकुरलाई दैनिक रुपमा कसरतको आवश्यकता पर्दछ । मानिसलाई पनि दैनिक व्यायामको खाँचो हुन्छ । हामीले बिहान कुकर डुलाउनेहरु पनि पर्याप्त देखेका छौं। कुकर पाल्नेहरुले कुकुरहरुसँग खेल्ने र काम गर्ने जिम्मेवारी पनि बहन गर्छन्, जसले गर्दा कुकुर पाल्ने व्यक्तिहरु तुलनात्मक रुपमा बढी सक्रिय हुन्छन् ।

५. कुकुर भएका मानिसहरु बिरामी भएमा चाँडै निको हुन्छन्

कुकुर पाल्ने व्यक्तिहरु नपाल्नेको तुलनामा रोगबाट चाँडै निको हुन्छन् । हृदयघात भएका व्यक्तिहरुमध्ये कुकुर पाल्नेहरु पूरै निको हुने सम्भावना दुई गुणा हुने देखिएको छ ।

६. कुकुर भएको घरका बालबालिकाले कम मात्रामा विद्यालय छुटाउँछन्

कुकुर भएको घरका बालबालिका कुकुर नभएकाको तुलनामा धेरै विद्यालय जान्छन् । यसको कारण घरमा कुकुर भएको बालबालिकाहरु कम विरामी हुनु हो । त्यस्तै, घरमा कुकुर हुँदा बालबालिकाको आत्मविश्वास समेत बढ्ने र तनावलाई सम्हाल्न सक्ने क्षमता पनि बढ्ने अध्ययनले देखाएका छन् ।

७. कुकुर मानिसको सबैभन्दा राम्रो साथी हो

सुँघ्न सक्ने, हेर्नसक्ने र सुन्नसक्ने उच्च क्षमताका कारण कुकुरलाई बौद्धिक जनावरको रुपमा लिइन्छ । मानिसप्रतिको बफादारिताले पनि कुकुर मानिसको प्रिय बनेको छ । कुकुरले आफ्ना मालिकहरुको शरीरको भाषा, संवेदना र भावना राम्रोसँग बुझ्नसक्छ, जसले गर्दा एक अटुट बन्धन बन्छ ।

८. तिनीहरु उत्कृष्ट पहरेदारहरु हुन्

सानो उमेरदेखि नै कुकुरहरुले तपाईंको बाटोमा आउने असहज कुराहरुलाई अवलोकन गर्न र त्यसबाट सचेत हुन सिकेका हुन्छन् । सम्भावित चोरहरुलाई भुकेरै कुकुरले धपाउने गर्छन् । रोटवेलर्स, जर्मन सेफर्ड र स्कटिस टेरियर्स जातका कुकुरहरु शीर्ष पहरेदार जातमा गनिन्छन् ।

९. कुकरले सामाजिक अन्तर्त्रि्कया बढाउन सहयोग गर्छन्

हो, कुकरलाई हेरचाह र मानिससँग खेल्ने समयमात्र नभई अन्य कुकुरसँग सामाजिकीकरण हुने समय पनि चाहिन्छ । यसले गर्दा कुकुर पाल्ने मानिसहरुले पनि एकअर्कासँग सामाजिकीकरणको अवसर प्राप्त गर्छन् ।

१०. कुनै दिक्कलाग्दो क्षण नै हुँदैन

के तपाईंलाई घरमा बस्दा दिक्क लागेको छ र के गर्ने भनेर सोच्नुभएको छ? तपाईंले कुकुरको साथमा गर्न सक्ने धेरै कुराहरु छन् । तपाईंले कुकुरलाई घुमाउन लैजान सक्नुहुन्छ वा घुमाउन लैजाने समय छैन भने उसलाई कुनै खेलौना दिएर त्यो चपाएको हेरेर बस्न सक्नुहुन्छ । त्यो रमाइलो क्षण हुनसक्छ ।

११. कुकरले तपाईंको जीवन बचाउन सक्छ

प्रिय साथी कुकुरले हाम्रो शरीरमा भएको क्यान्सरको गन्ध पत्ता लगाउन सक्छ । कुकरले मानिसको शरीरको विभिन्न भागमा सुघेर वा चाटेर क्यान्सर भएको पत्ता लगाएको धेरै उदाहरण छन् । खासमा, मानिसले यो कुरा पत्ता लगाएदेखि कुकुरहरुलाई ३ घन्टामा क्यान्सर भएको पत्ता लगाउने तालिमसमेत दिइएको छ ।

१२. तपाईंसँग कुकुर हुनुको अर्थ तपाईं थप राम्रो हुनुहुन्छ

घरमा कुकुर हुनुसँगै आउने जिम्मेवारी, धैर्यता, सहयोगीपना र प्रतिवद्धताले हामीलाई अन्य मानिसको अगाडि थप बलियो र राम्रो देखाउँछ ।

घरमा कुकुर पाल्नुभएको छ  ? जान्नुहोस् १० टिप्स

१. आफ्नो घरको कुकुरलाई आवश्यक कुरा आफैँ सिकाउनुहोस्, अरूलाई तालिम दिन लगाउनु खासै ठीक होइन । कुकुरलाई तालिम दिने अनुभवी व्यक्तिबाट कुकुरको तालिमबारे सिक्न सक्नुहुन्छ ।

