धेरै पानि पिउदा पनि कहिले कहिं पटक-पटक पिसाब लाग्छ । यसको एउटा मात्र कारण हुँदैन । तर, सामान्य अवस्थामा पटक-पटक पिसाब लाग्छ भने, त्यसले शारीरिक समस्याको संकेत गर्छ । के भनिन्छ भने, पिसाब कति पटक फेरिन्छ भन्ने कुराले समेत हामी कति स्वस्थ्य वा अस्वस्थ्य छौ भन्ने कुराको निक्र्यौल गर्छ । हाम्रो जीवनशैली वा स्वास्थ्य खराब भएमा पटक-पटक पिसाब लाग्न सक्छ ।

दिनमा कति पटक पिसाब आउनु पर्छ त ?

एक दिनमा कति पटक पिसाब फेरिन्छ ? त्यसले हाम्रो स्वस्थ्यबारे बताउँछ । सामान्यत एक दिनमा चारदेखि १० पटकसम्म पिसाब लाग्नु सामान्य हो । औसात व्यक्तिको मुत्राशयमा जति पिसाब जम्मा हुन्छ, त्यसलाई तीनदेखि पाँच घण्टासम्म अवधी रोक्न सकिन्छ ।

कुन अवस्थामा खतरानाक ?

यदि पिसाब गरेको समयमा जलन वा दुखाई महसुष हुन्छ भने यो चिन्ताको विषय हो । यदि सामान्य अवस्थामा पनि पटक-पटक पिसाब लाग्छ भने, त्यो समस्या हो । यसरी पटक-पटक पिसाब लाग्नु गंभिर समस्या पनि हुनसक्छ ।

राती कति पटक पिसाब आउनु उचित ?

खासगरी रातको समयमा पटक-पटक पिसाब लाग्छ भने त्यसलालाई गंभिरतापूर्वक लिनैपर्छ । राती निन्द्रा बिथोल्नेगरी पिसाब आइरहनुले विभिन्न समस्याको संकेत गर्छ । राती एक वा दुई पटकसम्म पिसाब फेर्न उठ्नु सामान्य हो । यद्यपी पटक-पटक पिसाब लाग्छ भने त्यसको उपचार खोज्नैपर्छ । यद्यपी बुढ्यौली उमेरमा छिटो छिटो पिसाब लाग्नु सामान्य हो ।

कुन अवस्थामा चिकित्सककहाँ जानुपर्छ ?

पिसाब गर्ने समयमा अचानक परिवर्तन भयो भने चिकित्सकको परामर्श आवश्यक हुन्छ । कहिले कहिं अधिक तरल पदार्थ सेवनले पनि पिसाब लाग्न सक्छ । तर, पटक पटक त्यो क्रम दोहोरिएमा चिकित्सकलाई भेट्नैपर्छ ।

के हुनसक्छ ?

पटक पटक पिसाब आउनुको कारण मुत्रनली वा मुत्राशयको संक्रमण हुनसक्छ । त्यस्तै मृगौलाको कार्यक्षमता कमजोर भएको अवस्थामा पनि पिसाब रोकिदैन, पटक पटक आइरहन्छ ।

१. मुत्राशयउको अत्याधिक सक्रियताको कारण पटक पटक पिसाब लाग्छ ।

२. मधुमेहको कारण पनि पटक पटक पिसाब लाग्छ । रगतमा वा शरीरमा शुगरको मात्रा बढेपछि यस्तो समस्या आउन सक्छ ।

३. यदि यूरीनल ट्रैक्ट इन्फेक्सन छ भने यस्तो समस्या झेल्नुपर्छ ।

४. प्रोस्टेट ग्रन्थी बढेमा पनि पटक पटक पिसाब आउने समस्या हुन्छ ।

५. मृगौलामा संक्रमण भएमा धेरै पटक पिसाब आउँछ ।

के छ उपचार विधी ?

