मनोचिकित्सकहरुको भनाई अनुसार कहिलेकाही रुनले कुनै प्रकारको हानि – नोक्सानी हुँदैन । रुनले व्यक्ति तनावरहित एवं आफुलाई हल्का महशुस हुन्छ । आँखाबाट झर्ने आँशु व्यक्तिको मर्म र भावनालाई अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम हो भन्दा अतियुक्ति नहोला ।

जब कसैले हामीलाई आघात पुर्याउछ वा हामी अत्याधिक दुखी हुन्छौं, त्यस अवस्थामा हामी रुन्छौ । आखाँबाट आँशु झर्नथाल्छ । यसरी आँखाबाट खसेको आँशुले तनावबाट मुक्त गर्दछ । मनोबैज्ञानिकहरु भन्छन्, ‘बिपत्ति, दुख र अत्याधिक तनावको स्थितिमा पनि यदि कुनै व्यक्तिको आँखाबाट आँशु आउँदैन अथवा रुँदैन भने सम्झिनु कि त्यो व्यक्ति मानसिक एवं शारीरकरुपले अस्वस्थ्य छ ।

जसरी हाम्रो स्वास्थ्यको लागि दिनको एक –दुई पटक दिल खोलेर हाँस्ने गर्नाले फाईदा हुन्छ । त्यसैगरि कहिलेकाही थोर-बहुत रुँदा पनि मन हल्का हुनुको साथै स्वास्थ्यलाई पनि फाईदा पुग्दछ ।

यदि कुनै महिलालाई बिपतको घडिमा पनि आँशु आउँदैन भने सक्झिनुस्, त्यो महिला भित्रबाट नै सुकेको पात जस्तै हो वा पात बिहीन रुख जस्तै छ । आँशुको अभावको कारण आँखाको रोग, गठियाबात, घाँटीको रोग, स्वेतप्रदर आदि हुनसक्छ । भक्कानो छोडेर वा सुक-सुक गरेर रुनु शरीरको लागि स्वस्थ्य कर मानिन्छ ।

यस अवस्थामा व्यक्ति एउटा बालकको जस्तो शारीरिक एवं मानसिक तनावबाट आफुलाई खुला र खुकुलो छोडदिन्छ र रुन सुरुवात गर्दछ । जब मानसिक या शारीरिक दुख, दर्दस‌ँग व्यक्तिको मुठभेड हुन्छ, त्यसको प्रतिकृया स्वरुप हाम्रो शरीरको मांशपेशीहरु संकुचित हुन थाल्छन् । जुन शरीरको रक्षातन्त्रको एक प्रकृया हो ।

जुन बेला हामी दुर्घटनाबाट गुज्रिरहेका हुन्छौ, त्यसबेला अत्यfधिक पीडाले गर्दा, हामी आफुलाई सन्तुलन गर्न सक्दैनौ । शरीरले आफ्नो क्षमताको कारण अत्याधिक कठिन परिस्थितिमा पनि आफ्नो सन्तुलनलाई गुमाउदैन ।

जब कठिन परिस्थिति बितिसक्छ, तव मांशपेशीहरुमा जम्मा भएर रहेका तनाव आँशुको रुपमा आँखाबाट निस्किन थाल्छन् । एक स्वस्थ्य र सन्तुलित शरीर सहजताले दुख, दर्द, पीडाबाट उत्पन्न शारीरिक तनावलाई आँशुद्वारा व्यक्त गर्ने बाटो बनाउँछ ।

एक सर्वेक्षण अनुसार पुरुषको तुलनामा महिला कम तनावग्रस्त हुन्छन् । उनीहरु भावनालाई सजिलैसित आँशु को माध्यमले व्यक्त गर्दछन् । यसै कारण होला पुरुषको तुलनामा महिलामा ह्रदयरोग कम हुन्छ । कुनै-कुनै परिवारमा वंशानुगत एक किसिमको रोग पाईन्छ, जसलाई फैमिलियल डिस्टोनिया भनिन्छ ।

यसमा जव बच्चा रुन्छ तर उसको आँखाबाट आँशु झर्दैन । आँखा सुख्खा रहन्छ । यस्ता केटा-केटीहरु क्रुर, झनक्क रिसाउने र आक्रमक प्रवृतिका हुन्छन् । यस्ता बच्चाहरुको पूर्णरुपले मानसिक बिकास हुन पाउँदैन ।

आँशुले दुख, चिन्ता, तनाव, क्लेश तथा मानसिक तनावलाई फेस गर्नमा व्यक्तिलाई मद्दत गर्दछ । मनोचिकित्सकहरुका अनुसार रुनले मानसिक तनावबाट मुक्ति मिल्नुकासाथै उच्च रक्तचाप, फिस्टुला आदि जस्ता रोगबाट छुट्कारा पाउनमा सहायता मिल्छ । यसको अलावा तनावबाट उत्पन्न हुने मनोदेहिक रोगहरु हुने संभावना हुँदैन ।

