नेपालमा दाह्री पाल्ने फेसनै चलेको छ । आजकल स्कुल–कलेज पढ्ने टिनएजर हुन् वा अफिसमा काम गर्ने कर्मचारी, धेरैजसो पुरुषहरुमा अचेल दाह्री पाल्ने क्रेज बढेको छ । त्यति मात्र कहाँ हो र? दाह्री पाल्नेको संगठन समेत खुलेको छ, दाह्री ग्याङ्का नाममा ।

स्कूल कलेज पढ्ने टिनएजर हुन् वा अफिसमा काम गर्ने कर्मचारी, धेरैजसो पुरुषहरुमा अचेल दाह्री पाल्ने क्रेज बढिरहेको देखिन्छ ।

अधिकांश पुरुष आफूलाई स्टाइलिस देखाउनका लागि शौखको रुपमा दाह्री पाल्ने गर्दछन् तर दाह्रीका छुट्टै फाइदा पनि छन् जो थाहा पाउन सकिरहेका छैनन् । हालै गरिएको एक अध्ययनले दाह्री पाल्दा धेरै प्राणघातक रोगबाट मुक्त हुन सकिने तथ्य सार्वजनिक गरेको छ ।

सूर्यबाट आउने परावैजनिक किरणलाई दाह्रीले सिधै अनुहारमा पर्न नदिई रोक्ने गर्दछ । त्यस्तो हानीकारक किरणलाई छेक्ने भएकाले दाह्रीले अनुहारको चमकमा क्षति हुन दिँदैन ।

यदि तपाईमा एलर्जीको समस्या छ भने पनि दाह्रीले सहयोग गर्नेछ । यसले एलर्जेनलाई रोकेर एलर्जी हुन दिँदैन । दाह्रीले धेरैजसो घातक रोग लाग्नबाट जोगाउन सहयोग गर्दछ ।

दाह्री पाल्नेहरु नपाल्नेहरुभन्दा जवान देखिन्छन् । सूर्यको प्रत्यक्ष किरणबाट अनुहार जोगिने भएकाले कुनै दाग, धब्बा र डन्डीफोरको समस्याबाट उनीहरु मुक्त हुन सक्दछन् ।

अहिले युवामा दाह्री पाल्ने फेसन नै चलेको छ । केही फरक देखिन चाहनेहरूले आफ्नो दाह्री र जुँगालाई विभिन्न स्टाइल दिन सक्छन् । तर, कतिपय युवा चाहना हुँदाहुँदै पनि आफ्नो अनुहारमा रौँ नआएर चिन्तित हुन्छन् । अनुहारमा रौँ बढाउन चाहनेलाई भारतीय हेयर क्लिनिककी डा। एस सरिनको सुझाब यस्तो छ :

यस्तो पनि फाइदाजनक

दाह्री र जुँगा पाल्ने सोख पुरुषमा धेरै पहिलादेखि नै छ । केही युवा भने चाहना हुँदाहुँदै पनि आफ्नो अनुहारमा दाह्रीजुँगाको स्टायल बनाउन सक्दैनन् । अनुहारमा रौँ नपलाउने समस्याले यस्तो भएको हो । तर, केही तरिका अपनाउँदा अनुहारमा रौँ बढाउन पनि सकिन्छ ।

भिटामिन ए, बी, सी तथा ई सेवन गर्दा अनुहारमा रौँ बढाउन मद्दत गर्छ । तीमध्ये पनि भिटामिन बीको महत्व बढी हुन्छ । खानामा भिटामिन बी १, बी ६, बी १२ समावेश हुन अति जरुरी छ । यसका लागि सी फुड, अन्डा, दूध, दही, मासु तथा हरियो तरकारी सेवन गर्नु राम्रो हुन्छ ।

