गोरो वर्ण, सुन्दर अनुहारले मात्र व्यक्तिको व्यक्तित्व झल्काउँदैन । त्यसका लागि व्यक्तिको मुख स्वास्थ्य राम्रो हुनुपर्छ । मिलेका दाँत भएरमात्र मुख स्वास्थ्य राम्रो छ भन्न सकिँदैन । त्यसका लागि दाँतसँंगै सास गन्हाउने समस्या हुनु हुँदैन ।

कुनै मानिसको छेउमा बस्दा मुखबाट ह्वास्स नराम्रो गन्ध आयो भने तपाईं जतिसुकै सुन्दर भए पनि त्यसको कुनै अर्थ रहन्छ र ? मानिसहरू तपाईंको नजिक आउनै चाहँदैनन् । त्यसैले स्वास्थ्यका लागि मात्र नभएर व्यक्तित्व विकासका लागि पनि मुख स्वास्थ्यमा ध्यान दिनै पर्छ । धेरै जनाको सास गन्हाउने समस्या हुन्छ ।

त्यो समस्याले उनीहरूलाई समस्यामा पारेको हुन्छ । यो समस्यालाई निराकरण गर्न सकिन्छ । सास गन्हाउने विभिन्न कारण हुन्छन् ।

सास गन्हाउने प्रमुख कारणहरू

१.अड्केको खाना कुहिएर

२. जिब्रोको माथिल्लो भाग सफा नगरेमा ।

३. गिजामा पिप जमेर ।

४. पिनास भएमा ।

५. पेटको समस्या भएमा ।

६. गिजा धेरै सुन्निएमा ।

७. शरीरमा पानीको मात्रा कम भएमा ।

८. धूमपान र मद्यपानको सेवनले ।

९. मिर्गौलाको समस्या भएमा ।

१०. फोक्सोमा संक्रमण भएमा ।

कसरी रोक्न सकिन्छ सास गन्हाउने समस्या ?

१. बिहान र बेलुका दुई पटक नछुटाई राम्रोसँंग दात माझ्नुपर्छ ।

२. जिब्रोको माथिल्लो भाग सफा गर्नुपर्छ ।

३. कीरा लागेको र प्वाल भएको दाँत छ भने त्यसको उपचार गर्नुपर्छ ।

४. खाना खाएपछि कुल्ला गर्नु बिर्सनु हुँदैन ।

५. प्रशस्त मात्रामा पानी पिउनुपर्छ । दिनमा कम्तीमा चार लिटर पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

६. पेटमा कब्जियतलगायतको समस्या छ भने उपचार गर्नुपर्छ ।

७. सास गन्हाउने समस्या समाधानका लागि दन्त रोग विशेषज्ञसँंग उपचार र परामर्श गर्नुपर्छ ।

यस्ता छन्, सास गन्हाउने समस्या समाधानका घरेलु उपाय

१. सुत्नुभन्दा अगाडि पानी पिउनुहोस

राति सुत्दा शरीरमा पानीको कमी भयो भने पनि सास गन्हाउने समस्या देखापर्दछ । त्यसैले दैनिक कम्तीमा पनि ४ लिटर पानी पिउनुहोस । जसले गर्दा सास गन्हाउने समस्यामा कमि आउँछ ।

२. ताजा खनेकुरा खाने

ताजा र प्रशस्त पानी पाइने फलफूल, जस्तै गाँजर, काँक्रो, स्याउ, आदि दैनिक खानुभयो भने पनि सास गनाउने समस्यामा कमी आउँछ ।

३. पुदिना पानीले कुल्ला गर्नुहोस

पिसेको पुदिनालाई पानीमा घोली दैनिक कम्तिमा तिन पटकसम्म कुल्ला गर्नुहोस । यसले सासलाई ताजा राख्दछ ।

४. गुलियो खानेकुरा कम खानुहोस

गुलियो खानेकुराहरू खाइसकेपछि मुखमा केहि कणहरू बाँकी हुन्छन । जसप्रति ब्याक्टेरिया पनि छिट्टै नै आकर्षित हुने गर्दछन र ती ब्याक्टेरियाहरू एसिडमा परिणत भई सास गनाउने जस्ता विभिन्न समस्याहरू देखा पर्दछन ।

५. नरिवलको तेल

बिहान दाँत माझ्नु अघि नरिवलको तेलले मुख कुल्ला गर्नुहोस । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुहोस । जसले सास गनाउने समस्या कम गर्दछ ।

६. घ्यूकुमारीको रस

घ्यूकुमारीको रसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एकहप्ता सम्म घ्यकुमरीको जुसले मुख कुल्ला गर्नाले सास गनाउने समस्याबाट छुटकरा पाउन सकिन्छ ।

