अदुवा

रक्सी र चुरोटको नशा छुटाउन दिनदिनै अदुवाको टुक्रा लिएर बिस्तारै चपाइरहनुस् । केही दिन यसो गरिरहँदा लत छुट्छ । अदुवाको पेस्टमा एक चम्चा चिनी हालेर खाँदा पनि हुन्छ ।

चुइगम

जव नसाको तलतल लाग्छ तव चुइगम चपाउने गर्दा पनि धेरै हद सम्म नशा बाट बच्न सकिन्छ

दूध

दूध पिउने बानी बसाल्दा पनि नशा छुटाउन सकिन्छ । दूधबाहेक दही, पनीर र लस्सीको सेवन गर्न पनि सक्नुहुन्छ ।

पानी

चुरोट पिउने नशा लागेका मानिसले दिनभरि बेस्सरी पानी पिइरहनुपर्छ । यसो गर्दा पेट डम्म भइरहन्छ र चुरोट पिउन मन लाग्दैन ।

बेसार

बेसार खाँदा शरीरलाई धेरैथरी फाइदा हुन्छ । रक्सीको नशा छुटाउन तरकारीमा अलि बढी बेसार प्रयोग गर्नुस् । अनि दूधमा बेसार हालेर पिउनुभए पनि हुन्छ ।

दालचिनी

चुरोटको तलतल लाग्यो कि दालचिनीका टुक्राहरू सुँघ्नुस् । यसको कडा सुगन्धले निकोटिनको इच्छा पूरा गरिदिन्छ । अनि दालचिनी चपाउँदा पनि राम्रो हुन्छ ।

रक्सी पिउँदै नपिउँने, पिएमा के गर्ने ? एक पल्ट पढ्नै पर्ने लेख

मदिरा संसारभर धेरै जसोले खाने गर्छन् । हाम्रो समाजमा पनि यसको प्रयोग आधुनिकताको नाममा होस् या अन्य बाहनाहरु नै किन नहोस्, बिस्तारै बढ्दै गएको कुरामा कुनै दुईमत छैन । के हामीले सुरक्षित तवर ले ठिक मात्रामा मदिरा खाएका छौ ?

विभिन्न अध्ययनले देखाए अनुसार मदिराको ठिक मात्राले मुटुको धमनीको रोगबाट मुक्त हुन सकिन्छ । त्यस्तै जीवनको आयु लम्ब्याउँन, रुघाखोकीबाट बच्न, मृगौलाको पथ्थरीबाट बच्न पनि सहयोगी हुने कुरा देखाएका छन् । तर मदिरा अन्य रोगका लागि भने घातक हुन सक्छ ।

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार कस्तो रक्सी पियो भन्दा पनि कसरि र कति मात्रामा रक्सी पियो त्यसका आधारमा जोखिम हुने बताएको छ । हरेक खाध्य तथा पेय पदार्थहरु खान जान्यौ भने अमृत समान हुन्छन् भने तिनै कुरा खानु नजान्दा बिष भैदिन्छन् ।

त्यसो भए मदिरा कसरि र कति मात्रामा खाने ?

मदिरा अर्थात अल्कोहल सेवनगर्नु भन्दा एक घण्टा अगाडि केहि न केहि कुरा खानु पर्दछ । जसले गर्दा तपाईको पेट तयारी अवस्थामा बस्न सक्नेछ र क्षति हुनबाट बच्नेछ । मदिरासँग धेरै कार्बोहाईड्रेड युक्त खाना खानु उपयुक्त हुदैन । प्रोटिन र चिल्लो जन्य तथा फलफूल खानु पर्दछ । जसको कारणले तपाईले खाएको अल्कोहल बिस्तारै शरीरले लिन्छ र यसको असर पनि बिस्तारै तपाईमा देखा पर्दछ ।

अल्कोहल एउटा अम्लिय पिय पदार्थ हो । त्यसैले योसँग प्रोटिनजन्य र केहि फलफुल लिन सकिन्छ । त्यस्तै अल्कोहल सेवन गर्दा प्रसस्त मात्रामा पानी खानु पर्दछ, जसले ह्याङओभर हुनबाट जोगाउन मद्दत गर्छ ।

बरफका केहि टुक्रा अल्कोहलमा राखेर खादा अझ बढी राम्रो हुन्छ । चकलेट, धेरै मसला राखिएको, नुनको प्रयोग अत्याधिक गरिएको तथा क्याफिन युक्त खानालाई अल्कोहलसँग खानु राम्रो मानिदैन । त्यस्तै चिसो पेय पदार्थ र सोडासँग मदिरा सेवन गर्नु पनि राम्रो मानिदैन ।

अल्कोहल कति मात्रामा सेवन गर्न सकिन्छ ?

अल्कोहल कति मात्रामा सेवन गर्न सकिन्छ भन्नेमा सबैको एक मत भने छैन ।

युकेको अल्कोहल अध्ययन संस्थाका अनुसार एकदिनमा एक वयस्क पुरुषले ३ युनिट र महिलाले १ देखि २ युनिट खादा फाईदा गर्ने जनाएको छ । अल्कोहल हप्ताको पाँच दिन खाने र दुई दिन नखादा राम्रो हुन्छ । एक हप्तामा वयस्क पुरुषले १५ देखि १८ युनिट र महिलाले ८ देखि १२ युनिट सेवन गर्नु राम्रो मानिन्छ ।

एक युनिट अल्कोहल भनेको १० एमएल वा ८ ग्राम शुद्द ईथानोल हो । एक सय एमएल वाइनमा १ युनिट हुन्छ । ३० एमएल हाड्र ड्रिक्समा एक युनिट हुन्छ । त्यस्तै २०० एमएल बियरमा एक युनिट हुन्छ । अल्कोहल प्रतिशतलाई जम्मा अल्कोहलले गुणान गरि हजारले भाग गर्दा जम्मा युनिट निस्कन्छ ।

जस्तै – ५.२% एभिपि भएको कुनै अल्कोहल को बोतलमा ५६८ एमएल अल्कोहल छ भने यी दुईलाई गुणान गरी हजारले भाग गर्दा निस्कने अंक २.९५ उक्त बोतलमा भएको जम्मा युनिट हो ।

हामीले पिउने रक्सीको सिसीमा जति प्रतिशत प्रुफ भनेर लेखिएको हुन्छ, त्यसको ठीक आधा अल्कोहल र बाँकी पानी छ भन्ने बुझ्नुपर्छ । जस्तै भोड्कामा ७० प्रतिशत प्रुफ लेख्नुको अर्थ त्यसमा ३५ प्रतिशत अल्कोहल छ भन्ने हो ।

लोएला युनिभर्सिटि का प्राध्यापक डाक्टर एडवार्ड नेअस्फ़ेका अनुसार “अल्कोहल सेवन कहिल्यै नगरेका व्यक्तिलाई सेवन गर्नुस् भनेर सुझाब दिन सकिदैन तर मध्यम अल्कोहल – साच्चिकै मध्यम मात्रामा सेवन गर्नु फाईदाजनक छ” ।

मदिरा खाँदा शरीरमा कुनैपनि किसिमको रोग नभएको हुनुपर्छ । मुटुको धड्कन बढ्ने, मुटु सुन्निएको अबस्था, कलेजोको समस्या भएको, दीर्घरोग लागेको र डाक्टरले बन्देज गरेको व्यक्तिले मदिरा सेवन गर्नु हुदैन । अल्कोहल धेरै खादाँ मुटुको धड्कन बढ्ने, उच्च रग्ताचाप हुने, मस्तिस्कघात हुने र बेहोस तथा मृत्यु हुने सम्भावना हुन्छ ।

हालसालै रटगर्स युनिभर्सिटि अमेरिकाले गरेको अनुसन्धानले अल्कोहल धेरै मात्रामा सेवन गर्दा डिएनएमा क्षति पुग्ने र त्यसले तपाइको ब्रेनले काम गर्ने तरिकामा परिवर्तन गरिदिने निष्कर्ष निकालेको छ । जसले गर्दा जति धेरै रक्सि सेवन गर्यो उति धेरै नै सेवन गर्न मन लाग्छ, जुन खराब कुरा हो ।

माथिको लेख हामीले मदिराजन्य पदार्थको वडावाका लागि लेखिएका होइन । तथ्यांक हेर्ने हो भने मदिराले ल्याएको भयावह अवस्था देख्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदन अनुसार प्रत्येक १० सेकेन्डमा एक जना र प्रत्येक वर्ष ३३ लाख (३.३ मिलियन) मानिसले अत्यधिक मदिरा सेवनको कारण अकालमा ज्यान गुमाउने गर्छन् । यो विश्वको वार्षिक मृत्युको ५ दशमलब ९ प्रतिशत हो ।

