प्रचलित भनाई छ असल शुरुवात भए आधा समस्या टर्छ । यो कुरा पंक्षिपालन व्यवसायमा पनि लागु हुन्छ । किनभने साना चल्ला स्वास्थ्य भई हुर्के पंक्षिको उमेर बढ्दै जादा, अन्य रोगजन्य समस्याले पिरोल्दैन् । पंक्षिहरु स्वस्थ्य भई जे जुन प्रयोजनका लागि पालिएको हो सो अनुसार अधिकतम उत्पादन दिन्छन् । पंक्षिहरुका लागि पहिलो हप्ता साह्रै जोखिमपुर्ण मानिन्छ ।

आजका अनुवांशिक परिवर्तित, ब्रोइलर फुल पार्ने कुखुरा हुन वा अन्य पंक्षि प्रजाति ती सबै पाल्न शुरु गर्दा नै सावधानी एवम् बुद्धिमानी पुर्वक ध्यान पुर्याउन पर्ने हुन्छ । राम्रो स्वस्थ्य, फुर्तिला, एकैनास, चम्किला आखाँ भएका, राम्ररी प्वाँख उम्रेका साथै एकदिने चल्लामा हुनु पर्ने उच्चत्तम तौल भएका, फुर्तिला हेर्दैमा हुनपर्छ । ख्याउटे, लुला लंगडा जिंग्रिङ्ग परेका प्वाख भएका लोसे चल्ला के पाली राख्ने, दिनकै भेटेनरी डाक्टर सँग सल्लाह लिदै एग्रोभेट धाउदै औषधी गर्न गराउन । यसले तपाइलाई त के फाइदा होला रु बरु माथिकालाई तपाई दुहुनो गाइ हुनु हुनेछ ।

चल्लाको लागि पहिलो हप्ता किन महत्वपुर्ण मानिन्छ ?

चल्लामा हुने एकनास दैनिक तौल भएमा पंक्षिहरु छोटो समयमा, पंक्षिहरु अनुसारको उत्पादनको स्थितिमा पुग्दछन् । आजका परिवर्तित पंक्षि प्रजातिले दाना आहारा त कम खान्छन् तर उत्पादन बढि दिने गर्दछन् । यो उपलब्धी हासिल गर्न चल्लाहरुको पहिला केहि दिन महत्वपुर्ण मानिन्छ किनभने यसले नै पंक्षिमा हुनुपर्ने आवश्यक तौलको विकास अनि स्वस्थ्य रहन आधारशिला तयार पार्छ ।

चल्लाहरु कोर्लिने वित्तिकै चल्लाहरुमा विभिन्न खाले शारीरिक प्रकृयामा परिवर्तन हुन थाल्दछ । फुलबाट चल्ला निस्केको बेला चल्लाको शारीरिक तौलको २० प्रतिशत फुलमा सामान्य अवस्थामा हुने पहेलो भाग रहन्छ । जसले चल्लालाई २ दिन सम्म पुग्ने सन्तुलित आहारा दिन्छ ।

त्यसपछि मात्र चल्लालाई सजिलै पच्ने खाले दाना दिनु उचित हुन्छ । चल्लाको पाचन प्रणाली अनि कलेजोको विकास पनि पहिलो हप्तामा हुने गर्दछ । यो बेला चल्लाहरुको आन्द्रा चल्लालाई हानी नपुर्याउने जिवाणु बाहेक निसंक्रमित हुन्छ । यतिवेला चल्लालाई हानी पुर्याउने जिवाणु, विषाणु तथा ढुसिसंक्रमण भयो भने चल्लाको आन्द्रामा यिनले आफ्नो वंश विस्तार दु्रत गतिमा गर्दछन् अनि चल्लाको आन्द्रामा भएका चल्लाको स्वास्थ्यका लागि सहयोगी जिवाणुलाई नष्ट पार्दछन् पार्दछन् ।

यो उमेरका चल्लाहरुमा रोग सहन सक्ने क्षमता विकाश गर्ने खाले अंगको पुर्ण विकास नभई सकेकोले चल्लाहरुमा हानीकारक जिवाणु , विषाणु तथा द जन्य संक्रमण भएका तीनका विरुद्ध चल्लाले आफैँ प्रतिरक्षा गर्न सक्दैन । यसकारण चल्लाको पहिलो हप्ता जोखिमपुर्ण मानिन्छ ।

साना चल्लामा हुने मृत्यु ?

