कुनै पनि चिज खाइसकेपछि दाँतमा अड्किएको खाने कुरा कोट्याएर फाल्न हामी मध्ये कतिपयले सिन्का अर्थात टुथपिक प्रयोग गर्ने गर्छौं ।

तर, यसले हामीलाई के असर पुर्याइरहेको छ भन्ने थाहा पाएका हुँदैनौं । यसको असरबारे जानिराख्दा राम्रो हुन्छ !

– दाँतमा फसेको खाने कुरा निकाल्न खोज्दा सिन्का अन्जानमा गिजामा लाग्छ । जसले गर्दा रगत आउन थाल्छ र दुखाई सुरु हुन्छ ।

– टुथपिकको प्रयोग बढी मात्रामा गर्दै गएमा दाँतको बीच भाग खाली हुँदै जान्छ । जसले गर्दा त्यहाँ झन बढी खाने कुरा पस्न जान्छ ।

र, मानिसलाई क्याभिटिजको समस्या हुने गर्छ ।

– कतिपय मानिसले दाँत सफा गरिसकेपछि त्यही सिन्का चपाउने गर्छन् । जसले दाँतको इनामेल अर्थात सेतो चमकलाई नोक्सान गर्छ ।

– टूथपिकको बढी प्रयोगले गिजा खुल्न थाल्छ, जसले गर्दा दाँतको जरा पनि खुलेर कमजोर हुने गर्छ ।

दाँत कोट्याउनु कति हानिकारक ?

सिन्का अर्थात टुथपिकलाई दाँत सफा गर्ने संसारकै सबैभन्दा पुरानो दन्तचिकित्सकीय उपकरण मानिन्छ। ब्रसको आविष्कार हुनुभन्दा करिब ७५ हजार वर्ष अगाडि नै मानिसहरु सिन्काले दाँत सफा गर्ने गर्थे भन्ने तथ्य अवशेषहरुको अध्ययनबाट पुष्टि भएको छ।

तर अहिले दाँतको किटाणु हटाउन विभिन्न प्रकारका राम्रा र सुरक्षित उपकरणहरु बजारमा पाइन्छन् । तैपनि मानिसले सिन्काले दाँत कोट्याउन छोडेका छैनन् । सिन्काले दाँत कोट्याउनु किन हानिकारक त ? अमेरिकन डेन्टल एसोसियसनकी डा. सेली क्रेम भन्छिन्, ‘दाँतको बीचमा अड्केका खानाका ठूला टुक्रा निकाल्न टुथपिकको सहयोग लिन सकिन्छ तर यसले दाँत सफा गर्ने धागो तथा अरु माध्यम जसरी काम गर्दैन ।’

‘टुथपिक काठबाट बनेको हुन्छ र त्यो एकदम तीखो हुन्छ। मसँग एकजना बिरामी थिए, जसले टुथपिक प्रयोग गर्दथे र त्यसले दाँत कोट्याउने तथा गिजा कोट्याउने गर्दथे र त्यसैकारण उनको दाँतमा संक्रमण भएको थियो,’ उनी भन्छिन् ।

उनका अनुसार दाँतमा अड्केको खाना टुथपिकले निकाल्न खोज्दा ती फोहोर अझ भित्र पस्न सक्छ । ननिस्केपछि टुथपिक दाँतको भित्रसम्म पुर्‍याउने कोसिस गरिन्छ । त्यसो गर्दा गिँजामा घाउ लाग्न वा चल्न सक्छ । धेरै कोट्याए गिँजाबाट रगत आउन वा संक्रमण हुन सक्छ ।

त्यसैले दाँत कोट्याउन टुथपिकको प्रयोग गर्नुको साटो दाँत सफा गर्ने फ्लस पिक वा सफ्ट पिक प्रयोग गर्न उनी सल्लाह दिन्छिन् । दाँत कोट्याउने प्लास्टिक स्टिक पनि पाइन्छ । त्यसमा रबर हुनाले त्यो लचिलो हुने र गिँजामा चोट नलगाइ वा नदुखाइ फोहोर निकाल्न सकिन्छ ।

