अहिले योग-अभ्यासको लहर चलेको छ । हरेको घर-घरमा योगको अभ्यास भइरहेको छ । हामीमध्ये कतिले योग सेन्टरमा धाएर योगको विधीहरु सिकिरहेका छौं । कतिले टेलिभिजनबाट योग विधी पच्छ्याइरहेका छौं । कतिले युट्युव जस्ता माध्यामलाई आफ्नो योग गुरु बनाइरहेका छन् ।

यद्यपी हामीले यसरी अपनाइरहेको योग विधी कति प्रभावशाली छ ? के हामीले सही ढंगले योगको अभ्यास गरिरहेका छौं ? यसबारे भने प्रश्न उठाउनुपर्छ । किनभने कतिपयले योगबाट तुरुन्तै स्वास्थ्य लाभ प्राप्त भएको अनुभव गर्छन् । कतिले यसबाट खास लाभ मिलेको छनक नै पाउँदैनन् । कतिपयलाई भने यसको साइड इफेक्ट देखिन सक्छ ।

अहिले हामीले जुन योग विधी अपनाइरहेका छौं, त्यसको सुत्रधार महषिर् पतञ्जली हुन् । उनले योग अभ्यासको विधीहरु पहिल्याएका थिए । र, आफैमाथि सफल अभ्यास गरेका थिए ।

आज योगले विश्वव्यापी रुप लिइसकेको छ । विश्वको अर्को गोलार्द्धमा पनि योग उत्तिकै लोकपि्रय छ, जति यहाँ छ । भारतका एक चर्चित योग गुरुले आफ्नो पुस्तक ‘लाइट अन लाइफ’ मा उल्लेख गरेका छन्, ‘पतन्जलिलाई योगका पिता भनिन्छ । उनी एक योगी तथा एक ज्ञानी थिए, जो इशापूर्व पाँच शताब्दीअघि जन्मिएका थिए । उनले योगीको जीवन र अभ्यासको जानकारी जम्मा गरे र त्यसलाई विस्तार गरे । उनले योग सूत्र लेखे, खासमा उनी योगको प्रमाण, चेतना र मानवीय परिस्थितीको सूत्र हुन् ।’

हरिद्वारस्थित पतञ्जलि युनिभर्सिटीका योग प्रोफेसर संजय सिंह भन्छन्, ‘योग ब्रम्हान्ड जतिकै प्राचिन हो । योग स्वयम् ईश्वरद्वारा सिकाइएको अभ्यास हो । योगको उदेश्य जीवनलाई साँचो रुपमा बुझ्नु हो । र, आफुलाई जीवन र मृत्युको चक्रबाट अलग गर्नु हो ।’

संस्कृतमा योग शब्दको अर्थ जोड्नु वा मिलाउनु हो । सिंह भन्छन्, ‘आफ्नो असली स्वरुपलाई ईश्वरमा एकाकार गर्नु हो । स्वयम्लाई जान्नु हो । जीवनको उदेश्य र त्यसलाई जिउने सर्वोत्तम तरिका बुझ्नु हो ।’

आज कस्तो छ योग ?

आज योगको लहर चलेको छ, विश्वभर । हरेक घर-घरमा योग गर्नेहरु बढेका छन् । अहिले धेरै मानिसहरु किन योग गर्छन् ? किन उनीहरुले योग अभ्यासलाई अपनाइरहेका छन् ?

किनभने उनीहरुको रोगबाट उन्मुक्ति चाहन्छन् । कतिपय रोगले ग्रस्त छन् । आफुलाई गाँजेको रोगबाट उन्मुक्ती पाउनका लागि धेरैले योग गरिरहेका छन् । कतिपय संभावित रोगको घेरमा छन् । उनीहरु संभावित रोगबाट बच्न योग गरिरहेका छन् । भनौं, योगलाई धेरैले रोगबाट उन्मुक्ति पाउने बाटोको रुपमा बुझेका छन् ।

कतिपयले सुडौल शरीरका लागि पनि योग गरिरहेका छन् । योग गरेपछि, लचिलो, छरितो र सुडौल शरीर हुन्छ भन्ने सोचेर योग गरिहेका छन् ।

अहिले धेरैजसो मानसिक रोगले ग्रस्त छन् । मानसिक विकार बढेको छ । डिप्रेसन, चिन्ता जस्ता समस्याले धेरैलाई सताएको छ । उनीहरु यस्तै मानसिक विकार हटाउन योग गरिरहेका छन् । मनको शुद्धिकरणको माध्यामको रुपमा योगलाई अपनाएको छन् ।

शारीरिक रुपमा फिट रहन, निरोगी रहन, मानसिक रुपले शान्त रहन योग विधी अपनाउने जमात बढ्दो छ ।

योगको अनेक विधी र अभ्यास छन् । अहिले प्रचलित योग अनेक किसिमका छन्, हठ योग, अथ्यंगर योग, अष्टांग योग, विन्यास योग आदि । यी सबै योगको लक्ष्य एउटै देखिन्छ, शारीरिक फिटनेस र शान्ति ।

त्यसैगरी अहिले मानिसले आफु अनुकुल योग विधीहरुको विकास गरेका छन् । कतिपय कुकुरसँग योग गर्न जान्छन् । यसलाई डग योगा नाम दिएका छन् । कतिपय न्युड योगाको अभ्यास गरिरहेका छन्, निर्वस्त्र भएर । जर्मनीको राजधार्नी बर्लिनमा बीयर योगाको ट्रेन्ड सुरु भएको छ ।

यस किसिमको अभ्यास र प्रयोगले योगलाई विश्वव्यापी बनाउँदै लगेको छ । तर, योगको असली महत्व र स्वरुप भने हराउँदै गएको छ ।

योगा र ध्यानले हाम्राे स्वास्थ्यमा यस्ताे परिवर्तन साथै क्यान्सरको जोखिम पनि कम गर्छ

आजभोली शहरी इलाकामा बस्ने धेरै मानिसहरु मोटोपनाको शिकार भएको पाइन्छ । मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् ।

ती मध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय हो नियमित योगा र ध्यान गर्ने । नियमित योगा र ध्यान गर्नाले धेरै हाम्रो शरीर चुस्त दुरुस्त त हुन्छ नै यसले शरीरको रोग प्रतिरोधी प्रणालीमा पनि सुधार गर्छ ।

योगा र ध्यानमा मानव शरीरका केही यस्ता राज लुकेका छन् जसले हाम्रो डिएनए परिवर्तन गरेर क्यान्सर जस्ता कैयौं घातक रोगहरुबाट टाढा राख्न सक्छ ।

यस्तोमा वैज्ञानिकहरुले एन्टी इन्फ्लेमेटरी जिन्स पत्ता लगाएका छन् जसले शरीरलाई सकि्रय र स्वस्थ मात्रै राख्ने होइन बरु आयु पनि बढाउँछ । साथै एन्टी इन्फ्लेमेटरी जीन्सले क्यान्सरको जोखिमलाई पनि कम गर्छ । यो कुरा सुन्दा अलि अचम्मको जस्तो लागेपनि यो सहि हो ।

आउनुहोस् जानीराखौं, योगा र मेडिटेसनका केही यस्ता अदभुत फाइदाको बारेमा

क्यान्सरको जोखिम कम हुन्छ

विश्वमा अहिले मानव शरीरलाई बुझ्नको लागि नयाँ रिसर्चहरु भैरहन्छ । हालसालै गरिएको एक अध्ययनका अनुसार योगा र ध्यानले क्यान्सरको जोखिमलाई सजिलैसँग कम गर्न सकिने पत्ता लागेको छ ।

मानिस योगा र ध्यानको माध्यमले आफ्नो दिमाग र शरीरमाथि नियन्त्रण गर्न सक्छन् । ध्यान गर्ने मानिसहरुमा इन्फ्लेमेसन धेरै हुने मोलिक्युलको उत्पादन कम हुन्छ । र, इन्फ्लेमेसन कम भएमा क्यान्सरको जोखिम पनि कम हुन्छ ।

मानसिक स्वास्थ्य राम्रो हुन्छ

आजको दिनमा कैयौं मानिसहरु योगा र ध्यानको फाइदा उठाइरहेका छन् । र, यसको स्वास्थ्य फाइदाहरुमा रमाइरहेका छन् ।

यो कुरा धेरै कम मानिसहरुलाई मात्रै थाहा छ की यसको फाइदा हाम्रो शरीरमा मोलिक्युलर लेभलबाट हुन थाल्छ । अर्थात योगा र ध्यानले शरीरको जेनेटिक कोड पनि परिवर्तन गर्न सकिन्छ ।

यसको एक फाइदा मानसिक स्वास्थ्यमा सुधार पनि हो । ध्यान र योगाले स्मरणशक्ति तिक्ष्ण हुन्छ, तपाईं सहि किसिमले कुनै चीजमा केन्दि्रत हुन पाउनुहुन्छ र एकाग्रता पनि बढ्छ ।

