जीवनमा सफल सबैलाई हुनु छ र यो राम्रो कुरा पनि हो । किनकि यो धर्तीमा जन्म लिईसकेपछी केहि न केहि उधम गर्ने पर्छ । सफलता सबैको चाहना, यहाँ सबैजना सफलहुन चाहन्छन् । यद्यपि सफलताको बाटो त्यति सहज छैन तर सम्भव भने पक्कै छ । कडा परिश्रम पछि सफलताप्राप्त गर्न सकिन्छ, कहिले काहीँ परिश्रमसँगै बाटोमा थुप्रै हतोत्साहीत गर्ने खालका नैरश्यता, पिडा एवम् उदाशिनताहरु भेटिन्छन् ।

तर, जब त्यो बाटोको अन्त्यमा पुगिन्छ, तब विजयीभावको आनन्द भेटिन्छ । उकालो चढ्न जतिगाह्रो हुन्छ उचाईबाट देखिने दृश्य सुन्दर हुन्छ । आफ्नो लक्ष्यको बाटोमा उभिएकाहजारौँ अवरोध पार गदैँ आफ्नो गन्तव्यमा पुग्दा आफैँ प्रतिगर्व महसुस हुने गर्दछ । तपाई आफ्नै जीवनदेखि सन्तुष्ट र खुशीहुनुहुनेछ । अनिआफ्नै सफलताले आफैलाई पुरस्कृत गर्नुहुनेछ । सबैको चाहना सफलता नै भएपनि यसको परिभाषाभन्ने व्यक्ति – व्यक्तिमा फरक हुने गर्दछ । कुनै एक शब्दकोशले सफलतालाई लक्ष्यको खोजीको एक सन्तोषजनक उपलब्धीको रुपमा परिभाषित गरेको छ ।

उक्तशब्दकोशका अनुसार एक सफलव्यक्ति हुनको लागि आफ्नो लक्ष्यप्राप्तीको प्रयास गर्नुपर्दछ । र, त्यसको नतिजासँग सन्तुष्ट रहन सक्नुपर्छ । तैपनि यो परिभाषाले सफलताको शाब्दिक अर्थ व्यक्तिगत सन्तुष्टी मात्र हो, वा होईन भन्ने प्रश्नभने खडा हुनसक्छ । कहिलेकहीँ सफलताको आश गर्दा नैराश्यद पनि भोग्नु पर्ने हुन्छ । त्यसले गर्दा तपाइको उत्साह मर्ने गर्छ ।

सफल जीवनका लागी जान्नैपर्ने १० प्रेरक भनाईहरु : भिडियोमा हेर्नुहोस्

Topics #प्रेरक भनाई #सफल जीवन