रुने बेलामा आँखा बाट झरेको आँशुले आँखामा रहेको विजातीय द्रव्यलाई बाहिर निकाल्ने कार्य गर्नुको साथै आँखालाई रसिलो पार्ने तथा संक्रमणबाट बचाउने कामपनि गर्दछ । मेडिकल युनिभर्सिटी अफ ओहियो (जापान) का शोधकर्ताहरुले “आँशुबाट हुने फाइदा” आफ्नो अध्य्यनमा पनि पाए । रिपोर्टमा भनेका छन्, ‘रोई सकेपछि अधिकतर मानिसहरु आफुलाई हल्का र ताजा महशुस गर्दछन् ।’ शोधका अनुसार ८८.८ प्रतिशत मानिसहरु रोएपछि हल्का महशुस गर्दछन् भने ८.४ प्रतिशत मानिसहरु मात्र रुदा पनि दुखी नै हुन्छन् ।

यदि तपाइ आफ्नो दुखलाई भित्र लुकाएर राख्नु हुन्छ भने कहिलेकाही दिल खोलेर रुनबाट नतर्सनुस् । किनकी रुनले मन हल्का त हुन्छ नै यसको साथै स्वास्थ्यलाई पनि यसले फाईदा पुर्याउछ ।

आँखाको ज्योति बढ्छ 

आँखामा आँशु आउनाले आँखाको नानी र परेलीको रसिलोपन बढ्दछ । वैज्ञानिकहरुले यसलाई सिद्धागरेका छन् कि रुनले आँखाको सुन्दरता बढ्दछ । ति वैज्ञनिकहरुको मतानुसार आँखाको कर्नियाको परत कंजकटाईवालाई आश्रुग्रन्थीद्वारा निस्किने आँशुले ओसिलो बानाईदिन्छ ।

जस्को फलस्वरुप आँशुमा रहेका शारीरिरका तत्वहरुद्वारा सुन्दरता निखारेर आउँछ । आँखाबाट आँशु निस्किने बेला हारडेरीयन ग्रन्थीबाट एक प्रकारको तेलीय पदार्थ निस्किन्छ, जसको सहायताले कोर्निया नरम र गहिरो हुन् जान्छ । महिलामा पुरुषहरुको तुलनामा बढि आँशुको उत्पादन हुन्छ । यही कारण होकि महिलाहरुको आँखा बढि सुन्दर हुन्छन् । यद्यपी अत्याधिक रुनले आँखाको दृष्टी गुम्न पनि सक्छ ।

ब्याक्टेरियालाई समाप्त गर्छ 

आँशुमा यस्तो किसिमको एन्टिबायटिक्स् पाईएकोछ, जसले किटाणुबाट आँखाको रक्षा गर्दछ । आँशुमा एकप्रकारको लिसोजाईम नामक तरल पदार्थ हुन्छ, जसले ५ / १० मिनटमा नै नब्बे देखि पन्चनब्बे प्रतिशत ब्याक्टेरियाहरुको सफाया गर्नसक्छ । शरीरबाट टक्सिनलाई निकाल्दछ ।

अनुसन्धानबाट देखिएको कुरा के हो भने, जब हामी बढि दुखी वा अवसादमा हुन्छौ, त्यस्तो बेला शरीरभित्र केहि टक्सिन केमिकल्स बन्न थाल्छन् । जुन बिषक्त तत्वहरु रुँदा आँखाबाट आँशुको रुपमा बाहिर निस्किन्छ । मुड ठिक भएको बेला कहिलेकाही शरीरमा मेग्जिन नामक तत्व बढिभएर घबराहट, परेसानि, थकान, अनाहकमा रीस उठ्ने जस्तो समस्या देखिन्छ ।

यस अवस्थामा रुनले शरीरमा मेग्जिनको स्तर कम हुन्छ । जसको फलस्वरुप व्यक्ति आफुलाई हल्का, राम्रो महशुस गर्न थाल्दछन् ।

तनाव घट्दछ 

अत्यधिक तनावको अवस्थामा रुनले केहि मात्रामा राहत मिल्दछ । रुने प्रकृयाको दौरान शरीरमा एंडोफ्रिन ल्युकामाईन, एकांफालिन तथा प्रोलेक्टिन नामक तत्वहरुको स्तर कम हुन्छ । जसले गर्दा तनाव कम हुन्छ ।

तर यो सत्य हो, अत्याधिक रुनले यसको उल्टो पनि असर हुनसक्छ । त्यसैले आँशुको रहस्यलाई अहिले पनि बुझ्न र सुल्झाउन बाँकी नै छ । तर, यसमा कुनै सन्देह छैन की आँशु बगाउनु हाम्रो लागि लाभदायक र स्वास्थ्यकर छ ।

कसरी हाँस्दा शरीरलाई फाइदा पुग्छ ?