दाँत सुरक्षित राख्ने उपाय

दाँत सुरक्षित राख्न सबैभन्दा राम्ररी ब्रस गर्ने विधि जान्नुपर्छ । बच्चाका लागि फेन्ज टेक्निक, दाँत मिलेकाको लागि मोडीफाइल बास टेक्निकलगायत फरकफरक अवस्थाका दाँतका लागि विधि हुन्छ । दाँतमा रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु सबैभन्दा उत्तम उपाय हो । रोग लाग्न नदिँन निम्न उपाय गर्न सकिन्छ :

खाना खाएपछि, राति सुत्नुअघि अनिर्वाय नियमित दाँत माझ्नसपर्छ । हामीले आएका खानाका टुक्राटाक्रि दाँतमा रहेमा रातभरीमा त्यसले उत्पादन गर्ने अम्लीय तत्वले दाँतमा लाग्ने कीराका लागि सुन्दर वातावरण बनाइदिन्छ । त्यसपछि दाँतमा संक्रमण बढ्छ । सूर्ति राख्ने। ल्वाङको तेल राख्ने बढी गर्नु हुन्न । एसिड राख्ने गर्दा गिजा तथा छालामा असर गर्छ ।

दिनभरको समयमा मानिस आफै केही खाइरहने, गफ गरिरहने, मुख चलाइरहने हुँदा संक्रमणको अवस्था कम हुन्छ । तर, राति मानिस निष्क्रिय हुने हुँदा ब्याक्टेरिया सक्रिय हुने गर्छ । सुत्नुअघि ब्रस गरेपछि पानी पिएर निदाउनु दाँतका लागि स्वस्थ्यकर मानिन्छ ।

बिहानको ब्रस उठ्नेबित्तिकै नगर्दा फरक पर्दैन । ब्रसले दाँत माझ्दा सरसर्ती माफेर कुल्ला गर्ने नभई मुखभित्र तल–माथि गर्दै करिब ४५ डिग्रीको कोणमा घुमाउँदै माझ्नुपर्न । धेरै कडा ब्रस प्रयोग गर्नुहुन्न ।

धेरै कार्बोहाइडे«ड भएका खानेकुराले ब्याक्टेरीयालाई एसिड उत्पादन गर्न सघाउ पुर्याउँछ । बच्चालाई सानैदेखि दन्तचिकित्सककोमा लगेर दाँतको उपचार र रेखदेख गर्न सिकाउनुपर्छ । स्वस्थ्यकर खानासँगै दाँतमा साना खाल्डाहरु भर्ने गर्नुपर्छ । मानिसले फोहर भयो भनेर बेस्सरी घोटेर दाँत माझेको देखिन्छ । त्यसो गर्दा खाल्डो भएर झन् बिग्न्छ ।

हरियो सागसब्जी, दूध, भिटामिन, फाइबरयुक्त पिठोको रोटी तथा घरमै बनेका खानेकुरा खाजा खाने बानी बसाल्नुपर्छ । बजारको मम, चाउमिन दाँतमा बढी टाँसिन्छ । पेट र स्वास्थ्यका लागि पनि त्यस्ता खाना योग्य हुन्न । स्कुलमा पनि दाँत माझ्ने तरिका सिकाउनु जरुरी छ ।

फ्लोराइड तत्व दाँतलाइृ अति आवश्यक हुन्छ । पानी, नून, दूधमा फ्लोराइड मिलाएर आन सकिन्छ । यो तत्व भएका अर्गानिक खाद्यपदार्थ खानुपर्छ । जिब्रोमा ६० प्रतिशत ब्याक्टेरिया हुन्छ । दाँतसँगै त्यसको दैनिक सफ गर्नुपर्छ । पानी पुगेन, पेटको समस्या हुनेको स्वास गन्हाउँछ । टुथपिकले दाँत कोट्याउनु हुन्न । विशेषखालको धागो पाइन्छ, त्यसले अड्ेका आनेकुरा निकाल्ने गर्नुपर्छ ।

दाँतको काम

दाँत मानिसको शरीरको स्वास्थयसँग जोडिएको महत्वपूर्ण अंग हो । मुखभित्र रहेको दाँत मानिसको सौन्दर्यसँग पनि जोडिएको हुन्छ । सुन्दर दाँत हुनेको हँसाईलाई सौन्दर्यशास्त्रले दन्तेमोहनी लाउने हाँसो भनिएको पाइन्छ । मुखमा रहेको दाँतको लहरको सबैभन्दा पछाडिको दाँत बुद्धिबंगाराको नामले चिनिन्छ । यो अलिक पछि नै उम्रने गर्छ ।

सबै दाँत गरेर मानिसमा जम्मा ३२ वटा हुन्छ । सबै दाँतको आ–आफ्नो उपयोग हुन्छ । अग्रभागको दाँतले खाना टोक्न्े काम गर्छ । त्यसपछि बीचकाले लुछ्ने र त्योभन्दा पछाडिका बंगाराले खाना चपाउने काम गर्छ । बुद्धिबंगाराले भने खासै काम पाउँदैन । त्यसैले पनि त्यसमा चाँडै समस्या देखिन्छ । दाँतले अनावश्यक वस्तु टोक्ने गर्द यसको स्थास्थ्यसँगै सौन्दर्यमा पनि असर गर्छ ।

दाँतको उपचार कसरी हुन्छ ?

नियमित दन्तपरिक्षण गर्ने चलनको विकास गर्नु दाँतको सुरक्षित भविष्यको विकास गर्नु हो । दाँत दुखेपछिमात्र दन्त विशेषयज्ञ वा अस्पताल पुग्ने चलनकै कारण पनि नेपाली समाजमा दाँतको समस्या जटिल बन्दै गएको छ । नियमित जाचाउनेका संख्या नगन्य छ । नियमित दाँतको परीक्षणले पनि हुने महँगो उपचार खर्चको बचत गर्छ ।

दाँत कीराले खान थालेको छ भने सामान्यखालको दाँत भरेर त्यसको उपचार गरिन्छ । जब गहिरा खाल्डामा खानेकुरा अड्किन थाल्छ त्यो बेला दाँत सरसफाइ र भराइले मात्र पुग्दैन । दाँतमा कीराले कत्तिको असर गरेको छ त्यासमा उपचार निर्भर हुन्छ ।

दीर्घकालीन दाँत भराई, दाँतमा क्याप हाल्ने र दाँत नै अर्को हाल्ने जस्ता उपचार गर्नुपर्छ । त्यसैले कम्तीमा ६ महिनामा एक पटक दाँत सफ गराउनुपर्छ । दन्तहर्ष भएर गिजा सर्छ, हड्डी खिइन थालेपछि ढिला हुन्छ ।

कीराले खाएको प्वाल टाल्न त्यसमा प्रयोग गरिने सामग्रीअनुसार पैसा लाग्छ । तीन–चारसयदेखि लाखौं लाग्ने उचारा पनि हुन्छ । त्यसमा समस्या कति जटिल छ भन्ने तथ्यले पनि खर्थको निक्र्योल गर्छ ।

दाँतको उपचारमा प्रयोग हुने अत्याधुनिक मेसिन र साम्रग्री नै महँगो हुँदा निजी अस्पताल र क्लिनिकमा उपचार केही महँगो हुन्छ । सरकारी अस्पताल वा परम्परागत सामग्रीले उपचारमा अलिक कम खर्च लाग्छ । नक्कली दाँत नै सात–आठ सयदेखि डेढ लाखसम्मको हुन्छ ।

दन्तहर्ष अवस्थाअनुसार सामान्य औषधि प्रयोगसँगै गिजाको विशेषज्ञले शल्यक्रिया गरेर समाधान गर्न सक्छन् । तर, ब्लडप्रेसर, मधुमेह लागेका विरामीलाई फरक उपचार पद्र्धति अपनाउनुपर्छ । ग्रामीण क्षेत्रमा दाँतको स्वास्थ्यका लागि सरकारी तहको सेवा नै छैन ।

सहरमा मात्र यस्तो सेवा पाइन्छ । ल्वाङको तेल, एसिड दाँतमा लगातार हालेर वरपरको मासुमै घाउ बनाउने जस्ता कार्य गर्नै हुन्न । गाउँमा झाँक्रीले कीरा झार्ने भनेर स्थानीयलाई अन्धविश्वारमा राखेको पाइन्छ ।

दाँत स्वस्थ बनाउने यस्ता छन उपाय

मानिसको स्वास्थ्य एंव सुन्दरताका हिसावले दाँत निकै महत्वपूर्ण छ । दाँतले मानिसको सुन्दरतालाई झल्काउछ । मानिस जस्तो सुकै सुन्दर भएपनि यदी दाँत बिग्रेको छ भने कुरुप देखिन्छ । स्वास्थ्य दाँतलाई मुस्कानको स्रोत पनि मानिन्छ । मानिसको सुन्दरता संगै स्वास्थ्यसंग पनि जोडिएको दाँतलाई स्वास्थ र सुरक्षित राख्नका लागि हेरचाह निकै जरुरी रहन्छ ।

स्वस्थ दाँतका लागि सम्भव भए दिनको तिन पटक नत्र दुई पटक अनिवार्य गुणस्तरिय ब्रसको प्रयोग गरि कम्तीमा पाँच मिनेट ब्रस गरेमा दाँत स्वस्थ राख्नमा मद्दत पुग्ने विशेषज्ञहरुको सुझाव रहेको छ । यस्तै खाना खाइसकेपछि ब्रस गर्न सकिएन भने पानीले मुख कुल्ला गरेर दाँत स्वस्थ राख्न सकिन्छ ।

विशेष गरि दाँतमा कुनै समस्या नआएसम्म परीक्षण नगर्ने हामी नेपालीको बानी हुने गर्दछ जसका कारण नेपालमा दन्तरोगका बिरामीको संख्यापनि दिनप्रति दिन बढ्दै गएको छ । जति नै व्यस्त रहे पनि समय-समयमा दाँत परीक्षण गराउने गरेमा दाँत स्वस्थ रहन्छ नै त्यसको अवलवा मानिसको सुन्दरतालाई दाँतले अझ बढाउन मद्दत पुर्याउछ ।

डेन्टल सर्जरी अस्पताल बेलायतमा कार्यरत डेन्टल नर्स लीला सेलिङ माबोका अनुसार नियमित दन्त परीक्षण गर्ने गरेमा दाँतको मात्रै नभई अन्य रोगहरुबाट पनि छुटकरा पाइन सकिने उनले बताइन ।

उनले भनिन, ‘सही तरिकाले दाँत सफा गरे ओरल क्यान्सर र फंगलजस्ता रोगबाट बच्न सकिन्छ ।’

दाँतबाट सफा राख्न सके १२ प्रकारका क्यान्सरबाट बच्न सकिने चिकित्सकको भनाइ छ । दसमध्ये ६ जना दाँतका बिरामीको सास गन्हाउँछ । त्यो पनि दाँतकै कारणले हो । ‘गलब्ल्याडर डिसफङ्सन, लिभर डिजिज, डाइबिटिज एन्ड साइनस’ ले गर्दा सास गन्हाउने गर्छ । सास गन्हाउन थालेपछि ब्रस गरेरमात्रै हुँदैन । दन्तविशेषज्ञको सल्लाहअनुसार उपचार गराउनुपर्छ ।

खानेकुराकै कारण केटाकेटीको दाँत बाङ्गोटिङ्गो हुन्छ । केटाकेटीको दाँत बाङ्गोटिङ्गो हुनुको ६० प्रतिशत कारण जिन र हेरिडिटी र ४० प्रतिशत खानेकुराले भूमिका खेलेको हुन्छ ।