विश्वमा लाग्ने रोगमध्ये ५ दशमलब १ प्रतिशत रोग मदिराको कारण लाग्ने गर्छ । २० देखि ३९ वर्ष उमेर समुहका २५ प्रतिशत व्यक्तिको मृत्यु अत्यधिक मदिरा सेवनको कारण हुने गरेेको अनुसन्धान बताउँछ । एक बर्षमा नियमित रक्सी सेवन गर्ने पुरुषले औसत २१.२ लिटर र महिलाले औषत ८.९ लिटर शुद्ध रक्सी प्रयोग गर्छन् ।

रुसका पुरुषहरुले औषत ३२ लिटर शुद्ध रक्सी प्रयोग गर्ने गरेको सन २०१० को विश्व स्वास्थ्य संगठनको वार्षिक अध्ययनले देखाएको छ ।

मदिराको असर

मदिराको बढी सेवनले स्वंय व्यक्तिलाई त असर पार्छ नै परिवारका सदस्य, साथी, सहकर्मी र अपरिचितमा समेत नकरात्मक प्रभाव पर्न जान्छ । यद्यपी वातावरण, आर्थिक अवस्था, साँस्कृतिक पक्षलगायतका कुराले मानिसलाई मदिरा सेवनको लागि प्रेरित गर्छ ।

मानिसले जति अव्यवस्थित र नियमित मदिराको सेवन गर्दै जान्छ, त्यति नै मस्तिष्कमा पनि नकरात्मक असर पर्दै जान्छ । रगतमा रहेको मदिराको मात्राअनुसार मस्तिष्कमा असर पर्ने गर्छ ।

अत्याधिक मदिरा सेवनले मानिसमा मानसिक विचलन, चोटपटक र विचार आदान प्रदान गर्न नसक्ने जस्ता समस्या ल्याउने गर्छ ।

गलत तरिकाले मदिराको सेवन गर्दा २०० भन्दा वढि रोग लाग्ने गर्छ । मदिराको अत्याधिक सेवनले जन्डिस, अल्सर, टीबी, उदासीनता, चिन्ता, डर, बेहोसी, हातखुट्टा काप्नेदेखि कडाखालको मानसिक समस्या समेत हुन सक्छ ।

अल्कोहलिकको व्यवहार

मदिराको लत भएका मानिसले झट्ट अस्वीकार गर्ने बानी हुन्छ । यस्ता व्यक्तिहरुले अलि बढि आफ्नो प्रशंसा गर्ने र प्रतिवाद गर्छन् ।

मदिरा सेवन गर्ने मानिसले सजिलैसँग झुटो बोल्छन् भने अरुमा अनावश्यक दोष थुपार्ने गर्छन् ।

मदिरा बढी पिउने मानिसले सकभर मदिराको बारेमा कुरा गर्न रुचाउँदैनन् । बरु व्यवहारिक कुराकानीबाट गफ गर्न शुरु गर्छन् । कोहीसँगै एक्लै वा नजिकको साथीसँग मात्र मदिरा सेवनको बारेका कुरा गर्छन् ।

मदिराको लत भएकाहरुलेे मदिरालाई नैतिकतासँग जोडेर कुरा गर्छन् ।

रक्सी र अन्य लागूपदार्थको उपचार लिए पछि छिटै पुनरावृति हुने सम्भावना धेरै हुन्छ ।

उपचार विधि

मदिरा प्रयोगकर्ताको अवस्था र कारणअनुसार विभिन्न तरिकाले उपचार गरिन्छ । बिशेष गरी विषमुक्तिकरण, औषधी उपचार, मनोचिकित्सा, मनोविमर्श, व्यवहार परिवर्तन, बहुआयामिक पद्धति, पुर्नस्थापना केन्द्र आदिको माध्ययमबाट मदिराको लत छुटाउन सकिन्छ ।

लत भएको व्यक्तिलाई छुटाउदा शुरुमा आत्तिने, तनाव महसुस गर्ने, छटपटिने गर्छन् । यस्तो अवस्थामा शारीरिक तथा मानसिक प्रतिक्रिया देखिने गर्छ । अत्याधिक पसिनो आउने पनि गर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।