जटिल अवस्थामा चिकित्सकको परामर्श लिनैपर्छ । यद्यपी यी समस्याको निदान घरेलु विधीबाट पनि खोज्न सकिन्छ ।

कस्तो छ त घरेलु उपाय ?

१. पर्याप्त पानी पिउनुपर्छ, जसले संक्रमण छ भने पिसाबको माध्यामबाट हटाउन सकिन्छ ।

२. दही, पालक, तिल, अलसी, मेथीको सब्जी दिनहुँ प्रयोग गरौ ।

३. सुख्खा अमला पिसेर चूर्ण बनाउने । त्यसमा सख्खर मिसाएर सेवन गर्नुपर्छ । भिटामिन सिले भरपुर खानेकुरा सेवन गर्नुपर्छ ।

४. अनारको बोक्रा सुकाउने र त्यसलाई पिसेर चुर्ण बनाउने । बिहान बेलुका यो चुर्ण पानीसँग सेवन गरौ ।

५. अंगुरको जुस, गाजर, अंकुरित गेडागुडी पनि फाइदाजनक हुनसक्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएकाे छाै

पिसाब पोल्ने समस्या छ ? यसरी समाधान गर्नुहाेस्

यदि तपाईलाई पिसाव राम्रो संग खुलेर नआउने अथवा पोल्ने समस्या छ भने त्यसको कारण यौनरोगको संक्रमण,कुनै विष वा कडा औषधिका कारण मृगौला सुन्निनु अथवा पत्थरी भएको पनि हुन सक्छ । तपाईलाई बढी मात्रामा पिसाव पोल्ने समस्या छ भने त्यसको रोकथामका लागि गरिने घरेलु उपायहरु यस प्रकार रहेका छन् ।

बोटैमा पाकेको अर्गा्निक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।

गाजरको रस साँझ बिहान १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।

दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।

पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।

हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।

दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।

गर्मि मौसममा पानी प्रसस्त खाएन भने पिसाब पोल्ने समस्याले सताइ रहन्छ । यस्ता समस्याबाट बच्न यी घरेलु उपचार बिधी अपनाउनुहोस्

दुधमा मिश्रीको मिश्रण बनाएर पिउदा पनि यो समस्याबाट मुक्ति पाइन्छ ।

केहि दिनसम्म फिटकिरीमा थोरै पानी मिसाएर दिनमा दुई तीन पटक पिउनुपर्छ ।

८० ग्राम गहुँको दानालाई भिजाएर बिहान थोरै मिश्री मिसाएर नियमित पिउनाले पनि राहत मिल्छ ।

गाजरको जुस नियमित पिउने गर्नुपर्छ ।

दुधमा सुकुमेलको पाउडर मिसाएर पिउने गर्नुपर्छ ।

केहि समयसम्म मनतातो पानी सेवन गर्नु लाभदायक हुन्छ ।

पिसाब रोक्दा निम्तिन सक्छन् यी समस्याहरु

पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ ।

पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पुर्याउँछ र पिसाब फेर्न मन लाग्छ । यदि पिसाब थोरै समय पनि रोकियो भने संक्रमण सुरुवात हुन्छ । पिसाब रोक्दा कस्ता समस्या निम्तन्छन् त ?

मानिसहरु पिसाब केही मिनेटका लागि या लामो समयसम्म रोकेर राख्छन् । तपाईं पिसाब कतिबेर राख्नुहुन्छ भन्ने कुरा पिसाबको उत्पादनमा भर पर्छ । यसका अलावा तरल पदार्थको उपभोग या पिसाब थैलीको कार्यक्षमतामा भर पर्छ ।

जति बढी समय तपाईं पिसाब रोकेर राख्नुहुन्छ, तपाईंको पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिमको कारण बन्न जान्छ ।

पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले महिला वा कामकाजी युवामा पिसाबसम्बन्धी समस्या देखिन थाल्छ । जसअन्तर्गत सुरुमा पिसाब थैलीमा पीडा हुन्छ । पिसाब जतिबेर रोकेपनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा जम्मा भइरहेको हुन्छ ।

