कुरिलो एक बहुवर्षीय तरकारी बाली हो । यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको खासगरी मध्य पहाडी क्षेत्रमा सफलतासाथ गर्न सकिने भएको हुँदा मध्य पहाडी क्षेत्रको सामुदायीक बन, निजी बन तथा कृषकले आफनो पाखा पखेराहरूमा व्यावसायिक रुपमा कुरीलो खेती गरी अतिरिक्त आम्दानी गर्न सक्ने राम्रो देखिएको छ । यसको जमिनवाट निस्केको कलिलो टुसालाई तरकारीको रुपमा प्रयोग गरिन्छ ।

कुरिलोको भाले र पोथी फूल भिन्दा भिन्दै बोटमा हुने भएकोले यिनीहरूको पराग सेंचनको लागि भाले र पोथी विरुवा एकै ठाउँमा पर्ने गरी मिलाएर लगाउनु राम्रो हुन्छ । पोथी बोट भाले बोट भन्दा कम उत्पादनशील र छोटो आयुको हुन्छन् । भाले बोटमा धेरै टुसाहरू पलाउँछन् । तर तिनीहरूको मोटाई भने कम हुन्छ । कुरिलो लगाएको ३ वर्ष पछिबाट मात्र उत्पादन लिनु उपयुक्त हुन्छ र एक पटक लगाए पछि राम्रो हेरचाह, गोडमेल, मलजल गरेमा लगातार १५–२० वर्षसम्म बाली उत्पादन लिन सकिन्छ ।

कुरिलोमा पाईने पौष्टिक तत्व र यसको उपयोग

कुरिलोमा चिल्लो पदार्थको अंश नभएको हुँदा यसलाई कोलेष्टोल र सोडियम तत्व नभएको भिटामिन ए, तथा सि प्रशस्त मात्रामा भएको उपयोगी खाद्य पदार्थको रुपमा लिने गरिन्छ । यको प्रयोग सुप तथा तरकारीको रुपमा, हरियो तथा बफाईएको कुरिलो सलादको रुपमा उपयोग गरिन्छ ।

हावापानी 

यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको खासगरी मध्य पहाडी क्षेत्र पूर्वको ईलामदेखि पश्चिमको डडेलधुरा वैतडी सम्म सफलतापूर्वक गर्न सकिन्छ । तुषारो पर्ने क्षेत्र खेतीको लागि उपयुक्त मानिदैन । कुरीलोको लागि हिउँदमा चिसो तथा बसन्तमा न्यानो हावापानी राम्रोमानिन्छ ।

सामन्यतया माटोको तापक्रम १० डि.से. भन्दा कम हुनु राम्रो मानिन्छ र हिउँदमा विरुवा सुशुप्त अवस्थामा जानै पर्दछ । खासगरी १५-२५ डि.से. तापक्रममा कुरिलोको टुसा राम्रोसंग पलाँउछ ।

गहिरो खुकुलो निकासको राम्रो ब्यवस्था भएको वलौटे दुमट माटो हुनुपर्दछ ।

प्राङ्गारिक पदार्थ प्रशस्त भएको वेश हुन्छ ।

माटोको पि.एच.६ देखि ७.५ सम्म राम्रो

कुरिलोको जरा धेरै गहिरोसम्म जान्छ । राम्रो माटोमा ८ फिट मुनिसम्म पुग्न सक्छ ।

माटो 

कुरिलोको जरा धेरै गहिराईसम्म जाने भएको हुँदा प्रांगारीक पदार्थयुक्त, गहिरो, खुकुलो, निकासको राम्रो व्यवस्था भएको बलौटे दोमट माटो कुरिलो खेतीको लागि राम्रो मानिन्छ । खुकुलो माटोमा कुरिलोको जरा ८ फीट गहिराईसम्म पुग्दछ । माटोको पी।एच। ६-७.५ सम्म राम्रो मानिन्छ ।

कुरिलोको बृद्धि विकास 

(क) मुनाको विकास

कुरिलोको जमिन मुनिको भागमा गानो चिल्लो जरा र रेशादार जराहरू हुन्छन् । रेसादार जराहरूले माटोवाट लवण र पानी सोस्दछन् भने चिल्लो जराहरूले खाद्यपदार्थ संचित गर्ने गर्दछन् । यसरी गानो र चिल्लो जरामा खाद्यपदार्थ सञ्चित हुन गई कुरिलोको वहुवर्षिय अंग वन्न जान्छ ।

(ख) टुसा को विकास

कुरिलोको टुसा खानयोग्य भाग हो । यसमा आंख्ला (Node) र अन्त्तर आँख्ला (Inter Nodel) हुन्छन् । जुन अघिको वर्षको गानोको मुनाबाट विकसित भै आएको हुन्छ । माथिल्लो आँख्लामा पातलो कत्ला भै पातले छोपिएर टुप्पो जस्तो देखिन्छ । गर्मी समयमा टुसाको वृद्धि चाँडै हुन्छ तर स्वादमा कमी आउँछ । जाडो समयमा रेसादार पदार्थमा वृद्धि हुनाको साथै Anthocyanin नामक रंगको उत्पादन भई टुसामा अनावश्यक वैजनी रंग देखा पर्दछ । कसिलो मोटो तथा कम रेसादार भएको टुसा राम्रो मानिन्छ ।

