अहिले मौसम परिवर्तनको समय छ। प्राय धेरै मानिसलाई रुघा लाग्‍ने र ज्वरो आउने गरेको हुन्छ । तर हामी मेडिकलबाट तुरुन्तै औषधि किन्छौ र सेवन गर्न थाल्छौ । यसले हाम्रो स्वास्थ्यमा ठूलै असर पार्न सक्छ।त्यसो गर्नुभन्दा बरु घरेलु उपाय अपनाउनु भयो भने तपाईको शरीर पनि सधै स्वस्थ र दीर्घायू हुने गर्दछ ।

साइड इफेक्ट पनि नहुने र सधै रोगप्रति लड्‍ने प्रतिरोधात्मक क्षमता बढ्न सक्छ । यसको लगि तपाईले तुलसीको पात दूधमा मिलाएर खाँदा अचुक औषधि हुन जान्छ । तुलसी एउटा यस्तो हर्ब हो जसले काढा बनाएर सेवन गरेमा टाउको दुख्‍ने, रुघाखोकी चाडै निको हुन्छ । तर यदि यसलाई दूधमा मिलाएर पिउनु भएमा धेरै बिरामीबाट छुटकारा दिलाउँछ ।

क्यान्सरलाई बचाउँछ

तुलसीमा धेरै एन्टीबायोटिक तथा एन्टीअक्‍सीडेन्ट गुण रहेको हुन्छ । यसलाई दूधमा मिलाएमा धेरै पोषक तत्व पाउने गर्दछ । यसलेम मानिसको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउने गर्दछ।यसबाट मानिस जस्तोसुकै बिरामीबाट बच्न सक्छ ।

डिप्रेशनबाट मुक्ति

अहिलेको समय मानिसलाई कुनै न कुनै प्रकारको तनाव भइरहेकै हुन्छ। कति मानसहरु त तनावले नै गर्दा आत्महत्या समेत गर्ने गरकेा छन् । यस अवस्थामा तुलसीको पातलाई दूधमा मिलाएर खाएमा डिप्रेशन कम गराई आराम दिलाउँछ । छिमेकमा कसैलाई धेरै तनाव भएमा दूधमा तुलसी मिलाएर खान दिनुस सबै निको हुन्छ । किनकी तुसीले डिप्रेशनको हर्मोनहरुलाई कन्ट्रोल गर्ने गर्दछ । यही कारण ताईको दुखेको टाउको पनि निको हुन्छ ।

अस्वस्थ लगमयतका समस्या

यसको सेवन निमित खाली पेटमा गर्नाले अस्थमा लगायतका रोगबाट छुटकारा पाउन सक्नुहुन्छ । तुलसी र दूधको एन्टी-बैक्टीरियल गुणको कारण तपाईलाई समस्या हुन दिँदैन । यसले सास लगायतका समस्याबाट पनि मुक्ति दिन्छ ।

किडनीको स्टोन हुनबाट जोगाउँछ

यदि तपाईलाई किड्नीमा पत्थरी छ भने सधै तुलसी र दूध मिलाएर खाली पेटमा खानुस् । केही दिनमै पत्थरी गल्दै जान्छ र पछि दिशामा देखा पर्छ ।

फ्लू लगायत रोगमा अचुक

फ्लू लगायतको रोगमा तुलसीको सेवनले एन्टी-इन्फ्लेमेन्टरी तत्वले फ्लू लगायत रोगलाई टाढा धपाउने गर्दछ । यसबाट तपाईलाई फ्लूले छुन सक्दैन् ।

मुटुलाई स्वस्थ राख्‍न

यदि घरको कसैलाई मुटुसम्बन्धी रोग लागेको छ वा ग्रसित हुनुहुन्छ भने उहाँलाई प्रत्येक दिन खाली पेटमा दूध र तुलसीको पात सेवन गर्न लगाउनुहोस  । यसपछि उहाँको मुटु सम्बन्धी रोग धेरै हदसम्म निको हुन्छ ।

मलेरियाबाट मुक्ति

तुलसीमा रहेको ए‍न्टी-बैक्‍टीरियल तथा एंटीबायोटिक गुणका कारण कुनै पनि प्रकारको रुघाखोकीले छुन सक्दैन । आयुर्वेदमा रुघा लागेको मानिसलाई तुलसीको पातलाई औषधि बनाएर खान दिनू भन्न‍े सुझाव दिइएको छ ।

रुघाखोकी भएमा आधा लिटर पानीमा केही तुलसीको पात, अलैंचीको धुलो मिलाएर उमाली पिएमा रुघा च्वाटै हुने बताइएको छ । यस्तै बाँकी रहेको छोकडामा दूध र चीनी मिलाएर सेवन गरेमा धेरै फाइदा हुनेछ ।

पवित्र मानिने तुलसीको पात चपाउनुहुँदैन, अन्य के-के काम गर्नुहुँदैन जान्नुहोस् :

हिन्दु धर्ममा पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइन्छ। साथै तुलसी त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा उल्लेखित छ।

‘जुन घरमा तुलसीको मोठ छ, त्यो घर एकदमै पवित्र हुन्छ, त्यहाँ कुनै रोगव्याधले सताउँदैन अनि त्यहाँ मृत्युदेव यमराज आउन सक्दैन’ भन्ने हिन्दु धर्मावलम्बीहरूको विश्वास रहेको छ।

नेपाल र भारतमा अवस्थित हिन्दु मन्दिरको परिसरमा तुलसीको मोठ देख्न सकिन्छ । किनभने यसको पातलाई हिन्दु देव र देवीहरूलाई चढाउनको लागि पवित्र मानिन्छ-विशेष गरी ‘विष्णु भगवान’को लागि ।

आयुर्वेदमा पनि तुलसीको पातको ठूलो महत्व रहेको छ । आयुर्वेद र प्राकृतिक चिकित्साशास्त्रका अनुसार यसले रुघाखोकी, टाउको दुख्ने, टन्सिल हुने जस्ता समस्याबाट राहत दिन्छ । विज्ञानकै कुरा गर्दा पनि तुलसीको बोटले अन्य वृक्षले भन्दा बढि कार्बनडाइअक्साइड लिने र अक्सिजन फ्याँक्ने गर्दछ । त्यसैले नै घरको आँगनमा तुलसी रोप्नु धार्मिक र स्वास्थ्य पक्षबाट शुभ मानिन्छ ।

तर, सावधान! धेरैले तुलसीको पातको गलत प्रयोग गरिरहेका हुन्छन् । जान्नुहोस्, तुलसीको पातलाई के गर्नुहुँदैन- धार्मिक र वैज्ञानिक कारणः

१. कहिल्यै नचपाउनुहोस्
सुन्नुभएकै होला- ‘तुलसीको पात कहिल्यै पनि चपाउनुहुँदैन, पाप लाग्छ ।’
अब धार्मिक पक्षबाट हेर्ने हो भने, तुलसीलाई विष्णु भगवानको स्वरूप मानिन्छ र यसको पातलाई दाँतले चपाउनु विष्णु भगवानको अपमान गरेको हुन्छ ।

वैज्ञानिक पक्षबाट हेर्ने हो भने, तुलसीको पातमा एक प्रकारको रसायन हुन्छ जसले हाम्रो दाँतमा भएको क्याल्सियमलाई सोस्ने काम गर्छ । त्यसैले यसलाई चपाउनु एकदमै हानीकारक मानिन्छ ।

त्यसैले तुलसीको पात खानुपरेमा नचपाई पानीसँग निल्नु सबैभन्दा लाभदायी मानिन्छ र पाप पनि लाग्दैन ।

२. कहिल्यै पनि शिवलिङ्गमा नचढाउनुहोस्
हिन्दु धर्मका ग्रन्थअनुसार, शक्तिशाली असुर जालन्धरकी पत्नी ‘वृन्दा’को वास्तविक रूप तुलसी हो। अनि जबसम्म वृन्दाको पतिव्रत धर्म चोखो र शुद्ध रहिरहन्छ, तबसम्म जालन्धरलाई कसैले पनि हराउन सक्दैन र अमर रहिरहन्छ ।a

एकचोटि शिवलाई हराउन भनेर जालन्धरले शिवसँग युद्ध गर्न जाँदा सबै देवताहरू जालन्धरको अमर शक्तिबाट हैरान हुन्छन् । त्यसैबेला विष्णु भगवानले जालझेल गरी वृन्दाको पतिव्रत धर्म लुटिदिन्छन् र शिवजीले जालन्धरलाई हराउन सफल हुन्छन् ।

विष्णुको यस्तो छलकपटबाट क्रोधित वृन्दाले विष्णुलाई तुलसी वृक्षको रूप लिनुपरोस् भनेर श्राप दिन्छिन् र आफ्नो पति जालन्धरको वध गरेको हुनाले शिवजीलाई कहिल्यै पनि तुलसीको पवित्र पात नचढोस् भनेर श्राप दिन्छिन् ।

त्यसकारण नै शिवलिङ्गमा तुलसीको पात चढाउनु अनर्थ मानिन्छ ।

(शिवजीलाई यी ५ पवित्र वस्तुहरू चढाउनुहुँदैन)

३. यी दिनहरूमा कहिल्यै पनि तुलसीको पात नटिप्नुहोस्
आइतबारको दिन, एकादशीको दिन अनि सूर्य ग्रहण लागेको दिनमा कहिल्यै पनि तुलसीको पात टिप्नुहुँदैन भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ ।

किनभने, शिवजीले जालन्धरलाई हराएको दिन पनि आइतबार थियो, त्यस दिनमा एकादशी परेको थियो र साथै सूर्य ग्रहण पनि लागेको थियो । त्यसैले यी दिनहरूमा तुलसीको पात टिप्नु भनेको वृन्दाको सतिहरण गरेसरह हुने र पात टिप्ने व्यक्तिको जीवनमा कहिल्यै पनि शुभ-शान्ती नआउने विश्वास गरिन्छ ।

४. गणेश भगवानलाई पनि कहिल्यै नचढाउनुहोस्
जब युवती वृन्दा जङ्गलमा चाहार्दै थिइन्, तब उनले गणेश देवले ध्यान गरिरहेको देखिन्। गणेशको सुन्दरता र गहिरो ध्यानको प्रभावले गर्दा वृन्दा मोहित भइन् र तुरुन्तै गणेशसँग विवाह गर्ने प्रस्थाव राखिन् ।

आफू ब्रह्मकुमार भएको र त्यसैले गर्दा विवाह गर्न नहुने बताउँदै गणेशले वृन्दाको विवाह प्रस्तावलाई अस्वीकार गरेपछि वृन्दा क्रोधित भइन्। क्रोधमै अन्धि बनेर उनले गणेशलाई आफ्नो ब्रह्मकुमारको प्रतिज्ञा तोडेर विवाह गर्नुपरोस् भनेर श्राप दिइन् ।

उनको यस्तो तर्कहीन श्रापले गर्दा गणेश पनि क्रोधित भएर वृन्दालाई ‘चाँडै नै विवाह गर्नुपरोस्, त्यो पनि दैत्यसँग । त्यसपछि श्रापको कारण नश्वर संसारमा वृक्ष भएर जन्म लिनुपरोस्’ भनेर श्राप दिए ।

गणेशको क्रोध र श्रापले गर्दा वृन्दाले आफ्नो गल्ती महशुस गरी गणेशसँग क्षमा मागिन् । वृन्दाको क्षमा याचना देखि प्रसन्न भई गणेश भगवानले उनको श्रापलाई कम गरीदिए – ‘नश्वर संसारमा जुन वृक्ष भएर जन्म लिन्छौ, त्यस वृक्ष एकदमै पवित्र होस् । तर मेरो पूजा गर्दा तिम्रो पात चढाउन नहोस् ।’

त्यसकारण नै गणेशको पूजा गर्दा तुलसीको पात चढाउनु अशुभ मानिन्छ र पूजाको फल पनि नपाइने हिन्दु धर्ममा विश्वास गरिन्छ ।

५. कहिल्यै पनि घरभित्र तुलसी नरोप्नुहोस्
विभिन्न धर्मग्रन्थका अनुसार, जालन्धरको मृत्युपश्चात विष्णुले वृन्दालाई आफ्नी शखीको रूपमा मानेका थिए । अनि वृन्दाले आफूलाई पनि उनकै साथ लैजान विष्णुसँग आग्रह पनि गरिन् । तर विष्णुले अस्वीकार गरे र भने – “मेरी धर्मपत्नी लक्ष्मी हुन् तर मेरो तिमी सदा मेरो हृदयमा हुनेछौ”

त्यसपछि वृन्दाले विष्णुको घरबाहिर आँगनमा बस्न पाउने आग्रह गरिन्, जुनलाई विष्णुले स्वीकार गरे। त्यसैले नै विष्णु र वृन्दारूपी तुलसीको मोठलाई घरबाहिर राख्नुपर्ने, घरभित्र राख्दा अशुभ हुने विश्वास गरिन्छ ।

तर कतिपय ठाउँमा मानिसहरूले आफ्नो सहजताको लागि तुलसीको मोठलाई घरको छतमा राखेको पाइन्छ। घरको छतलाई पनि घरभित्रकै परिसर मानिने हुनाले यसो गर्न हुँदैन । जहिले पनि तुलसीको मोठलाई घरबाहिर नै राख्नुपर्दछ ।

जन्डिसको उपचारका लागी पनि :

जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ । जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय यस्ता छन् ।

कागती

कागतीमा भएको रोग प्रतिरोधी तत्वले पनि जन्डिस उपचारमा सहायक सिद्ध हुन सक्छ । कागतीले रोकिएका आन्द्राका नलिहरुलाई खुलाइदिनुका साथै रोगीले खाएको खानेकुरा पचाउन पनि मद्दत गर्छ । यसरी बनाएर खाएको कागती पानीले कलेजोको कोषलाई हानी हुनबाट बचाउछ ।

घ्युकुमारीको पात

घ्युकुमारीको केही पात टिपेर भित्रको तरल पर्दाथलाई कालो नून र अदुवासँग मिलाउनुहोस् । १० दिनसम्म खाली पेट खानुहोस् । बिस्तारै सुधार आउछ ।

महि

एक गिलास महि लिनुहोस र यसमा केही कालो मरिच हाल्नुहोस् । राम्रोसँग घोल्नुहोस र दिनमा कम्तिमा तीन पटक पिउनुहोस् ।

केरा

दिनमा कम्तिमा पनि दुई पटक खानुहोस् । जण्डिस उपचारमा यो विधि आयुर्बेदमा पनि निकै प्रयोग भएको पाइन्छ ।

गोलभेडाको जुस

एक चिम्टिी नुन र मरिचको धुलो मिसाएको एक गिलास गोलभेडाको जुस विहान खाली पेट खानुहोस् ।

मुलाको पात

मुलाको पातले भोक लगाउने र आन्द्राको कार्यलाई सुचारु गराउँछ । मुलाको पातको जुस बनाई फिल्टर गरी खाँदा उत्तम हुन्छ ।

मेवाको पात

एक चम्चा महलाई एक चिया चम्चा मेवाको पातको पेस्टमा मिसाएर खानुहोस् । यसको सेवन जन्डिसका लागि निकै प्रभावकारी उपाय हुन सक्छ ।

उखुको रस

उखुमा भएको तत्वहरुले जन्डिसका रोगीले खाएको खानेकुरा वा जुस पचाउन सहयोग गर्नुका साथै कलेजोलाई उचित रुपमा काम गर्न सहयोग पुर्याई बिरामीलाई जन्डिसबाट मुक्त हुन सहयोग पुयाउछ ।

तुलसी पत्ता

१० देखि १५ ओटा तुलसीका पात लिनुहोस् र यसको लेप बनाउनुहोस् । यसमा यसमा आधा गिलास ताजा जुस मिसाउनुहोस् । दुई देखि तीन साताभित्रै जन्डिसबाट मुक्त हुन सकिन्छ ।

जौ

एक मुठी जौलाई तीन लिटर पानीमा मिसाएर सानो आगोमा लामो समयसम्म तताउनुहोस् । यसरी धेरैबेरसम्म तताएको पानीलाई बारम्बार पिउनुहोस । उमालेको जौ पानी जन्डिस उपचारका लागि सही तरिका सक्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।