तपाईंको सम्बन्ध कतातिर गइरहेको छ भन्ने कुरा थाहा हुँदा हुँदै पनि कतिपय अवस्थामा यसको परिणाम थाहा नै हुँदैन । सम्बन्धमा खटपट कसको हुँदैन र ? कहिले झगडा, कहिले माया त सम्बन्धका आवश्यक तत्व नै मानिन्छन् ।

कहिलेकाँहीको खटपटले मानिसको सम्बन्ध प्रगाढ बनाउँछ भने दैनिक रुपमा हुने झै–झगडाले सम्बन्धको अन्त्य नै गरिदिन्छ ।

त्यसकारण आफ्नो सम्बन्धको अवस्थाको बारेमा जान्नका लागि यहाँ यस्ता तरिकाहरु दिइएका छन् जसले गर्दा तपाईंलाई त्यहि अनुरुपको व्यवहार गर्न सजिलो होस् ।

१. थोरै कुराकानी हुनु

जब तपाईंलाई तपाईंको पार्टनरले अफिसबाट फोन गर्न बन्द गर्छ अथवा घर आइसकेपछि पनि तपाईंको प्रश्नको उत्तर मात्र दिन्छ भने सम्झनुहोस् तपाईंको सम्बन्ध टुट्ने क्रममा छ ।

२. तपाईंको लागि समयको कमी

यदि तपाईंको पार्टनरले तपाईंले धेरै पटक फोन गरिसकेपछि मात्र फोन उठाउने गर्दछ र मेसेजको रिप्लाई पनि ढिलो गर्दछ अथवा केहि बहाना बनाउने गरेको छ भने यसको अर्थ तपाईंको सम्बन्ध अब धेरै दिन छैन भन्नु हो ।

३. उनीप्रति रुची हराउनु

यदि तपाईं आफ्नो पछिल्लो फोटो आफ्नो पार्टनरलाई पठाउनु हुन्न र आफ्नो पार्टनरसँग कुरा गर्न मन लाग्दैन भने यसको बारेमा तपाईंले सोच्न जरुरी छ ।

४. अपरिचित बन्नु

बिस्तारै सम्बन्धमा यति चिसोपन आउँछ कि बिस्तारै तपाईं आफ्नो पार्टनरसँग आफ्ना कुराहरु लुकाउनुहुनेछ र अपरिचितजस्तो व्यवहार गर्नुहुनेछ ।

पार्टनरलाई आफ्नो सबै कुरा नभन्नु र पार्टनरसँग उनको सम्बन्ध भएको मात्र कुरा गर्नुहुन्छ भने सम्झनुहोस् तपाईंहरु अब अपरिचित बनिसक्नुभएको छ र सम्बन्ध चाँडै नै छुट्ने प्रक्रियामा छ ।

५. शंका

वास्तविक सम्बन्ध त्यतिबेला सुरु हुन्छ तब त्यसमा कुनै शंका हुँदैन । यदि सम्बन्ध टुट्दै छ भने यसमा शंका पैदा हुने गर्दछ । जब पार्टनर नजिक हुँदैन तब असुरक्षाको भावना पैदा हुने गर्दछ ।

दम्पतीबीच खटपट भइरहन्छ भने यसो गरौं

पती-पत्नीबीच कहिले कही मनमुटाव हुन्छ । कति कुरामा विमति हुन्छ । भनाभन हुन्छ । झगडा हुन्छ । पारिवारिक जीवन चलाउने कुरामा यस्ता खटपट हुनु सामान्य हो । तर, यो क्रम पटक पटक दोहोरिन्छ भने त्यसले राम्रो संकेत गर्दैन । पति-पत्नीबीच उत्पन्न यस्ता मतभेतले क्रमस दुबैको सम्बन्धलाई चिरा पार्दै लान्छ । र, यो क्रम जारी रह्यो भने दाम्पत्य जीवन नै तहसनहस हुनसक्छ ।

पछिल्लो समय सम्बन्ध विच्छेदको घटना पनि बढेका छन् । यसको पछाडि ठूलै कारण हुनुपर्छ भन्ने छैन । सानोतिनो असमझदारीबाट सल्केको झगडाको आागोले कहिले भयानक रुप लिन्छ । यसले दम्पतीलाई अलग त गर्छ नै, उनीहरुका सन्तान, आफन्तलाई समेत यसले नराम्ररी पिरोल्छ ।

त्यसैले पती पत्नीबीच हुने मनमुटाव, ठाकठुकलाई समयमै समाधान गर्नुपर्छ । यसका लागि दम्पतीले केहि कुरा जान्नुपर्छ ।

दम्पतीबीच संवादको वातावरण हुनुपर्छ । जतिसुकै व्यस्त भएपनि दुबैले आपसी छलफल गर्नुपर्छ ।

घरको कुनै पनि निर्णय एकलौटी ढंगले नगरौं । दुबैको समझदारीमा मात्र निर्णयहरु गरौं ।

शंका र अविश्वासले दम्पतीबीच फाटो ल्याउाछ । त्यसैले पहिले त शंका, उपशंका, अविश्वासको वातावरण बन्न नै नदिने । यदि त्यसो भइहाले पनि, दुबै स्पष्ट हुनुपर्छ । दम्पतीबीच कुनैपनि कुरा लुक्नु हुादैन ।

एकअर्काको ख्याल राखौं । पतिले पत्नीको र पत्नीले पतिको ख्याल राखौं । दुबैको पिर मर्का साझेदार गरौं । पारिवारिक दायित्व पतिलाई मात्र सुम्पने वा घरधन्दाको काममा पत्नीको मात्र भर पर्ने प्रवृत्ति त्यागौं ।

कहिले कहिं रमाइलो गरौं, मनोरञ्जन गरौ । सिनेमा हेर्ने, घुमफिर गर्ने, पुस्तक पढ्ने गरौं । यसले दाम्पत्य सम्बन्ध थप मजबुद हुन्छ ।

पति वा पत्नीप्रति गरिने अपेक्षाले पनि झगडाको रुप लिन्छ । त्यसैले अनावश्यक अपेक्ष नगरौं ।

पारिवारिक दायित्व एकजनाको कााधमा मात्र सुम्पदा पनि त्यसले आपसी असमझदारी बढ्छ । त्यसैले पारिवारिक दायित्व साझेदार गरौं । चाहे घरको आथिर्क कुरामा होस् वा अन्य काममा नै दुबैले सराबरी सहभागिता जनाउनु पर्छ ।

पारिवारिक योजना तय गरौ । पती पत्नी मिलेर आफ्नो पारिवारिक जीवन कसरी राम्रो, बलियो, सुमधुर, उज्वल बनाउने भन्ने कुराको खाका तयार गरौ ।

अहिले शोसल नेटवर्क साइटको कारण पनि दम्पतीबीच कलह हुने गरेका छन् । यसले सम्बन्ध विच्छेदको अवस्थामा समेत पुर्‍याउने गरेका छन् । सामाजिक संजालमा धेरै समय व्यतित गर्ने, फेक एकाउन्ट बनाउने जस्ता गतिविधि नगरौ । निजी पारिवारिक तस्विर पनि फेसबुकमा शेयर नगरौं ।

कन्या र तुलाको प्रेम सम्बन्ध कुन राशी भएको मानिससँग राम्रो ?

तपाईको राशी कुन हो ? अथवा, तपाईले मन पराउँनु भएको मानिसको राशी कुन हो ? तपाईलाई आफ्नो सम्बन्ध कस्तो होला भन्ने पक्कै पनि चासो होला । यस्तो अवस्थामा हामी धेरैलाई राशी तथा राशीले देखाउँन सक्ने योग र संयोगको बारेमा थाहा पाउँने इच्छा हुन्छ ।

हामी यहाँ त्यस्तै सम्बन्धका बारेमा जानकारी लिएर आएका छौँ । यो पोस्टमा हामीले कन्या र तुलाको प्रेम सम्बन्ध कुन राशी भएको मानिससँग राम्रो हुन्छ भन्ने बारेमा केहि जानकारीहरु राखेका छौँ ।

हुन त भन्नेहरुले नै भन्छन्, राशीफलमा जे लेखिए पनि आफ्नो कर्मले धेरै कुराहरुको निधो गर्छ । तर विश्वास वा राशीफलमा आश्था राख्नेहरुका लागि भने राशीले देखाउँने कुराहरु पनि महत्वपुर्ण हुन सक्छन् ।

यदि तपाईको राशी कन्या वा तुला छ भने अथवा, तपाईले मन पराउँनु भएको मानिसको राशी कन्या वा तुला छ भने पनि यो पोस्ट उपयोगी हुन सक्छ ।

कृपया, तलको भिडियो हेरेर यो बारेमा थप जानकारी थाहा पाउँनुहोला । यो भिडियो हामीले ज्ञानविज्ञानको युट्युब च्यानलबाट लिएका हौँ । यस्तै थप भिडियोहरु हेर्नका लागि हाम्रो युट्युब च्यानल ज्ञानविज्ञान (GyanBigyan) लाई सब्सक्राइब गर्नुहोला ।