तनाव कम हुन्छ

आजभोली हामीले कैयौं यस्ता रोगहरुको सामना गर्नुपरेको छ जसको बारेमा हामीले कहिल्यै पनि सुनेका थिएनौं । यसको सबैभन्दा ठूलो कारण हो हाम्रो जीवनशैली र चौबिसै घन्टा स्ट्रेसमा रहने दैनिकी ।

यदि सही ढंगले योगा र ध्यान गर्ने हो भने हाम्रो जिन्दगीबाट तनाव भाग्छ । अर्थात यो एक यस्तो एन्टिडिपि्रसेन्ट हो जसले फाइदा नै फाइदा गर्छ ।

ध्यान र योगाको प्रक्रियामा हामीले लामो गहिरो सास लिन्छौं र साथै शरीरको स्लो मुभमेन्ट पनि हुन्छ ।

खानपानमा सुधार

अध्ययनबाट योगा र मेडिटेसन प्राक्टिसले हाम्रो खानपानको बानी पनि सुधार्ने तथ्य पनि अगाडि आएको छ । नियमित योगा गर्ने बानीले हाम्रो रुची स्वस्थ खानाको तर्फ बढ्न लाग्छ ।

आहार सुधार हुन्छ मानिस खुसी हुन थाल्छ । यसले आत्मविश्वास पनि बढ्छ र आफ्नो शरीरको ख्याल राख्ने इच्छा पनि बढ्छ ।

शरीरको लचकता बढ्छ

बाहिर क्रियाकलाप नगरिकन दिनभर कम्प्युटरको अगाडि बस्नाले शरीर कैयौं रोगहरुबाट ग्रस्त हुन सक्छ । कम उमेरमै शरीरमा कैयौं किसिमका दुखाईहरु सुरु हुन्छन् ।

हामीलाई व्यस्तताको कारण व्यायाम गर्ने समय पनि मिल्दैन । तर, यदि थोरै समय मिलाए। हामीले आफ्नो शरीरमा ध्यान दिने हो भने यसको फाइदा हामीलाई नै हुन्छ ।

दैनिक थोरै समयसम्म योगा र ध्यान गर्नाले शरीरको लचकतामात्रै बढ्दैन बरु कार्यालयको काम गर्ने उत्साह र जाँगर पनि बढ्छ ।

कसरी लाग्छ शरीरमा क्यान्सर ? याे पनि जानिराखाैँ

शरीरमा चाहिने भन्दा बढी मासु पलाएमा क्यान्सर हुनसक्छ । क्यान्सर जुनसुकै कारणले पनि हुनसक्छ । कतिसम्म भने धुवाधुलो प्रदुषण लगायतको सुर्यको विकिरणले पनि क्यान्सर हुनसक्छ । त्यस्तै, शरीरको प्रतिरोधी क्षमताले यी कुरालाई कति पचाउन सक्छ, त्यसले पनि क्यान्सर रोगको निर्धारण गर्छ । तथापी, केही यस्ता कुराहरु छन्, जसलाई क्यान्सर हुनुको प्रमुख कारण मानिन्छ ।

अक्सिजन

क्यान्सर विभिन्न कारणले हुन्छ, जसका कारण शरीरमा क्यान्सर हुनसक्छ । जस्तै कि अक्सिजन । अक्सिजनको अभावमा हामी जिवित रहन सक्दैनौ । तर शरीरमा प|mी रेडिकल्सको रुपमा रहेको अक्सिजन पनि क्यान्सरको प्रमुख कारक हुनसक्छ ।

उमेर

धेरैजसो मानिसमा ६५ वर्षको उमेर पछि क्यान्सर हुने गर्छ । यसको कारण के हो भने जति जति हाम्रो उमेर बढ्दै जान्छ, त्यति त्यति शरीरको स्वस्थ कोशिकाको पुन निर्माण हुने प्रकि्रया नष्ट हुनथाल्छ । जसले गर्दा शरीरमा क्यान्सर हुने सम्भावना उच्च हुन्छ ।

शारीरिक गतिविधिको कमी

अवस्थ खानपान, व्यायामको कमी तथा अनियन्त्रित तौका कारण पनि मानिसहरु विभिन्न किसिमका क्यान्सरको जोखिममा रहने गर्छन् ।