२. कुकुरलाई तालिम, अभ्यास वा कुनै पनि काम गराउँदा माया र नरम बोली प्रयोग गर्नुहोस् । कुकुरसँग रिसाउँदा परिणाम नकारात्मक निस्किन सक्छ ।

३. तपाईं केही खाइरहनुभएको छ र नजिकै रहेर कुनै कुकुरले हेरिरहेको छ भने थोरै भए पनि खान दिनुहोस् । यसो गर्दा कुकुर तपाईंसँग निकै खुसी हुनेछ । त्यस कुकुरबाट तपाईंमाथि कहिल्यै खतरा हँुदैन ।

४. कुकुरलाई खुर्सानी धेरै राखेर बनाएको पिरो खाना कहिल्यै नदिनुहोस् । मरमसलामा बनाएको खाना दिँदा पनि नराम्रै त गर्दैन, तर नदिएकै राम्रो हुन्छ । खोले, रोटी, भात, दूधमा मुछेको ढिँडो र मासु नै उसले मन पराउने खाना हो । यस्ता खानाले कुकुरको स्वास्थ्यमा फाइदा पनि गर्छ ।

५. कुकुरले खाना खाएलगत्तै दिसा गर्न चाहन्छ । त्यसैले खाना खुवाएपछि दिसा गर्ने ठाउँमा लैजानुपर्छ । खोरबाट बाहिर निकाल्दा ढोकामा कोही मानिस या अन्य कुकुर छ–छैन हेर्नुपर्छ । यसैगरी, कुकुरको घाँटीमा पेटी, डोरी ठीक छ–छैन विचार गर्नुपर्छ । कहिलेकाहीँ बाहिर लैजाँदा कुकुर फुत्किएर अरूमाथि आक्रमण गर्न पनि सक्छ ।

६. बाँधेर राखेको कुकुर चुँ–चुँ गर्छ भने उसलाई दिसा–पिसाब लागिरहेको रहेछ भन्ने बुझ्नुपर्छ ।

७. कुकुरले अघिल्ला दिनमा गरेको दिसाको गन्ध सुँघेर सधैँ उही ठाउँमा दिसा गर्न चाहन्छ ।

८. घरमा कुकुर पाल्नुभएको छ भने जानिराख्नुहोस्, तपाईं सुत्ने खाटको नजिक या तल सुत्ने ठाउँ बनाइदिँदा ऊ खुसी हुन्छ । कुकुरलाई सकेसम्म जहिल्यै आफ्नो नजिक राख्नुहोस् ।

९. कतै जाँदा कुकुरले पछ्यायो या लिएर जानैपर्ने भयो भने गाडीमा उकाल्दा र ओराल्दा विचार पुर्याउनुपर्छ । गाडीमा हुने प्वाल या अन्य अप्ठ्यारो ठाउँमा कुकुरको पन्जा फसेर दुर्घटना निम्तिन सक्छ । अन्य भुस्याहा कुकुर पनि बाटो आसपासमा हुन सक्ने भएकाले आफ्नो कुकुरको मुखमा मजल लगाइदिनुपर्छ । सडकपेटीमा हिँडाउँदा तोकिएको साइडमा हिँड्नुपर्छ भने कुकुरलाई आफूभन्दा देब्रेपट्टि राखेर डोर्याउनुपर्छ ।

१०. कुकुरलाई आवश्यकभन्दा बढी घाममा राख्नुहुँदैन । बिरामी हुने खतरा रहन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

कुकुर यमराजको दूत भएकोले यसले विभिन्न कुराहरुको संकेत दिने गर्छ, जान्नुहोस

यदि कुकुरले तपाईको घरको जुत्ता–चप्पल चोरेर भाग्छ भने यो आर्थिक संकट तथा आर्थिक नोक्सानीको संकेत मानिन्छ ।

मध्यान्नको समयमा यदि कुकुर आकाशतिर फर्केर भुक्छ भने यो खडेरी र प्राकृतिक आपत्को संकेत हो भनिन्छ ।

कुकुर आपसमा लडाई गरिरहे भने यो विवादको संकेत मानिन्छ । यस्तो अवस्थामा सोचेर मात्रै बोल्नुपर्छ भनिन्छ ।

कुकुर घरको दैलो वा गेट छेउमा आएर रुन थाल्छ भने अशुभको संकेत मानिन्छ । यस्तो गतिविधि देखाएमा घरमा दुर्घटना तथा ठूला घटना हुने संकेत हो ।

तपाई कतै शुभ कार्यमा जाँदै हुनुहुन्छ र कुकुर तपाईको अघि आएर कान फड्काउँछ भने यो तपाई जुन कामको लागि जाँदै हुनुहुन्छ त्यो काम नहुने वा कुनै समस्या वा कष्टको सामना गर्नुपर्ने संकेत हो ।

यदि तपाईको घरअगाडि कुकुरहरुले समूह बनाएर बस्छन् भने यो शुभ संकेत नहुने बताइन्छ । यो तपाईको घरभित्र नकारात्मक शक्ति, कलह वा कुनै चिन्ताको संकेत हो भनिन्छ ।

कुनै कामका लागि जान लाग्दा कुकुर जमिनमा पुरै जिउ फालेर सुतेमा यो यात्रामा कष्ट सामना गर्नुपर्ने संकेत हो । कतै जाँदा सावधान भएर हिड्नु पर्ने संकेत दिएको बुझिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि