स्वस्थ जीवन यापनका लागि शरीरका अन्य अंग जस्तै दाँत पनि स्वस्थ हुनु जरूरी छ । दाँत पहेंलो वा खराब देखियो भने व्यक्तित्वमा नै धक्का पुग्छ । अति चिसो र अति तातो खाँदा दाँत सिरिंग गर्छ, दाँतमा झन्जनाहट हुन्छ ? यस्तो समस्यालाई दाँतमा सेन्सिटिभिटि भएको भनिन्छ ।

शरीरका अन्य अंग जस्तै दाँत पनि स्वस्थ हुनु जरूरी छ । दाँत पहेंला वा खराब भए भने नराम्रो देखिन्छन् । दाँतमा कमजोरी आयो भने तातो वा चिसो पिउँदा पनि सिरिंग गरेर दुख्छ । अनि त सजिलै खानपान गर्न पनि सकिन्न ।

यो सेन्सीटीभीटी हो भन्दै यसलाई हटाउने टूथपेस्टहरू पनि बजारमा छ्याप्छ्याप्ती भेटिन्छन् । तर यिनले केही समयका लागि मात्र ठीक पार्ने हुन् । अलि पछि त समस्या दोहोरिइहाल्छ । यहाँ हामी दाँत सिरिंग गर्ने समस्याबाट छुटकारा दिलाउने केही घरेलु उपचारका बारेमा बताउँदैछौं ।

कालो तिल

दाँतमा सिरिंग भयो भने दिनको दुईचोटि कालो तिल चपाउनुस् । यसले समस्या हटाइदिन्छ ।

तिल, सर्स्युँ र नरिवलको तेल

एक एक चम्चा तिल, सर्स्युँ र नरिवलको तेललाई मिश्रण गर्नुस् । अनि दिनदिनै ब्रश गरिसकेपछि यो मिश्रित तेलले दाँत र गिजाको मसाज गर्नुस् । मसाज गरेपछि मनतातो पानीले कुल्ला गर्नुस् । यसले दाँत र गिजा बलियो हुन्छ ।

नून र सर्स्युँको तेल

अलिकति नून र सर्स्युँको तेल लिएर मजाले घोल्नुस् । अनि यो मिश्रणले दाँतको मसाज गर्नुस् । दिनदिनै मसाज गर्दा दाँत र गिजा बलियो हुन्छ ।

दाँत र मुखको स्वास्थ्य : भ्रम र यथार्थ

मुख हाम्रो शरीरको महत्वपूर्ण अंग हो । शरीरको मुख्यद्वारको रुपमा लिइने मुख अधिकांश समय फोहोर भइरहन्छ। मुखमा लाखौंको संख्यामा नर्मल फ्लोरा भनिने किटाणुहरु रहेका हुन्छन् ।

नर्मल फ्लोराले सामान्यतया केही हानी नगरेपनि हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा कमी भएका बखत यीनको संख्या अत्यधिक मात्रामा बढ्ने गर्दछ । यसरी बढेका किटाणुहरुले हामीलाई विभिन्न रोगहरु लगाउन सक्छन् ।

बिश्व मुख स्वास्थ्य दिबस को सन्दर्भमा आज हामी दाँत र मुखको स्वास्थ्यका बारेमा जनमानसमा रहेका भ्रम र यथार्थबारे चर्चा गर्नु उपयुक्त ठानेका छौं ।

खाना चपाउने र पाचन प्रकृयालाई सहज बनाउन दाँतले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । हाम्रो शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने भएकाले यसलाई स्वस्थ राख्नु जरुरी छ।

साथमा दाँतको समस्याको समयमै उपचार गराउँदा दुखाइबाट छुटकारा पाउनुका साथै मुखको दुर्गन्धवाट बचाउनुको साथै सुन्दरता समेत बढाउछ ।

