जब तपाईँलाई गर्न मन लाग्छ, तब गरिहाल्नुपर्छ– फेरि स्वास्थ्यको ख्याल पनि त गर्नुपर्यो, त्यसैले यो कुरा महत्वपूर्ण हुन आउँछ।

पिसाब रोक्ने चिज होइन। फाल्नुपर्ने चिज साँचेर राख्नु हुँदैन।

किन रोक्नु हुँदैन पिसाब ?

साधारण मूत्रथैलीमा करीब ४४३.६ मिलिलिटर पिसाब अटाउँदछ (८ गिलास पानी बराबर १८९२.७ मिलिलिटर हुन्छ) र धेरैबेरसम्म पिसाब रोक्नाले थैली फुल्न सक्छ। हाम्रो पिसाबथैलीको स्वचालित प्रतिक्रिया संयन्त्रले थैली भरिएपछि दिमागमा सङ्केत पठाउँछ र दिमागले तपाईँलाई तुरुन्तै नजिकैको चर्पीमा जान आदेश दिन्छ। तर यदि तपाईँले दिमागको आदेश मान्नुभएन भने, तपाईँको शरीरले कति बेला चर्पी जानुपर्छ भनेर थाहा पाउने क्षमता गुमाउन सक्छ’।

तपाईँले जतिलामो समय पिसाब रोक्नुहुन्छ, तपाईँको थैली त्यति नै बढी ब्याक्टेरियाहरूको घर बन्न पुग्छ। यस्तो ब्याक्टेरियाले मृगौला सम्म सङ्क्रमण फैलाउँन सक्ने हुँदा पिसाब रोक्दा ठुलो रिस्क मोल्नुपर्ने हुन्छ।

पिसाब रोक्दा के हुन्छ?
धेरै बेरसम्म पिसाब थामेर बस्दा थैली भरिएर फुल्दछ साथै त्यहाँ ब्याक्टेरियाहरूले घर बनाएर बस्ने अनि सङ्क्रमणको प्रक्रिया सुरु हुने थाहापाइसक्नु भयो। यस बाहेक, पिसाब रोक्दा यस्ता समस्या निम्तिन्छन्:

१. मूत्रनलीमा सङ्क्रमण

के होः मूत्रनली सङ्क्रमण (Urinary Tract Infection- UTI) भनेको पिसाबलाई थामेर राख्ने थैली र त्यसलाई प्रवाह गराउने नलीमा ब्याक्टेरियाले गर्ने सङ्क्रमण हो।

कसरी हुन्छः जब कुनै कीटाणु अथवा ब्याक्टेरिया हाम्रो पिसाबनलीहुँदै थैलीसम्म पुगेर सङ्क्रमण गराउँदछ, तब मूत्रनलीको सङ्क्रमण हुन्छ। धेरै बेरसम्म पिसाब थामेर बस्दा पनि ब्याक्टेरियाहरू पिसाबनलीसम्म आएर सङ्क्रमण गर्न सुरु गर्दछ। यसको चाँडै उपचार नगराएमा मृगौलामा समेत सङ्क्रमण हुन सक्छ।

लक्षणः धमिलो पिसाब आउनु, पिसाबमा रगत देखा पर्नु, जति बेला पनि पिसाब गर्न मन लाग्नु र हलुका ज्वरो आउनु।

रोकथामः यस्ता लक्षणहरू देखा परेमा तुरुन्त अस्पताल जानु पर्दछ। अनि डाक्टरले सानो किसिमको सङ्क्रमण हो कि मृगौला कै सङ्क्रमण हो भनेर छुट्याउँने गर्छन।

२. इन्टरस्टिसियल साइस्टिटिस (INTERSTITIAL CYSTITIS- IC)

के होः मूत्रथैलीको भित्ता सुन्निएर अत्याधिक पीडा हुनु नै ‘इन्टरस्टिसियल साइस्टिटिस’ हो।

कसरी हुन्छः विज्ञहरू भन्छन्, ब्याक्टेरियाको सङ्क्रमणले नै यस्तो हुन्छ। तर कसैले भने यसको कुनै ठेट कारण नभएको बताउँछन्। तर विशेष गरी धेरैबेरसम्म पिसाब थामेर बस्नेहरूलाई यस्तो समस्या बढी देखा परेको पनि विज्ञहरूको बुझाइ छ।

लक्षणः तल्लो पेट दुख्ने, दिनमा ६० चोटिभन्दा बढी पिसाब लाग्ने, पिसाबमा रगत देखा पर्ने।

रोकथामः अहिलेसम्म, यसको उपचार विधि पत्ता लाग्न सकेको छैन, तर दुखाइ कम गर्नको लागि भने व्यक्तिअनुसार उपचार गर्न सकिन्छ।

पिसाब फेर्दा कन्नुपर्छ ?

उमेर बढ्दै जाँदा पुरुषको शरीरमा हुने प्रोस्टेट ग्रन्थि पनि स्वाभाविक रूपमा बढ्दै जान्छ। अहिले नेपालीको औसत आयु ७१ वर्ष रहेको छ। आयु वृद्धिसँगै प्रोस्टेट ग्रन्थि पनि वृद्धि हुने भएकाले यसका बिरामी बढ्दै गएको चिकित्सकहरू बताउँछन्।

प्रोस्टेट ग्रन्थि वृद्धि हुँदै जाँदा यसले विस्तारै मूत्रनली (पिसाब बाहिर निष्कासन गर्ने नली) मा दबाब दिन थाल्छ। मूत्रनली च्याप्न सुरु गर्छ। पिसाब फेर्न धौ—धौ हुन्छ। चालीस वर्षदेखि यो ग्रन्थिको वृद्धि हुँदै गए पनि ६० वर्षमाथिका व्यक्तिलाई यसले बढी सताएको छ। वंशाणुगतरूपमा पनि यो समस्याले पिरोलेको पाइएको छ। वंशमा कसैलाई प्रोस्टेटको समस्या देखा परेको छ भने त्यस्ता व्यक्तिको प्रोस्टेट बढ्ने समस्या देखिने गरेको वरिष्ठ युरोलोजिस्ट डा. उत्तम शर्मा बताउनुहुन्छ। अभिभावकमा यो समस्या छ भने सन्तानमा हुने सम्भावना बढी देखिएको छ।

लक्षणहरू

-पिसाब गर्न लाग्दा तत्कालै नआउने

-पिसाब गर्न गाह्रो भइ बल लगाउनुपर्ने

-पिसाब तुरुरु नगई थोपा/थोपा झर्ने

-पिसाबको धार तथा बहाब नजिकै खस्ने

-पिसाब फेरेपछि ननिख्रिएको महसुस हुने

-पिसाब फेरे पनि सन्तोष अनुभूति नहुने

-रातको समयमा पटकपटक पिसाब लाग्ने

-पिसाब थाम्न नसक्ने

-कपडामा चुहिने

-पिसाब पोल्ने, मूत्रनलीमा दुखाइ अनुभूति हुने

-पिसाबमा रगतसमेत देखिने

सेवन गर्ने

-पर्याप्त पानी पिउने

-पिसाब चाँडै फेर्न नपरोस् तथा पिसाब सङलो फेर्न सकिने गरी पानी सेवन गर्ने

-प्रशस्त हरिया सागपात, फलफूल, तरकारी खाने

-भिटामिन सीयुक्त खानेकुरा टमाटर, गोलभेंडा,

-बन्दगोभी, फूलगोभी, ब्रोकाउली, केराउ

-काजु, बदाम, ओखर

-टुसा उम्रेका गेडागुडी

-माछा

सेवन नगर्ने

-चिल्लो खानेकुरा

-रातो मासु, मसला

-धूमपान, मद्यमान

रोकथाम

-पिसाब रोकेर नबस्ने

-लामो समयसम्म थैलीमा पिसाब सञ्चय हुन नदिने

-पिसाब संक्रमण हुन नदिने

-हलुका व्यायाम तथा प्रणायाम गर्ने

-एउटै आसनमा लामो समय नबस्ने

-तनावपूर्ण काम सकभर नगर्न

-दौडधूप नगर्ने

-हतास र तनावमा नबस्ने

-समयमै जाँच गर्ने

मिर्गौला स्वस्थ राख्न थाहा पाउनुपर्ने सात महत्त्वपूर्ण कुरा

पिसाब किन पोल्छ ?

पिसाब पोल्ने समस्या हामी धेरैलाई हुनसक्छ । कतिपयले हिचकिचाहाटले पनि यो समस्या लुकाइराखेको हुन्छौं । पिसाब पोल्ने धेरै कारणहरु मध्य धेरैलाई देखिने कारणहरु बारे यहाँ चर्चा गरिनेछ ।

पिसाब पोल्ने कारणहरु के हुन ?

-मुख्यतः पिसाव पोल्ने प्रमुख कारणमा पिसाव नलीको संक्रमण नै हो । पिसाब नलीको संक्रमण महिलाहरुमा धेरै देखिने गर्छ । गर्भवती अवस्थामा पनि यो धेरै देखिने समस्या हो ।

-मिर्गौला, पिसाब जाने नली वा मूत्राशयको पत्थरीले पनि पिसाब पोल्ने लक्षण देखिन सक्छ । पत्थरीको कारणले

-मुत्रनलीमा संक्रमण हुन मद्दत पुराउँछ र पिसाब पोल्ने लक्षण देखिन्छ ।

-विभिन्न यौनरोगहरु जस्तै गोनिरिया, क्लामैडिया आदिमा पनि पिसाब पोल्ने समस्या देखिन सक्छ ।

-पुरुषलाई पिसाब पोल्ने अन्य कारणहरु प्रोस्टेट ग्रन्थीको संक्रमण वा उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थीको आकार बढ्नु पनि हो ।

पिसाब पोल्ने संगसंगै अरु के लक्षण देखिन सक्छ ?

यी रोगहरुमा पिसाब पोल्नेका साथसाथै अन्य निम्न लक्षणहरु पनि देखिन सक्छ ।

-पिसाब गर्न गाह्रो हुने वा दुख्ने

-चाडो चाडो पिसाब लाग्ने

-पिसाब थाम्न गाह्रो हुने

-पिसाबमा रगत देखिने

-पिसाबको रंग बदलिने वा गाडा हुने

-दायाँ वा बायाँ कम्मर दुख्ने

-ज्वरो आउने, टाउको दुख्ने, काम्ने, चिडचिड पसिना आउने

जाँच कसरी गर्ने ?

माथिका लक्षणहरु देखिएमा तुरुन्त अस्पताल गएर पिसाब पोल्नुको कारण के रहेछ भनेर जानकारी लिइहाल्नुपर्छ । त्यसको निम्ति अवस्था हेरेर चिकित्सकको सल्लाह बमोजिम पिसाबको जाँच, रगतको जाँच, भिडियो एक्सरे आदि गराउनुपर्छ ।

उपचार के हो ?

पिसाब पोल्ने एउटा लक्षण मात्र भएकाले कुन रोगको कारण यो लक्षण देखिएको हो थाहा पाएर त्यसै अनुरुप उपचार गराउनु पर्छ । संक्रमण भएमा चिकित्सकको सल्लाह बमोजिम घरैमा वा अस्पताल बसेर एन्टीबायोटिक खानुपर्छ । पत्थरीको भएको भए आकार अनुसार शल्यक्रिया गरेर वा नगरेरै पनि अन्य विधिबाट उपचार गर्न सकिन्छ ।

पिसाब पोल्नबाट बच्ने उपायहरु

यथेष्ट मात्रामा पानी पिउने । कम्तीमा पनि दीनको दुई लिटर पानी पिउनाले संक्रमण वा पत्थरी दुबैमा फाइदा गर्छ र पिसाब पोल्ने कम हुन सक्छ । यौनाङ्गको सरसफाइमा ध्यान दिनाले संक्रमणबाट जोगिन मद्दत पुर्याउँछ । यौनरोगहरुबाट बच्न विभिन्न सावधानीका उपायहरू अपनाउने ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ । धन्यवाद