के हो हर्निया ?

छालाबाहिर मांसपेशीको थुम्को देखिने या हाम्रो शरीरका केही अंग सतहभन्दा माथि उठ्ने समस्यालाई नै हर्निया भनिन्छ । उदाहरणका लागि पेटको भित्रपट्टिको कमजोर पत्रलाई छेडेर मांसपेशी सतहबाहिर उठ्ने ।

हर्निया विशेषगरी पेटमा हुने रोग हो । नाइटो र कम्मरआसपासका ठाउँमा पनि यस्तो समस्या हुन्छ । अधिकांश हर्निया सुरुवाती समयमा त्यति खतरनाक लाग्दैन । तर, यसको उपचारचाहिँ जरुर गर्नुपर्छ । नत्र यसबाट बच्न सर्जरीको विकल्प हुँदैन । हर्नियाको लक्षण यसको प्रकारअनुसार देखा पर्छ । हर्निया पाँच प्रकारका हुन्छन् । तर, तीन प्रकारका हर्नियालाई विशेष प्रकारले हेरिन्छ ।

यी हुन् हर्नियाका लक्षण 

इनगुइनल हर्निया 

ग्राोइन अर्थन जहाँ इनगुइनल हर्नियाको विकास हुन्छ, त्यहाँको केही भाग बाहिर निस्कन लागेको महसुस हुन्छ, जुन भाग सुन्निन्छ पनि । जसले गर्ने मानिसलाई जलन हुन्छ । यदि गह्रौँ तौल उठाएका कारण हर्निया भएको हो भनेचाहिँ दुखाइको मात्रा अत्यधिक हुन्छ ।

पेटको टुक्रा ओमेन्टम हर्नियाको गुफामा फसेपछि समस्याले विकराल रूप लिन थाल्छ । यसलाई अंग्रेजीमा इनकारसेरेटेड हर्निया पनि भनिन्छ । यस्तो वेला पेट फुल्न थाल्छ अनि सर्जरीको अवस्था सिर्जना हुन्छ । किनकि, यसकै कारण रगतको आपूर्ति नै रोकिन सुरु हुन्छ । र, हर्निया स्ट्रागुलेटेड हुन थाल्छ । जसका कारण अत्यन्त दुख्नुका साथै बान्ता हुने, ज्वरो आउनेलगायतका लक्षण देखिन्छन् ।

हाइटल हर्निया 

हाइटल हर्नियाले सुरुको अवस्थामा त्यति गम्भीर लक्षण देखाउँदैन । जब हर्निया स्लाइडिग हुन्छ तब पेटको पाचन प्रणालीमा समस्या देखिन थाल्छ । गेस्ट्रोसोफेगल रिफ्लक्सका कारण सुत्दा जलन हुने, पेटको माथिल्लो भाग दुख्ने, बान्ता हुने लक्षण देखा पर्छ । त्यस्तै, पेटदेखि घाँटीसम्म एसिड आउने भएकाले घाँटी अमिलो भएको महसुस पनि भइरहन्छ ।

स्पोर्टस् हर्निया 

स्पोर्टस् हर्नियाका कारण ग्रोइन या पेट फाट्ने वा असामान्य तनावको अवस्था सिर्जना हुन्छ । हर्निया भएको अंगआसपासको भाग दुख्ने गर्छ । यसले मांसपेशी र लिगामेन्टलाई नरम पनि बनाउँछ ।

उपचार

यसलाई औषधीले काम गर्दैन । पीडा हुँदा पेन किलरको रुपमा प्यारासिटामोल खान सक्नुहुन्छ । धेरै नै दुख्यो भने ट्रामडल (Tramedol) खान सक्नुहुन्छ । तर पेनकिलरको प्रयोग निकै कम मात्रामा गर्नुपर्छ र कुनै पनि औषधी खानुपुर्व डाक्टरको सल्लाह लिनुहोस् ।

पीडाबाट छुटकारा पाउनका लागि हट वाटर ब्यागले सेक्नुहोस् । यसले मांसपेशी रिल्याक्स हुन्छ र पीडा पनि कम हुन्छ ।

यो स्ट्रक्चरल डिफेक्ट भएका कारण शल्यक्रिया आवश्यक छ । शल्यक्रिया सुरुमा नै गराउँदा राम्रो नभए यसको आकारमा वृद्धि भएर थप समस्या निम्त्याउँछ ।