अनुहारको नियमित मसाज गर्दा पनि फाइदाजनक हुन्छ । यसो गर्नाले अनुहारमा रक्तसञ्चार सही तरिकाले हुन्छ र रौँ पलाउन पनि सहयोग गर्छ । आफ्नो खानामा प्रोटिनको मात्रा बढाउन सकिन्छ । माछा, मासु, अन्डा तथा बदाममार्फत पर्याप्त प्रोटिन पाउन सकिन्छ । यसको प्रभाव चाँडै नै अनुहारमा देख्न पनि सकिन्छ । पानीविना यो पनि सम्भव छैन । त्यसैले दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ ।

यसका साथै तनावलाई सकेसम्म टाढा नै राख्नुपर्छ । यसलाई कम गर्न योग गर्न सकिन्छ । यसको सकारात्मक प्रभाव चाँडै देखिन्छ र अप्रत्यक्ष रूपमा हेयर ग्रोथलाई पनि सहयोग पु¥याउँछ । अनुहार सफा राख्न बिहान र बेलुका क्लिन्जर प्रयोग गर्न सकिन्छ । सातामा एक दिन एक्स्फोलियट गर्नाले छालामा रहेको मृत कोषिका बाहिर निस्कन्छ ।

प्राकृतिक उपाय
तोरीको पातलाई पेस्ट बनाएर त्यसमा अमलाको तेलका केही थोपा मिसाउने । सो पेस्टलाई रौँ आवश्यक रहेको अनुहारको भागमा लगाउने । त्यसलाई १५ देखि २० मिनेटसम्म त्यत्तिकै छाड्ने । त्यसपछि चिसो पानीले पेस्ट पखाल्ने । मनतातो वा तातो पानी प्रयोग गर्नु हुँदैन । यो प्रक्रिया हप्तामा तीनपटक गर्न जरुरी छ । बिस्तारै अनुहारमा फरक अनुभव हुन्छ ।

यसो गर्नु हुँदैन
यदि तपाईं धूमपान गर्नुहुन्छ भने अनुहारमा बाक्लो दाह्री पाल्ने चाहना पूरा गर्न समस्या पर्छ । यसको असरले अनुहारको चमक घट्छ । चुरोटमा रहेको निकोटिनले शरीरमा ब्लड सर्कुलेसनलाई कमी गराउँछ । धूमपानले रौँ झर्न पनि मद्दत गर्छ । त्यसैले धूमपानलाई पूरै निरुत्साहित गर्नुपर्छ । यसको विकल्पमा फलफूल, दूध, दही, बदाम तथा शरीरलाई ताजा बनाइराख्ने पेय पदार्थ पिउनु राम्रो हुन्छ ।

दाह्री जुँगा पाल्नुको केहि बेफाइदा :

दाह्री जुँगा पाल्ने विषय धेरै पुरुषहरुको शोखको विषय हुन्छ । चट्ट पारेर दाह्री जुँगा पालेका ह्याण्डसम पुरुषहरु युवतीहरुको आकर्षणको केन्द्र बन्ने कतिपयको बुझाइ समेत छ ।

विश्वका ठूला ठूला तथा चचिर्त व्यक्तिहरु र खासगरी वैज्ञानिक र कलाकारहरुले दाह्री पालेकै पाइन्छ । त्यसैले दाह्री पाल्नुलाई मानिसको ज्ञान तथा विकेक र प्रतिष्ठाको सूचकको रुपमा समेत लिइन्छ । तर वैज्ञानिकहरुका अनुसार दाह्रीको सम्बन्धमा विवेक, प्रतिष्ठा र ज्ञानसँग नभै घातक जीवाणुहरुसँग मात्र छ । उनीहरुका अनुसार दाह्रीजुँगा हजारौँ ब्याक्टेरियाको घर तथा संक्रमणको माध्यम बाहेक केही होइन ।

बेलायतको बमिंर्घम टेक्नोलोजी सेन्टरकी रौँ विज्ञ क्यारोल वाकरका अनुसार दाह्री पाल्नु रोग निम्त्याउनु हो । दाह्रीजुँगाका कारण विभिन्न खाले छालाको संक्रमण हुने र अरु मानिसमा समेत जीवाणु फैलिने जोखिम हुन्छ । दाह्रीजुँगामा हुने रौँ जिउका अन्य भागमा हुने रौँ भन्दा बढि खश्रो हुने भएकाले त्यहाँ बढि जीवाणु तथा फोहोर पदार्थहरु रहने गर्छन् । उनका अनुसार मुख र नाकको नजिकै रहेका रौँहरु ब्याक्टेरिया पाल्ने निकै राम्रो ठाउँको रुपमा रहन्छन् ।