७. सुत्नुभन्दा अगाडि दाँत माझ्ने

यदि तपाइले दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, सास गनाउने समस्या र विभिन्न किसिमका दन्तरोगहरूबाट पनि बच्न सकिन्छ ।

बेलुका सुत्नुभन्दा अगाडि र बिहान उठेपछि दाँत माझ्नाले सास गनाउने समस्या कम हुँदै जान्छ ।

८. ल्वाङ सेवन

यदि तपाइको सास गन्हाइ रहन्छ भने बेला बेला मुखमा ल्वाङ राख्ने बानी गर्नुहोस । यसले सासमा ताजापन ल्याउँछ ।

९. नुनपानी

मनतातो पानीमा नुन हालेर दिनमा दुई पटक कुल्ला गर्नुहोस । यसले जिब्रो सफा हुनुका साथै जिब्रोमा जम्मा भएका ब्याक्टेरियाबाट टाढा राख्दछ ।

१०. दैनिक जिब्रो सफा गर्नुहोस

सासलाई ताजा राख्न दाँतको साथसाथै जिब्रो पनि सफा गर्नुहोस । नियमित जिब्रोको सफाइले सास गन्हाउने समस्या पनि कम हुँदै जान्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

दाँत कोट्याउन सिन्का प्रयोग गर्नुहुन्छ ? सिन्काले दाँत कोट्याउनु कति हानिकारक ?

कुनै पनि चिज खाइसकेपछि दाँतमा अड्किएको खाने कुरा कोट्याएर फाल्न हामी मध्ये कतिपयले सिन्का अर्थात टुथपिक प्रयोग गर्ने गर्छौं । तर, यसले हामीलाई के असर पुर्याइरहेको छ भन्ने थाहा पाएका हुँदैनौं । यसको असरबारे जानिराख्दा राम्रो हुन्छ !

दाँतमा फसेको खाने कुरा निकाल्न खोज्दा सिन्का अन्जानमा गिजामा लाग्छ । जसले गर्दा रगत आउन थाल्छ र दुखाई सुरु हुन्छ ।

टुथपिकको प्रयोग बढी मात्रामा गर्दै गएमा दाँतको बीच भाग खाली हुँदै जान्छ । जसले गर्दा त्यहाँ झन बढी खाने कुरा पस्न जान्छ ।

र, मानिसलाई क्याभिटिजको समस्या हुने गर्छ ।

कतिपय मानिसले दाँत सफा गरिसकेपछि त्यही सिन्का चपाउने गर्छन् । जसले दाँतको इनामेल अर्थात सेतो चमकलाई नोक्सान गर्छ ।

टूथपिकको बढी प्रयोगले गिजा खुल्न थाल्छ, जसले गर्दा दाँतको जरा पनि खुलेर कमजोर हुने गर्छ ।

दाँत कोट्याउनु कति हानिकारक ?

सिन्का अर्थात टुथपिकलाई दाँत सफा गर्ने संसारकै सबैभन्दा पुरानो दन्तचिकित्सकीय उपकरण मानिन्छ। ब्रसको आविष्कार हुनुभन्दा करिब ७५ हजार वर्ष अगाडि नै मानिसहरु सिन्काले दाँत सफा गर्ने गर्थे भन्ने तथ्य अवशेषहरुको अध्ययनबाट पुष्टि भएको छ।

तर अहिले दाँतको किटाणु हटाउन विभिन्न प्रकारका राम्रा र सुरक्षित उपकरणहरु बजारमा पाइन्छन् । तैपनि मानिसले सिन्काले दाँत कोट्याउन छोडेका छैनन् । सिन्काले दाँत कोट्याउनु किन हानिकारक त ? अमेरिकन डेन्टल एसोसियसनकी डा. सेली क्रेम भन्छिन्, ‘दाँतको बीचमा अड्केका खानाका ठूला टुक्रा निकाल्न टुथपिकको सहयोग लिन सकिन्छ तर यसले दाँत सफा गर्ने धागो तथा अरु माध्यम जसरी काम गर्दैन ।’

‘टुथपिक काठबाट बनेको हुन्छ र त्यो एकदम तीखो हुन्छ। मसँग एकजना बिरामी थिए, जसले टुथपिक प्रयोग गर्दथे र त्यसले दाँत कोट्याउने तथा गिजा कोट्याउने गर्दथे र त्यसैकारण उनको दाँतमा संक्रमण भएको थियो,’ उनी भन्छिन् ।

