हरेक दोस्रो सेकेन्डमा कुनै न कुनैलाई रगतको आवश्‍यकता हुन्छ । तपाईको रगत एक समयमा एकभन्दा अधिक जिन्दगी बचाउनमा सहायता गर्छ । दुर्घटनाग्रस्‍त, पीडित, अविकसित नानी, जटिल अपरेसनमा सुतेका बिमारीहरूलाई पुरै रगतको आवश्‍यकता हुन्छ, जहाँ जाँचको पछि तपाईको रगत प्रत्‍यक्ष रूपमा प्रयोग हुन्छ।

मानसिक आघात, रगतको कमी र अन्‍य शल्य चिकित्साका लागि बिरामीहरूलाई मात्र रातो रगत कणिकाहरूको आवश्‍यकता हुन्छ जो तपाईको रगतबाट अलग हुन्छ ।

रक्‍तदानका लागि सुझाव

रक्‍तदान गर्नु भन्दा 3 घण्टा पहिले पौष्टिक भोजन खाने ।

रक्‍तदानको पछि दिइने नाश्‍तालाई स्‍वीकार गर्ने किनकि तपाईले त्यो लिन महत्त्वपूर्ण छ। यसको पछि तपाईलाई राम्रो खाना खाने सल्लाह दिइन्छ ।

रक्‍तदानभन्दा पहिले धूम्रपान नगर्ने। रक्‍तदानको ३ घण्टापछि तपाई धूम्रपान गर्न सक्नु हुन्छ ।

यदि ४८ घण्टा पहिले तपाईले एल्‍कोहल लिनु भएको छ भने तपाई रक्‍तदान गर्नका लागि योग्‍य हुनुहुन्न ।

रक्‍तदान किन गर्ने  ?

रगत त्यो सजीव द्रव्‍य हो जसमा पुरै जीवन टिकेको हुन्छ । यसको ६० प्रतिशत द्रव्‍य र ४० प्रतिशत ठोस हुन्छ । द्रव्‍यलाई प्‍लाज्‍मा भनिन्छ जसमा ९० प्रतिशत पानी र १० प्रतिशत पोषक तत्‍व, हार्मोन इत्‍यादि हुन्छ र यो भोजन दवाईहरू आदिले धेरै छिटो बनाउँछ । तर रगतको ठोस हिस्‍सा, जसमा आरबीसी, डब्‍लूबीसी र प्‍लेटेलेट हुन्छ , त्यसनाई पुन: बनाउनमा धेरै समय लाग्छ ।

यहाँ तपाईको भूमिका बन्दछ, जति समय एक बिरामीलाई यी तत्‍वहरू फिर्ता पाउनमा लाग्नेछ, त्यसमा उसको ज्यान जान सक्छ । कहिले-काही शरीरको अवस्था यिनीहरूलाई फिर्ता लिने स्थितिमा पनि हुँदैन, नाजुक हुन्छ ।

तपाई के जान्नु हुन्छ भने रगत उत्पन्न गर्न सकिँदैन, मात्र यसको दान सम्भव छ । अथवा मात्र तपाई त्यो व्‍यक्तिलाई बचाउन सक्नु हुन्छ जसलाई रगतको जरूरत छ ।

हरेक वर्ष भारतलाई २५० सीसी रगतको ४ करोड युनिटको जरूरत हुने गर्छ जसमध्ये मात्र ५ लाख युनिट नै उपलब्‍ध हुने गर्छ ।

रक्तदान गर्नुका फाइदा

तौल घटाउँन मद्दत गर्छ

एक पटक रक्तदान गर्दा ६५० देखि ७०० किलो क्यालोरी घट्न सक्छ । तौल घट्नु–बढ्नु क्यालोरीमा भरपर्छ, यदि क्यालोरी घटेमा तौल पनि घट्छ । यद्यपी, रक्तदान ३ महिनामा एक पटक मात्रै गर्नुपर्छ ।

मनको सन्तुष्टि

यसमा कुनै शंका छैन, रक्तदान गरेपछि कस्तो मनमा सन्तुष्टि हुन्छ । किनकि, मानव रगतको कुनै विकल्प नै हुँदैन, त्यसैले यो एक महत्वपूर्ण काम पनि हो ।

जब तपाई रक्तदान गर्नुहुन्छ, त्यसले ३/४ अलग–अलग बिरामीलाई काम लाग्छ, जसले खुशी र सन्तुष्टिको भाव दिन्छ ।

मुटु स्वस्थ्य रहन्छ

धेरैलाई थाहा नहुन सक्छ, नियमित रक्तदान गर्नाले आइरनको मात्रा ठिक रहन्छ । शरीरमा आइरन बढेमा अक्सिडेटिभ खराब हुने गर्छ, जसबाट टिस्यु खराब हुन्छ ।

रक्तदान गर्नाले शरीरमा खाली आइरनको मात्रा मात्रै ठिक हुँदैन, मुटुको रोगबाट पनि बचाउँछ ।

कलेजोको रोग र क्यान्सरको जाखिम कम

यद्यपी, यस्तो कुनै अध्ययन भएको छैन, जसले रक्तदान गर्नाले कलेजो रोग र क्यान्सरको जोखिम कम हुन्छ भन्ने दाबी गर्छ । तर, एक अध्ययनले रक्तदान गर्नाले कलेजोमा राम्रो असर पर्ने देखाएको छ ।

कलेजोको कार्य आइरन मेटाबोलिजममा निर्भर गर्छ । रक्तदानले शरीरमा आइरनको मात्रा ठिक हुन्छ र कलेजो खराब हुनबाट बचाउँछ ।

निम्न अवस्थामा रक्तदान गर्न मिल्छ

१. १८ वर्ष उमेर तथा ५० केजी तौ भएका स्वस्थ्य व्यक्ति जोसुकैले रक्तदान गर्न सक्छन् । अभिभावकको स्वीकृतिमा १६ वर्ष माथिकाले पनि रक्तदान गर्न मिल्छ । ६० वर्षभन्दा बढी उमेरकाहरुले रक्तदान नगरेको वेश ।

२. ज्वरो वा सास फेर्न गाह्रो नभएमा एलर्जी, सुक्खा खोकी भए पनि रक्तदान गर्न मिल्छ ।

३. सामान्य खालको दम भएकाहरुले औषधि खाइरहेका भए पनि रक्तदान गर्न सक्छन् ।

४. नाडीको चाल ५०-१०० प्रतिमिनेट भएका, माथिल्लो प्रेसर (सिस्टोलिक) १००-१८० तथा तल्लो प्रेसर (डायास्टोलिक) ५०-१०० छ भने उच्च रक्तचापको औषधि खाइरहेका वा नखाएका जोसुकैले पनि रक्तदान गर्न सक्छन् ।

५. चिनी रोगले आँखा, मुटु, मिर्गौला आदि अंगमा असार नपारेको अवस्थामा मुखबाट औषधि खाइरहेकाहरुको चिनी रोग नियन्त्रणमा छ भने रक्तदान गर्न सकिन्छ ।

६. विगत ६ महिनादेखि छाती दुख्ने तथा मुटुरोग सम्बन्धी लक्षण नभएका, रोग नियन्त्रणमा भएका र दैनिक क्रियाकलापमा समस्या नभएका मुटुरोगीहरुले रक्तदान गर्न मिल्छ ।

निम्न अवस्थामा रक्तदान गर्नु हुँदैन

१. औषधि सेवन

ज्वरो आएको तथा एन्टिबायोटिक लिइरहेको अवस्थ।

आइसोट्रेटिनोइन, एकुटेन, फिनास्टेराइडजस्ता डन्डिफोर तथा पिसाबको ग्रन्थी बढेको अवस्थामा प्रयोग गरिने औषधिको अन्तिम मात्रा खाएपछि एक महिना नपुगेको अवस्था ।

पिसाबको ग्रन्थी बढेको अवस्थामा प्रयोग गरिने डुटास्टेराइड औषधिको अन्तिम मात्रा खाएपछि ६ महिना नपुगेको अवस्था ।

एस्पिरिन खाइरहेकाहरुले पर्खनुपर्छ भन्ने छैन, तर तीन दिन पर्खंदा वेश ।

हेपारिन, वार्फारिनजस्ता रगत पातलो पार्ने औषधि लिइरहेका बिरामीहरुले चिकित्सकद्वारा औषधि छुटाइएको अवस्थामा सात दिनपछि मात्र रक्तदान गर्नु पर्छ ।

टिक्लोडिपिन, क्लोपिडोग्रेल जस्ता रगत जमाउन कम गर्ने औषधि लिइरहेकाहरुले औषधि छोडेपछि १४ दिन पर्खनुपर्छ ।

ग्रोथ हर्मोन लिएकाहरुले रक्तदान गर्नु हुँदैन ।

सोरियासिस नामक छालाको रोगका लागि इट्रेटिनेट औषधि लिइरहेकाहरुले कहिल्यै पनि रक्तदान गर्नु हुँदैन। एसिट्रेटिन औषधि लिइरहेकाहरुले पनि औषधि छोडेको तीन वर्षसम्म रक्तदान गर्नु हुँदैन ।

छालाको क्यान्सरमा प्रयोग गरिने भिस्मोडेगिल औषधि लिइरहेकाहरुले औषधि छोडेको ७ महिना नपुगेको अवस्था ।

प्रतिरक्षात्मक शक्ति कमजोर हुने रोगमा प्रयोग गरिने टेरिफ्लुनोमाइड औषधि लिइरहेकाहरुले औषधि छोडेको २ वर्षसम्म रक्तदान गर्न मिल्दैन ।

२. खोप

दादुरा, हाडे, रुबेला, ठेउला तथा जनै खटिरा विरुद्ध खोप लगाएको चार हप्तासम्म रक्तदान गर्नु हुँदैन ।

हेपाटाइटिस ‘बी’ का रोगीको सम्पर्कमा नआएका तर हेपाटाइटिस ‘बी’ खोप लगाएकाहरुले तीन हप्तासम्म रक्तदान गर्नु हुँदैन ।

हेपाटाइटिस ‘बी’ का रोगीको सम्पर्रकमा आएका, हेपाटाइटिस ‘बी’ इम्युन ग्लोबुलिन लगाएकाहरुले एक वर्ष नपुगेसम्म रक्तदान गर्नु हुँदैन ।

३. स्वास्थ्य अवस्था

प्रति एक सय मिलिलिटर रगतमा हेमोग्लोबिन महिलामा १२ दशमलब ५ ग्राम तथा पुरुषमा १३ ग्रामभन्दा कम वा २० ग्रामभन्दा बढी भएकाहरुले रक्तदान गर्नु हुँदैन ।

गर्भवती महिलाले बच्चा जन्मेको ६ हप्तासम्म रक्तदान गर्नु हुँदैन ।

हृदयघात, मस्तिष्कघात, कलेजो तथा मिर्गौला फेल भएकाहरुले रक्तदान गर्नु हुँदैन ।

तराई क्षेत्रमा व्यावहारिक नहुन सक्छ, तथापि मलेरियाको उपचार गरेको तीन वर्षसम्म तथा मलेरिया हुने क्षेत्रमा भ्रमण गरेको एक वर्षसम्म रक्तदान गर्नु हुँदैन ।

रगत बग्न सजिलै नरोकिने रोगी वा रगत पातलो पार्ने औषधी खाइरहेकाहरुले रक्तदान गर्नु हुँदैन ।

हेमोक्रोमेटोसिस नामक रोग भएकाहरुले रक्तदान गर्नु हुँदैन ।

रक्तनलीबाट लागूपदार्थ सेवन गर्नेहरुले रक्तदान गर्नु हुँदैन ।

रगत तथा ग्रन्थीको क्यान्सर भएकाहरुले रक्तदान गर्नु हुँदैन । पूर्णरुपमा उपचार गरिएका क्यान्सर रोगीहरुले पनि एक वर्षपछि मात्र रक्तदान गर्न सक्छन् ।

रक्तदान गरेपछि अपनाउनुपर्ने सतर्कता

१. ५-२० मिनेट आराम गर्नुपर्छ ।

२. कहिलेकाहीँ रक्तदान गरेपछि रिङ्गटा लाग्न सक्छ, होस गुम्न सक्छ। यस्तो अवस्थामा जुरुक्क उठ्ने प्रयास गर्नु हुँदैन। कोल्टे फर्केर आराम गर्नुपर्छ। गोडा अलि माथि उठाउने वा गोडामुनि सिरानी राखेर सुत्नुपर्छ ।

३. जुस, जीवन जल, पानी जस्ता तरल पदार्थ प्रसस्त पिउनुपर्छ ।

४. २४ घण्टा शारीरिक श्रम हुनेगरी गाह्रो काम गर्नु हुँदैन ।

रोग हजारौँ प्रकारका हुन्छन्। सबै रोगको परीक्षण सम्भव नहुन सक्छ । आफूलाई लागेको रोग तथा स्वास्थ्य समस्याबारे अरुलाई भन्दा आफूलाई बढी थाहा हुन्छ । यसैले रक्तदान गर्नुअघि आफ्नो रोग तथा स्वास्थ्यबारे स्वास्थ्यकर्मीलाई सबै कुरा जानकारी गराउनुपर्छ । आफ्नो स्वास्थ्यमा नराम्रो असर नपर्ने गरी रक्तदान गरौँ तर रोगदान नगरौँ ।

रक्‍तदानको बारेमा गलत धारणाहरू

रक्‍तदानको पछि म कमजोरी र थकाई महसुस गर्नेछु – तपाई कमजोरी र थकाई महसुस गर्नु हुने छैन यदि तपाई लगातार द्रव्‍य र राम्रो भोजन लिनुहुन्छ भने ।

म अफ्नो दैनिकीको गतिविधिहरू गर्न सक्दिनँ – तपाई आफ्नो दैनिकीको गतिविधिहरू गर्न सक्नु हुन्छ, यद्दपी तपाईलाई बचावको सल्लाह दिइन्छ।

मेरो रगत कम हुन्छ- यदि डक्टरद्वारा तपाईलाई दानका लागि उपयुक्‍त ठहर गरिएको छ, भने रक्‍तदानको पछि पनि तपाईको रगत अधिक हुन्छ।

म रक्सी पिउन सक्दिनँ – तपाई अघिल्लो दिन पिउन सक्नु हुन्छ ।

रक्‍तदान गर्नु दर्दनाक हुनेछ – होइन, तपाई दर्द महसुस गर्नु हुने छैन ।

म बे‍होशी महसुस गर्नेछु – रक्‍तदानको पछि न त तपाई बेहोशी महसुस गर्नु हुनेछ र न त असजिलो ।

मलाई एड्स हुन सक्छ – होइन, सुनिश्चित गर्नुहोस् कि डिस्‍पोजेबल सिरिन्जको प्रयोग भएको हुन्छ र तपाईलाई कीटाणुमुक्‍त राखने सबै उपाय अपनाइएको हुन्छ ।

मेरा रगत धेरै आम छ। मलाई लाग्दैन कि यसको माग हुनेछ – यस कारण तपाईको रगतको माग अन्‍य रगतभन्दा अधिक हुन्छ ।

रक्‍तदानसित जोडिएको तथ्‍य

रगत जीवनलाई बनाइएको राखने द्रव्‍य हो जो शरीरको धमनीहरू, हृदय र नसिकाहरूमा प्रवाहीत भई रहन्छ ।

रगतको माध्‍यमले शरीरको भित्र पोषण, इलेक्‍ट्रोलाइट, हार्मोन, भिटामिन, एन्टीबडी, ऊष्‍मा र अक्‍सिजेन पुग्छ ।

रगत शरीरबाट अपशिष्‍ट तत्‍व र कार्बनडाई अक्‍साइडलाई निकाल्छ ।

रगत संक्रमणसित लड्दछ र घाउलाई सुकाउन मदद गर्छ र यस अनुसार तपाईको स्‍वास्‍थय सही राख्छ ।

तपाईको शरीरमा वजनको ७० प्रतिशत रगत हुन्छ ।

एक नवजातको शरीरमा करिब एक कप रगत पाइन्छ ।

शरीरमा कुनै पनि प्रकारको संक्रमणको खिलाफ सबैभन्दा पहिलो अवरोध श्‍वेत रक्‍त कणिकाहरू नै हुन्छन् ।

ग्रेनुलोसाइट नामक श्‍वेत रक्‍त कणिकाहरू रक्‍त को‍शिकाहरूको भित्ताहरूको साथ बग्छ र विषाणुलाई खोजी गरी तिनीहरूलाई नष्‍ट गर्छ ।

रातो रक्‍त कणिकाहरू शरीरको अङ्गहरू र कोशिकाहरूसम्म अक्‍सिजेन पुर्‍याउँछ ।

दुई थोपा रगतमा करिब एक अरब रातो रक्‍त कणिकाहरू हुन्छन् ।

रक्‍त प्रवाह तन्त्रमा रातो रक्‍त कणिकाहरू करिब १२० दिनहरूसम्म जिउँदो रहन्छ ।

प्‍लेटेलेट खुनलाई जमाउनेमा मददगार हुन्छ र ल्युकेमिया र केन्सरका बिमारीहरूलाई बाँच्ने अवसर दिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।