हामी यदि हाँस्छौ भने, त्यसले हामीलाई खुसी तुल्याउँछ । हामीलाई मात्र होइन, हामी आसपासका मौहल पनि रमाइलो बन्छ । साथमा रहेकाहरु खुसी हुन्छन् । यसले सकारात्मक उर्जा पैदा गर्छ ।

हाँस्नका लागि हामीले पैसा खर्च गर्नुपर्दैन । न पालो पर्खनुपर्छ । जहाँपनि, जहिलेपनि हाँस्न सकिन्छ । कतिले भन्छन् पनि, ‘जसले हाँस्न जानेको छैन, उसले बाँच्न पनि जानेको छैन ।’

हाँस्नु स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ । यो हामीलाई थाहा छ । तैपनि हामी हाँस्न कञ्जुस गर्छौ । कुष्ठा, आवेग, इष्र्या, दुख, पीडा जस्ता तत्व हावी भएपछि हामीलाई हाँस्न मन लाग्दैन । वा हाँस्न सक्दैनौ । जबकी हाँस्दा यी मनोविकार पनि हट्ने बताइन्छ ।

निशुल्क उपचार

हाँस्नु भनेको आफैमा उपचार हो । जब हामी दिल खोलेर हाँस्छौ, शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । रक्त प्रवाह राम्ररी हुन्छ । यसले हृदयलाई स्वस्थ्य राख्छ । जसरी स्वच्छ हावा, स्वस्थ्य खानपान शरीरका लागि जरुरी हुन्छ, उसैगरी हाँसो पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

हाँस्ने अनेक बाहना

हाँस्नका लागि अनेक बाहना खोज्न सकिन्छ । कुनै न कुनै निहुँ बनाएर मस्त हाँस्न सकिन्छ । यसले मनोविकार हटाउँछ । चिन्ता, तनाव, पीडा अनुभव हुन दिदैन । नकारात्मक भाव आउन दिदैन ।

हुन त अहिले हाँस्ने अभ्यास पनि गराइन्छ । विभिन्न योगा कक्षमा हाँस्न सिकाइन्छ । बिहानको ताजा हावामा उन्मुक्त हाँस्दा स्वास्थ्यलाई फाइदा गर्छ ।

स्वास्थ्य विज्ञहरुका अनुसार हाँस्दा मनमा उमंग छाउँछ, खुसी छाउँछ । शरीरमा सकारात्मक उर्जा प्रवाह हुन्छ ।

रक्त प्रवाह

खुलेर हाँस्दा शरीरमा रक्त प्रवाह राम्ररी हुन पाउँछ । जब हामी हाँस्छौ, शरीरमा अक्सिजन पुग्छ । अक्सिजनले मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत गर्छ ।

प्रतिरक्षा प्रणाली बलियो

हाँस्दा हाम्रो रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले हामीलाई विभिन्न रोगसँग लड्न सहयोग गर्छ । स्वास्थ्य जीवनका लागि हाँस्नैपर्छ ।

अनिन्द्राको औषधी

यदि अनिन्द्राको समस्या छ भने, खुब हाँसौ । यसले शरीरमा मेटलाटोनिन नामको हर्मोन बनाउँछ । यो हर्मोनले निन्द्रा लाग्न सहयोग गर्छ ।

मुटुलाई फाइदा

हाँस्दा हाम्रो मुटुले राम्ररी काम गर्न पाउँछ । साथै नियमित रुपले हाँस्दा हृदयघातको खतरा रहँदैन । हृदयसँग सम्बन्धित रोग पनि लाग्दैन ।

जवान र सुन्दर देखिने

जवान र सुन्दर देखिने चाहाना जो कोहिलाई हुन्छ । यो चाहाना पुरा गर्ने एउटा माध्याम हो, हाँसो । जब खुलेर हाँसिन्छ, अनुहारको मांसपेशीले राम्ररी काम गर्छ । यसले गर्दा अनुहारको चारैतर्फ रक्त प्रवाहुन्छ । यसले सुन्दर र जवान देखिन्छ ।

तनाव हटाउने

तनाव हटाउनका लागि सबैभन्दा राम्रो एवं प्राकृतिक औषधी हो, हाँसो । हाँस्दा हाम्रो मुड परिवर्तन हुन्छ । यसले तनाव हटाइदिन्छ ।