उनका अनुसार दाँतमा अड्केको खाना टुथपिकले निकाल्न खोज्दा ती फोहोर अझ भित्र पस्न सक्छ । ननिस्केपछि टुथपिक दाँतको भित्रसम्म पुर्‍याउने कोसिस गरिन्छ । त्यसो गर्दा गिँजामा घाउ लाग्न वा चल्न सक्छ । धेरै कोट्याए गिँजाबाट रगत आउन वा संक्रमण हुन सक्छ ।

त्यसैले दाँत कोट्याउन टुथपिकको प्रयोग गर्नुको साटो दाँत सफा गर्ने फ्लस पिक वा सफ्ट पिक प्रयोग गर्न उनी सल्लाह दिन्छिन् । दाँत कोट्याउने प्लास्टिक स्टिक पनि पाइन्छ । त्यसमा रबर हुनाले त्यो लचिलो हुने र गिँजामा चोट नलगाइ वा नदुखाइ फोहोर निकाल्न सकिन्छ ।

दाँत सुरक्षित राख्ने उपाय

दाँत सुरक्षित राख्न सबैभन्दा राम्ररी ब्रस गर्ने विधि जान्नुपर्छ । बच्चाका लागि फेन्ज टेक्निक, दाँत मिलेकाको लागि मोडीफाइल बास टेक्निकलगायत फरकफरक अवस्थाका दाँतका लागि विधि हुन्छ । दाँतमा रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु सबैभन्दा उत्तम उपाय हो । रोग लाग्न नदिँन निम्न उपाय गर्न सकिन्छ ।

खाना खाएपछि, राति सुत्नुअघि अनिर्वाय नियमित दाँत माझ्नसपर्छ । हामीले आएका खानाका टुक्राटाक्रि दाँतमा रहेमा रातभरीमा त्यसले उत्पादन गर्ने अम्लीय तत्वले दाँतमा लाग्ने कीराका लागि सुन्दर वातावरण बनाइदिन्छ । त्यसपछि दाँतमा संक्रमण बढ्छ । सूर्ति राख्ने। ल्वाङको तेल राख्ने बढी गर्नु हुन्न । एसिड राख्ने गर्दा गिजा तथा छालामा असर गर्छ ।

दिनभरको समयमा मानिस आफै केही खाइरहने, गफ गरिरहने, मुख चलाइरहने हुँदा संक्रमणको अवस्था कम हुन्छ । तर, राति मानिस निष्क्रिय हुने हुँदा ब्याक्टेरिया सक्रिय हुने गर्छ । सुत्नुअघि ब्रस गरेपछि पानी पिएर निदाउनु दाँतका लागि स्वस्थ्यकर मानिन्छ ।

बिहानको ब्रस उठ्नेबित्तिकै नगर्दा फरक पर्दैन । ब्रसले दाँत माझ्दा सरसर्ती माफेर कुल्ला गर्ने नभई मुखभित्र तल–माथि गर्दै करिब ४५ डिग्रीको कोणमा घुमाउँदै माझ्नुपर्न । धेरै कडा ब्रस प्रयोग गर्नुहुन्न ।

धेरै कार्बोहाइडे«ड भएका खानेकुराले ब्याक्टेरीयालाई एसिड उत्पादन गर्न सघाउ पुर्याउँछ । बच्चालाई सानैदेखि दन्तचिकित्सककोमा लगेर दाँतको उपचार र रेखदेख गर्न सिकाउनुपर्छ । स्वस्थ्यकर खानासँगै दाँतमा साना खाल्डाहरु भर्ने गर्नुपर्छ । मानिसले फोहर भयो भनेर बेस्सरी घोटेर दाँत माझेको देखिन्छ । त्यसो गर्दा खाल्डो भएर झन् बिग्न्छ ।

हरियो सागसब्जी, दूध, भिटामिन, फाइबरयुक्त पिठोको रोटी तथा घरमै बनेका खानेकुरा खाजा खाने बानी बसाल्नुपर्छ । बजारको मम, चाउमिन दाँतमा बढी टाँसिन्छ । पेट र स्वास्थ्यका लागि पनि त्यस्ता खाना योग्य हुन्न । स्कुलमा पनि दाँत माझ्ने तरिका सिकाउनु जरुरी छ ।

फ्लोराइड तत्व दाँतलाइृ अति आवश्यक हुन्छ । पानी, नून, दूधमा फ्लोराइड मिलाएर आन सकिन्छ । यो तत्व भएका अर्गानिक खाद्यपदार्थ खानुपर्छ । जिब्रोमा ६० प्रतिशत ब्याक्टेरिया हुन्छ । दाँतसँगै त्यसको दैनिक सफ गर्नुपर्छ । पानी पुगेन, पेटको समस्या हुनेको स्वास गन्हाउँछ । टुथपिकले दाँत कोट्याउनु हुन्न । विशेषखालको धागो पाइन्छ, त्यसले अड्ेका आनेकुरा निकाल्ने गर्नुपर्छ ।

