परागसेचनको अलावा मौरीजन्य उत्पादनः मह, कुट, मैन आदि उत्पादनमा सहयोग पुर्याउने मौरी एपिडी परिवारमा पर्दछन । यस अन्तर्गत नेपालमा पाइने मौरीका जातहरु यस प्रकार छन ।

१. एपिस सेराना

यो स्थानीय मौरी हो । यसलाई एसियन मौरी पनि भनिन्छ । यो घरपालुवा मौरी हो । यो मौरी एक गोलामा करिब २५ देखि ३० हजारको संख्यामा हुन्छन् । यिनीहरू चर्नको लागि बढीमा १ कि.मि.सम्म उडान गर्न सक्तछन् । यसले अध्यारो ठाउमा धेरै चाका बनाई गुड बनाएर बस्ने हुनाले यसलाई घारमा राखी पाल्न सकिन्छ । एक घार मौरीले वार्षिक १५–२० किलो मह उत्पादन गर्न सक्तछ । यो मौरी नेपालका तराइका जिल्ला तथा मध्य पहाडी क्षेत्रमा पाइन्छन् ।

२. एपिस मेलिफेरा

यो आयातित मौरी हो । यसलाई युरोपेली मौरी पनि भनिन्छ । यो पनि घरपालुवा हो । यो मौरीको शरीर सेराना भन्दा ठूलो हुन्छ । यिनीहरूको संख्या पनि एक गोलामा ५०–६० हजार हुन्छ । यिनीहरू ४९५ कि.मि. सम्म चर्न जान सक्तछन् र यिनीहरूलाई घना चरन क्षेत्रको जरुरत पर्दछ । यो मौरीले वार्षिक ६०–८० किलो मह उत्पादन गर्दछ । यि मौरीहरु पनि तराइका अधिकांश जिल्ला र पहाडी जिलमा नै पाइन्छन् ।

जङ्गली मौरी अन्र्तगत एपिस डोरसाटा र एपिस लेबोरियोसा छन् । डोरसाटा मौरीलाई खागो र कतै सिङगोस पनि भनिन्छ । लेबोरियोसालाई भीर मौरी पनि भनिन्छ । एपिस फ्लोरिया पनि भिर मौरीमा नै पर्छ ।

३.एपिस डोरसाटा

यो मौरी खुल्ला, उज्यालो ठाउमा बस्न र गुड लगाउन मन पराउने हुनाले घारमा राख्न सकिदैन । तराई र भित्री मधेसका प्रायः जङ्गलमा र कहिलेकाही घरका बाहिरी टपमा पनि नाङ्ला जत्रा एउटा चाका लगाएर बस्दछन् । घरपालुवा भन्दा ठूलो शरीर हुने यी मौरीका एउटै गोलाले ४० किलो सम्म मह जम्मा गर्दछन् ।

४. एपिस लेबोरियोसा

यो भीर मौरी हो । पहाडका चट्टान, पहराहरूमा खुल्ला ठाउमा एउटा गोलाले एउटै ठूला–ठूला चाका लगाई गुड बनाउछन् । सिन्धुपाल्चोक तातोपानी, कास्कीको सिक्लेस, सवि, लमजुङ्गको घलेगाउ आदि यो मौरीको बासस्थान हो । यसले पनि एउटै गोलाबाट ४० किलो भन्दा बढी मह दिन्छ ।

५. कठ्यौरी मौरी

यो जातको मौरी समुद्र सतहबाट १०००–१२०० मिटरको उचाइसम्म पाइन्छ । यसले न्यानो, खुल्ला तर अरु जीवजन्तु रमानिसको चहलपहल अलि कम भएको, शान्त ठाँउ मन पराउँछ । यस जातको मौरीले स–साना बोट बुट्यानको हागाहरुमा हत्केला जत्रा चाका लगाउँछ र त्यसमा सरदर १ किलोग्राम मह लगाएको हुन्छ ।

६. खागो मौरी

यो मौरी पनि समुद्र सतहदेखि करिब १००० मिटरसम्मको उचाइमा पाइन्छ । यसले जमीनको सतहदेखि ४०÷ ५० मिटर अग्ला घरका छाना वा रुखका हाँगाहरुमा ठूला–ठूला चाका लगाउँछ । यसको यौटै गोलामा ३०–९० हजार सम्मको संख्यामा मौरीहरु हुन्छन् । यो जातको मौरी धेरै रिसाहा हुन्छ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

मह खानुका २१ आश्चर्यजनक फाइदा यस्ता छन्

मह होईन मह शब्द पनि उत्तिकै महत्वपूर्ण छ । गुलियो चिज त अरु पनि छन् । तर मान्छेले महझैँ गुलियो भनेर पुकार गर्छन् । मह गुलियो मात्र होईन, यसका थुप्रै फाईदाहरु छन् ।

हाम्रो शरीरलाई महले खोकी लागेको निको पार्ने देखी दुब्लोलाई मोटो बनाउने सम्मका कामहरु गर्ने गर्छ । सबैको घरमा मौरीको मह उपलब्ध हुन नसकेपनि यो बजारमा सजिलै किन्न पाईन्छ । हामीले महका केही महत्वपूर्ण फाईदाहरु तल उल्लेख गरेका छौँ ।

१. महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइने भएकाले शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

२. महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन ।

३. खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको बिस्तारै हुन्छ ।

४. सुक्खा खोकी लागेको बेला कागतीको रसमा मह मिसाई खाने गर्नाले आराम मिल्छ । कागतीको रस छैन भने महमात्रै खाँदा पनि खोकी लाग्ने क्रम तत्काल घट्न जान्छ ।

५. आलस्य भयो अथवा वाकवाकी आउन लागेजस्तो भयो भने मह खानाले आराम हुन्छ ।

६. कब्जियतको समस्या छ भने गोलभेँडा अथवा सुन्तलाको रसमा एक चम्चा मह मिसाएर खाने गर्नाले कब्जियत ठीक हुँदै जान्छ ।

७. दुब्लाएर हैरान हुनुहुन्छ र मोटाउन खोजिरहनुभएको छ भने राति दूधमा मह हालेर पिउने गर्नाले मोटाइन्छ ।

८. शरीरका मांसपेशी बलियो बनाउन, रक्तचापलाई नर्मल राख्न, रगतमा हेमोग्लोबिनको मात्रा बढाउन पनि मह खाने गरिन्छ ।

९. जीउ आलस्य भइरहने, हाई आइरहने गर्छ भने तपाईंलाई रक्तअल्पता भएको हुनसक्छ । मह खानाले यस्तो समस्या हटेर जान्छ ।

१०. शरीरको वजन घटाउन चाहनुहुन्छ भने बिहान मनतातो पानीमा कागतीको रस र मह हालेर नियमित खाने गर्नुपर्छ । बिहान महपानी खानाले दिउँसो कम भोक लाग्छ, जसले गर्दा वजन बढ्न पाउँदैन ।

११. हाडजोर्नी दुख्ने, जाडोमा जीउ कटकटी खाने गर्छ भने महमा दालचिनीको पाउडर मिसाएर दुःखेको ठाउँमा मसाज गर्नाले आराम हुन्छ ।

१२. रुघाखोकी लागेको छ, हाच्छिउँ आइरहेको छ भने मह, अदुवा र तुलसीको पातको रस बराबर मात्रामा मिसाएर खाने गर्नाले आराम हुन्छ ।

१३. राती राम्रोसँग निद्रा लाग्दैन भने सुत्नुअघि दुई चम्चा मह खाने गर्नाले निद्रा लाग्छ ।

१४. गर्भवतीले मह खाने गर्नाले पेटमा भएको बच्चा शारीरिक र मानसिक रूपमा बढी स्वस्थ हुन्छ ।

१५. आगो अथवा तातो वस्तुले छाला जलेको ठाउँमा अथवा काटेको ठाउँमा मह लगाउनाले आराम मिल्छ ।

१६. दिनहुँ मह खाने गर्नाले दिमाग तेजिलो बन्दै जान्छ ।

१७. महलाई अनारको रससँग मिसाएर खानाले मानसिक समस्या, सुस्तता, निराशा र मानसिक थकान क्रमशः कम हुँदै जान्छन् ।

१८. सुन्दरताका लागि पनि मह लाभदायक हुन्छ । आँखावरिपरि डार्क सर्कल छ अथवा आँखा वरिपरिको भाग सुनिएजस्तो देखिएको छ भने मह र बदामको तेल बराबर मात्रामा मिसाई आँखा वरिपरिको छालामा सुत्ने बेलामा दल्ने र बिहान उठेर धुने गर्नुपर्छ ।

१९. अनुहार, छाती आदिमा चाउरी देखापर्न थालेको छ भने पाकेको आधा एभोकाडोमा एक चम्चा मह मिएर चाउरी परेको ठाउँमा दली २० मिनेटपछि धुने गर्नाले चाउरी हराउँदै जान्छ ।

२०. नियमित दाह्री काट्दा छाला खस्रो भएको अथवा दाग देखापरेको छ भने दाह्री काटेपछि त्यस्तो ठाउँमा मह दलेर १५ मिनेटपछि पखाल्ने गर्नुपर्छ ।

२१. सातामा एकपटक नरिवलको तेलमा मह बराबर मात्रामा मिसाई कपालको जरासम्म पुग्ने गरी मसाज गरी २० मिनेटपछि कपाल धुने गर्नाले कपाल चम्किलो बन्छ ।

तातोपानीमा मह र कागती मिसाएर खानुका फाइदा

मानिसलाई स्वस्थ रहनका लागि तातो पानी मात्र पनि एकदमै महत्वपुर्ण मानिने गरिन्छ । तातोपानी खादा मानिसको स्वास्थ्यमा अनेकौ फाइदा हुने गर्दछन् भने त्यसमा मह र कागती मिसाएर खानुमा झन् धेरै फाइदा मिल्ने गर्दछ । तातोपानीमा मह र कागती मिसाएर खानाले मानिसको पाचन प्रणालीमा सुधार लगाएत कब्जिएत, मुखको समस्या, तौल घटाउन जस्ता विभिन्न समस्याको समाधान गर्छ ।

पाचन प्रणलीमा सुधार

पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।

कब्जियत हटाउँछ

तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।

लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी

लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।

मुख स्वास्थ्यमा सुधार

एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागती सहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।

मूत्रबद्र्धक रुपमा कार्य गर्छ

महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिरनिकाल्ने तत्व) को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।

इनर्जी लेबल बढाउँछ

मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।

तौल घटाउन उपयोगी

मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।

पोषक तत्व र भिटामिनले भरपूर

मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।

रोग प्रतिरोधी क्षमता मजबूत बनाउँछ

यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।

नोट : हामीले यो लेख कृषिपत्रिका डटकम बाट लिएका हौँ । कृषिपत्रिका डटकममा तपाईले कृषिबारे थप जानकारीहरु पढ्न सक्नुहुनेछ । यो लेख कृषिपत्रिका डटकममा पढ्नका लागि यो लिंकमा जानुहोस् । http://krishipatrika.com/

माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।