अमिलो फलको सेवन

निबुवाको रस पारम्परिक रुपमा पाचनका लागि प्रयोग गरिदै आएको छ । निबुवाको गन्ध र स्वाद दुवैले अत्यधिक उत्पादन गर्न मद्दत गर्नेछ । निबुवाजस्तै सुन्तला पनि पाचन प्रणालीमा सहयोगी हुन सक्छ ।

जडिबुटी र मसलाको प्रयोग

जडिबुटी र मसलाले भोजनमा स्वाद मात्रै बढाउँदैन, बल्कि यसले तपाईंको पाचनमा पनि सहयोग पुर्‍याउँछ । यसको स्वाद र गन्ध दुवै ग्यास्ट्रिक र र्‍याल पैदा गर्न सहायक हुन्छ ।

उदाहरणका लागि धनिया, अदुवा, जिरा, मरिच, खुर्सानी र बेसारले तपाईंको पित्त अम्ललाई बढाएर कार्बोहाइड्रट र बोसोलाई पचाउन मद्दत पुर्‍याउन सक्छ ।

धुम्रपान त्यागौं

धुम्रपान गर्दा यसले तपाईंको खाद्यनलीभन्दा मुनि माँसपेशीहरुलाई कमजोर बनाउँछ । जसबाट पेटमा एसिड बन्ने प्रक्रियालाई रोक्न थुप्रै समस्या उत्पन्न हुन्छ ।

यसैगरी थोरै रक्सी पिउनु वा सिमामा बसेर पिउनुले तपाईंको शरीरलाई कुनै हानी गर्दैन । तर, बढि रक्सी पिउँदा यसले पेटमा एसिडको उत्पादन बढाउन सक्छ । र, अन्य पाचनसम्वन्धि समस्याहरुलाई पनि निम्तो दिन सक्छ ।

वोसोयुक्त भोजन परहेज

बढि बोसोयुक्त भोजन पच्न लामो समय लाग्छ, जसको कारणले पेटको बोझ बढ्न जान्छ र उच्च बोसोयुक्त खाद्य पदार्थको बदला माछा र लीन मिट जस्ता बोसो कम भएका खानेकुरा खानु उपयुक्त हुन्छ ।

सही तरिकाले खाने

सँधै समयमा खाना खानुस । खाना बिस्तारै खानुपर्छ । बढिभन्दा बढि चबाएर मात्र निल्नुपर्छ । यदि तपाईं अक्सर पेटको गडबडी वा अपचबाट पिडित हो भने सुत्नुभन्दा ३ देखि ४ घन्टा अगाडि खाना खाइसक्नुपर्छ ।

फाइबरयुक्त भोजन

फाइबर भएको खानेकुरा खानुहोस् । त्यो भनेको तपाइको खानेकुरा धेरै ल्यासल्यास परेको हुनु हुँदैन । घुलनशील फाइबरले पानीलाई अवशोषित गर्छ र तपाईंको निस्काशन सही हुन्छ, जो आफ्नो आन्द्रामार्फत सजिलै बाहिर निस्किन्छ ।

त्यसैले मैदाबाट बनेका खानेकुरा भन्दा गहुँको पिठो वा चामलको पिठोबाट बनेका खानेकुराले राम्रो गर्छ । चना, स्याउ जस्ता खानेकुरा फाइबरयुक्त हुन् । सागपात पनि फाइबरयुक्त हुन्छन् ।

प्रशस्त पानी

महिलाहरुले प्रत्येक दिन २।१ लिटर र पुरुषले २.६ लिटर पानी पिउनु आवश्यक हुन्छ । गर्मी मौसम वा शारीरिक परिश्रम गरेर पसिना बाहिर निस्किएको छ भने झन् बढि परिमाणमा पिउनुपर्छ ।

प्रो बायोटिक्सको सेवन

प्रो बायोटिक्स एक यस्तो ब्याक्टेरिया हो जसले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । यस्तो ब्याक्टेरियाले आन्द्राको अम्लतालाई बढाएर हानिकारक जीवाणूहरुको विकासलाई रोक्न मद्दत पुर्‍याउँछ । दहीमा प्रोबायोटिक्स हुने भएकाले यसको सेवन गर्नु फाइदाजनक हुनेछ ।

हामीले कुन समयमा कति खाना खाने ?

प्राय मानिसले पटक पटक खाना खाएपनि छिनछिनमा भोक लागिरहेको हुन्छ । हामिले पेटको भोक निको पार्नलाई हलुका भोजन खानु पर्ने हुन्छ । तर पनि हामिलाई त्यो भोजन खाएको आधा घन्टामा फेरि पनि भाेक लागेको हुन्छ । त्यसो त भोक लाग्नु शरीरलाई राम्रो हो । आवश्यक भन्दा वढी भोक लाग्नु कुनै रोगको कारण पनि हुन सक्छ ।

खानामा प्रोटिन र फइबरको ,कमि भयो भने प्रतेक व्यक्तिको पेट खालि र जतिखेर पनि भोक लागे जस्तो हुन्छ । तसर्थ यि प्रोटिनय्क्त खाने कुरा खादा पेट भरिएजस्तो अनुभव हुन्छ । कम व्यालोरिको कमिले गर्दा छिटो भोक लाग्छ । यसले शरीरलाई काम गर्नका लागि सम्पूर्ण आहारा दिन्छ । त्यसैले भरपुर्ण खानेकुरा खानुपर्दछ र प्रत्येक व्यक्ति थोरैमा पनि कम्तिमा आठ घण्टा सुत्नुपर्न हुन्छ ।

यकारण पुरा निद्रा लिदा पेट ठिक हुने भोक नलाग्ने समस्या बाट बच्न सकिन्छ । अधिकाँश मानिस बिहानको खाना खादैनन यसले गर्दा समस्या आउँछ र जतिखेर पनि भोक लागेजस्तो हुन्छ । केहि मानिसहरु छिटो छिटो खाना खान्छन नचपाईकन खाँदा खानेकुरा पच्दैन अनि पेटसम्बन्धी समस्या आइलाग्छ । त्यसैले खानेकुरा जहिलेपनि चपाएर खानुस् । खाना जति राम्ररी पच्छ, त्यति कम भोक लाग्छ ।

भोजनको नियम बारे जानिराखाैँ, कुन सिजनमा के खाने ?

कृतिले मौसम अनुसार विभिन्न अन्न-उत्पादन दिएको छ । जाडो वा गर्मी उत्पादन हुने अन्न, फलफूल, सागसब्जीले हामीलाई त्यही मौसममा हुनसक्ने संभावित समस्याबाट बचाउँछ । बाषिर्क चक्र अनुसार नै विभिन्न फल, अन्न, सागसब्जी उत्पादन हुन्छ । यसरी मौसमी रुपमा प्राकृतिक रुपले उत्पादन भएका खानेकुराले शरीरमा आवश्यक पोषक तत्व प्रदान गर्छ ।

हरेक ऋतुका लागि सोहि अनुसारको खानेकुरा प्रकृतिले दिएको छ । यसरी प्राकृतिक रुपमा उत्पादन भएको मौसमी खानेकुराले हामीलाई संभावित रोगबाट बचाउँछ ।

शिशिर ऋतु

यस मौसममा मुँगको दालको खिचडी, अदुवा वा यस्तै गरम प्रकृतिको भोजन गर्नुपर्छ । चटपटे, चिसो खानेकुरा सेवन गर्नु हुँदैन ।

बसन्त ऋतु

यस मौसमा जौ, चना, गहुँ, मूँग, मसुरको दाल, वैगुन, मुला, परवल, करेलाको सब्जी खानुपर्छ । साथै केरा, सुन्तला, अवला सेवन गर्नुपर्छ । मेथी, जीरा, हिंग, काक्रा आदि पनि लाभदायक हुन्छ ।

ग्रीष्म ऋतु

पुरानो गहुँ, जौ आदि उपयोगी हुन्छ । दुधजन्य परिकार, आँप, करेला, परवल, तरबुजा सेवन गर्नुपर्छ ।

वर्षा ऋतु

खीर, दही, खिचडी एवं हल्का र सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । यस सिजनमा पाचन शक्ति कमजोर हुन्छ । त्यसैले गरिष्ठ एवं मसलेदार, चिल्लो, पिरो खानेकुरा सेवन गर्नु हुँदैन ।

शरद ऋतु

शीत ऋतुमा खाएको कुरा सजिलै पच्छ । यतिबेला गरिष्ठ भोजन पनि पचाएर शरीरले शक्ति ग्रहण गर्छ । तातो दुध, घिउ, गुड, मिश्री, अमला, कागति, अनार, नरिवल, गोभी सेवन गर्नु राम्रो हुन्छ ।

हेमन्त ऋतु

यो सिजनमा पौष्टिक एवं भिटामिनले भरपुर खानेकुरा सेवन गर्नुपर्छ ।

आवश्यक छ भोजनको नियम

भोजन गर्नुको उदेश्य केवल भोक मेट्नु मात्र होइन । यसको प्रभाव तन, मन एवं मस्तिष्कमा पर्छ । के भनिन्छ भने, गलत ढंगले आर्जन गरेको भोजनले मनलाई दुषित गर्छ ।

त्यस्तै, तारेको, भुटेको, मसलेदार, बासी, एवं गरिष्ठ भोजनले मस्तिष्कमा काम, क्रोध, तनाव आदि पैदा गर्छ । पाचन यन्त्रलाई पनि खराब गर्छ । भोक लागेको भन्दा धेरै कम र धेरै बढी खानेकुराले शरीरलाई रोगग्रस्त बनाउँछ ।

भोजनले उर्जाका साथै सप्त धातु -रगत, मासु, छाला, हड्डी आदि) पुष्ट हुन्छ । केवल खाना खाएर मात्र उर्जा मिल्दैन । खाना खाएपछि त्यसलाई पचाउने क्षमता पनि हुनुपर्छ । पाचन क्षमताका लागि सुपाच्य, स्वस्थ्य, पोषिलो खानेकुरा आवश्यक हुन्छ । त्यस्तै, शारीरिक सक्रियता पनि चाहिन्छ । नियमित व्यायामको खाँचो हुन्छ ।

स्वाद लिएर चपाई-चपाई खाना खाँनुका कस्ता छन् फाइदा ?

खाना के खाने ? धेरैले यसको जवाफ खोज्ने गर्छ । सन्तुलित र पौष्टिक आहार खानुपर्छ भन्ने हामीले जानकारी पाइसकेका छौं । खाना कसरी सन्तुलित हुन्छ ? यसको जावफ पनि धेरैले खोजिसके होलान् । सन्तुलित खाना त्यही हो, जसमा शरीरलाई आवश्यक पौष्टिक तत्व पुग्दो हुन्छ ।

शरीरलाई जीवित एवं स्वस्थ्य राख्नका लागि पौष्टिक पदार्थको आवश्यक हुन्छ । त्यस्ता पौष्टिक पदार्थमध्ये अधिकांश खानेकुराको माध्यामबाट आपूर्ति हुन्छ । खानेकुरा नै पौष्टिक तत्वको स्रोत हुन् ।

अतः स्वस्थ्य जीवनका लागि कुन खानेकुरामा के पौष्टिक तत्व हुन्छ भन्ने जान्नुपर्छ । साथसाथै ति पौष्टिक तत्व कसरी ग्रहण गर्ने र कति मात्रामा लिने भन्ने कुराको पनि ज्ञान हुनुपर्छ ।

यी भए, सन्तुलित र पौष्टिक खानपानको कुरा ।

यससँगै हामीले जान्नुपर्ने अर्को कुरा हो, कसरी खाने भन्ने । खान पनि जान्नुपर्छ भनिन्छ । वास्तवमा खाना खाने तरिकाले पनि हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ । खाना कसरी खाइयो भन्ने कुरा एकदमै महत्वपूर्ण छ ।

अक्सर हामी खाना सेवन गर्दा सोच्दैनौ, स्वाद लिएर बिस्तारै खानुपर्छ भन्ने कुरा । खाना खानका लागि हामी उति समय छुट्याउँदैनौ । आरमसाथ खाना सेवन गर्दैनौं । जबकी खानामा रहेको पौष्टिक पदार्थ राम्ररी ग्रहण गर्नका लागि विस्तारै चपाएर खाना खानुपर्छ ।

किन ?

खाना खाँदा स्वाद लिएर चपाई-चपाई खानुपर्छ । तर, किन ?

किनभने, यसरी खाँदा मुखमा पर्याप्त पाचन रस निस्कन्छ । खानेकुरा राम्ररी टुक्रिन्छ । यसरी टुक्रिएको खाना पाचनरससँग घुल्छ । फलतः खानेकुरा पचाउन सजिलो हुन्छ ।

त्यस बिपरित राम्ररी नचपाई, हतार-हतार खानेकुरा खाइयो भने त्यसबाट आवश्यक पोषक तत्व शरीरले ग्रहण गर्न सक्दैन ।
यसले मोटोपना बढ्नुका साथै खाएको खानालाई शक्तिमा परिणत गर्ने -मेटाबोलिक )क्षमतामा र्‍हास आउने सम्भावना बढी रहन्छ । शरीरको मेटाबोलिक क्षमतामा र्‍हास आएमा मधुमेह हुने, मोटापना, मुटु रोग लगायतका समस्या पैदा हुन्छ ।

बिस्तारै चपाएर खाना खाँदा अनेक फाइदा पुग्छ ।

पूर्खाहरुले भन्ने गरेका छन्, खानेकुरा स्वाद लिएर खानुपर्छ । कुनैपनि खानेकुरा हतारमा पेट भर्नका लागि खाने होइन, स्वाद लिएर मन तृप्त हुनेगरी खानुपर्छ । यसले शरीरलाई उर्जा दिन्छ, मनलाई सन्तुष्ट तुल्याउँछ ।

खानेकुरा सेवन गर्दा बिस्तारै चपाएर खानुपर्छ । हामीलाई थाहा नै छ, राम्ररी चपाएको खानेकुराले पाचन यन्त्रलाई भार दिदैन । सहजै पच्छ । यसले शरीरलाई आवश्या पोषक तत्व आपूर्ति हुन पाउँछ ।

चपाएर खानुको अर्को फाइदा भनेको ओभरडोज खाइँदैन । जबकी हतारमा खाना सेवन गर्दा भरपेट खाइन्छ । के भनिन्छ भने खाना कहिल्यै भरपेट खानुहुँदैन । यसले पचाउने क्रियामा असर गर्छ । खाना सेवन गर्दा एक तिहाई भाग खाली रहनुपर्छ ।

खाना चपाएर सेवन गर्दा पेटमा अतिरिक्त भार पर्दैन । अपचको समस्या हुँदैन । एसिडिटी बढ्दैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।