अध्ययनले गहुँको जुसमा अत्याधिक औषधीय तत्व हुने गरेको पत्ता लागेको छ । यसलाई सजिलै बनाउन सकिन्छ, धेरै खर्च पनि लाग्दैन, बनाउन समय पनि लाग्दैन । यद्यपी त्यसबाट स्वास्थ्यमा भने चमत्कारिक लाभ मिल्छ । यो हो, गहुँ को जमराको जुस । हामीले दशैंमा जसरी जमारा उमार्छौ, ठिक उसैगरी गहुँ को जमरा उमार्न सकिन्छ । यसलाई प्रकृतिको अनमोल देन मानिन्छ ।

किनभने यो अमीनो एसिड, इन्जाइम, भिटामिन र प्रोटिनको राम्रो स्रोत हो । यी पोषक तत्वले शरीरको मृत्त कोशिकालाई पूनर्जीवन दिन्छ र पीएच लेभल सन्तुलित राख्छ । भेज वा ननभेज खानुभन्दा बढी गुणकारी एवं फाइदाजनक हुन्छ, गहुँ को जमराको जुस । यसले शरीरमा अक्सिजनको कमी पुरा गरेर शक्ति प्रदान गर्छ । यसले कमजोर हटाउँछ । शरीरको उर्जा बढाउँछ ।

के पाइन्छ गहुँको जमरामा ?

जमरा राम्रो आहार पनि हो । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।

के छ त यसको फाइदा

छालालाई जवान राख्ने – छालालाई जवान, चम्किलो, मुलायम राख्नका लागि गहुँ को जमराको जुस एकदमै प्रभावकारी हुन्छ । किनभने यसमा प्राकृतिक न्यूट्रिशन र एन्टि अक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरमा बुढोपन आउन दिदैन । नियमित रुपले यो पेय पिउँदा छाला हाइड्रेट रहन्छ । छालाको दाग, धब्बा पनि हट्छ । चाहुरीपन हट्छ ।

केसलाई कालो र स्वस्थ्य बनाउँछ

समय नपुगी कतिको केस फुल्ने गर्छ । हाँगा फाट्ने, रुखो हुने, झर्ने समस्या पनि धेरैले झेलिरहेका हुन्छन् । यदि दिनहुँ गहुँ को जमराको जुस पिउने हो भने केसका यी तमाम समस्या हट्छ ।

होमोग्लोबिन बढाउँछ

गहुँ को जमराको जुसले शरीरमा रक्त संचार प्रक्रिया चुस्त बनाउँछ । यसले शरीरमा नयाँ रगत बनाउँछ र पुरानो रगत विस्थापित हुन्छ । साथै शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ ।

ब्लड शुगर नियन्त्रण गर्छ

मधुमेह नियन्त्रणका लागि पनि गहुँ को जमराको रस पिउनुपर्छ । यसले रगतमा ग्लूकोजको मात्रा नियन्त्रण गर्छ ।

क्यान्सरको उपचार

गहुँ को जमराको जुसमा क्यान्सर प्रतिरोधी क्षमता हुन्छ । यसमा रहेको क्लोरोफिलले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । किमोथेरापी वा रेडियोथेरापीको क्रममा पनि यस्तो रस पिउन सल्लाह दिइन्छ ।

कब्जियतको उपचार

कब्जियतको समस्या झेलिरहेकाहरुले पनि गहुँ को जमराको जुस सेवन गर्न सक्छन् । यसले शरीरको पाचन क्रिया चुस्त राख्छ ।

कसरी बनाउने गहुँको जमराको जुस ?

गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । कसरी बनाउने त जुस ?

१. आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।

२. अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।

३. यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।

४. यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।

कहिले पिउने

यो जुस पिउनका लागि कुनै निश्चित समय हुँदैन । तर, यो जुस पिउनुभन्दा आधा घण्टा अघि वा पछिखानपिन गर्नु हुँदैन ।

बिहान खाली पेटमा गहुँ को जमराको जुस पिउनु बढी फाइदाजनक हुन्छ ।

कति पिउने ?

यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने प्रतिदिन तीसदेखि पचास एमएल जुस पिउनुहोस्, दिनमा दुई पटकसम्म ।

सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।

एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।

कसरी उमार्ने गहुँको जमरा ?

अग्र्यानिक बिजको प्रयोग गर्नुपर्छ ।

सबैभन्दा पहिला गहुँको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।

अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।

अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।

एक हप्तासम्म एक-एक वटा गमलामा यसरी नै बिज रोप्नुहोस् ।

सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ ।

खान योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिज रोप्नुहोस् ।

गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।

गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।

अन्य लाभ

पोलेको वा काटेको घाउमा गहुँ को जमराले औषधीको काम गर्छ ।

गलाको कुनैपनि इन्फेक्सन क मगर्न यो उपयोगी हुन्छ ।

उच्च रक्तचापका रोगीहरुले नियमिन रुपमा जौको जमराको जुस पिउनुपर्छ ।

यसले मोटोपन नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

हामीले सम्बन्धित थप जानकारी दिइएका छाै

कुन रोग लाग्दा कुन जुस पिउने ?

उच्च रक्तचापका रोगीहरूले गाजर, अंगुर र मौसमको जुस पिउनुपर्छ । अनि शारीरिक र मानसिक आराम पनि गर्नुपर्छ । निम्न रक्तचाप लो ब्लडप्रेसर भएकाहरूले गुलिया फलको रस पिउनुपर्छ भने अमिलो फलको रस पिउनुहुँदैन । अंगुर र मौसमको रस लाभदायक हुन्छ ।

जन्डिस जन्डिस हुँदा रोगीले अंगुर, स्याउ र मौसमको रस पिउनुपर्छ । किसमिस डुबाएको पानीले पनि राम्रो गर्छ ।

अनुहारको दाग अनुहारको दाग हटाउनका लागि गाजर, खरबुजा, प्याज, तुलसी र पालुंगोको रस लाभदायी हुन्छ ।

क्यान्सर क्यान्सरबाट मुक्तिका लागि गाजर र अंगुरको रस पिउनु राम्रो हुन्छ ।

भोक नलाग्दा भोक नलाग्ने मान्छेले बिहान खाली पेट कागतीपानी खानुपर्छ अनि खानुअघि अदुवाको पेस्टमा बीरेनुन हालेर खानुपर्छ ।

रगत सफा गर्न शरीरमा विद्यमान रगतलाई शुद्ध बनाउनका लागि कागती, गाजर, काउली, पालुंगो, स्याउ, तुलसी र बेलका पातहरूको रस लाभदायक हुन्छ ।

दमको समस्या दमको रोगीले लसुन, अदुवा, तुलसी, काउली, गाजरको सुप र मुँगको दाल अनि बाख्रीको दूध खाँदा फाइदा पुग्छ ।

करेलाको जुस पिउँनुका फाइदा

प्याङक्रियाजमा हुने क्यान्सरको कोषलाई नष्ट गर्छ

आँखा स्वस्थ राख्न सहयोगी

पाचन प्रक्रिया बलियो बनाउन

भोक बढाउनमा सहयोगी

सुगर नियन्त्रण गर्न सहयोगी

छाला र कपालको लागि फाइदाजनक

तौल नियन्त्रण गर्न सकिन्छ

घ्युकुमारीको जुस पिउदा हुने फाईदा

घ्युकुमारी प्राय रोप्दा सबै तिर उम्रेने बिरुवा हो । कति मानिसहरुले यसलाई आफ्नो घरको छत्को गमलामा पनि रोपेर यसको फाईदा लिइ रहेका हुन्छन ।

घ्युकुमारी प्रतेक मानिसको घर घरमा आवाश्यक हुन्छ । यसले धेरै प्रकारका रोगसंग लड्ने क्षमत दिन्छ । तल दिएको छ घ्युकुमारीको जुसको फाईदाहरु :

एलोभेराको जुस एक हिसाबले शक्ति दिने पदार्थ हो । यसको नियमित प्रयोगले शरिरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ । यसले रो प्रतिरोधी क्षमतालाई पनि बृद्धी गर्छ ।

एलोभेरा जुसले रगतको कमीलाई पनि कम गर्छ । एलोभेराको ६ देखी ८ इन्च तासिएको टुक्रा, ५९७ वटा तुलसीकोप पत्ता र ४९५ वटा नीमको पात लिएर थोरै पानीमा हालेर पिस्ने र यसलाई तातो काढाँ बनाएर पिउनाले एनीमिया सञ्चो हुन्छ ।

एलोभेराको जुसले छालालाई समेत फाइदा पुर्याउँछ । यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै स्वस्थ समेत राख्छ । यस्तै, यसले कपाललाई पनि स्वस्थ राख्ने र रूखोपनलाई कम गर्ने गर्छ ।

एलोभेराको जुसले रगतको सञ्चालनलाई ठिक गर्छ । यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ । यस्तै, मुटुका बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ ।

प्रदुषण, जंक फुड, अनहेल्दी लाइफ स्टाइल, स्मोकिङ र ड्रिकिङ्ग आदीबाट शरिरमा बेफाइदा हुने गर्छ र यी खानेकुराले शरिरमा बिकार तत्व बढि मात्रामा निकाल्ने गर्छ ।

एलोभेरा जुसको नियमित सेवन गर्नाले यी सबै विकार पदार्थ बाहिर निस्किने गर्छन् ।

दैनिक रूपमा एक गिलास एलोभेरा जुस पिउनाले तौल घट्छ साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ । साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

एलोभेराको जुसले दाँतको पहेलोपन पनि कम गर्छ । यसको दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ । सासमा हुने दुर्गन्ध समेत यसले कम गर्छ ।

डाइटिङ गर्ने व्यक्तिहरुका लागि तरकारीको जुस अत्यन्त लाभकारी

१. बन्दाकोभीको जूसले पनि तौल घटाउन सघाउ पुर्‍याउँछ । त्यसैले दैनिक एक गिलास बन्दाकोभीको जूस पिउने गरौं । बन्दाकोभीको जूसमा फ्याट कम गर्ने तत्वहरु हुन्छन् ।

२. नियमितरुपमा २-३ महिनासम्म २ सय५० ग्राम टमाटरको जूस पिउँदा पनि तौल कम हुन्छ ।

३. भिटामिन, प्रोटिन र कार्बोहाइड्रेडबाट भरपूर ब्रोकाउलीमा पनि फ्याट्स बिल्कुल हुँदैन । यसको जूस निकालेर पिउन सकिन्छ वा तरकारी बनाएर खान पनि सकिन्छ ।

४. हरियो सागको जूसले पनि वजन कम गर्न सहयोग गर्छ । आफ्नो स्वादअनुसार हरियो सागको चयन गर्न सकिन्छ ।

५. अरुबखडाको जूसमा कागतिको रस मिलाएर पिउँदा पनि तौल घट्छ ।

६. करेलाको जुस पिउँदा तितो हुन्छ, तर यो जुसले शरीरमा जम्मा भएको बोसोलाई पगाल्न सहयोग पुर्‍याउँछ ।

७. करेलाको जुसमा कागतिको रस हाल्दा झनै फाइदा मिल्छ ।

८. पाकेको कांक्रोको जूसले पनि तौल घटाउन महत्वपूर्ण भूमिका खेल्छ । यसले तौल मात्रै कम हुने होइन कि छाला पनि चम्काउँछ ।

९. हरेक दिन बिहान एक गिलास लौकाको जूस पिउनुपर्छ । यसमा अत्यधिक फाइबर र कम क्यालोरी हुन्छ ।

१०. नियमित रुपमा आरुको रस पिउनाले पनि तौल कम हुँदै जान्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।