धेरै मानिसको बानी आङ्खना दाह्रीजुँगा मुसारिरहने हुन्छ । यसरी दाह्रीजुँगामा हात लगाइरहने बानीका कारण दाह्रीका जीवाणुहरु हातमा सर्ने र त्यसपछि पुन: शरीरका अन्य भागमा फैलिने सम्भावना हुन्छ । साथै हात फोहोर रहेको भए हातमा रहेका जीवाणुहरु दाह्रीमा सर्ने र दाह्री मार्फत मुख र नाक हुँदै शरीरभित्र प्रवेश गर्ने जोखिम समेत हुन्छ ।

दाह्रीजुँगामा सिगान तथा खानेकुरा र पेय पदार्थ समेत केही मात्रामा अड्किने र त्यसपछि जीवाणुहरु पैदा भएर वृद्धि हुने सम्भावना रहने क्यारोल बताउँछिन् । उनका अनुसार दाह्रीजुँगा पाल्ने मानिसहरुमा स्ट्रेप्टोकोकी ब्याक्टेरियाको संक्रमण बढि पाइएको छ । साथै दाह्री पाल्ने मानिसहरुमा छालाको विभिन्न खाले संक्रमणको दर समेत बढि रहने गरेको उनको अनुभव छ ।

तर कतिपय विज्ञहरुले भने शरीरको अन्य भागको छालामा रहने जस्तै हानी नगर्ने खालका ब्याक्टेरियाहरु मात्र दाह्रीजुँगामा समेत रहने भएकाले दाह्रीजुँगा पाल्नु हानिकारक नहुने तर्क गरेको डेलीमेलले उल्लेख गरेको छ । विज्ञहरुका अनुसार हाम्रो शरीरको बाहिरी छालामा स्वास्थ्यलाई हानी नगर्ने २० हजार खाले ब्याक्टेरिया हुन्छन् ।

चीनमा दाह्री पाल्ने र अनुहार ढाक्न प्रतिबन्ध :

चीनको सिनजियाङ क्षेत्रमा नयाँ कानून लागू गरिएको छ । इस्लामवादी उग्रवादी ठान्ने समूहविरुद्धको अभियानलाई बेइजिङले तीब्र बनाई रहेकै समयमा चीनस्थित सिजजियाङमा सो कानून लागू गरिएको हो ।

उक्त कानूनले इस्लाम धर्म मान्ने उइगर जातिलाई असाधारण रूपमा ठूलो दाह्री पाल्न र सार्वजनिक स्थलमा अनुहार ढाक्ने गरी वस्त्र लगाउनसमेत प्रतिबन्ध लगाइएको छ ।

अबदेखि उइगर समुदायका केटाकेटीहरूले सरकारी विद्यालयमा नै अध्ययन गर्नुपर्नेछ । आलोचकहरूले नयाँ कानूनले आफ्नो थातथलोको संस्कृति लोप हुने खतरा बढेको बताएका छन् ।

नयाँ व्यवस्थाहरूमा धेरै लामो दाह्री पाल्न नदिने, सार्वजनिक स्थलमा मुख ढाक्ने गरी बुर्कासहितका कपडा लगाउन नमिल्ने र सरकारी टेलिभिजन हेर्न अस्वीकार गर्न नमिल्नेसहितका प्रावधान बनाएका छन् ।

त्यसबाहेक बालबालिकालाई सरकारी विद्यालयमा पढाउनबाट रोक्न नमिल्ने, परिवार नियोजनका नीतिहरू पालना गर्नुपर्ने, धार्मिक मान्यताअनुसार मात्रै विवाह गर्न नहुने जस्ता व्यवस्था राखिएको रोयटर्स समाचार संस्थाले उल्लेख गरेको छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।