हरेक एक मिनेटमा दुई मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति एकदेखि दुई घण्टामा खाली गरिरहनुपर्छ । थैली खाली गर्न तीनदेखि चार मिनेटसम्म पनि ढिला गर्याे भने पिसाब फेरि मिर्गौलामै फर्कन थाल्छ । यसको परिणाम पत्थरीको सुरुवात हुन सक्छ, किनकि पिसाबमा युरिया र अमिनो एसिडजस्ता हानिकारक तत्व हुन्छन् ।

कहिल्यै पनि पिसाब गरिरहेको बेलामा हठात् रोक्नुहुन्न । पिसाब लाग्नेबित्तिकै शौचालय जानुपर्छ । अन्यथा मुत्रमार्ग संक्रमण (युरिनरि ट्राक्ट इन्फेक्सन या युटिआई) हुने खतरा बढ्छ । पिसाब रोकिँदा यस्तो संक्रमण फैलन्छ । सामान्यतः महिलाहरुमा मुत्रमार्गमा संक्रमण बढी हुन्छ । यो जिवाणुजन्य संक्रमण हो, जसमा मुत्रमार्गको कुनै पनि भाग प्रभावित हुन सक्छ ।

१. इन्टस्र्टिशल सिस्टाइटिस

यो एक पीडादायी ब्लाडर सिन्ड्रोम हो, जसका कारण पिसाब थैली सुन्निन सक्छ र पीडा हुन्छ । इन्टस्र्टिशल सिस्टाइटिसबाट पीडित मानिसलाई पटक–पटक पिसाब लाग्छ । तर, पिसाब भने कम आउँछ ।

अहिलेसम्म यसको खास कारण पत्ता लाग्न नसकेपनि डाक्टरहरुका अनुसार यो जिवाणुको संक्रमणकै कारणबाट हुन्छ । यस्ता बिरामीहरु कोही त दिनमा ६० पटकसम्म पनि पिसाब गर्न जान्छन् । यसको पूर्णतः निमुल पार्ने उपाय छैन । तर, उपचारबाट लक्षण कम गर्न सकिन्छ ।

२.मिर्गौला फेल

पिसाबसंग सम्बन्धित हरेक प्रकारको संक्रमणले मिर्गौलामा नराम्रो असर पु¥याउँछ । शरीरमा युरिया तथा क्रियटिनिन दुवै तत्व बढ्नाले पिसाबबाट बाहिर निस्कन पाउँदैंन । जसको परिणाम ती तत्व रगतमा फैलन थाल्छन् ।

यसबाट भोक कम लाग्नु, बान्ता हुनु, कमजोरी हुनु, थकाई लाग्नु, सामान्यभन्दा कम पिसाब आउनु र शरीरका भागहरु सुन्निनुजस्ता लक्षण देखा पर्छन् ।

३. पिसाबको रंग गाढा हुन्छ

लामो समयसम्म पिसाब रोक्नाले पिसाबको रंग अलि गाढा हुन्छ । यसरी गाढा हुने कारण पनि संक्रमण नै हो । केही खाद्यपदार्थको स्ेवनले पनि पिसाबको रंग गाढा हुन्छ । भिटामिन बीले पिसाबको रंग रातो बनाउछ ।

४. पिसाबथैलीको मांसपेशी कमजोर हुन्छ

यदि पिसाब लागेको तीनदेखि चार मिनेटसम्म पनि खाली गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा फर्कन्छ, जसलाई रिटेन्सन अफ युरिन भनिन्छ । यसका अलावा पिसाब पटक–पटक रोक्नाले पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ ।

तपाइको पिसाबको रङ्गले बताउँछ, तपाईँलाई के भइरहेको छ

मानिसको शरिर पनि अचम्मको हुन्छ । शरिरको कुनै भागमा देखिएको केहि फरक चित्रले शरिरमा भएको परिवर्तनको संकेत गर्छ । जस्तै पिसाबको रंग विचार गर्नुहोस् । पिसाबको रंग शरिरको अवस्था अनुसार फरक फरक हुन्छ । यसैले, बुझ्नु पर्ने कुरा के छ भने पिसाबको रंगले शरिरमा भएको परिवर्तनलाई संकेत गर्छ ।

