हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ । हाम्रै घर वरपर उम्रेका बनस्पतिमाहरुमा मनिषलाई मृत्यु सम्म डोर्याउने अनगिन्ति रोगहरुलाई रोकथाम तथा पूर्ण रुपमा निर्मूलन गर्ने क्षमता हुन्छ । हामीले बुझ्न मात्र नसक्या हो नत्र भने हरेक रोग हामी आफैले निको पर्न सक्छौ ।

हाम्रो समाजमा पिपलको पूजा गरिन्छ । धार्मिक विश्वासअनुसार लक्ष्मीको श्रापका कारण विष्णु भगवानले एकपटक वनश्पती बन्नु परेको थियो । जहाँ उनी पिपल बनेर जमिनमा उम्रिएका थिए ।

तर वैज्ञानिक दृष्टिकोणले पनि पिपलको महत्व कम छैन । यो मात्रै यस्तो बनस्पती हो, जो २४ घण्टा अक्सिजन दिन्छ । पिपलका पातलाई धेरै प्रकारका औषधि बनाउन प्रयोग गरिन्छ ।

यस्तै रोग निर्मूलन गर्ने क्षमता भएको एउटा वोट हो पीपल । पिपलको जरा, बोक्रा र पातको अनगन्ती फाइदाहरु छन् जसमध्ये आज हामी यहाँहरुको माझमा “पिपलको पात” को बिशेस्ता बारे जानकारी गराउन चहान्छौ ।

रुघा–खोकीको अचूक औषधि

मौसममा आउने बदलाबका कारण हुने सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्नुहोस् । पिपलका ५ ओटा पात सफा पानीले पखालेर दुधसँग उमाल्नुहोस् ।

यसमा चिनी हालेर बिहान र साँझ पिउने गर्नुहोस् । दुई दिनमै तपाईको रुघा–खोकी ठीक हुने छ ।

दमका रोगीको लागि बूटी

लगातार खोकी रहने (दम)को रोगीका लागि पिपलको रुख एक औषधिको रुपमा काम गर्छ । यसका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् ।

त्यसको चूर्ण बनाएर दम रोगबाट ग्रसित बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रुपमा यस्तो चूर्ण सेवन गरे दम रोग पूर्ण रुपमा निको हुन्छ ।

निमोनियामा राहत

निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाउँछन् ।

दाँतका लागि

बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ । पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दाँतुनको रुपमा प्रयोग गर्नुहोस् ।

यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकारा पाइन्छ ।

मुटुसम्बन्धी रोगको औषधि

पिपलको पातले मुटुसम्बन्धी रोगबाट बचाउँछ । यसका लागि पीपलको १५ वटा हरियो तथा हेर्दा राम्रो पात लिनुहोस्, कोपिला पात चाई प्रयोग नगर्नुहोस । प्रत्येक पातको माथिको र तलको केहि भाग कट्नुहोस ।

पातको बिचको भाग मज्जाले सफा पानीमा पखाल्नुहोस । एक गलास पानी एउटा भाडोमा राखेर पखालिएको पातलाई त्यसमा हाल्नुहोस र कम तापक्रम (आगो) मा पाक्न दिनुहोस । जब पानी उम्लिएर एक तिहाई हुन्छ, भाडोलाई आगो माथिबाट निकालेर पानी सेलाउन दिनुहोस र सफा कपडामा छानेर चिसो ठाउमा राख्नुहोस । त्यति गरेपछि तपाईको औषधी त्यार हुन्छ ।

त्यार भएको उक्त औषधीलाई तीन खुराक बनाएर प्रत्येक तीन – तीन घण्टामा सेवन गर्नुहोस । हृदयघात (हार्ट अटैक)को केहि समय पश्चात लगातार पन्द्रह दिन सम्म यसलाई दैनिक सेवन गरेमा हृदय पुन: स्वस्थ बन्छ र हृदयघातको सम्भावना एकदम न्यून हुन्छ ।

यदि तपाई मध्ये कोहि हृदयघात (हार्ट अटैक)को बिरामी हुनुहुन्छ भने यो उपचार पद्धती अवस्य अपनाउनुहोस् ।

पीपलको पात नै किन ?

पीपलको पातमा हृदयलाई बल र शक्ति दिने अद्भुत अर्थात् अचम्मको क्षमता हुन्छ ।

यस पिपलको पातबाट बनाएको औषधिलाई बिहान ८ बजे, ११ बजे र २ समय बिलाएर सेवन गर्न सक्नुहुन्छ ।

औषधि सेवन गर्दा ध्यान दिनु पर्ने कुरा : खाली पेट औषधि सेवन न गर्नुहोस, नास्ता गरेर मात्र यो औषधि सेवन गर्नुहोस ।

सेवन अबधि सम्म तेल भएको खानेकुरा र चामल प्रयोग गर्नु हुदैन। माछा, माशु, अण्डा, नुन, चिल्लो पदार्थ, मदिरा र धुम्रपानको प्रयोग बन्द गर्नुपर्ने हुन्छ ।

अनार, मेवा, आंवला, बथुआ साग (प्राय: नेपालको तराई भेगमा पाईन्छ), लहसुन, मेथी दाना, मौसंबी, मासको दाल , किशमिश, गुग्गुल, दही इत्यादीको प्रयोग गर्नुहोस ।

ध्यान दिनु पर्ने कुराहरु

यो पद्धतिको कुनै साइड इफेक्ट छैन । कुनै गम्भीर रोग भएमा, यो पद्धति अपनाउनु अघि आफ्नो चिकित्सक संग अबस्य परामर्श लिनु होला ।

हामीले केहि थप जानकारी दिइएका छाै

भुलेर पनि तुलसीको पातलाई कहिलै पनि यसरी प्रयोग नगर्नुहोस्

धार्मिक रुपमा होस वा प्राकृतिक रुपमा होस तुलसीको अत्यन्त महत्व रहेको छ । यसको सेवन वा प्रयोग गर्नाले धेरै कुरा फाइदा लिन सकिन्छ । यसको प्रयोगले नै वा सेवन गर्दा धरै किसिमका रोगहरु घरमै पनि निको पार्न सकिन्छ ।

यो अत्यन्तै बहुगुणी बृक्ष हो । तर यसको प्रयोग गर्न जान्नुपर्छ । गलत तरिकाले तुलसीको प्रयोग गर्दा फाइदा होइन बेफाइदा पनि हुन सक्छ । सावधान धेरैले तुलसीको पातको गलत प्रयोग गरिरहेका हुन्छन् । थाहा पाइराख्नुस तुलसीको पातलाई के गर्नुहुँदैन ?

कहिल्यै नचपाउनुहोस् तुलसीको पातमा एक प्रकारको रसायन हुन्छ जसले हाम्रो दाँतमा भएको क्याल्सियमलाई सोस्ने काम गर्छ । त्यसैले यसलाई चपाउनु एकदमै हानीकारक मानिन्छ । त्यसैले तुलसीको पात खानुपरेमा नचपाई पानीसँग निल्नु सबैभन्दा लाभदायी मानिन्छ ।

शिवलिङ्गमा नचढाउनुहोस् हिन्दु धर्मका ग्रन्थअनुसार, एकचोटि शिवलाई हराउन भनेर जालन्धरले शिवसँग युद्ध गर्न जाँदा सबै देवताहरू जालन्धरको अमर शक्तिबाट हैरान हुन्छन् । त्यसैबेला विष्णु भगवानले जालझेल गरी वृन्दाको पतिव्रत धर्म लुटिदिन्छन् र शिवजीले जालन्धरलाई हराउन सफल हुन्छन् ।

विष्णुको यस्तो छलकपटबाट क्रोधित वृन्दाले विष्णुलाई तुलसी वृक्षको रूप लिनुपरोस् भनेर श्राप दिन्छिन् र आफ्नो पति जालन्धरको वध गरेको हुनाले शिवजीलाई कहिल्यै पनि तुलसीको पवित्र पात नचढोस् भनेर श्राप दिन्छिन् । त्यसकारण नै शिवलिङ्गमा तुलसीको पात चढाउनु अनर्थ मानिन्छ ।

यी दिनहरूमा कहिल्यै पनि तुलसीको पात नटिप्नुहोस्

आइतबारको दिन, एकादशीको दिन अनि सूर्य ग्रहण लागेको दिनमा कहिल्यै पनि तुलसीको पात टिप्नुहुँदैन भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ ।

गणेश भगवानलाई पनि कहिल्यै नचढाउनुहोस्

हिन्दु धर्म ग्रन्थ अनुसार गणेश भगवानले वृन्दाको श्रापलाई कम गरीदिए ‘नश्वर संसारमा जुन वृक्ष भएर जन्म लिन्छौ, त्यस वृक्ष एकदमै पवित्र होस् । तर मेरो पूजा गर्दा तिम्रो पात चढाउन नहोस् ।’त्यसकारण नै गणेशको पूजा गर्दा तुलसीको पात चढाउनु अशुभ मानिन्छ र पूजाको फल पनि नपाइने हिन्दु धर्ममा विश्वास गरिन्छ ।

कहिल्यै पनि घरभित्र तुलसी नरोप्नुहोस्

हिन्दु धर्मग्रन्थमा उल्लेख भए अनुसार जालन्धरको मृत्युपश्चात विष्णुले वृन्दालाई आफ्नी शखीको रूपमा मानेका थिए । अनि वृन्दाले आफूलाई पनि उनकै साथ लैजान विष्णुसँग आग्रह पनि गरिन् । तर विष्णुले अस्वीकार गरे र भने “मेरी धर्मपत्नी लक्ष्मी हुन् तर मेरो तिमी सदा मेरो हृदयमा हुनेछौ” त्यसपछि वृन्दाले विष्णुको घरबाहिर आँगनमा बस्न पाउने आग्रह गरिन्, जुनलाई विष्णुले स्वीकार गरे । त्यसैले नै विष्णु र वृन्दारूपी तुलसीको मोठलाई घरबाहिर राख्नुपर्ने, घरभित्र राख्दा अशुभ हुने विश्वास गरिन्छ ।

यस्ता छन् तुलसीको पात खादाको फाइदाहरु

संसारको जुनसुकै भूभागमा पनि पाईने यो वनस्पति हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो । चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् ।

यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ भन्ने विश्वास छ ।

तुलसी, वटवृक्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परिधिभित्र कुनै पनि विषाक्त कीटाणुहरू टिक्न सक्तैनन् र् दीर्घरोगीहरूसमेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरू पनि बताउछन् ।

औषधोपचार

१. धेरै दिशा लागेमा

८/१० वटा तुलसीपात चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।

२. आउँ, शुल परेमा

१०/१२ तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानु होला ।

३. दिशामा रगत आएमा

१/२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठिक हुन्छ ।

४. अल्काई भएमा

तुलसीको पात १०/१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।

५. बालतोड् घाऊ भएमा

पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहान/बेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।

६. घाँटी बसेमा

घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग मिलाएर खादाँ घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।

तुलसीको पात खादाको अरु फाइदाहरु

१. तुलसीले रक्तचाप र कोलेस्ट्रोल स्तरलाई कम गरेर मुटुलाई स्वस्थ राख्छ । दिनदिनै तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्दैन ।

२. तुलसीले तनाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । त्यस्तै तुलसीले फ्री –याडिकल क्षतिबाट बचाएर तपाईंलाई तनाव हुन दिँदैन ।

३. त्यस्तै तुलसीले रगतमा युरिक एसिडको स्तर घटाएर मिर्गौलालाई स्वस्थ राख्छ । चुरोट खाने कुलत पनि तुलसीको पात चपाउँदा हट्छ ।

४. तुलसीमा हुने थाइमोलले छालासम्बन्धी समस्या ठीक पार्छ । यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ ।

५. तुलसीमा हुने पेनकिलर गुणले माइग्रेनका कारण हुने टाउकोदुखाइलाई यसले कम गर्छ । दिनदिनै तुलसीका चारपाँचवटा हरिया पात चपाउँदा माइग्रेन भाग्छ

६. तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् ।

७. तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ । आयुर्वेदअनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ ।

८. अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर उमाल्नुस् । ज्वरो आउँदा यो काँढा दिनमा धेरैचोटि पिउनुस् ।

९. तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले यसले प्यानक्रियाटिक बीटा सेल्सको कामकाजमा सुधार गर्छ । इन्सुलिन सेन्सिटिभिटी बढाएर ब्लड सुगर कम गर्दै मधुमेह नियन्त्रण गर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।