सानै उमेरमा चल्लाहरुमा हुने मृत्यृदरले आजको पंक्षिपालन व्यवसायिका लागि ठुलो आर्थिक चुनौती मात्र हैन चिन्ताग्रस्त बनाएको छ । साना चल्लामा हुने मृत्युदर कुनै एक कारणले मात्र हैन एक आपसमा सम्बन्धित, व्यवस्थापन पोषण, अनि रोग नियन्त्रणका पुर्व प्रयासको व्यवस्थापन कसरी गरिएको छ , त्यसमा भर पर्छ ।

सानै उमेरमा अत्यधिक चल्ला मर्न थाले भने यसको उपचार अनि नियन्त्रण दुरुह मानिन्छ । केहि गरी उपचार पछि चल्ला बाचि हाले पनि पटक – पटक विरामी पर्ने, तथा जुन प्रयोजनका लागि पंक्षि पालिएको हो सो, अनुसार बेलैमा उत्पादन पनि अपेक्षा गरे अनुसार दिन सक्दैनन् पनि ।

साना उमेरका चल्लाहरुमा हुने मृत्युका कारणहरु ?

साना चल्लामा हुने मृत्युका कारणहरुमा, व्यवस्थापकिय त्रुटि, असंतुलित पोषण, व्यवस्थापन तथा बेलैमा रोगको निदान, नियन्त्रण एवम् उपचार व्यवस्थापनलाई प्रमुख मानिन्छ ।

व्यवस्थापकिय कारणहरु ?

(क) ब्रुडिङ्ग तथा ब्रुडिङ्ग तापक्रम व्यवस्थापन 

भुईमा राखी चल्ला बु्रडिङ्ग गर्ने हो भने सफा, सुख्खा ३ इन्च भुई ढाकिने गरि सोतर राख्नु पर्ने हुन्छ । काठको धुलो, तथा अन्य मसिना बस्तु सोतरको रुपमा प्रयोग गरिनु हुदैन नत्र चल्लाले यस्तो सोतर धेरै मात्रामा खाए भने अन्न नलीमा स्वासनलीमा अडकिन सक्छ जसका कारण चल्लाको मृत्यु हुन सक्छ ।

चिप्लो सतह भएको सोतर जस्तै कागज, प्लास्टिक वा काठको फ्ल्याक प्रयोग गरिएको ठाउँमा चल्ला हुर्काउन हुन्न किनभने कुखुरा चिप्लीएर लड्न सक्ने हुदा स्थायी खुट्टामा लुला लंगडा हुने समस्या देखिन सक्छ । १८ देखि २४ इन्च अग्लो तथा ६ देखि १० फिटको चल्ला सुरक्षा घेरा भए १०० चल्लालाई पुग्छ । ब्रुडिङ्ग तापक्रम बढि भए चल्लामा निम्न समस्या देखिन सक्छ ।

जलअल्पता 

साना चल्लाको शरिरमा सामान्यतया ७० प्रतिशत पानी हुने गर्दछ । निरन्तर बढि तापक्रममा चल्ला हुर्काइएका चल्लाको शरिरमा प्राकृतिक रुपमा भएको पानी खेर जान्छ । यसरी पानी खेर गई १० प्रतिशत मा पुगेमा चल्लाहरु जल अल्पताका कारण मर्ने गर्दछन् ।

सुली टासिनु 

जलअल्पताका कारण सुली मलद्वारमा जम्मा भई दिशा गर्न नसक्ने वा सुलीको मलद्वारको मुख टासिने गर्दा चल्लाको मृत्यु हुन्छ । त्यसै गरि चल्ला हुर्काउने तापक्रम कम भएमा चल्लामा एकै ठाउँमा खात लागि बस्ने गर्दछन् । जसका कारण चल्लाहरु मर्ने गर्छन् । यसका साथै चिसोका कारण चल्लामा निमोनिया हुन सक्छ ।

जस्ले गर्दा फोक्सो निख्खर निलो रंगको हुनुका साथै चल्लाको मृत्यु हुन्छ । चिसो तापक्रममा हुर्काइएको चल्लामा बर्षाको आकार सानो हुन्छ । साथै फुलको पहेलो मात्र चल्ला कोरल्दा बच्चाको शरिरमा रहेको हुन्छ । पुर्णरुपमा पच्न पाउदैन र संक्रमण हुने डर रहन्छ । जलअल्पता मलद्वारमा सुली टासिने, एकै ठाउँमा चल्ला झुम्मिएर वा चेपिएर मर्ने जस्ता समस्या आउन दिन चल्ला ब्रुड गर्नु भन्दा २४ घण्टा पहिले चल्ला हाल्नु अघि उचित तापक्रमको उचित व्यवस्थापन गर्नु पर्ने हुन्छ । ब्रुडिङ्गका अवधिभर चल्लाको उमेर बढ्दै जादा बु्रडिङ्ग घरको तापक्रम उचित एवम् स्थिर राख्नु पर्छ ।

(ख) विषाकति तथा चोट पटक व्यवस्थापन 

दानाबाट हुन सक्ने विषाकति ढुशी प्रदुषित दाना, चारा, किटनाशक औषधिको अवशेष भएका दानामा प्रयोग हुने सामाग्रीले चल्लामा विषाकति गराउन सक्छ । सकभर यस्ता दाना, चारा नदिदा उचित हुनेछ । यसका लागि तयारी दाना तथा दाना बनाउन प्रयोग गरिने सामग्रीको नियमित प्रयोगशाला परिक्षण एवम् विश्लेषण गरिनु पर्दछ ।

दाना पानीमा उचित मात्रामा नुन मिसाउनु पर्दछ । यदि चाहिने भने यसबाट पनि चल्लामा विषादि गराई साना चल्लाको मृत्यु हुन सक्छ । कडा खाले काठको धुलो सोतरका रुपमा प्रयोग गरिएको रहेछ र त्यस्ता सोतर कागजले नछोपेको भए, त्यस्ता काठको धुलो चल्लाले खान पुगे भने चल्लामा काठको धुलामा हुने हानीको टानीनको विषादी भई चल्लाको मृत्यु हुन सक्छ ।

ब्रुडर घरमा हावाको राम्रो निकाशको व्यवस्था नभएको अवस्थामा चल्लाको पिसाबले भिजेको सोतरमा अमोनिया ग्यास विकास हुन सक्छ । यदि यो ग्यासको मात्रा अत्याधिक भएमा चल्लामा आँखा पोल्ने दाना कम खाने, जीउमा मासु नलाग्ने स्वास नलीमा, रक्तश्राव हुने लक्षण देखिन्छ । यदि ब्रुडर कोठामा १०० पि.पि.एम. भन्दा बढि अमोनिया ग्यास भएमा साना चल्लाको मृत्यु हुने गर्दछ । त्यसैले ब्रुडर घर ठाउँमा अमोनियाको मात्रा २५ पि.पि.एम. भन्दा कम हुनु पर्दछ ।

बु्रडर कोठा वा ठाँउमा सापेक्षित आद्रता बढि भएमा सोतर भिज्ने, कुहिने गर्दछ । जसमा कुखुरालाई हानी गराउने जिवाणुको संख्या बढ्ने वातावरण बनाउछ । त्यसका कारण सकभर सोतर सुख्खा राख्नु पर्दछ । कुखुरालाई प्रशस्त मात्रामा सफा पानी खाने पाउने गरी व्यवस्था मिलाउनु पर्दछ ।

पोषण व्यवस्थापन समस्या समाधान ?

पंक्षी प्रजातीको फुलमा पाइने पहेलो भागलाई फुलबाट चल्ला कोरले पछिको ४८ देखि ७८ घण्टा सम्म का लागि आहाराको श्रोतको रुपमा मानिन्छ । यस बाहेक यो मातृ प्रतिरक्षा को श्रोत हुनका साथै यथेष्ठ भिटामिन युक्त भएको मानिन्छ । तथापी यसले सम्पुर्ण पोषण तत्व आपुर्ति भने गर्दैन ।

थप पोषण तत्व जति छिटो चल्लालाई दिइयो भने यसले आन्द्रामा प्रतिरक्षात्मक विकास तथा चल्लाको स्वास्थ्यमा पनि प्रभावकारी भुमिका खेल्छ । चल्ला कसरी चाडै हर्लक्क बढ्छ भन्ने कुरा चल्लाको आन्द्राको स्वास्थ्य अवस्थाले निर्धारण गर्छ ।

चल्लाको आन्द्राको पुर्ण विकास पहिलो केहि दिनमा भई सक्छ । यति वेला गरिएको सानो त्रुटिले पछि हुनु पर्ने उत्पादकत्वमा दुर्घटना निम्त्याउन सक्छ । चल्ला कोरले पछि २४ घण्टा ढिलो गरि ब्रुडिङ्ग गरिने हो भने फुलको पहेलो भागको तौल ५० प्रतिशतले घट्छ तथा ३ देखि ७ हप्तामा हुनु पर्ने तौल पनि साथै साना चल्लाको मृत्यु पनि साना चल्लाको सहज पहुचमा पानीका भाडा राख्नु पदर्छ तर चल्ला त्यसमा नडुबोस् दाना, तातो, पानी राखिएको श्रोतको नजिक राखिनु उचित तर सोझै तातो हुने श्रोतको मुनी हैन दाना सधैँ ताजा दिनु पर्दछ । धेरै धुलो भएको दाना चल्लालाई दिनु हुदैन यसले कुखुराको गाड (क्रप) मा जम्मा भएर बस्छ भने धुलोको कारण साँस फेर्न गाह्रो भई कुखुरा मर्न सक्छन् ।

विर्सेर पनि ठुला कुखुरालाई दिने दाना साना चल्लालाई दिनु हुदैन । सिंगो मकै दिदा गाड ९क्रप० मा अड्कने तथा ल्याक्टीक एसी डोसिस भई साना चल्लाको मृत्यु हुन सक्छ । भिटामिनहरु ए, डि, इ, र के को अत्यधिक अल्पता भएमा साना चल्लाको मृत्यु हुन सक्छ । न्यून अल्पता भएमा पनी चल्लाको हलकक बढने, प्वाख जींग्रीङ्ग पर्ने ।

आँखा बाट आंशु झर्ने, रिकेट, इन्सेफालेमलेशिया रक्त अल्पता हुन सक्छ । त्यसै गरी भिटामीन बी– कम्पलेक्स र सि को अत्याधिक अल्पता भएमा साना चल्ला मर्ने, तौल न बढने, प्वाख राम्ररी नआउने तौल नबढने, छाला संवधि समस्या हुने अस्थीपंजका हाढहरु कमलो भई जाने वेसुध हुने अनी रक्त अल्पता हुन सक्छ । यस वाहेक आरजेनीन, थेरोनीन मेथोनिन ओमेगा–३ ओमेगा–६ जस्ता खनीज मिश्रण एवं तेलिया एसीडीले शरीरको प्रति रक्षात्मक क्षमता विकासमा सहयोग पुर्याउछ ।

रोगजन्य समस्या अनी व्यवस्थापन 

संक्रमण जन्य रोगहरुले साना चल्लालाई विश्वभरी उष्ण हावापानी हुने मुलुकमा पंक्षिजन्य उधयोगलाई समस्या ग्रस्त परेको छ । आर्थिक स्थितीको रुपमा अत्यधिक मृत्यु दर, मासु तथा अण्डा उत्पादनमा हास प्रमुख मानिन्छ । ३० देखी ३५ प्रतिशत साना चल्लाको मृत्यु दरको कारण इनतेरो व्यक्टेरिया जिवाणु मानीन्छ ३ र ४ दिनका चल्लामा सालमोनेलाइको लाई व्यासीलोसीस प्रकोप बढी देखिने गर्दछ । फूलको बाकी रहेको पहिलो भागमा ३ कोलाइको संक्रमण ५ देखी ६ प्रतिशत सम्म देखिने छ ।

साना चल्लाको मृत्युदर कसरी रोक्ने ?

स्वास्थ्य एव, उच्च गुणस्तरका चल्ला मात्र पाल्ने ।

उपयुक्त रुपमा चल्लाको बु्रडिङ्ग व्यवस्थापन गर्ने ।

ठुलो उमेर पुगेका पंक्षि राखेको ठाँउ भन्दा टाढा बु्रडिङ्गको व्यवस्था गर्ने ।

विभिन्न उमेर समुहका पंक्षि प्रजाती एकै थलोमा नपाल्ने ।

राम्रो सरसफाई एवं जैवीक सुरक्षा पंक्षि घरमा व्यवस्था गर्ने ।

पंक्षि प्रजाती अनुशार पालीएका क्षेत्रमा प्रमाणीत भएका रोग विरुदध नियमीत खोप लगाउने ।

शरीरमा प्रतिरक्षात्मक क्षमता बढाउने औषधी साथै मल्टी भिटामिन, मिटामिन ए. डि. ३ सी अमाइनो एसीड तथा खनीज मिश्रण निश्चित अवधि पारी नियमीत दिने ।

बथानमा १ प्रतिशत पनि चल्ला मरे, उचीत प्रयोगशाला परिक्षण गरी विज्ञ संग सल्लाहको आवश्यक औषधी प्रयोग गर्ने ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।