दाँतको काम

दाँत मानिसको शरीरको स्वास्थयसँग जोडिएको महत्वपूर्ण अंग हो । मुखभित्र रहेको दाँत मानिसको सौन्दर्यसँग पनि जोडिएको हुन्छ । सुन्दर दाँत हुनेको हँसाईलाई सौन्दर्यशास्त्रले दन्तेमोहनी लाउने हाँसो भनिएको पाइन्छ । मुखमा रहेको दाँतको लहरको सबैभन्दा पछाडिको दाँत बुद्धिबंगाराको नामले चिनिन्छ । यो अलिक पछि नै उम्रने गर्छ ।

सबै दाँत गरेर मानिसमा जम्मा ३२ वटा हुन्छ । सबै दाँतको आ–आफ्नो उपयोग हुन्छ । अग्रभागको दाँतले खाना टोक्न्े काम गर्छ । त्यसपछि बीचकाले लुछ्ने र त्योभन्दा पछाडिका बंगाराले खाना चपाउने काम गर्छ । बुद्धिबंगाराले भने खासै काम पाउँदैन । त्यसैले पनि त्यसमा चाँडै समस्या देखिन्छ । दाँतले अनावश्यक वस्तु टोक्ने गर्द यसको स्थास्थ्यसँगै सौन्दर्यमा पनि असर गर्छ ।

दाँतको उपचार कसरी हुन्छ ?

नियमित दन्तपरिक्षण गर्ने चलनको विकास गर्नु दाँतको सुरक्षित भविष्यको विकास गर्नु हो । दाँत दुखेपछिमात्र दन्त विशेषयज्ञ वा अस्पताल पुग्ने चलनकै कारण पनि नेपाली समाजमा दाँतको समस्या जटिल बन्दै गएको छ । नियमित जाचाउनेका संख्या नगन्य छ । नियमित दाँतको परीक्षणले पनि हुने महँगो उपचार खर्चको बचत गर्छ ।

दाँत कीराले खान थालेको छ भने सामान्यखालको दाँत भरेर त्यसको उपचार गरिन्छ । जब गहिरा खाल्डामा खानेकुरा अड्किन थाल्छ त्यो बेला दाँत सरसफाइ र भराइले मात्र पुग्दैन । दाँतमा कीराले कत्तिको असर गरेको छ त्यासमा उपचार निर्भर हुन्छ ।

दीर्घकालीन दाँत भराई, दाँतमा क्याप हाल्ने र दाँत नै अर्को हाल्ने जस्ता उपचार गर्नुपर्छ । त्यसैले कम्तीमा ६ महिनामा एक पटक दाँत सफ गराउनुपर्छ । दन्तहर्ष भएर गिजा सर्छ, हड्डी खिइन थालेपछि ढिला हुन्छ ।

कीराले खाएको प्वाल टाल्न त्यसमा प्रयोग गरिने सामग्रीअनुसार पैसा लाग्छ । तीन–चारसयदेखि लाखौं लाग्ने उचारा पनि हुन्छ । त्यसमा समस्या कति जटिल छ भन्ने तथ्यले पनि खर्थको निक्र्योल गर्छ ।

दाँतको उपचारमा प्रयोग हुने अत्याधुनिक मेसिन र साम्रग्री नै महँगो हुँदा निजी अस्पताल र क्लिनिकमा उपचार केही महँगो हुन्छ । सरकारी अस्पताल वा परम्परागत सामग्रीले उपचारमा अलिक कम खर्च लाग्छ । नक्कली दाँत नै सात–आठ सयदेखि डेढ लाखसम्मको हुन्छ ।

दन्तहर्ष अवस्थाअनुसार सामान्य औषधि प्रयोगसँगै गिजाको विशेषज्ञले शल्यक्रिया गरेर समाधान गर्न सक्छन् । तर, ब्लडप्रेसर, मधुमेह लागेका विरामीलाई फरक उपचार पद्र्धति अपनाउनुपर्छ । ग्रामीण क्षेत्रमा दाँतको स्वास्थ्यका लागि सरकारी तहको सेवा नै छैन ।

सहरमा मात्र यस्तो सेवा पाइन्छ । ल्वाङको तेल, एसिड दाँतमा लगातार हालेर वरपरको मासुमै घाउ बनाउने जस्ता कार्य गर्नै हुन्न । गाउँमा झाँक्रीले कीरा झार्ने भनेर स्थानीयलाई अन्धविश्वारमा राखेको पाइन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।