( बृद्धआश्रम संग सम्बन्धित एउटा सत्य घटना )

आज हरेक ठाउ मा बृद्धआश्रम हरु बन्दैछन यस्को अर्थ हो कि फेरि पनि कसैको घर बाट कुनै आमा बाबू बेघर हुदैछन ।

“यो संसार मा बाच्ने आशा तिनी हरुले मात्र गर्ने छन,जस्को दुनियाँ मा लौरो को सटटा आफ्नो काध थापेर सन्तान ले जन्म दिने आमा बाबू लाई माया गर्ने छन” ।

तर जस्को हात बाट लौरो पनि टेकिदैन उस्ले मर्न बाहेक अरु के नै गर्न सक्छ र ?

जब आफ्नो घर नै आफ्नो रहेन जब आफ्नो सन्तान नै आफ्नो भएन भने हामी दुई बुडा बुडि अब कस्को लागि बाच्ने? कस्को सहारा मा बाच्ने ? आज त यो धर्ती पनि हाम्रो बोझ ले भारी भयेको होलि “नाइ” अब हामिले जिउनु ब्यर्थ छ ब्यर्थ छ । जिवन चैन ले बितेन त के भयो कम्से कम मृत्यु त चैन ले होस ।

बस, यति भन्दै ती दुई दाम्पती (बुडा बुडि) बृद्धआश्रम बाट बाहिर निस्केर त्यो मध्यरात को प्रहर सुन सान सडक मा आत्महत्या गर्न को लागि हिंड्ने छन ।

आज उनिहरु लाई न आफ्नो जीवन प्यारो लागेको छ न त मृत्युको भय देखि डर नै लागेको छ । सडक को बिचमा दुई दाम्पती मृत्युको पर्खाइमा अर्थात कुनै सवारी साधन को प्रतीक्षा मा हुनेछन । नभन्दै केही समय पछि एउटा सवारी साधन (गाडि) परै बाट लाइट को फक्स ले उज्यालो पार्दै आफ्नै गतिमा आउनेछ ।

यता ती दुई दाम्पती भने गाडी माथी हाम फालेर मर्न लाई तयार भएर बसेका हुन्छन ।
गाडी धेरै नजिक आइ सक्नेछ । त्यतिकै मा मागिलाल र चन्चुला ती दुई दाम्पती ले मर्न को लागि एकै चोटि हाम फाल्ने छन ।

तर,अप्सोस ,काल को घन्टी नबजी चाहेर पनि को नै मर्न सक्छ र ?

त्यो गाडी ठिक ती दुई दाम्पती को दुई पाइला अगाडी आएर रोकिन्छ ।

तब मागिलाल जोड जोड ले कराउदै दुखित हुँदै बोल्छ ” आखिर त के चाहान्छस भगवान ? जिउन त तैले सुख ले दिनस कम्से कम मर्न त सुख ले दे।किन बार बार मृत्यु लाई टालि रहनछस ? आखिर के चाहान्छस त म सङ्ग के चाहान्छस ?

त्यत्तिकै मा गाडी बाट एउटा ब्याक्ती बाहिर निस्केर मागिलाल को छेउमा गयर बोल्यो ” बाबा, तर तपाईंहरु मर्न किन चाहानु हुन्छ ? किन तपाईं हरु भगवान ले दिएको यो सुन्दर मनुस्य चोला लाई यसै आत्महत्या गरि नस्ट गर्न चाहानु हुन्छ ?

मान्छे हरु सन्सार लाई नछोडन को लागि भगवान सङ्ग उसैको आधा आयु मग्ने गर्छन तर तपाईंहरु मर्न को लागि बहाना हरु खोज्दै हुनुन्छ ? किन ?

यो सन्सार मा बाच्ने आशा तिनिहरु ले मात्र गर्नेछन बाबू जस्को दुनियामा लौरो को सटटा आफ्नो काध थापेर सन्तान ले आमा बाबू लाई माया गर्नेछन ।

तर जस्को हात बाट लौरो पनि टेकिदैन उस्ले मर्न बाहेक अरु के नै गर्न सक्छ र ?

मागिलाल को कुरा सुनेर दुखित मुद्रामा नम्र स्वर ले बोल्यो ब्यक्ती” के तपाईं हरु को कुनै सन्तान छैनन ?

आखाभरी आँसु ले भर्दै बोल्यो मागिलाल” सन्तान ? सन्तान त थिए बाबू तर आज आफ्नो रहेनन । कसरी भनु, हामी लाई हाम्रो सन्तानले नै घर बाट बेघर गरिदिए । (भक्कानिदै) निकालि दिए हामिलाइ घर बाट । तीन महिना देखि हामी बृद्धाआश्रम छौ, तर यो सोचेर त्यहा पनि बस्न मन भएन कि जुन सन्तान बाट हाम्रो सेवा हुनु थियो, आज अरु नै कोहि गर्दैछन जो मेरा कोहि होइनन । कसरी बस्नु त्याहा हामिले ? त्यसैले हामीले बरु मर्न नै उचित ठान्यौ बाबू तर हेर त मृत्यु लाई पनि हाम्रो मृत्यु स्वीकार छैन । अब हामी के गरौ ।

तब त्यो ब्यक्ति सालिन भाव ले बोल्यो ” जीवन र मृत्यु दिने काम त भगवान को हो बाबा ।कैले काहीँ मान्छेले सानो भुल सम्झेर गल्ती गर्छ तर त्यस्को परिणाम ठुलो भन्दा ठुलो सजाय को हक्दार बन्छ।

बाबा, यदि तपाईं हरु लाई मन्जुर छ भने मलाइ मेरो गल्ती को प्रायस्चित गर्ने मौका दिएर मेरो साथ मेरो घरमा हिंड्नुस । म तपाईं हरु लाई तपाईं हरु को पुत्र ले झै खुब सेवा गर्ने छु । भलै म तपाईं हरु को सन्तान त होइन तर ( ब्यक्ती आनायसै आँखा बाट अबिरल आँसुका धारा हरु बगाउदै बोल्यो ) सन्तान बनेर सेवा गर्ने मलाइ एउटा मौका दिनुस ।

मागिलाल आश्चर्य हुँदै बोल्यो” तर बाबू तिमी बाट त्यस्तो के अपराध भयो र जस्को प्रायस्चित तिमी हामी लाइ सहारा दिएर गर्न चाहान्छौ ?

अनुहार मा पिडा भाव अनि आँखा भरि आँसु लिएर बोल्यो ( ब्यक्ती) राम ” आज भन्दा एक बर्श अगाडि मेरो पनि तपाईं हरु जस्तै बुडा बुडि आमा बुबा घर मा हुनुहुन्थियो ।

हामी दुई जना दाजु भाइ म राम र मेरो भाइ कृष्ण थियौ । हामी दुबै जना परदेश्मा परिश्रम (काम) गर्न गएका थियौ ।
केही समय पछि कम्पनी ले हामी माथी ठुलो जिम्मेवारी सुम्पेर ठुलो पदमा राखिदियो । हामी दुई भाइ ४८ घन्टा ब्यस्त हुने गर्दथियौ ।

हामिले धेरै पोइसा कमायौ यहाँ सम्म कि हामिले सोचेका सबै काम हरु पनि पूरा हुँदै गए ।एक दिन हामी दुई दाजु भाइ ले परदेश मै बसेर नेपाली मुलकी केटि सङ्ग बिबाहा पनि गरयौ ।

तर हामिले हाम्रो समय को महत्वमा हिड्दा हिडदै हामिलाइ जन्म दिने बाबू आमा को ख्याल् कम हुँदै गयो ।

एक दिन अचानक घर बाट बाबाले पठाइको पत्र हामिलाइ परदेश मा आयो ,पत्र मा आमा सारै बिमारी भएको खबर थियो ।
तब मैले पत्र को जवाफ सङ्गै आमा को उपचार गर्ने खर्च पठाइ दिए यो लेखेर कि” आमा को उपचार गर्न पैसा को कुनै कमि हुने छैन तपाईं आमा को ख्याल राख्नुस बाबा हामी पैसा चाहे जति पठाइ दिने छौ ।

त्यस्को केही हप्ता पछि फेरि अर्को चिट्ठी आयो बाबाले पठाएको लेखियको थियो” छोरा तेरि आमा अब सायद बाच्दिन होलि हस्पिटलको आइसियु मा राखिएको छ,उस्लाइ अब पोइसा को होइन,तिमी हरु को खाचो छ । बार बार तिमी हरुको नाम मात्र जपि रहन्छे ,र उस्को अन्तिम इच्छा पनि तिमी हरु लाई हेर्ने छ । त्यसैले हुन सअक्छ भने यथा सिघ्र आमा लाई भेट्न् आउनु ।

राम फेरि सुनाउदै बोल्यो” बाबा को पत्र पढेर हामिले कम्पनी सङ्ग छुट्टिको कुरा पनि राख्यौ तर समय र परिस्थिति ले हामिलाइ साथ दिएन ।

तब मैले बाबा को पत्र को जवाफ मा लेखेर पठाए ” बाबा बल्ल बल्ल हामिले सोचे जस्तो काम पाएका छौ ,र यो काम लाई तत्कालै छोडेर हामी बिदामा घर आउन नमिल्ने र समय पनि नहुने हुदा हामिलाइ घर आउन ढिला हुन सक्छ । त्यसैले तब सम्म आमा लाई हाम्रो फोटो देखाएर सम्झाउदै गर्नु होला ।

त्यस्को केही दिन न बित्दै फेरि बाबू ले छोरा हरुलाइ अर्को पत्र लेखेर पठाउछ्न” बाबू छोरा,तेरो आमा अब यो संसारमा रहिन ।तिमिहरु लाई हेर्ने अन्तिम इच्छा सङसङ्गै उस्ले आफ्नो प्राण त्यागी कम्से कम आफ्नी आमा को काज क्रिया गर्न त घर अओ ।

मैले आमा को देहान्त को खबर सुन्न साथ म केही दिन को बिदा मिलाएर म तुरुन्तै स्वदेश घर आए । आमा को तेर्ह दिनको काज क्रिया सकेर फेरि म बिदेश जाने तयारिमा थिए । तब त्यो रात बाबा मेरो कोठामा आउनु भयो । भोलि बिहान को मेरो फ्लाईट थियो र म लुगा कपडा ब्याग मा हाल्दै थिए ।

त्यो सबै देखेर बाबाले भन्नू भयो ” बाबू छोरा के त आमा को काज क्रिया गर्न लाई मात्र आएको थिइस ? यो बुडो बाबू को लागि होइन ? अब त मलाइ पनि एक्लै छोडेर जादैछस ?

तब मैले जवाफमा बोले” बाबा हामी दुई दाजु भाइ बिच यो तय भएक थियो कि आमा मर्दा म घर जाने र तपाईं मर्दा भाइ घर आउने भनेर,त्यसैले मैले यहाँ आउनु पर्यो,नत्र म सङ्ग त श्वास फेर्ने पनि समय छैन।फेरि तपाईं किन चिन्ता गर्नु हुन्छ घरमा सबै थोक त छदैछ नि नोकर चाकर खान लाउन ,आराम ले बस्नुस ,आराम ले खानुस न हुदैन ।

” तब छोरा को कुरा सुनेर बाबू चुप चाप उठेर आफ्नो कोठामा गयर ढोका लगाइ सुत्छ ।

त्यस्पछी भोलि पल्ट बिहानै फ्लाइट पक्डिनु पर्ने हुनाले म बिदा माग्न बाबाको कोठामा गए ,बाबा सुति रहनु भएको देखेर उठाउन मन नलागेर चरण स्पर्श गरि जाउ भनी बाबा को पाहु ढोग्न लाग्दा एउटा कागज भेटे जुन बाबाले लेख्नु भएको थियो ।

छोरा बाबू,यतिका बर्ष पछि त घर आएको छस,अब के थाहा त फेरि फर्केर आउने होस या होइनस । यो त तिमीहरु बिच तय भएको थियो कि आमा मर्दा समय निकालेर त घर आइस, तर के थाहा म मर्दा तेरो भाइ सङ्ग मेरो काज क्रिया गर्ने समय पनि हुन्छ या हुदैन ,त्यसैले त आएको छस अब जादा जाँदै तैले नै मेरो काज क्रिया गरेर जा बाबू….!

तब त्यो पत्र फ्यालेर मैले बाबा लाई हेरे ,छामे, बाबा को शरीर मा प्राण थिएन । थिएन प्राण बाबा को …..बाबा ले पनि हामिलाइ छोडेर ……

निकै बेर सम्म रुदै राम ले आफुलाइ सम्हादै आँसु पुछ्दै बोल्यो” हामि बाट ठुलो भुल भएको छ बाबा जस्को प्रायस्चित म जीवन भर तपाईं हरुको सेवा गरेर पूरा गर्न चाहान्छु जुन सेवा मैले मेरो आमा बुबा को गर्न सकिन । जानू हुन्छ म सङ्ग मेरो घर ? मेरो आमा बुबा भएर ?

मागिलालले मलिन अनुहारमा आफ्नो पत्नी तर्फ हेर्यो । तब चन्चुला ले धिमि गतिमा शिर को इशारा ले स्वीकृती दिदै हुन्छ भनिन” त्यसपछि राम ले मर्न भनी आत्महत्या गर्न आएका ती बुडाबुडि लाई आमा बुबाको रुपमा आफ्नो घर लिएर जानेछ……………… ।

कस्ले भन्न सक्छ यो दिन दशा तपाईं हामी सबैको जिवनमा आउन सक्दैन भनेर ?  समय बहुमुल्य छ ,समय सङ्गै चल्नु पनि जरुरी छ तर यस्को अर्थ यो होइन कि एउटा सन्तान ले आफुलाइ जन्म दिने आमा बाबू लाई घर बाट निकालिदियोस ? आमा बाबुको सेवा गर्ने समय नै न होस ?

भुल हुनु पहिलै भुल लाई सुधारेर तिनिहरु लाई पनि माया गर्नुस,सम्झिनुस,जस्ले तपाईं लाई जन्म दिए ,हुर्काए ,बढाए , तीन लाई कहिले न बिरसनुस चाहे तपाईं जहाँ रहनुस ।

“आज बृद्धआश्रम बढदैछन यस्को अर्थ हो कि फेरि कुनै घर बाट आमा बुबा बेघर हुदैछन”

यो सागर दास प्रभुजी बाट साभार गरिएको हो ।