खानेकुरा अड्क्यो भनेर सिन्काले दाँत कोट्याउने धेरैको बानी छ । सिन्काले दाँत कोट्याउनु राम्रो होइन । ‘दाँत कोट्याउने डेन्टल मेटेरियल्स हुन्छन् । इन्टर डेन्टल थ्रेड एन्ट टीपी ब्रसले दाँत कोट्याउनु उपयुक्त हुन्छ । सुन्दर दाँत, सुन्दर मुस्कान र स्वस्थ जीवनको सूचक हो,’ साइकोलोजी एन्ड क्रिमिनोलोजीमा स्नातकोत्तर गर्दै गरेकी डेन्टल नर्स लीलाले भनिन्,

‘कोल्ड ड्रिङ्क्स पिउनाले दाँत इनामेल नष्ट गर्छ । कोल्ड ड्रिङ्क्समा सोडा र एसपार्टमा हुने भएकाले दाँत टुक्रिने र कमजोर बनाउँछ । यसैगरी, सुपारी, पान, तमाखु, छुर्पी र चुइङ्गम चपाउँदासमेत दाँतको इनामेल नष्ट हुन्छ । तसर्थ, उल्लिखित वस्तु प्रयोग नगर्नु उत्तम हुन्छ ।’

निदाउँदा कतिपयले दाँत किट्ने गर्छन् । किट्दा दाँतको इनामेल नष्ट हुनुका साथै कमजोर बनाउने भएकाले सुत्दा प्लास्टिकको नाइट गार्ड लगाउनुपर्छ । दबाब दिएर सफा गर्दासमेत दाँत टुक्रिने र भाँच्चिने भएकाले होसियारपूर्वक दाँत सफा गर्नुपर्छ । सुत्नअघि दाँत सफा नगर्दा पनि स्वास्थ्यमा असर पार्छ । खानेकुरा खाएपछि दाँतमा अड्केको फोहोर गिजामा प्लाक्यु कडा हुँदै गएर दाँतको जरामा असर पार्छ ।

खानेकुराकै कारण केटाकेटीको दाँत बाङ्गोटिङ्गो हुन्छ । केटाकेटीको दाँत बाङ्गोटिङ्गो हुनुको ६० प्रतिशत कारण जिन र हेरिडिटी र ४० प्रतिशत खानेकुराले भूमिका खेलेको हुन्छ । कतिपयको जन्मदै दाँत पातलो हुन्छ ।

सम्बन्धित बच्चाको सुरुको विकासक्रममा उचित खाना, क्याल्सियम, भिटामिन डी र मिर्गौलासम्बन्धी समस्याले त्यस्तो हुने गर्छ । राम्रो देखाउन सुन लगाउँदा दाँत कमजोर बनाउनुका साथै गिजासमेत रोगी बन्न सक्छ ।

दाँत माझ्नु ठुलो कुरा होइन, दाँत कसरी माझ्ने ? यो ठुलो कुरा हुन आउँछ ।

– ब्रसको विस्टललाई गिजाको लाईनमा ४५ डिग्रीको कोण बनाएर राख्नुहोस् । ब्रसको विस्टलले दाँत र गिजाको सतह दुवैलाई छोएको हुनुपर्दछ ।

– २–३ वटा दाँतको बाहिरी भागलाई छुनेगरी ब्रसलाई हल्लाउने (भाइब्रेशन) र विस्तारै घुमाई मिलाएर ब्रस गर्ने । यरिी नै अन्य दाँतहरुलाई पनि ब्रस गर्दै जाने ।

– ४५ डिग्रीको कोण बनाएर गजिा र दाँततर्फ छुवाईकन दाँतको भित्री भागमा हल्लाएर (भाइब्रेशन) यताउता गरी ब्रस गर्ने ।

– अगाडीको दाँतको भित्रि भागमा ब्रसलाई ढल्काई तलमाथी गरी ब्रसको आधा भाग भित्र राखेर माझ्नुहोस ।

– ब्रसलाई दाँतको चपाउने भागमा राख्नुहोस र विस्तारै यताउता गर्दै ब्रस गर्नुहोस ब्रसको पछाडी पटिको भागले जिब्रोलाई सफा राख्नुहोस् । यसले गर्दा मुख भित्र हुने किटाणुलाई हटाउँदट ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।