अणुवंशिक कारण

परिवारमा कसैलाई क्यान्सर छ भने त्यस्ता व्यक्तिबाट जन्मने बच्चालाई पनि क्यान्सर हुने सम्भावना उच्च हुन्छ । विशेषगरी, स्तन क्यान्सर, मेलानोमा, अण्डासयको क्यान्सर, प्रोस्टेट तथा आन्द्राको क्यान्सर पनि एक पिढीबाट अर्कोमा सजिलै सर्न सक्छ । यसको मतलव यो पनि हैन की यदी माता पितामध्य कसैलाई क्यान्सर लागेको छ भने तपाईलाई पनि क्यान्सर हुन्छ ।

हर्मोन

कयौ पटक कुनै हर्मोनको असन्तुलन भएमा पनि क्यान्सर हुने गर्छ । विभिन्न शोधहरुले जनाए अनुसार आजकल महिलाहरु विभिन्न किसिमका हर्मोन थेरापीका क्रममा एस्ट्रोजेन नामक हर्मोन लिने गर्छन् जसले गर्दा उनीहरुमा क्यान्सरको जोखिम उच्च हुन्छ गर्छ । त्यस्तै, गर्भनिरोधक चक्कीको सेवन गर्नेहरुमा पनि क्यान्सरको जोखिम उच्च हुने विभिन्न अध्ययन अनुसन्धानहरुले जनाएको छ ।

सुर्तीजन्य पदार्थ

क्यान्सरका कारण मृत्यु हुनेमध्ये धुमपान तेस्रो नम्बरमा रहेको छ । धुमपान बाहेक सुर्तीजन्य पर्दाथलाई अन्य तरीकाले प्रयोग गर्नु पनि मुखको क्यान्सर सबैभन्दा ठूलो कारण मानिन्छ ।

विकिरण

जमीन तथा वातावरणमा रहेको कस्मिक किरण विकिरणले प्रमुख कारक मानिन्छ । रेडन ग्यास, रेडिएटिभ स्राव, एक्स रे परमाणु हतियारबाट निस्कने गर्छ । यस्ता विकिरणले कोशिकालाई हानी पुर्‍याउने गर्छ । र, क्यान्सरको जोखिम निम्त्याउँछ । न्युक्लियर पावर प्लाट वरिपरि वस्ने तथा त्यसमा काम गर्ने मानिसलाई पनि यस प्रकारको विकिरणले हानी गर्न सक्छ ।

प्रदुषण

प्रदुषण पनि क्यान्सरको मुख्य कारण हो । वायु प्रदुषणका कारण हामी प्रत्येक दिन कयौ तत्वको सम्पर्कमा आउने गछौ, जसले फोक्सोको क्यान्सरको समस्या निम्त्याउने गर्छ ।

मदिरा

मदिरा आफैमा क्यान्सरको एउटा ठूलो कारक हो । मदिराको साथमा धुमपानको सेवन गर्नेहरुमा क्यान्सरका साथै अन्य रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ । मदिराकै कारण मुख, घाँटी, अन्ननली, भोकल कर्ड, कलेजो तथा स्तन क्यान्सरको जोखिम उच्च हुन्छ ।

भाइरस तथा व्याक्टेरिया

विभिन्न प्रकारका भाइरस तथा व्याक्टेरियाले पनि क्यान्सरको जोखिम उच्च पार्छ । जसमा ह्युम पापिलोमा भाइरस, एचआईभी तथा अन्य भाइरस तथा केही अन्य व्याक्टेरिया पर्दछन् ।

औषधी

क्यान्सरको उपचारमा प्रयोग गरिने किमोथेरापीको प्रयोगले पनि क्यान्सर हुने खतरा उच्च हुन्छ । त्यस्तै, शरीरको प्रतिरक्षा प्रणालीको विकास गर्ने औषधीहरुको प्रयोगले पनि क्यान्सरको जोखिम बढाउने गर्छ । यस्ता औषधीको प्रयोग लिम्फोमा (ग्रन्थीको क्यान्सर) हुने सम्भावना उच्च हुन्छ ।

आहार

विभिन्न शोधहरुले जनाए अनुसार रेडमिड, प्रोसेस्ड मिट, नुन हालेर राखिएको मासु अत्याधिक सेवन गर्नेहरुमा पेट, आन्द्रा, पाठेघर ता प्रोस्टेट क्यान्सरको जोखिम उच्च हुन्छ ।