यो लेखमा पिसाबको रंगले शरिरमा भएको कस्तो परिवर्तन अथवा रोगको संकेत गर्छ भन्ने हामी यहाँ जानकारी दिन गइरहेका छौँ ।

रंगहिन पारदर्शी पिसाब

यदि तपाईको पिसाब रंगहिन पारदर्शी छ भने यो पनि राम्रो संकेत भने होइन । यसको अर्थ हो तपाईले धेरै पानी पिउँनु भएको छ र पानीको मात्रा घटाउँनु पर्ने भएको छ ।

कतिपयलाई के भ्रम छ भने पानी झै रंगहिन पिसाब हुनु राम्रो कुरा हो तर यो गलत हो । किनकि, भनाई नै छ अतिले खति गर्छ । पिसाब सामान्य अवस्थामा पिसाब जस्तै हुनु पर्छ ।

एकदमै बढि पानी पिउँदा किड्नीले रगत छान्न पाउँदैन र रगत शुद्ध हुन समस्या हुन्छ ।

फिक्का पराल रंग

स्वास्थ्य मानिसको पिसाब फिक्का पराल रंगको हुन्छ । यसले तपाईको स्वास्थ्य ठिक छ र पानीको मात्रा पनि ठिक्क छ ।

गाढा पहेँलो

तपाईको स्वास्थ्य सामान्य अवस्थामा छ तर तपाईको शरिरमा पानीको मात्रा अलिक कम छ । पानीको मात्रा हलुका बढाउँनुहोस् ।

मह रंग

महको जस्तो रंगको पिसाब आउँनुको अर्थ हो, तपाईको शरिरमा पानीको अभाव भएको छ । प्रशस्त पानी पिउँनुहोस् ।

खैरो जाँड रंग

तपाईको कलेजोमा समस्या भएको हुन सक्छ अथवा नीर्जलिकरण भएको हुन सक्छ । प्रशस्त पानी पिउँनुहोस् ।

फिक्का गुलाबी

के तपाईले ऐसेलु वा काफल खानु भएको थियो ? होइन भने, तपाईको पिसाबमा रगत आएको हुन सक्छ वा यसले मृगौलाको समस्यालाई संकेत गरेको हुन सक्छ । त्यसैले तुरुन्तै अस्पताल गइ चिकित्सकको सल्लाह लिनुहोस् ।

सुन्तला रंग

यस्तो रंगको पिसाबले दुइवटा कुरा संकेत गर्छ । पहिलो, तपाईले पर्याप्त पानी पिउँनु भएको छैन । दोस्रो, तपाईको कलेज खराब भएको हुन सक्छ । तुरुन्तै चिकित्सकको सल्लाह लिनुहोस् ।

हरियो अथवा निलो रंग

यस्तो रंगिन पिसाब आउँनु दुर्लभ अनुवांशिक समस्या पनि हुन सक्छ । आफ्नो परिवारमा अरु कसैलाई यस्तो भएको थियो कि थिएन भनेर सोधिखोजी गर्नुहोस् । कुनै व्याक्टेरियल इन्फेक्सन वा औषधीका कारणले पनि यस्तो हुन सक्छ ।

जुन अवस्थामापनि चिकित्सकसँग सल्लाह लिनु उचित हुन्छ ।

वैजनी रंग

चिन्ता नलिनुहोस्, यस्तो वैजनी रंगको पिसाब कहिलै देखिदैन । वरिपरीको प्रकाशको कारणले यस्तो देखिएको हुन सक्छ ।

फिँजयुक्त पिसाब

तपाईको खानामा प्रोटिनको मात्रा बढि भएका पिसाबमा बढि फिँज देखिन्छ तर सँधै जसो पिसाबमा फिंज देखिन थाल्यो भने चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि