तपाई हामीलाई थाहा भएकै कुरा हो कि महिलाको स्वर मसिनो तथा सुरिलो हुन्छ तर पुरूषको स्वर त्यस्तो हुदैन । पुरूषहरू मोटो र धोद्रो स्वरमा बोल्ने गर्दछन । यस्तो स्वर परिवर्तन किशोर अवस्थाबाट मात्र शुरूवात हुन्छ । यसलाई वैँस चढेको पनि भनन्छ ।

किन हुन्छ त स्वर परिर्वतन ?

किशोरावस्थामा मानिसको शरीरमा विभिन्न परिवर्तनहरू देखा पर्न थाल्दछन । शरीरका विभिन्न ग्रन्थीहरूले उत्पादन गर्ने हर्मोनहरूको कारणले मानिसको शरीरमा परिवर्तनहरू मध्य पुरूषको स्वर धोद्रो हुनु पनि एक हो ।
किशोररावस्थामा पुरूषको शरीरमा टेस्टोस्टेरोन (Testosterone) नामक हर्मोनको उत्पादन हुन्छ । यो हार्मोनको उत्पादनले घाँटीभित्र हुने भोकल कर्डलाई लामो र बाक्लो बनाउँछ । यसले ल्यारिङ्क्स (Larynx) को आकारमा पनि परिवर्तन ल्याउँछ र स्वर धोद्रो हुन्छ । तर महिलाको शरीरमा टेस्टोस्टेरोन (Testosterone) नामक हर्मोनको उत्पादन नहुने हुँदा स्वरमा खासै परिवर्तन आउँदैन ।

किन हुन्छ त पुरुषको बोली मोटो र महिलाको मसिनो ?

मानिसको मुखबाट निस्कने आवाजले उसको सामाजिक परिवेश, व्यक्तित्व, आत्मविश्वास, सोच, शैक्षिक स्तर, संवेग लागायतका थुप्रै कुराहरु दर्शाइरहेको हुन्छ। आवाजमा मिठोपन र अरुलाई प्रभाव पार्ने क्षमता पनि हुन्छ। उच्च व्यक्तित्व होला जस्तो व्यक्तिको पनि बोलीको आवाजले व्यक्तित्व फिक्का हुने अथवा सामान्य लाग्ने व्यक्तिको पनि बोलीकै आवाजको गुणको कारणले व्यक्तित्व प्रभाविलो हुने अवस्था पनि हामी सबैले महसुस गरेकै कुरा हो।

आवाज निस्कने क्रममा मुख्यतया फोक्सो, घाँटी र मुखमा हुने केही निश्चित अंगहरुको तीन प्रकारका संयोगहरु जस्तै:- श्वासप्रश्वास प्रक्रिया (breathing), भोकल फोल्डस् (Vocal Folds) को खुल्ने, बन्द हुने तथा थर्कने तरिका र गति (Phonation), अनि Vocal Folds बाट पनि बाहिर घाँटी, नाक र मुखसम्म आइपुग्दा आवाजमा हुने बढोत्तरी प्रक्रिया (Resonance) को प्रमुख भूमिका हुन्छ।

मानिसको घाँटीमा रुद्रघन्टीको ठिक भित्रपट्टी हुने कण्ठनाली अथवा घोक्रो (Larynx) भन्ने घाँटीको भागमाथि करिब २० मिलिमिटरका दुइवोटा Vocal Folds अथवा परम्परागत तरिकाले भन्दै आइएका Vocal Chords नामक अंगहरु हुन्छन्। बोल्ने क्रममा फोक्सोबाट सास बाहिर निस्कँदा यी Vocal Folds लाई थर्काउँछ। यसरी थर्किंदा एक प्रकारको मधुरो आवाज निस्किन्छ। तर त्यो आवाज हाम्रा कानहरुले सुन्न सकिने प्रकारको हुँदैन।

हाम्रो तर्कुलानिरको घाँटीको माथिल्लो भागले माइकले जस्तै काम गर्छ। जब Vocal Folds बाट निस्कने मधुरो आवाज तरंग बनेर तर्कुलानिर आइपुग्छ, उक्त आवाज ठुलो (amplified) हुन्छ, र मुखबाट बाहिर निस्कंदा हाम्रो कानले पनि सुन्न सक्ने चर्को बन्दछ।

Vocal Folds खुल्ने र बन्द हुने कुरा मस्तिष्कबाट आउने निर्देशनात्मक संकेतमा भर पर्दछ। साधारण तवरले चल्दाको श्वासप्रश्वास प्रक्रिया र बोल्नको लागी मस्तिष्कले आदेश दिएर चल्ने श्वासप्रश्वास प्रक्रियामा ठूलो भिन्नता हुन्छ।

हुनत नियमित श्वासप्रश्वास प्रक्रियाको लागि भित्र तानिएको सास बाहिर फाल्दा तथा बोल्ने उद्देश्यले भित्र तानिएको सास बाहिर निस्किंदा दुबै अवस्थामा Vocal Folds मै ठोकिएर निस्किन्छ, तर फरक यत्ति छ कि नियमित श्वासप्रश्वास प्रक्रियामा सास बाहिर निस्कंदा Vocal Folds खुलै हुन्छन् र सास सजिलै बाहिर आउँछ, तर बोल्ने उद्देश्यले लिइएको सास बाहिर निस्किंदा मस्तिष्कको निर्देशनमा Vocal Folds बन्द हुन्छन्।

बन्द Vocal Folds मा सास ठोकिंदा सासको शक्ति अनुसार ती Vocal Folds थर्किन्छन, र एकदम छिटोछिटो धेरै पटक खुल्ने तथा बन्द हुने गर्दछन्। यो खुल्ने र बन्द हुने गति पुरुषमा करिब १००-१२० पटक प्रति सेकेन्ड र महिलामा झन्डै २००-२२० पटक प्रति सेकेन्ड हुन्छ।

थर्किने गति कम हुँदा बोली पनि मोटो हुन्छ भने बढी हुँदा मसिनो वा तिखो हुन्छ। महिलाको बोली मसिनो हुनु र पुरुषको बोली मोटो हुनु पनि यही कारण हो। त्यसैले यी Vocal Folds नै मानव आवाजका आधारभूत अंगहरु हुन्।

Vocal Folds देख्दा साना भए पनि चार सतहमा विभाजित र एकदम जटिल किसिमका हुन्छन्। सबै भन्दा माथिल्लो सतह म्युकस मेम्ब्रेन (Mucus Membrane) भन्ने पातलो लेउ जस्तै जालोले बनेको हुन्छ, त्यसको ठिक तल लचकदार रुपले दोब्रिन सक्ने चिप्लो तरल पदार्थले भरिएको Reinke’s Space भन्ने सतह हुन्छ। यी दुवै सतहहरुले Vocal Folds का ढकनीको काम गर्दछन्। यो ढकनी सदैब चिप्लो हुन्छ र त्यो भन्दा तल्लो सतहसम्म छाल जस्तै भएर खुम्चिन तथा तन्किन सक्ने प्रकारको हुन्छ।

यदि कुनै कारणले चिप्लोपनमा कमि आयो भने अथवा सजिलै तन्किन वा खुम्चिन सकेन भने बोल्दा घाँटी दुख्ने, घाँटी सुक्ने, राम्रोसंग बोली नै ननिस्कने, र निस्के पनि बोलिनै अनौठो प्रकारको हुने हुन्छ।

Vocal Folds भन्दा तल्लो Vocal ligament नामक तेश्रो सतह एक प्रकारको लचकदार तन्तुले बनेको हुन्छ, जसको कारणले गर्दा त्यो भन्दा तल्लो र माम्स्पेशीले बनेको सतह पनि Vocal Folds को चालमा सजिलै चल्न, तन्किन, खुम्चिन र आकार बदल्न सक्ने हुन्छ।

फोक्सोबाट हावा बाहिर निस्कँदा Vocal Folds मा ठोकिने तरिका, गति र धक्काको आधारमा नै बोलीको उतारचडाब, चर्कोपन, र स्तर भर पर्दछ। Vocal Folds बढी थर्किंदा चर्को आवाज निस्किन्छ भने Vocal Folds को बिट अथवा छेउं जति पातलो हुन्छ त्यति नै बढी सुरिलो आवाज निस्कन्छ।

महिलाका Vocal Folds पातला हुन्छन, त्यसैले बढी थर्किन्छन, जसको कारणले आवाज मसिनो हुन्छ। तर पुरुषका Vocal Folds महिलाका भन्दा ठिक बिपरित हुने भएकोले आवाज पनि मोटो हुन्छ। चर्को आवाज र सुरिलो आवाज फरक कुरा हुन्।

आवाज मधुरो र चर्को हुने कुरा फोक्सोबाट निस्किने हावाको चाप र त्यसले Vocal Folds मा पार्ने आघातमा भर पर्दछ। बिस्तारै निस्कने हावाको चाप कम हुन्छ, जसले Vocal Folds हरुलाई कम आघात पर्दछ र स्वभावैले बोली पनि मधुरो हुन्छ भने चर्को बोली निस्किंदा यसको ठिक बिपरित हुन्छ अथवा फोक्सोबाट जोडले हावा निस्केको हुन्छ।

आवाजको स्तरीयता भने प्रमुख रुपमा Vocal Folds को एकनासको (smooth) थर्काइ, अभ्यासद्वारा Vocal Folds को मांसपेशी (muscles) मा आउने लचकता, र चिप्लोपनमा भर गर्दछ। यसको अलावा घाँटी, नाक, मुखको आकार, ओठको अवस्था, व्यक्तिको आसन र मानसिक स्थितिले पनि ठुलै भूमिका खेलेको हुन्छ।

एकदम राम्रो स्वर हुने गायकले पनि कहिलेकाहीं राम्रो गाउन नसक्नु मानसिक अवस्थाको कारण, जस्तै:- अताल्लिनु अथवा बढी उत्तेजित हुनु आदि हो भने गाउँदा जिब्रोले ओठ चाटिरहनु ओठको चिप्लोपनले पनि गायनमा सहजता ल्याउन भूमिका खेल्ने भएकोले हो।

गाउने मान्छेले रियाज गर्नुको कारण पनि Vocal Folds को थर्काइमा smoothness ल्याउन र Vocal Folds को muscles लाई अभ्यासले लचकदार बनाइराख्नको लागि हो। अभ्यास भएन भने muscles तन्केर लचकदार बनेको हुँदैन र स्वरमा मिठास र एकरुपता आउँदैन। (स्वर्गीय स्वर सम्राट नारायण गोपाल तथा लता मंगेसकरका Vocal Folds कस्ता रहेछन अब आफै पत्ता लगाउनु होस्।)

कुनै व्यक्ति लाटो अथवा नबोल्ने हुनुका थुप्रै कारणहरु भए पनि मुख्य कारणचाहिं Vocal Folds बाट हावा पास नहुनु हो भने लठेब्रो पाराले बोल्नुको मूल कारण Vocal Folds बाट अबरोधात्मक किसिमले वा घरीघरीमात्र हावा पास हुनु हो। त्यस्तै भकभकाउनुको मूल कारण Vocal Folds को थार्काइमा समानता नहुनु हो।

व्यक्तिको मुखबाट स्वर निस्केपछि त्यसलाई बोलीमा वा भाषामा बदल्ने प्रक्रिया भने अलि फरक कुरा हो। करिब २५ लाख बर्ष पहिले जब होमो हाबिलिस (Homo Habilis) भन्ने प्राचिन मानवले ढुंगे हतियारको प्रगोग गर्न जान्यो अथवा सुझ पायो, भाषाको सुरुवात पनि त्यहींबाट भएको मानिन्छ। हाल संसारमा करिब ६ हजार भाषाहरु बोलिए पनि करिब ५० हजार बर्ष पहिलेसम्म पनि मान्छेको जनसंख्या करिब १ हजार थियो भने भाषा एउटामात्र थियो, र शब्दभण्डार एकदमै सिमित थियो।

मान्छेले ब्रह्माण्डमा अवस्थित यावत् चिजको जतिजति अर्थ बुझ्दै गयो, त्यसलाई भाषाको मध्यम बनाएर ब्यक्त गर्न थाल्यो, जसको परिणाम स्वरूप उसको मस्तिष्क पनि झनझन् बिकसित हुँदैहुँदै आजको अवस्थामा आइपुग्यो। तसर्थ मस्तिष्क विकासको निमित्त अथवा मानब सभ्यता र बिकासको निमित्त भाषाको एकदम ठुलो भूमिका हुन्छ।

बोलिने भाषाको निमित्त चाहिने आधारभूत आवाज Vocal Folds बाट निस्केपछि त्यसलाई अर्थपूर्ण बोलीमा परिणत गर्ने काममा भने शब्द उच्चारणमा भागलिने वा सहयोग गर्ने अन्य अंगहरु जस्तै:- नाक, मुख, जिब्रो, दाँत, ओठ आदिको समायोजनको तरिका र संयुक्त भूमिका नै प्रमुख हुन्छ

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

यो भिडियो पनि हेर्नुहोस् :