नेपालको लम्बाई करिब ८८५ किलोमिटर (५०० माईल) र चौडाई १९३ किलोमिटर (१२५ माइल) छ । नेपालको कूल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ sq माइल) छ । नेपाललाइ भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिएको छ । हिमाली क्षेत्र, पहाडी क्षेत्र, र तराइ क्षेत्र । यी क्षेत्रहरू पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरूलाई नेपालका प्रमुख नदी तथा पहाडहरूले ठाउँ-ठाउँमा विभाजन गरेका छन् ।

भारतसँग जोडिएको तराइ फांट भारतीय-गंगा समथरको उत्तरी भाग हो । यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरू हुन्: कोशी, गण्डकी, र कर्णाली नदि ।  यो भूभाग उष्म र सन्तृप्त हुन्छन् ।

पहाडी भू भागमा १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फूट) उचांईका पर्वत पर्दछन् । यो क्षेत्रमा महाभारत लेक र सिवालिक श्रृखला (चुरिया) नामका दुई साना पहाडी श्रृखला मुख्य श्रृखला हुन् । पहाड क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा शहरी क्षेत्र हो । पहाडी क्षेत्रको उपत्यकाहरूको दांजोमा २,५०० मिटर (८,२०० फिट)भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ ।

हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमश्रृंखलाहरु पर्दछन् । यस क्षेत्रको उत्तरमा चीनको सिमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ । संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन् । कञ्चनजङ्घा, संसारको तेस्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ ।  नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वन बिनास एक मुख्य हो जसले गर्दा भूक्षय र इकोसिस्टमको विनास हुन्छ ।

नेपाल र बंगलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल)को एक सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन् । यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ ।

संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र तिब्बतको सिमानामा अवस्थित छ । यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी रिज (ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ । जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्छन् । अन्य चढिने हिमालमा अन्नपूर्ण (१,२,३,४) अन्नपूर्ण श्रृंखलामा पर्दछ ।

नेपालको भूगोल सम्बन्धी केहि प्रश्न उत्तर

१. धान उत्पादनका दृष्ट्रिले नेपाल विश्वमा कति औँ हो ?

साहसिक जलयात्राका लागि विश्वका दश उत्कृष्ट्र नदी मध्ये नेपालका दुई कुनकुन हुन् ?

१८ औँ, कर्णाली र सुनकोशी

२. विश्वको तेस्रो अग्लो हिमाल हो । यो जिल्लामा अवस्थित छ जसको उचाई छ ।

कञ्चनजङ्घा, ताप्लेजुङ, ८५८६ मि

३. नेपालको होचो ठाउँ धनुषाको मुसहरनियाको उचाई छ । शिवालिक पर्वत शृंखलाको अग्लो भाग हो भने हावाखोरी पर्वतको अगलो भाग हो ।

५९ मिटर, कैलालीको गार्वा , दोलखाको शैलुङ

४. नेपालकै अग्लो र होचो ठाउँमा रहेका जिल्ला सदरमुकाम कुनकुन हुन् ?

सिमिकोट र जलेश्वर

५. नेपालको सबैभन्दा अग्लो ठाउँमा निर्मित झोलुङ्गे पुलले कुनकुन ठाउँलाई जोड्छ ?

कुश्मा र बलेवा

६. नेपाल भारतहुंदै अन्य देशसँग व्यापारका लागि प्रयोग गरिएका नाका कति छन् ? सगरमाथा आधार शिविरको उचाईकति छ ?

२७ नाका, ५३५६ मिटर

७. चमेरे गुफा जिल्लामा पर्दछ भने विचित्र गुफा  जिल्लामा पर्दछ ।

कास्की, गुल्मी

८. पश्चिमाञ्चल विकास क्षेत्रको ठूलो र सानो जिल्ला क्रमश कुनकुन हुन् ?

गोरखा र पर्वत

९. हिमाली जिल्लाहरुमा सानो जिल्ला कुन हो ? नेपालमा सबैभन्दा धेरै चरा कुन ठाउँमा पाईन्छ ?

रसुवा, अरुण उपत्यका

१०. धरानधनकुटा जोड्ने राजमार्ग मार्ग हो । यसको लम्बाई कि.मि. छ ।

मदनभण्डारी, ५२

११. नेपालको ठुलो गुफा कुन हो ?

सिद्ध गुफा

१२. ग्रीष्मकालीन अवस्थामा नेपालको तराई प्रदेशको औसत तापक्रम कति रहन्छ ? काठमाडौँमा अहिले सम्मको उच्च तापक्रम कति रह्यो ?

३०॰C, ३६.६॰

१३. नेपाल कुन हावापानी अर्न्तगत पर्दछ ?

मनसुनी

१४. मानवनिर्मित नेपालको ठूलो ताल कुन हो ?

इन्द्रसरोवर

१५. नेपालको सहरी जनसङ्ख्या छ । नेपालमा जातजाति र भाषाभाषि छन् ।

१७.०७%, १२५ र १२३

१६. जैविक विविधतामा नेपाल विश्वमा औँ र एसियामा औँ छ ।

२५, ११

१७. नेपालको उत्तर दक्षिण न्युनतम चौडाई कति छ ? नेपालले विश्वको र एसियाको क्षेत्र ओगटेको छ ।

१४५, 0.0३% र 0.३%

१८. नेपालमा निर्धारण गरिएको प्रामाणिक समय गौरीशंकर हिमाल कति देशान्तरमा पर्दछ ? GMT भन्दा नेपालको समय कति छिटो छ ?

८६॰ १५मि., ५घन्टन ४५ मिनेट

१९. नेपालको र तराई प्रदेशको क्षेत्रफल कृषिका लागि उपयुक्त छ । नेपालका नदीहरुबाट करिब हेक्टर जमिन सिचाईका लागि सुविधा युक्त छ ।

१८%, ५३%, ८० लाख

२०. विश्वको अग्लो ठाउँमा रहेको, नेपालको सबैभन्दा ठूलो र गहिरो ताल क्रमश हुन् ।

तिलिचो, रारा र रारा

२१. नेपालको सिमाबाट बंगालादेश, भुटान र बंगालको खाडि क्रमश कति टाढा पर्दछन् ?

२७ km, ३२ km, ११२७km

२२. हावा, पानी र माटोका आधारमा नेपालमा प्रकारका वनहरु छन् । नेपालमा निकुञ्ज वन्यजन्तु आरक्ष तथा संरक्षण क्षेत्रले र वन क्षेत्रले प्रतिशत भू भाग ओगटेको छ ।

५, २३% , ३९.६%

२३. भारतलाई मात्र छुने, चीनलाई मात्र छुने र दुवैलाई नछुने जिल्लाहरु क्रमश छन् ।

२४, १३, ३६

२४. काठमाडौँ उपत्यकाको क्षेत्रफल छ भने पोखरा उपत्यकाको छ

६४२ km², १२४ km²

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि