यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ ।

यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन त्यस समयसम्म झुसिल्किरा हिडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसके पछि बनस्पतिले आफ्नो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जिवित रहन्छ माटो मुनी मर्छ । माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङ्ग कालो हुन्छ जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन । ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् ।

कहाँ कहाँ पाइन्छ ?

यो बिशेष गरेर उत्तरी क्षेत्रमा बर्षभरि पाउन सकिन्छ । विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । ती मध्ये जापानमा ३० वटा, ब्रिटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइन्छ । नेपालको सन्दर्भमा भने यकिन गरेर भन्न नसकिने बनस्पतिविज्ञहरू वताउछन् । तर पनि उनीहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् ।

कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ । त्यस्तै कोर्डिसेप्स मिलिटरिस जातको यार्सागुम्बा भक्तपुरको सूर्यविनायकमा पाइन्छ भने कोर्डिसेप्स नुटन्स शिवपुरी नागाजूृनको जंगल, गोकर्ण मनाङमा पाइन्छ ।

हुनत हिमाली भेगमा लामाहरू यार्सागुम्बा धर्मात्मा मानिसहरूले मात्र भेटाउछन् भन्छन् र कतिपय लेकबाट औषधि बेच्न आएका मानिसहरूले यासार्गुम्बा भनेर झुक्याएर औषधि बेच्ने गरेको पनि पाइन्छ तर वास्तवमा यार्सागुम्बा च्याउ जस्तै भेटिने बस्तु हो तर के कुरा चाँही सत्य हो भने पहिला एउटा भेट्न चाँही निकै समस्या पर्छ । एउटा भेटिए पछि अरु सजिलै पाउन सकिन्छ किनभने अरु यार्सागुम्बाहरू आपसमा वरपर रहने हुनाले सजिलै पाउन सकिन्छ । यार्सागुम्बा भेटाउन धर्मी र पापी भन्ने कुरा चाँही सरासर गलत हो ।

नेपालमा यार्सागुम्बाको पहिलो खोजी कसरी भयो ?

यार्सागुम्बाको अस्तित्व पौराणिक कालदेखि नै नेपालमा रहँदै आएको पाइन्छ । यसको उपयोग हिमाली भेगका शेर्पाहरूले गर्दै आएका थिए । विभिन्न जडीबुटीका रुपमा प्रयोग भइरहेको यार्सागुम्बा पहिलो पटक खोजी गरेर प्रकाशमा ल्याइएको भने त्यति धेरै भएको छैन । यार्सागुम्बाको पहिलो पटक संकलन गर्ने श्रेय सन् १९५२ मा ब्रिटिस म्युजियम लण्डनको तर्फबाट बनस्पति संकलन गर्न आएका पोलुनिन साइकल र विलियमलाई जान्छ ।

यार्सागुम्बाको उपयोगिता

संसारमा पाइने १०० भन्दा बढी प्रजातिका यार्सागुम्बाहरू दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिदैनन् । नेपालमैं पाइने ३ प्रकारका यार्सागुम्बाहरू पनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन् । बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो । संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिन्छ ।

हुनत यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवद्र्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । तर यसलाई औषधिको रुपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन । उसका अनुसार यस बाहेक अन्य औषधिमा पनि यार्सागुम्बाको प्रयोग गरिन्छ । यार्सागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ ।

कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् । यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ । यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्दछ भन्ने विश्वास गर्दछन् ।

कतिपयको भनाइमा भने तीन वटा यार्सागुम्बालाई उमालेको दूध वा महसँग खाएमा यौन उत्तेजकको काम गर्ने गर्छ भन्न विश्वास छ । बैज्ञानिक तथा वनस्पति विज्ञहरूको भनाइ अनुसार १३ वटा अन्य जडीबुटीसँग यार्सागुम्बालाई मिसाएर लगातार ३ बर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने गर्दछ । त्यसैले यार्सागुम्बाबाट बनाइएका टनिकहरू चीनमा खुल्ला रुपमा बिक्री गरिन्छ ।

हिमाली भेगबाट औषधि ल्याएर बिक्री गर्ने लामा भोटेहरू भने यसको उपयोग कामोत्तेजकका लागि तथा स्मरण शक्ति बढाउनका लागि उपयोग गरिने बताउछन । उनीहरूका अनुसार ३ तोला यार्सागुम्बा, २ केजी सेतो चामल, ५ तोला पाँचऔंले र एक लिटर दूधलाई हिमालको चोखो पानीमा पकाएर तीन दिन दिनको ३र३ चम्चा बिहान बेलुका खाएमा यौन शक्ति बढ्ने बताउछन् ।

हामीले केहि थप जानकारी दिइएका छाै

रोगी भएर औषधी र अस्पताल खोज्ने कि प्राकृतिक रुपमै निरोगी हुने ? जीवनशैली बारे अत्यन्तै महत्त्वपुर्ण जानकारी

नेपाली समाजमा एउटा रमाइलो प्रसंग छ । जब कोही फलफूल बोकेर हिँडिरहेका हुन्छन् ।

छिमेकीले सोध्छन्, ‘होइन, कोहि बिरामी छ ?’

छिमेकीले किनपनि यस्तो आशंका गरे भने तपाईंले फलफूल बोक्नुभएको छ । अर्थात हामी घरमा कोही बिरामी परे फलफूल ख्वाउँछौ । कोही आफन्त, साथीभाई, छिमेकी अस्पतालमा भर्ना भए भने उनलाई भेट्न जाँदा फलफूल, जुस वा स्वस्थ्यवर्द्धक खानेकुरा बोक्छौ ।

जब हामी अस्पताल धाउँछौं छिमेकीले लख काट्छन्, ‘फलानो बिरामी भएछन् ।’ चाहे स्वास्थ्य परीक्षण गर्न होस् वा कुनै परामर्शका लागि, अस्पताल धाउन थालेपछि ‘फलानो रोगी भएछ’ भन्न थालिन्छ ।

कोही जब मर्निङ वाकमा निस्कन थाल्छन् । व्यायाम गर्न थाल्छन् । देख्नेहरु भन्छन्, ‘फलानोलाई पक्कै मधुमेह वा उच्च रक्तचापले छोएछ ।’

यसबाट हाम्रो समाजको मोटामोटी मनोविज्ञान के पाइन्छ भने, बिरामी भएपछि फलफूल खानुपर्छ । यसरी बुझौं, फलफूल भनेको कुरा विरामी वा रोगी भएपछि खाने चिज हुन् ।

फलफूल खानु, व्यायाम गर्नु, दौडनु, नियमित स्वास्थ्य परीक्षण गर्ने आवश्यक्ता त्यसबेला मात्र देख्छौं, जब शरीरमा रोगले ‘हाइ अलर्ट’ जारी गर्छ । अर्थात शारीरिक रुपमा स्वस्थ्य हुँदाहुँदै पनि तपाईंले यस किसिमको दिनचर्या अपनाउनु भयो भने, अनुमान गरिन्छ कि तपाईंमा कुनै रोग छ ।

रोग लागेपछि नै फलफूल खानुपर्छ, अस्पताल जानुपर्छ, मर्निङ वक गर्नुपर्छ भन्ने सोंचकै कारण हामी रोगी हुँदैछौं । जबसम्म रोग लाग्दैन, स्वस्थ्य जीवनशैली अपनाउने आवश्यक्ता देख्दैनौं । फलफूल खाने, व्यायाम गर्ने जरुरत ठान्दैनौ ।

यसबाट प्रष्ट के हुन्छ भने, जुन ढंगको जीवनशैली अपनाउनुपर्ने हो, त्यसको ठिक विपरित उभिएका छौं ।

अर्थात फलफूल सेवन गर्दैनौं । व्यायाम गर्दैनौं । मर्निङ वाकमा निस्कदैनौ । नियमित स्वास्थ्य परीक्षण गर्दैनौ । मनलाग्दो जीवनशैली अपनाउँछौं । मनलाग्दो खान्छौं । मनलाग्दो सुत्ने-उठ्ने गर्छौं । यहि कारण हामी रोगी हुन्छौं । जब रोगले गाँज्न थाल्छ, तब मात्र आफ्नो जीवनशैली परिवर्तन गर्ने अभ्यास गर्छौं ।

रोगी भएर उपचार गर्नु उपयुक्त कि रोग लाग्नै नदिनु ?

पक्कै पनि तपाईंको मनले दोस्रो विकल्प सर्वोत्तम मान्नेछ । तर, तपाईंको जीवनशैली पहिलो विकल्पमै अल्भिmएको छ । अर्थात जब रोगले च्याप्छ, तबमात्र उपचारको खोजीमा दौडनुहुन्छ ।

सोच्नुहोस् त, तपाईं एक जनालाई रोग लाग्छ । तर, त्यसले तपाईं एक्लोलाई मात्र दुःख दिदैन । सबै घर-परिवारले तनाव झेल्नुपर्छ । घरमा कुनै सदस्य विरामी भए सम्पूर्ण परिवारको मनस्थिती बोझिलो हुन्छ । कसैले पनि उमंगमय ढंगले आफ्नो काम गर्न सक्दैन ।

अर्कोतिर तपाईंको दैनिकी प्रभावित हुन्छ । भनेजस्तो वा सोचेजस्तो काम गर्न पाउनुहुन्न । अस्पताल धाउने, परीक्षण गर्ने, उपचार गर्ने, औषधी सेवन गर्ने चक्करमा तपाईं गल्दै र थाक्दै जानुहुन्छ ।

यता आर्थिक बोझ पनि थपिन्छ । एकातिर तपाईं आयआर्जनको काममा सहभागी हुनुभएको छैन । परिवारका लागि त्यसैपनि बोझ भयो । अर्कोतिर तपाईंको उपचारका लागि लाग्ने खर्चले व्यायभार बढाइदिन्छ ।

रोग लागिसकेपछिको अवस्थामा कसरी तपाईं र समग्र तपाईंको परिवारले पीडा झेल्नुपर्छ भन्ने कुराको उदाहरण मात्र हो यो । तर, यस्ता संभावित खतराबारे हेक्का हुँदा हुँदै पनि हामी खराब जीवनशैली अपनाउँछौं । जुन खान नहुने हो, त्यही खान्छौं । जे नगर्नुपर्ने हो, त्यही गर्छौं । हामी मनलाग्दो ढंगले यावत् कुरा गर्छौं र दोष चाहि रोग वा शरीरलाई दिन्छौं ।

रोग त्यसै लागेको होइन । त्यसमा तपाईंको कमजोरी आवश्य छ । तपाईंले रोग प्रतिरोधात्मक शरीर निर्माणका लागि कुनै प्रयास गर्नुभएको थियो ?

सुपाच्य र सन्तुलित भोजन गर्नुभएको थियो ? नियमित व्यायाम गर्नुभएको थियो ? सकारात्मक सोंचको विकास गर्नुभएको थियो ? सक्रिय जीवनशैली अपनाउनुभएको थियो ?

यी प्रश्नहरुको जवाफ नकारात्मक आउन सक्छ । त्यही कारण रोग लाग्यो । थला परियो । औषधी गर्नुपर्ने भयो । अस्पताल धाउनुपर्ने भयो । औषधी-उपचारमा पैसा सकियो ।

निरोगी अवस्थामा, शारीरिक रुपले तन्दुरुस्त भएको बेला हामीले शरीरलाई रोग प्रतिरोधात्मक बनाउन सक्छौं । यसका लागि केही गर्न पर्दैन । केवल जीवनशैली स्वस्थ्य र सन्तुलित राखे पुग्छ ।

यस्तो खानापान गरौं, जसले पाचन यन्त्रलाई सहज बनाउँछ । सजिलै पच्छ । साथसाथै शरीरलाई पोषण पनि आपूर्ति गर्छ । सन्तुलित र सुपाच्य खानेकुरा सेवन गरौं । खाना खाने समय नियमित गरौं । थोरै थोरै तर धेरै पटक खाने बानी गरौं ।

बिहान चाडै उठ्ने, चाडै सुत्ने गरौं । सुत्ने र उठ्ने तालिका नियमित गरौं । रातमा कम्तीमा सात वा आठ घण्टा मस्त सुतौं ।

सक्रिय दिनचर्या अपनाऔं । बिहान उठेर योग गरौं । मर्निङ वाक गरौं । व्यायाम गरौं । ध्यान गरौं । दिनभर पनि शारीरिक रुपमा केही न केही गरौं । सक्रिय जीवनशैली अपनाऔं ।

मनको शुद्धिकरण गरौं । मनको विकारले तनलाई असर गर्छ । शरीर र मनको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । जब तपाईं मानसिक रुपले तनावमा हुनुहुन्छ, त्यसको असर मुटुमा पर्छ । जब तपाईं भयाभित हुनुहुन्छ, डरको अवस्थामा हुनुहुन्छ, तनावको अवस्थामा हुनुहुन्छ, मुटुको गति बढ्छ । स्वासप्रश्वास प्रक्रिया अनियमित हुन्छ । यसले गर्दा शरीरको काम नियमित र चुस्त हुँदैन । रोगले आक्रमण गर्छ ।

त्यसैले शरीरलाई सक्रिय राख्ने, खानपान सन्तुलित र सुपाच्य गर्ने साथसाथै मनलाई शान्त, सकारात्मक पनि राख्ने । यस किसिमको जीवनशैलीले हामीलाई अस्पताल धाउनुपर्ने वाध्यताबाट मुक्त गर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।