तुलनात्मक रुपमा दाँतको उपचार महँगो देखिएपनि नेपालमा दाँत तथा मुखको उपचार अमेरिका, अस्ट्रेलिया, इङ्ल्यान्ड लगायतका देशहरुमा भन्दा निकै सस्तो छ ।

अहिले दन्तचिकित्सा अत्यन्तै विकसित र सरल हुँदै गएको छ । साधारणतया दाँतको उपचारमा दुखाई नहोस् भनी लठ्याउने सुई ९लोकल एनेस्थेसिया र आवश्यकता अनुसार चाहिएको खण्डमा पूरै शरीर लठ्याउने ९जनरल एनेस्थेसिया० मा राखेर सर्जरी गरिने भएकाले दुखाइको चिन्ता लिनु नपर्ने हुन्छ ।

हाम्रो समाजमा प्रायः मानिसहरु दाँत दुख्न थालेपछि मात्र उपचारकालागि अस्पताल आउने गरेका छन् । यसरी ढिला गरेर आउँदा समस्या जटिल भइसकेको हुन्छ । सचेत भएर बेला बेलामा दाँत तथा मुखको परिक्षण गराउने र समस्याको समयमै उपचार गराउनाले दाँतलाई सड्नबाट बचाउन सकिन्छ। मुख तथा दाँतको थप जटिल समस्याहरु हुनबाट समेत जोगिन सकिन्छ ।

कम्तीमा तीन महिनाको अन्तरालमा नियमित रुपमा दन्त चिकित्सकलाई आफ्नो मुख तथा दाँत जँचाउनु र परामर्श अनुसार दाँत सफा गर्ने र उपचार गराउनु उपयुक्त हुन्छ ।

दाँत सफा गराउँदा कमजोर हुन्छ, हल्लिन्छ र सिरिंग हुने समस्या हुन्छ भन्ने भ्रम पनि समाजमा रहेको छ । दाँत सफा गर्दा अल्ट्रासोनिक स्केलर मेसिन प्रयोग गरिने भएकाले कम्पनको सहायतामा दाँतमा जमेका फोहोरलाई हटाइन्छ । त्यसैले डराउनु पर्ने हुँदैन यसले दाँतलाई कुनै हानी नोक्सानी गर्दैन । केही दिनका लागि सिरिंग अनुभव भएपनि आफै हटेर जान्छ । दाँत सफा गराउनाले कमजोर हुने वा हल्लिने हुँदैन ।

हामीले खाएको खानेकुरा दाँतमा अड्किन्छ र त्यसलाई किटाणुहरुले खाएपछि निस्किएको अम्लले गर्दा बिस्तारै दाँतको कडा भाग सडाइदिने भएकाले हरेकपटक खाना खाइसकेपछि दाँत माझ्नु अति जरुरी छ ।

बच्चाहरुको दुधे दाँत पनि हाम्रो स्थायी दाँतजस्तै महत्वपूर्ण हुन्छ । ती दाँतले बच्चालाई खान चपाउन मद्दत गर्छ र पछि आउने स्थायी दाँतको ठाउँ समेत निर्धारण गर्छ ।

अतः स्थायी दाँत उम्रने समय नभएसम्म दुधे दाँत बचाउन सके राम्रो हुन्छ । त्यो दाँत केही गरी समयभन्दा पहिले नै झर्यो भने पछि आउने स्थायी दाँत समयभन्दा ढिलो आउने तथा नमिलेर बाङ्गो टिङ्गो भएर आउने हुन्छ ।

दाँतका सबैखाले समस्याको उपचार नेपालमा नै सम्भव छ ।

दाँत र मुखको स्वास्थ्य सुरक्षा यसरी गरौँ

मुख हाम्रो शरीरको महत्वपूर्ण अंग हो । खानेकुरा खाइरहने भएकाले मुख फोहोर पनि भइरहन्छ । मुखमा लाखौँको संख्यामा नर्मल फ्लोरा भनिने कीटाणुहरू हुन्छन् । नर्मल फ्लोराले सामान्यतया केही हानि नगरे पनि हाम्रो रोगप्रतिरोधात्मक क्षमतामा कमी आएका वेला अत्यधिक फैलिएर विभिन्न रोग निम्त्याउन भने सक्छन् ।

खाना चपाउन र पाचन प्रक्रिया सहज बनाउन दाँतको भूमिका हुन्छ । हाम्रो शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने भएकाले दाँत स्वस्थ राख्न जरुरी हुन्छ । दाँतमा कुनै समस्या निम्तिएमा समयमै उपचार गराउनुपर्छ ।

तुलनात्मक रूपमा दाँतको उपचार केही महँगो नै हुन्छ । तर, नेपालमा दाँत तथा मुखको उपचार अमेरिका, अस्ट्रेलिया, इंग्ल्यान्डलगायतका देशहरूमा भन्दा निकै सस्तो हो ।

अहिले दन्तचिकित्सा अत्यन्तै विकसित र सरल हुँदै गएको छ । साधारणतया दाँतको उपचारमा दुखाइ नहोस् भनी लट्याउने सुई (लोकल एनेस्थेसिया) र आवश्यकताअनुसार चाहिएको खण्डमा पूरै शरीर लट्याउने (जनरल एनेस्थेसिया) राखेर सर्जरी गरिने भएकाले दुखाइको चिन्ता लिनु पर्दैन ।

अधिकांश नेपाली दाँत दुख्न थालेपछि मात्र उपचारका लागि अस्पताल आउने गर्छन् । ढिलाइले दाँतमा समस्या बढेर जटिल परिस्थिति निम्तिन सक्छ ।

सचेत भएर वेला–वेलामा दाँत तथा मुखको परीक्षण गराउने र समस्याको समयमै उपचार गराउनाले दाँतलाई सड्नबाट बचाउन सकिन्छ । तीन–तीन महिनाको अन्तरमा नियमित रूपमा दन्तचिकित्सकलाई आफ्नो मुख तथा दाँत जँचाउनु र परामर्शअनुसार दाँत सफा गर्नुपर्छ ।

दाँत सफा गराउँदा कमजोर हुन्छ, हल्लिन्छ र सिरिंग हुने समस्या निम्तिन्छ भन्ने भ्रम पनि समाजमा छ । दाँत सफा गर्दा अल्ट्रासोनिक स्केलर मेसिन प्रयोग गरिने भएकाले कम्पनको सहायतामा दाँतमा जमेका फोहोरलाई हटाइन्छ । त्यसैले डराउनु पर्दैन । यसले दाँतलाई कुनै हानि नोक्सानी गर्दैन ।

केही दिनका लागि सिरिंग अनुभव भए पनि आफैँ हटेर जान्छ । दाँत सफा गराउनाले कमजोर हुने वा हल्लिने हुँदैन । हामीले खाएका खानेकुरा दाँतमा अड्किन्छ र त्यसलाई किटाणुले खाएपछि निस्किएको अम्लले गर्दा बिस्तारै दाँतको कडा भाग सडाइदिने भएकाले हरेकपटक खाना खाइसकेपछि दाँत माझ्नु अति जरुरी छ ।

दाँतको कडा भाग सडेपछि नै दाँत कमजोर हुन थाल्छ भने विभिन्न रोग निम्तिन थाल्छ । बच्चाको दुधे दाँत पनि हाम्रो स्थायी दाँतजस्तै महत्वपूर्ण हुन्छ ।

ती दाँतले बच्चालाई खाना चपाउन मद्दत गर्छ र पछि आउने स्थायी दाँतको ठाउँसमेत निर्धारण गर्छ । अतः स्थायी दाँत उम्रने समय नभएसम्म दुधे दाँत बचाउन सके राम्रो हुन्छ । त्यो दाँत केही गरी समयभन्दा पहिले नै झर्‍यो भने स्थायी दाँत समयभन्दा ढिलो आउने तथा बांगोटिंगो भएर आउने हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।