हर्निया हुन नदिन

तौललाई नियन्त्रणमा राख्नुहोस् । आफूले सोचेको तौलको पाँच किलोभन्दा बढि बढ्न नदिनुहोस् ।

पौष्टिक खाना खानुहोस् । प्रोटिन डाइट लिनुहोस् ता कि मांशपेसी बलियो होस् ।

धुम्रपानबाट टाढै रहनुहोस् । यसले खोकी निम्त्याउँछ । लामो समयसम्मको खोकी हर्नियाको कारण बन्न सक्छ ।

पिसाबसम्बन्धि रोग लाग्न नदिन पर्याप्त पानी पिउनुहोस् ।

धैरै तौल नउचाल्नुहोस् । जसले अत्यधिक व्यायाम गर्नुहुन्छ उनीहरुले सपोर्ट लिनुहोस् ।

एकै पटक अत्यधिक र चाँडै चाँडै सिँढी नचढ्नुहोस् ।

पेटलाई बलियो बनाउने व्यायाम र योग गर्नुहोस् ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

पित्ताशयको थैली शल्यक्रिया गर्नु भएकाे छ भने यस्ताे खानपान गर्नुपर्छ

पित्ताशयमा पत्थरीको समस्या धेरैलाई हुने गर्छ । प्रत्येक दश मध्ये एक व्यक्तिमा देखिने यो आम समस्या हो । त्यसैले पित्ताशयमा पत्थरी हुँदैमा आत्तिहाल्नु पर्दैन । तर कतिपय व्यक्ति यस्ता पनि छन्, जो पित्ताशयमा पत्थरी भएपछि खानपानलाई लिएर चिन्तित हुने गर्छन् ।

उनीहरु सोच्छन्, पित्ताशयमा पत्थरी भएपछि शल्यक्रिया गर्नु पर्छ । र , शल्यक्रिया पश्चात्त खानपानमा सावधानी अपनाउनु पर्छ ।

शल्यक्रिया पछि पनि के के खाने, के के नखाने भन्ने कुरामा ध्यान दिनुपर्छ

चिकित्सकहरुका अनुसार शल्यक्रिया गरेर पित्ताशयलाई हटाए पछि पनि मानिसले सामान्य जीवन बाच्न सक्छन् । आफूलाई मन परेको प्रत्येक खानेकुरा खान सक्छन् । बस्, तारेको, भुटेको खानेकुरा भने कम सेवन गर्न पर्छ ।

कसरी ?

सामान्यतया पित्ताशयको थैलीमा पत्थरी भएमा पित्ताशयलाई हटाइने गरिन्छ । अंग्रेजीमा गल व्लाडर भनिने पित्ताशय शरीरको माथिल्लो भागमा हुन्छ । यो सानो नासपाती आकारको हुन्छ , जुन कलेजोको ठिक मुन्तिर दायाँ साइडमा हुन्छ ।

पित्ताशयले पित्त (बाइल)लाई एक ठाउँमा जम्मा गरेर त्यसलाई कन्सन्ट्रेट गर्न थाल्छ । जब शरीरमा फ्याट पच्न थाल्छ, तब पित्ताशयले यसलाई स्रावित गर्दछ ।

यहाँ के जान्न आवश्यक छ भने खाना पचाउन कलेजो नै जिम्मेवार छ भने बाइलको उत्पादन पनि कलेजोले नै गर्छ । उक्त बाइललाई जम्मा गर्ने काम भने पित्ताशयले मात्र गर्छ ।

जब पित्ताशयमा बाइल जम्मा हुन्छ, त्यसक्रममा पित्तको रसायनिक असन्तुलन भएमा पित्ताशयको थैलीमा पत्थरीको विकास हुने गर्दछ । यस्ता पथ्थरी कोलेस्ट्रोलद्वारा निर्मित हुन्छ । बोलीचालीको भाषामा गल स्टोन भन्ने चिनिने यस्ता पत्थरी बालुवाको कणदेखि चनाको दाना वा सोभन्दा ठूलो आकारको समेत हुनसक्छ ।

केही व्यक्तिमा यस्ता पत्थरीको कुनै लक्षण देखिदैन । तर जो व्यक्तिमा लक्षण देखिन्छ, उनीहरुमा उल्टी हुने, पेटको एउटा भागका साथै पछाडी पिठ्यूमा पनि बेस्सरी दुख्ने गर्छ ।

यस प्रकारको दुखाई लामो अन्तरालमा हुन्छ, र एकपटक दुखेपछि असहय पिडा हुन्छ, विशेषगरी खाना खाएपछि । जतिजति समस्या बढ्दै जान्छ, तब तब यो दुखाई झन् झन् बढ्न थाल्छ ।

यस्ता समस्या देखिएमा पित्ताशयको पत्थरीलाई तुरुन्तै हटाउनु पर्छ । अन्यथा, पित्ताशयबाट पित्त बग्दा पत्थरी पनि बगेर कतै अड्किन सक्छ र पहेलोपना, जण्डिस लगायतका स्वास्थ्य सम्बन्धि जटिल समस्या निम्त्याउन सक्छ ।

तर, जब पत्थरीको कारण पित्ताशय हटाइन्छ, तब खानपानलाई लिएर मानिसहरु चिन्तित हुने गर्छन् । उनीहरुलाई लाग्छ, पित्ताशयको थैली हटाएपछि खानपानमा विशेष सजगता अपनाउनु पर्छ ।

जबकी गल व्लाडर हटाएपछि पनि मानिसहरु सामान्य जीवन जिउन सक्छन् । किनकी पित्ताशय नभएपनि खाना पचाउन कलेजोले पित्तको उत्पादन गर्छ, तर शल्यक्रिया पश्चात्त उक्त पित्त पित्ताशयमा नगएर सिधै सानो आन्द्रामा जान्छ ।

परिणामस्वरु, पित्ताशय हटाएको व्यक्तिलाई केही दिन पखाला लाग्न सक्छ । तर यो परिवर्तन अस्थायी भएको खासै चिन्ता गर्नु पर्दैन ।

पित्ताशयको थैली हटाउनका लागि गरिने शल्यक्रियाको दुष्प्रभाव केही हप्तासम्म मात्र देखिन्छ । शल्यचिकित्सा पूर्व केही हप्ता कमवोसोयुक्त पदार्थको सेवन गर्न तथा तारेको, भुटेको खानेकुरा नखान सल्लाह दिइने गरिन्छ , जुन शल्यक्रिया पश्चात्त पनि जारी राख्न जरुरी छैन ।

किनकी पित्ताशय जरुरी अंग नभएको र यसको अभावमा पनि मान्छेले सामान्य जीवन बाच्न सक्ने हुदाँ शल्यक्रिया पश्चात्त सन्तुलित आहारको साथमा कम वोसोयुक्त पदार्थको सेवन गरेर पनि स्वस्थ जीवन बाच्न सकिन्छ ।

तर पित्ताशयको शल्यक्रिया पश्चात्त धेरैजसो व्यक्तिलाई अपच हुने , पेट फुल्ने तथा पखाला लाग्न सक्ने हुँदा खानाको मात्रा घटाउन भने जरुरी छ ।

बस् यति कुरा पालन गरेर पनि सन्तुलित तथा स्वथ्य जीवन जिउन सकिन्छ ।

उच्च वोसोयुक्त पदार्थ, तारेको, भुटेको तथा चिल्लो खानेकुरा कम खाने ।

वोसो रहित कम वोसोयुक्त पदार्थ खाने।

आहारमा घुलनशील फाइबरयुक्त खानेकुराको सेवन गर्ने । अत्याधिक फाइबर भएका खानेकुराले पनि पेटमा ग्यास बढाउन सक्छ ।

थोरै थोरै तर धेरै पटक खाने प्रयास गर्ने । खानामा प्रोटिनको सेवन कम गर्ने । वोसो रहित दूग्धजन्य पदार्थका साथमा फलफूल, साजसब्जी तथा अन्नको सेवन गर्ने ।

मसेलार, चिल्लो पदार्थ, कैफिन, दूग्ध जन्य पदार्थ, फाइबर रहित आहार तथा गुलियोबाट परेज गर्ने ।

मुखमा अमिलो पानी आउने, छाती तथा घाँटी पोल्ने समस्या हुनेहरुले एकचोटी अवश्य पढ्नुहोला !

अन्न नलीबाट खाना जाने बेलामा केही खुकुलो हुने यो मासंपेशी अरु बेलामा साँघुरिएर बस्छ । यसको विशेषता भनेकै खाना एकतर्फी रुपमा पास गर्ने हो ।

तर कतिपयको अन्ननली र आमासयको बीचमा हुने भाग सामान्य अवस्थाभन्दा बढी खुकुलो भएकाले यस्तो समस्या हुन्छ । हर्निया भएका मानिसहरूको पनि आमासयको माथिल्लो भल्भ खुकुलो भएर अमिलो पानी आउने समस्या हुनसक्छ।

कुनै विशेष कारणले आमासयको भल्भ केही समयका लागि खुकुलो भएर पनि अमिलो पानी या डकार आउने समस्या रहनसक्छ । गर्भवती अवस्था अर्को उदाहरण हो । उनीहरूको पेटको आकार बढेर आमासयमा दवाव पर्छ ।

त्यसले गर्दा भल्भ खुकुलो भएर अमिलो पानी आउने लक्षण बढ्छ । अर्को कारण गर्भवती अवस्थामा हुने हर्मोनको गडबड हो । त्यसले पनि अमिलो पानी आउने, वाकवाकी लाग्ने बनाइदिन्छ।

कसैलाई पहिलो ३ महिना हुन्छ भने कसैको अवधि ९ महिनासम्म पनि जानसक्छ । यस्तो लक्षणले आत्तिनुपर्ने कुनै कारण त छैन । तर कतिपय महिलाहरूलाई भने कुनै खानेकुरा नखाने, पानी पनि नरहने भएकाले जलविनियोजन डिहाइड्रेसन भएर अस्पताल भर्ना गर्नेसम्म पनि हुनसक्छ ।

तर अधिकांशको पहिलो ३/४ महिनापछि कम हुँदै जान्छ । त्यस क्रममै कतिपयलाई यति धेरै अमिलो पानी आइदिन्छ कि कुनै औषधिले पनि छुँदैंन ।

अन्य कतिपय कारणले पनि अन्ननली र आमासयको जङसनमा असर परेर अमिलो पानी आउछ । मानिसको आमाशयमा अम्ल हुन्छ । त्यो अम्ल फर्केर अन्ननलीमा वा मुखमै पनि आउन सक्छ, जसलाई हामीले अमिलो महसुस गर्छौं ।

आमाशयमा अम्ल बस्न नै अनुकुल संरचना हुने भएकाले त्यहाँ अम्ल रहँदा हामीले असजिलो महसुस गर्दैनौं । तर अन्ननली, मुख आदि अंग त्यस्तो अंम्लसँग सम्पर्क नहुने भएकाले त्यससँग लड्ने संरचना हुँदैन र अम्ल ती अंगमा पर्नासाथ हामीले पोलेको महसुस गर्छौं ।

हामीले खाएको खाना अन्ननली, आमासय, सानो/ठूलो आन्द्रा हुँदै निस्कासन हुने निश्चित अवधि हुन्छ । हरेक अंगमा खाना केही समय भण्डारण हुन्छ । खानाको स्वरुप र प्रकृति हेरेर एउटा अंगबाट अर्कोमा जाने अवधि फरक पर्छ ।

झोल र पानी छिटो जान्छ भने ठोस पदार्थले केही समय लिन्छ । बोसो र चिल्लोयुक्त खाना खादा आमासयदेखि सानो आन्द्रामा जाने अवधि लम्बिन्छ ।

लामो अवधि आमासयमा रहने भएकाले बोसो र चिल्लोयुक्त खानाले अन्ननली र आमासयको जङ्सनलाई केही खुकुलो बनाइदिन्छ । फलस्वरुप हामीले अमिलो पानी आएको महसुस गछौं । गुलियो वा फलफूल खाँदा छिटो भोक लाग्छ ।

तर बोसो र चिल्लोयुक्त खाना खाएपनि अन्यको तुलनामा हामीलाई भोक पनि अलि ढिलो नै लाग्छ । आमासयबाट सानो आन्द्रामा खाना जान समय लाग्ने र पच्ने अवधि पनि लम्बिने भएकाले भोक ढिलो लाग्ने गरेको हो ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि