मासु मात्र प्रोटिनको एक मात्र स्रोत हो भन्ने सोच्नुहुन्छ  तर मासु मात्र प्रोटिनको स्रोत भन्ने कुरा गलत हो । मासुबाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जो प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् ।

मुख्यतः अमिनो एसिडबाट बनेका प्रोटिनले कोशिका र तन्तुको मर्मतका लागि महत्वपूर्ण हुन्छन् । जब शरिरमा प्रोटिनको कमी हुन्छ तब कोशिका र तन्तुका कार्यमा रोकावट आउन थाल्छ र अनेक शारिरिक समस्या निम्तिन सक्छ ।

त्यसैले शरिरले उत्कृष्ट तरिकाले काम गर्नका लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यकता पर्छ । साथै, शरिरको ऊर्जाको मात्रा बनाइराख्नका लागि पनि प्रोटिनको आवश्यकता पर्छ । यदि तपाईं अत्यधिक शारिरिक गतिविधि गर्नुहुन्छ भने तपाईंलाई प्रोटिनको आवश्यकता अझै धेरै हुन्छ ।

शाकाहारीका लागि यहाँ प्रोटिनका केही राम्रो स्रोतलाई सूचीबद्ध गरिएको छ ।

तोफू

तोफू सोयाबिनबाट बनेको हुन्छ र प्रोटिनको एक उत्कृष्ट स्रोत हो । यसमा प्रोटिनमात्र नभई थुप्रै अन्य पोषक तत्व पनि पाइन्छन् जुन शरिरका लागि आवश्यक हुन्छ । तपाईं तोफूलाई तरकारी बनाएर खान सक्नुहुन्छ ।

मुसुरोको दाल

प्रोटिन, फाइबर र एन्टीअक्सिडेन्टले भरिपूर्ण मुसुरोको दालले पेटलाई सफा राख्न सहयोग गर्दछ । साथै यसले अनेकौं स्वास्थ्य समस्या जस्तै मधुमेह र क्यान्सरको जोखिमलाई कम गर्छ ।

स्पिरुलिना

स्पिरुलिनामा भरपुर मात्रामा प्रोटिन हुन्छ । यसका साथै यसमा म्याग्नेसियम, पोटासियम र फ्याटी एसिडजस्ता आवश्यक पोषक तत्व पाइन्छन् जुन शरिरको लागि आवश्यक छन् ।

ब्रोकोली

ब्रोकोली प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने ब्रोकोलीलाई तरकारीको रुपमा प्रयोग गरेर प्रोटिन पाउन सक्नुहुन्छ ।

बदाम

बदाम, काजू, र ओखर पनि प्रोटिनको राम्रो स्रोत हो ।

जई

जईमा प्रोटिन र फाइबरले भरिपूर्ण हुन्छ । यो म्याग्नेसियम र जिंकको पनि राम्रो स्रोत हो । त्यसकारण जो पनि शाकाहारी हुनुहुन्छ उनीहरुले आवश्यक प्रोटिन प्राप्त गर्नका लागि प्रतिदिन आधा कप जईको सेवन गर्न सक्नुहुन्छ ।

सोया दुध

सोया दुध प्रोटिनमा समृद्ध छ र भिटामिन डी, बी १२ र क्याल्सियमको एक महत्वपूर्ण स्रोत पनि हो ।

टुसा उम्रेको गेडागुडी

टुसा उम्रेको गेडागुडी र भिटामिन सी र बीटा क्यारोटिनजस्ता अन्य स्वस्थ पोषक तत्वले पनि भरिपूर्ण हुन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

शाकाहारी भोजन खानु यसकारण फाइदाजनक

यस विषयमा धार्मिक दृष्टिले बहस हुन सक्छ । तर, स्वास्थ्य र वैज्ञानिक दृष्टिले भने त्यति ठूलो बहस छैन । विभिन्न अनुसन्धानले पत्ता लगाइसकेको कुरा के हो भने मांसाहारीभन्दा कैयौँ गुणा बढी शाकाहारी भोजन फाइदाजनक हुन्छ र शाकाहारीको आयु पनि लामो हुन्छ ।

मासुले के गर्छ ?

मांसाहारीको तौल बढी हुन्छ । जसले गर्दा मधुमेह, उच्च रक्तचाप, बढी कोलेस्ट्रोलजस्ता रोग लाग्ने गर्छ । मांसाहारी मानिसलाई आन्द्रालगायत अरू क्यान्सरको पनि उच्च जोखिम हुन्छ ।

मांसाहारीलाई मुटुरोगको सम्भावना पनि बढी हुन्छ । वैज्ञानिक रूपमा हेर्दा मांसाहारमा कार्बोहाइड्रेट कम हुन्छ । प्रोटिन र मिनरल्सको मात्रा बढी हुन्छ । यी दुवै फाइदाजनक छ ।

तर, हुर्कंदै गरेका कुपोषित बच्चाहरूका लागि मात्र यस्तो कुरा महत्वपूर्ण हुन्छ । स्वस्थ व्यक्तिका लागि भने मासु खानु फाइदाजनक छैन । किनकि, यसमा बोसोको मात्रा हुन्छ । जसले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

अहिलेको अवस्थामा शरीरलाई फाइबरको आवश्यकता निकै बढी हुन्छ । यसले कोलेस्ट्रोल घटाउने काम गर्छ । तर, फाइबर मासुबाट पाइँदैन ।

एउटा मात्र कुरा के भने मासुमा भिटामिन बी–१२ को मात्रा हुन्छ । जुन शाकाहारीबाट पाइँदैन । यो तत्वले नसासम्बन्धी समस्या निम्त्याउँछ । तर, सबै शाकाहारी भोजनमा भिटामिन बी–१२ हुँदैन भन्नेचाहिँ होइन ।

मांसाहारीमा ओभर न्युट्रिसनको समस्या हुन्छ, जसले दूरगामी असर पार्छ । त्यसैले हामीले स्वाद र स्वास्थ्यलाई सन्तुलनमा राखेर खानु जरुरी हुन्छ ।

मसु कसरी खाने ?

आफ्नो शरीरको अवस्था के छ र मासुबाट के–के तत्व पाइन्छ भन्ने कुरालाई ध्यानमा राखेर मासुको प्रयोग गर्नुपर्छ । मासु आफैँमा हानिकारक भए तापनि धेरैले अत्यधिक प्रयोग गरिरहेका हुन्छन् । यदि खाइहाल्ने हो भने हप्तामा एक दिनभन्दा बढी खानु राम्रो होइन ।

र, त्यसको परिमाणमा पनि ध्यान दिन जरुरी हुन्छ । मासु किन्दा यसको क्वालिटीको विषयमा विशेष ध्यान दिनुपर्छ । एकदमै कम बोसो भएको मासु मात्र प्रयोग गर्नुपर्छ ।

मासु लिएपछि पकाउने कुरामा पनि विशेष ध्यान दिन जरुरी छ । नत्र शरीरलाई हानि पुर्याउँछ । ग्रिल, बेकिङ गरेर र माइक्रो ओभनमा पकाउँदा फ्राई हुन्छ र असर पनि कम गर्छ ।

मासुमा प्रयोग गर्ने तेलको मात्रालाई पनि विशेष ध्यान दिनुपर्छ । मासु आफैँमा बोसो हुने भएकाले राखेको थप तेलले असर गर्छ । कहिल्यै पनि मासु मात्र प्रयोग गर्नुहुँदैन । त्यसको साथमा फाइबरयुक्त सलाद, सागलगायतको पनि सँगै प्रयोग गर्न जरुरी हुन्छ ।

सकेसम्म रेस्टुरेन्टमा तयार पारेको मासुको प्रयोग गर्नुहुँदैन । रेस्टुरेन्टमा पाकेका खाना स्वस्थभन्दा पनि स्वाद र कस्टलाई ध्यानमा राखेर तयार पारिएको हुन्छ । जसले नराम्रो असर पु-याउँछ ।

रेड मिटको प्रयोग गर्नुहुँदैन । यदि गर्ने नै मन भए महिनामा एकपटक वा निकै कम प्रयोग गर्नुपर्छ । खसी, राँगालगायतमा रेड मिट हुन्छ र यसमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ ।

धेरैलाई लाग्छ कि चिकेन ह्वाइट मिट हो र यसले कोलेस्ट्रोल बढाउँदैन, जुन गलत हो । यसमा पनि फ्याट हुन्छ । अन्डाको पहेँलो भागमा अत्यधिक कोलेस्ट्रोलको मात्रा हुन्छ । त्यसैले यसको पनि बढी प्रयोग गर्नुहुँदैन ।

माछाबाट अनस्याचुरेटेड फ्याट पाइन्छ, जसले मुटु र मोटोपनमा असर गर्दैन । यसले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रण गर्न मद्दत गर्छ । तर, यसलाई डिप फ्राई गरेर प्रयोग गर्दा भने यसको अनस्याचुरेटेड फ्याट नष्ट हुन्छ र स्वास्थ्यमा असर पु-याउँछ ।

डिप फ्रिजमा राखिएको ससेस, मःमजस्ता प्रोसेस्ड मिट खानेको संख्या पनि ठूलो छ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । उच्च रक्तचाप, मधुमेहका रोगीले मासुको प्रयोग नै नगर्दा राम्रो ।

शाकाहारी भोजनको फाईदाहरु

वनस्पतिहरुबाट प्राप्त प्रोटीन शरीरको अमीनो एसिडको आवश्यक मात्राको लागि पर्याप्त छ, बरु विभिन्न प्रकारको वनस्पति आधारित पदार्थहरुको सेवन गरियोस ।

शाकाहारी हुनु कुनै हानी छैन । मांसाहारिहरुलाई जुन तत्व मासुबाट प्राप्त हुन्छ, त्यहि तत्व शाकाहारिहरुलाई बिभिन्न प्रकारको शाग शव्जीबाट प्राप्त हुन्छ । प्रोटीन जो कि माछा, मासु र अण्डाबाट प्राप्त हुन्छ, त्यो वनस्पतिबाट पनि प्राप्त हुन्छ यस्को अर्थ यो हो होईन कि मासुनै खायो ।

मानव शरीरलाई कार्य गर्नको लागि यस्तो कुनै पौष्टिक तत्व छैन, जो वनस्पतिबाट प्राप्त हुन नसकोस । मैले कहिलेकाहिं विकासी अण्डा खान्छु अर्थात भाले कुखुराको बिज नपरेको । शाकाहारी हुनु भनेको पाप कर्मबाट पनि बचाउंछ भनेर मैले बुझेकोछु ।

फोलेटको अत्यधिक मात्रामा हुनुको कारण र न्यून मात्रामा सेचुरेटेड वोसो, कोलेस्ट्रॉल र पशु प्रोटीन मात्राको कारण शाकाहारी भोजनले हामीलाई रोगहरुबाट बचाउंछ। म मांशाहारी भएको भए म धेरै रोगबाट पिडित हुने थिएं।

शाकाहारिहरुमा हृदयको रक्त पठाउने धमनिहरु सित संम्बंन्धित बिमारीको सम्भावना कम हुन्छ। शाकाहारिहरुमा कुल तरल कोलेस्ट्रॉल तथा कम-घनत्व भएको लायपोप्रोटीन कोलेस्ट्रॉलको मात्रा सामान्यतः कम पाईन्छ, तर उच्च-घनत्व भएको लायपोप्रोटीन कोलेस्ट्रॉलको मात्रा यस कुरामा निर्भर गर्छ कि तपाई कुन प्रकारको शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ।

शाकाहारिहरुमा हाई ब्लड प्रेशरको सम्भावना मांसाहारिहरु भन्दा कम हुन्छ र यो भार र नुनमा निर्भर गर्दैन ।म शाकाहारी भएकै कारणले उच्च रक्तचाप नियन्त्रणमाछ । यसको कारक यो पनि हुन सक्छ कि ति कॉम्लेक्स काब्रोहाईड्रेट धेरै मात्रामा लिन्छन् र शारीरिक स्थूलता यिनमा कम हुन्छ ।

फोक्सो र ठूलो आंतको क्यान्सर शाकाहारिहरुमा कम हुन्छ। यसको कारण यो हुन्छ कि शाकाहारी रेशायुक्त फल र सब्जिहरुको बढी खान्छन्।

विश्वभरीबाट लिईएको तथ्यांकले देखाउंछ कि वनस्पति आधारित भोजन गर्नेहरुमा स्तनको क्यान्सर हुने सम्भावना कम हुन्छ। कारण शाकाहारिहरुमा एस्ट्रोजनको कम मात्रा सहायक पाईन्छ।

शाकाहारी भोजन मिर्गौला सित सम्बंन्धित रोगहरुको रोकथाममा सहायक हुन सक्छ। अध्ययनमा यो थाहाभएकोछ कि वनस्पतिहरुमा पाईने केहि प्रोटीन जीवित हुने संभावना बढ़ाउंछ र पिशाबबाट प्रोटीन निस्कनु, कोशिकाहरुबाट रक्त छानिने गति, मिर्गौलामा रक्त संचार र मिर्गौला सित सम्बन्धित विकार मांसाहारिहरुको तुलनामा शाकाहारिहरुमा कम पाईन्छ ।

वनस्पतिहरुबाट प्राप्त प्रोटीन शरीरको अमीनो एसिडको आवश्यक मात्राको लागि पर्याप्त छ, बरु विभिन्न प्रकारको वनस्पति आधारित पदार्थहरुको सेवन गरियोस । शोधहरुले जानकारी पाईएकोछ छ कि केहि विभिन्न स्रोतहरुबाट प्रोटीन लिनुपर्ने आवश्यकता छैन, तपाईं पूरै दिन भरीमा अमीनों एसिडको यस प्रकार सेवन गर्नुस जो नाईट्रोजनको पर्याप्त मात्रा शरीरमा बनाई राख्नुस ।

त्यसै त शाकाहारी भोजनमा प्रोटीनको मात्रा कम हुन्छ, तर शाकाहारी व्यक्ति प्रोटीनको आफ्नो आवश्यकता संतुलित भोजन लिएर पूरा गर्न सक्छन् । शाकाहारी हुनाले विचारलाई शुद्ध बनाउन पनि सहयोग गर्छ । शाकाहारी मांसाहारीको तुलनामा कम तनावमा हुन्छन् ।

१.फाइदा हुन्छ

मासु छोड्ने मानिसहरुको वजन लगभग १० पाउन्डसम्म कम हुन सक्छ । उनीहरुलाई आफ्नो क्यालोरी बढेको चिन्ता हुँदैन र उनीहरुले धेरै वर्क आउट पनि गर्नु पर्दैन । शाकाहारी भोजनले सबै कुरालाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

२. पेटमा प्रोटेक्टिभ ब्याक्टेरिया बढ्छ

एउटा अध्ययनबाट पत्ता लागेको छ कि शाकाहारी भोजन गर्ने मानिसहरुको पेटमा बढि प्रोटेक्टिभ ब्याक्टेरिया पाइन्छ । जबकि मासु खाने मानिसहरुमा यसको अभाव हुन्छ । त्यसैले मासु नखाँदाको एउटा फाइदा यो पनि हो ।

३. छाला स्वस्थ र सफा हुन्छ

शाकाहारी भोजन गर्ने व्यक्तिहरुको छालामा बढि डण्डीफोर, कोठी देखिँदैन । यदि तपाईं मासुको साटो फल र तरकारीहरु खानुहुन्छ भने तपाईंको त्वचा पनि सफा र स्वस्थ हुन्छ ।

४. शरीरमा फुर्ति बढ्छ

मासु खाने व्यक्तिको तुलनामा मासु नखाने व्यक्तिहरु कम थकान महसुस गर्छन् । शाकाहारी भोजनले केवल वजन बढ्ने र शरीरका विषाक्त पदार्थलाई मात्र नियन्त्रण गर्दैन, आफूलाई हल्का महसुस गर्न सकिन्छ ।

५. मुटु रोगको खतरा कम हुन्छ

रेड मिट खाँदा मुटु रोगका खतरा अधिक हुन्छ । रेड मिटमा मौजूद कार्निटिनको केमिकल रियाक्सनका कारण हाम्रो मुटुमा यसको नकारात्मक प्रभाव पर्छ ।

६. कोलस्ट्रोल एक तिहाई कम हुन्छ

यदि तपाईंले मासु खान छोडिदिनुभयो भने तपाईंको रगतमा कोलस्ट्रोलको मात्रा एकाएक कम हुन्छ । यसको तुलना कोलस्ट्रोल क मगर्ने औषधिसँग पनि गर्न सकिन्छ ।

७. जीनले राम्ररी काम गर्छ

मासु खान छोडेर तरकारी मात्र खाने गरियो भने हाम्रो जीन निकै राम्रो हुन्छ । यसले शरीरको कामलाई सामान्य गर्न मद्दत गर्छ ।

८. पोषणको कमी हुन सक्छ

मासु खान छाडियो भने शरीरमा आयोडिन, आइरन, भिठामिन डी र बी १२ को कमी हुन सक्छ । त्यतिबेला यी पोषक तत्वहरुयुक्त सप्लिमेन्ट सेवन गरेर यसको कमि पुरा गर्नुपर्ने हुन्छ ।

९. आफ्नो जिब्रोको स्वाद गुम्न सक्छ

जिंक हाम्रो जिब्रोको टेस्ट सेन्सेसनका लागि एक आवश्यक तत्व हो । रेड मिट र ओइस्टरमा अधिक मात्रामा जिंक पाइन्छ । तर, शाकाहारी भोजन गर्ने व्यक्तिहरुले कुनै अन्य स्रोतबाट जिंक प्राप्त गर्नुपर्ने हुन्छ । अन्यथा जिब्रोले स्वाद थाहा पाउन छोड्दै जान्छ ।

१०. मसल्स बन्न समय लाग्छ

मांसपेशीहरुलाई मजबुत राख्नका लागि प्रोटिनको सबैभन्दा बढि आवश्यकता हुन्छ । प्लान्ट प्रोटिनले काम सुरु गर्न अत्यधिक समय लिन्छ । पोषणविदहरु शाकाहारी भोजन गर्ने व्यक्तिहरुलाई वर्क आउटपछि प्रोटिन लिने सल्लाह दिन्छन् ।

र, यो पनि

रुसोले भनेका छन्, ‘गो ब्याक टु नेचर’ । जब हामीले प्रकृतिलाई फलो गर्छाैं, शाकाहारी खान्छौँ, तब हाम्रो स्वास्थ्य राम्रो पोजिसनमा रहन्छ । संसारमा सबैभन्दा शक्तिशाली जनावरको रूपमा हात्तीलाई लिइन्छ । र, हात्ती पूर्ण रूपमा शाकाहारी हो । यो बुझ्नुभयो भने तपाईं पक्कै पनि शाकाहारी बन्नुहुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।