क्यान्सरका शुरुवाती ५ लक्षण

क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन । तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ । हरेक जसो क्यान्सरमा देखिने ५ लक्षण यहाँ प्रस्तुत गरिएको छ । यी लक्षण देखिएभने कहिले पनि वेवास्ता नगर्नुस् ।

१. दुखाइ

शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।

२. ज्वरो

ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमितरुपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ ।

३. दुब्लाउँदै जानु वा वजन कम हुनु

यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस् । कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन । डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन ।

४. थकान

जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ ।

५. तनाव

जतिबेला पनि तनाव हुन्छ । दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ । अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको संकेत हुन सक्छ । क्यान्सकार लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् ।

बाल्यकालको व्यायामले मोटोपन र क्यान्सरको सम्भावना कम हुन्छ । आफ्ना बच्चालाई व्यायाम गराउँनुहोस्

सन्तुलित भोजन र नियमित व्यायामलाई पुस्तौंदेखि स्वस्थ रहने र जीवनशैलीका कारण लाग्नसक्ने रोगको जोखिम न्यून गर्ने उपाय मानिँदै आएको छ । स्वास्थ्यविदहरू शारीरिक रुपमा निस्क्रिय बालबालिकाको तुलनामा नियमित व्यायाम गर्ने, खेल्ने कुद्ने बालबालिकामा रोगप्रतिरोध क्षमता बढ्ने र क्यान्सर तथा मोटोपनको जोखिम न्यून हुने बताउँछन् ।

व्यायामले धेरै चिल्लोयुक्त भोजनले निम्त्याउने मोटोपनजस्ता नकारात्मक प्रभावको जोखिम घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । हालै भएको एउटा अध्ययनले नियमित व्यायाम गर्ने किशोरकिशोरीलाई मोटोपन, मुटुसम्बन्धी रोग र क्यान्सरको जोखिम न्यून हुने पत्ता लगाएको छ ।

यो अध्ययनको विस्तृत विवरण ‘द जर्नल फ्रन्टियर्स इन फिजियोलजी’मा प्रकाशित छ। अध्ययनले व्यायाम गर्न छाडेको निकै पछिसम्म पनि हाम्रा हाडमा ऊर्जा सञ्चित भइरहने देखाएको छ ।

अनुसन्धानकर्ताको समूहले मुसामा गरेको परीक्षणमा विभिन्न प्रकारका खाना (चिल्लोयुक्त) दिएर व्यायाम गराएर मुसाका हाडको स्वस्थता र पाचन क्रियाको तुलना गरेका थिए ।

उनीहरूले बोन म्यारोमा रहेका वंशाणुको क्रियाकलापबारे सूचना दिने ‘मेसेन्जर मोलेक्युल’को गतिविधि न्यून पारेका थिए । अध्ययनमा धेरै चिल्लो खाए पनि व्यायाम गर्ने मुसामा जलन उत्पन्न गराउने वंशाणू निस्क्रिय भएको पत्ता लाग्यो ।

‘अझ महत्वपूर्ण तथ्य के थियो भने, मुसाले व्यायाम गर्न छाडेको निकै समयपछि जीवनको आधा उमेरमा पनि व्यायामको असर भने कायमै थियो,’ न्युजिल्यान्डको युनिभर्सिटी अफ अकल्यान्डका मोलेक्युलर जेनेटिसिस्ट जस्टिन ओ’ सुलिभानले भने, ‘बोनम्यारोले व्यायामका असर स्मरण गरिरहेको पाइयो । मोटाए पनि सानोमा गरेको व्यायामले धेरै चिल्लोयुक्त भोजनका नकारात्मक प्रभावबाट मुसालाई जोगाइरहेको थियो ।’

अध्ययनले बाल्यकाल र किशोरावस्था हाम्रा शरीरका हाडको विकास तथा वृद्धि हुने समय भएकाले यसबेला गरिने व्यायामले अधवैंशे उमेरमा समेत स्वस्थ रहन सघाउने पत्ता लगायो ।

‘तपाईंको ‘बोनमास’ जति छिटो पूर्ण हुन्छ, युवावस्थामा त्यही अनुपातमा हाड भाँच्चिने वा हाडसम्बन्धी आउने समस्या पनि न्यून हुन्छन्,’ युनिभर्सिटी अफ अकल्यान्डको लिगिन्स इन्स्टिच्युटका एल्विन फर्थ भन्छन् ।