शरीरमा ताजा हावा

जब हामी हाँस्छौं, तब फोक्सोमा ताजा हावा पुग्छ । यसले शरीरमा अक्सिजनको आपूर्ति राम्ररी हुन पाउँछ । हाँस्दा इनर्जी पनि मिल्छ ।

खुशी हुनका लागि त्याग्नु पर्ने केही कुरा

गहिरो सास लिने गर्नुस्

दिनहुँ गहिरो सास लिने गर्नुभयो भने शरीरमा अक्सिजनको मात्रा बढ्न पुग्छ, जसले शरीरसँगै मनको विकारलाई पनि कम गरिदिन्छ ।

गहिरो सास लिँदा शरीरमा सकारात्मक भाव जगाउने खालका रसायन उत्सर्जन हुन्छन्, जसले तपाईंलाई प्रसन्न राख्न मद्दत गर्छन् ।

चाहना कम गर्नुस्

चाहना बढी गर्नुभयो भने जतिसुकै पैसा साथमा भए पनि पूरा गर्न सकिँदैन । चाहना पूरा गर्न सकिएन भने दुःखी भइन्छ । त्यसैले खुशी भइरहनका लागि चाहना कम गर्नुपर्छ ।

धेरै महत्वाकांक्षा नराख्नुस्

कुनै उद्देश्य राखेर यसका लागि आफूलाई क्रमशः तयार गर्दै लैजानु राम्रो हो । तर, चाँडै कुनै नतिजा हासिल गर्ने महवाकांक्षा राख्नुभयो भने यसले तपाईंलाई तनावमा राख्छ । यसले तपाईंको खुशी समाप्त पारिदिन्छ । त्यसैले बढी महवाकांक्षी नबन्नुस् ।

मुस्कुराउनुस्

हाँस्न, रमाइलो गर्न मन लाग्दैन भने पनि मुस्कुराउने प्रयत्न गर्नुस् । बिस्तारै यसलाई बानी बनाउन खोज्नुस् । हाँस्दै जानुभयो भने बिस्तारै यसैमा तपाईंको बानी पर्छ । हाँस्दाखेरि शरीरमा सकारात्मक भाव जगाउने रसायन उत्सर्जन पनि बढ्न थाल्छ, जसले तपाईंलाई क्रमशः खुशी बनाउँदै लैजान्छ ।

ऐना हेर्दा खुशी हुनुस्

ऐना हेर्दा नराम्रो कुरामा ध्यान दिन बिस्तारै छोड्नुस् । कपाल पातलो छ, अनुहारमा दाग छ, ओठ खुँडे छ अथवा यस्तै कुनै त्रुटि तपाईंको शरीरमा छ भने ऐना हेर्दा त्यस्ता कुरामा त्यति ध्यान नदिनुस् र ऐना हेरेर मुस्कुराउनुस् । दिनहुँ यसो गर्नुभयो भने तपाईं सकारात्मक बन्दै जानुहुन्छ र खुशी पनि बन्दै जानुहुन्छ ।

अरूले चाहेजस्तो नबन्नुस्

अरूले आफू कस्तो होस् भन्ने चाहन्छन् भन्दा पनि आफू कस्तो बन्न चाहन्छु भन्ने कुरालाई प्राथमकिता दिनुस् । अरूले हेभी मेकअप गरेको हेर्न चाहन्छन्, तर आफूलाई लाइट मेकअप गरेकै मन पर्छ भने आफ्नो चाहनाअनुसार चल्ने गर्नुस् ।

यसले तपाईंको मौलिकतालाई जोगाइराख्छ र तपाईंको मौलिकतासँग सहमत व्यक्तिको संगतमा तपाईंलाई पु¥याउँछ, जुन खुशी रहन सहायकसिद्ध हुन्छ ।

लाज नमान्नुस्

तपाईंले कुनै गल्ती गर्नुभएको छ अथवा अफू र आफ्नो परिवेशप्रति लाज महसुस हुने गरेको छ भने यस्तो लाज आजैदेखि त्यागिदिनुस् । यसले तपाईंलाई आत्मविश्वासी बनाउँछ ।

सिर्जनात्मक काममा लाग्नुस्

लेख्ने, पढ्ने, चित्र कोर्ने, नाच्ने, गाउने, खेल्ने, सिलाइबुनाइ गर्नेजस्ता सिर्जनात्मक काम गर्नुस् । सिर्जनात्मक काममा लागियो भने शरीरका नकारात्मक ऊर्जा सिर्जनात्मक ऊर्जामा परिवर्तन हुँदै जान्छन् र मन प्रसन्न रहन थाल्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।