(ग) वोटको विकास

टुसा यदि टिपिएन भने ४–५ फिट अग्लोसम्म बढदछ् र हाँगाहरू विकसित हुन्छन् । यी हाँगाहरूमा पानी अरु हागाहरू विकसित हुन्छन् । दोश्रो तहको हाँगाहरूवाट पात निस्कन्छन् । फूल साना घण्टी आकारका सेता रंगका हुन्छन् । पोथी फूलहरू भाले फूलहरू भन्दा ठूला हुन्छन् । फल पाकेपछि राता, साना हुन्छन् ।

उन्नत जातहरू

नेपालमा कुरिलो खेतीमा अनुसन्धान कार्य नभएकोले यहाको विविध हावापानी तथा भौगोलिक अवस्था सुहाउँदो जातहरूको विकास एवं छनौट भएको पाईदैन । व्यावसायीक रुपमा खेती गर्नको लागि केही बिदेशी जातहरू जस्तो मेरी वासिंटन, क्यालिफोर्निया ६६, क्यालिफोर्निया ७११, क्यालिफोर्निया ५००, भाईकिड जातहरू बढी प्रचलनमा आएका छन् ।

कुरिलोको सिन्दुरे ढुसी (Puccnia asparagi) 

बिरुवाहरू पूरै रातो, खैरो वा सुन्तला रंगको नभएसम्म जारी रहन्छ । यी पछि गएर काला हुन्छन् ।

नियन्त्रण 

साना पातहरू खस्नुअगाडि डाँठहरूलाई काट्ने । काट्ने काम माथि देखि तलसम्म नै गर्नुपर्छ, जसले गर्दा रोगी भागहरू रहन पाउँदैनन्।
काटिएका रोगी बोटहरू तुरुन्तै जलाइदिनुपर्छ ।

मल बनाउँदा तीतेपाती, अँसुरो, निम–बकाइनो आदिको प्रयोग गर्न सके यो रोगको नियन्त्रण गर्न सकिन्छ । गाईको गहुँत प्रयोग गर्दा
पनि यो रोगका सजिलै नियन्त्रण गर्न सकिन्छ ।

कुरिलो ओइलाउने

नियन्त्रण

यो ढुसी रोग (Fusarium) लागेको ठाउँमा कुरिलो खेती गर्नु हुँदैन ।

बेर्ना सारेको १ महिनापछि र खाने कुरिलो उत्पादन नहुँदै पोलिराम भन्ने विषादी १ लि. पानीमा घोलि छर्नाले रोग लाग्नबाट बचावट हुन्छ ।

कुरिलो टुसा आएपछि विषादी छर्नु हुँदैन।

कुरिलोको लाही

पानीको फोहोराले हानेर अथवा साबुन पानी छ्यापेर पनि नियन्त्रण गर्न सकिन्छ ।

खपटे कीरा

झार, फोहर, जाडोमा सुकेका बोटहरू हटाउने जसले गर्दा यसकोनियन्त्रणमा सहयोग पुग्दछ ।

झुसुले कीरा

रोगोरइन विषादी १ लिटर पानीमा २ मि.लि. राखी छर्नाले नियन्त्रण हुन्छ । तर कुरिलोको टुसा (मुना) नआएको बेलामा मात्र छर्नुपर्छ । विषादी छरेपछि १० दिनसम्म कुरिलोको टुसा झिकी खान, बजारमा लगी बिक्री गर्न हुँदैन, त्यसपछि मात्र टुसा बजारमा लगी बिक्री वितरण गर्न उपयुक्त हुन्छ ।

हामीले केहि सम्बन्धित थप जनकारी दिइएका छाै

कुरिलो खादाका फाइदाहरु

कुरिलो एक औषधिजन्य वनस्पति हो । आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त,शोक अनि शुक्र दुर्वलता निवारक, मानिन्छ । खास गरि यसको जरा लाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधी को रूपमा प्रयोग गरिन्छ ।

स्त्रीहरुको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तन जन्य रोग र स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दुध संग सेवन गर्नाले अप्रत्यासित लाभ हुन्छ । यसको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ । कुरिलो स्वास्थ्यका लागि निकै उपयोगी चिज हो । यसको सेवनले शरीरलाई हुने फाइदाहरु यस प्रकारका छन् ।

१. यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ ।

२. यसको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।

३. कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।

४. कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ ।

५. यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ, यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ ।

गर्मीमा स्वास्थ्यलाई फाइदा गर्ने उपयोगी तरकारी

गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो । त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ । गर्मीमा यी तरकारी खानु उपयोगी मानिन्छ ।

१. लौका

लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ ।

२. प्याज

गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ । यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ । यो मौसममा काचो प्याज खानाले लू पनि लाग्दैन । यसलाई तरकारीको रुपमा मात्र नभई काचै सलादका रुपमा खान सकिन्छ ।

३. करेला

स्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यो सजिलै पच्छ । यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्धत गर्छ । यसका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ । करेलाले पाचनशक्ति मजबूत पार्ने भएकाले भोक पनि जगाउछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।

४.हरियो सिमी

हरियो सिमीले पनि शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ । पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्धत गर्छ ।

५. फर्सी

फर्सी खनिज तत्वले भरपूर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत गर्छ । यसको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो ।

६. गोलभेंडा

दिनुहँ एउटा गोलभेंडा खाने हो भने धेरै खालका रोगबाट बच्न सकिन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ ।

नोट : हामीले यो लेख कृषिपत्रिका डटकम बाट लिएका हौँ । कृषिपत्रिका डटकममा तपाईले कृषिबारे थप जानकारीहरु पढ्न सक्नुहुनेछ । यो लेख कृषिपत्रिका डटकममा पढ्नका लागि यो लिंकमा जानुहोस् । http://krishipatrika.com/

माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।