यसबाहेक अध्ययनले भोजन पचेपछि व्यायाम गर्ने मुसाका हाडले ऊर्जा प्रवाहको बाटो नै परिवर्तन गरेको देखायो । अर्थात् ऊर्जा प्रवाहको बाटो परिवर्तनले धेरै चिल्लोयुक्त भोजनले पार्ने खराब असरलाई नै बिगारिदिएको पाइयो ।

अहिले मोटोपन विश्वभर ठूलै संक्रामक रोगजस्तै भएको छ, जुन अस्वस्थ जीवनशैलीले निम्तिन्छ। मोटोपनले उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी रोगहरू र क्यान्सरसम्म हुने जोखिम बढाउँछ ।

मोटोपनबाट छुटकारा पाउन चाहनुहुन्छ ? यदि त्यसो हो भने यि कुराहरुलाई ध्यान दिनुहोस्

खाना नियमित खानुहोस्

१। आफुले खाने खानाहरुको बारेमा टिपोट बनाएर फुड जर्नल बनाउनुहोस ।

२। यदी तपाई आफ्नो तौल छिटो घटाउन चाहनुहुन्छ भने दिनको कम्तिमा पनि १ घण्टा सामान्य शारिरिक अभ्यास गर्नुहोस् ।

दैनिक गरिने शारिरिक अभ्यासले तपाईलाई फिट र स्लिम बनाउँछ । छिटो तौल घटाउन गरिने एक्सरसाइजहरु निम्न छन्

कार्डियो र स्टेन्थ ट्रेनिङ

कार्डियो एक्सरसाइजले तपाइलाई क्यालोरी जलाउन मद्धत गर्छ ।

दिनको एक घण्टा पसिना आउने गरि कार्डियो एक्सरसाइज गर्नाले तपाईलाई छिटो तौल घटाउन मद्धत पुग्छ ।

१। छिटो तौल घटाउन छ भने खानामा नुनको मात्रा कम, चिनी एकदमै कम र चिल्लो कम गरेर खाने ।

२। दुग्धजन्य पदार्थहरु कम खाने ।

३। ताजा फलफूल, अण्डाको सेतो भाग, सागसब्जीहरु, माछा र चिल्लो कम भएका खाना खाने ।

छिटो तौल घटाउने डाइट प्लान यसरी बनाउनुस्

१। फलफूल र सागसब्जीहरु पेटभरी खानुहोस

२। दैनिक ८ देखि १० गिलास सम्म पानी पिउनुहोस्

३। एकै चोटी धेरै खाना खानुको सट्टा दिनभरमा ५–६ पटक थोरै थोरै खाना खानुहोस

४। तारेको खानेकुराहरु, भात, आलु, ब्रेडहरु, पास्ता लगाएतका खानेकुराहरु कम खानुहोस्

५। आफुलाई व्यस्त राख्नुहोस यसो गर्दा तपाइलाई बोर लाग्दैन र खान मन लाग्दैन

क्रयास डाइट

तौल घटाउनलाई डाइटिङ गर्नु सामान्य भइसकेको छ । क्रयास डाइटमा थोरै खानामा पनि धेरै पोषण हुन्छ यो भोकै बस्नुभन्दा थोरै भिन्न छ र चाडो तौल घटाउन सहयोग गर्छ ।

तर, यो तरिकाले कहिलेकाँही उल्टो हानी गर्न पनि सक्छ किनभने तपाईले तौल घटाएपछि तपाइले डाइटिङ बन्द गरेपछि फेरी तौल बढ्न सक्छ ।

पेट वरिपरीको मासु घटाउँन यसो गर्नुहोस्

पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् ।

खानपानमा सन्तुलनसँगै नियमित व्यायाम फिट रहने सबैभन्दा उत्तम उपाय हुन् । त्यसकारण यी खानेकुरासहित नियमित व्यायाममा पनि ध्यान दिनुहाेला ।

यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ ।

बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यस्तोमा तपाईं बढिरहेको बोसोलाई घटाउनका लागि प्राकृतिक तरिका अपनाउनु लाभदायक हुन्छ ।

पेटको वरिपरिको बोसो घटाउने  सजिलाे तरिका

व्यायाम

बिहानै हल्का व्यायम गरौं । अथवा साइक्लीङ वा योगा गर्दा पनि हुन्छ । यसबाट सकारात्मक भाव आउनेछ र सकारात्मक सोच्ने क्षमता बढ्छ । बिहान नियमित व्यायाम गर्दा पेटको बोसो सजिलै नियन्त्रणमा आउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।