यूरिक एसिड रगतमा पाईने एउटा महत्वपूर्ण पदार्थ हो । तर जुनसुकै कारणले भए पनि युरिक एसिडको स्तर सामान्य अवस्थाको भन्दा उच्च भएका खण्डमा यो पदार्थले शरीरमा बिभिन्न खालको समस्या उत्पन्न गर्न सक्दछ ।

त्यसैले हाम्रो शरीरको निम्ति युरिक एसिडको स्तर कतिसम्म खतरनाक हुँदैन र कति बढी भएको अवस्थामा हामीले युरिक एसिडको स्तरलाई नबढ्ने गरिकन नियन्त्रण गर्नु अनिवार्य हुन्छ भन्ने जान्नु आवश्यक छ । युरिक एसिडको कुन स्तर उच्च भनेर लिनु पर्दछ ।

पुरुष र महिलामा युरिक एसिडको सामान्य स्तर भिन्न हुन्छ । ३ सय ६० माईक्रो मोल प्रतिलिटर वा ६ मिलिग्राम प्रतिमिलिलिटर सम्मको स्तर युरिक एसिडको भए महिलामा सामान्य मानिन्छ र तर यो भन्दा बढी भए त्यसबाट स्वास्थ्यमा नराम्रो असर पर्न सक्ने हुन्छ । पुरुषमा भने यो स्तर ४ सय माईक्रोमोल वा ६ दशमलव ८ मिलिग्रामसम्म पनि सामान्य नै मानिन्छ ।

उल्लेखित स्तर भन्दा बढी मात्रामा रगतमा युरिक एसिड पाईएमा त्यस्तो अवस्थालाई ध्यानपूर्वक अध्ययन गरेर उक्त पदार्थको स्तर सामान्य राख्न के गर्नुपर्ला त्यस बारे चनाखो भएर चिकित्सकको सल्लाह बमोजिम गर्नु पर्दछ ।

युरिक एसिड बढ्ने कारण

थुप्रै कारणले शरीरमा युरिक एसिडको स्तर बढ्ने गर्न सक्छ । त्यस मध्ये वंशानुगत कारण देखि उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीको सेवन, पिसाब बढी लगाउने औषधिको प्रयोग जस्ता थुप्रै कारणले असर पर्न सक्दछ ।

मदिराको सेवन प्राय धेरैले गर्ने र ती व्यक्तिहरुमा उच्च रक्तचाप, मोटोपन, पिसाब गराउने औषधिको सेवन गर्नु पर्ने बाध्यता जस्ता विभिन्न समस्या एकैपल्ट देखा पर्नसक्ने भएकोले त्यस्ता व्यक्तिहरुले उच्च सतर्कता नअपनाएका खण्डमा युरिक एसिडको स्तर बढेर त्यसबाट हुनसक्ने स्वास्थ्यका लागि सबै नकारात्मक प्रभाव ब्यहोर्नु पर्ने अनिवार्य हुन्छ ।

विभिन्न अध्ययनले शरीरमा यूरिक एसिडको मात्रा बढी हुनुका कारण फरक–फरक देखाएका छन् । पहिलो हो युरिक एसिड सामान्य भन्दा बढी शरीरमा उत्पादन हुनु । दोस्रो, मृगौलाबाट पिसाब भएर शरीरबाट निस्कनु पर्ने मात्रामा कमी हुनु र फलस्वरुप रगतमा युरिक एसिडको स्तर उच्च हुनु । तेस्रो, मिश्रित कारण भनेको भोजनमा युरिक एसिड बन्ने कुरोको औधी सेवन गर्नु, रक्सीको सेवन धेरै गर्नु, लामो समयसम्म भोको बस्नु हो ।

यो अवस्थामा एकैपल्ट दुईवटा कुराले युरिक एसिडको स्तर रगतमा उच्च पार्न ठूलो सहयोग पु¥याउछ । त्यो हो युरिक एसिडको शरीरमा उत्पादन प्रचुर मात्रामा पनि हुनु र साथै मृगौलाले सामान्य अवस्थामा पिसाव भएर निष्कासन गर्नु पर्ने युरिक एसिडको पनि मात्रामा ह्रास आउनु ।

फलस्वरुप रगतमा युरिक एसिडको स्तर बढ्ने गर्दछ । भोको अवस्थामा मृगौलाबाट ‘किटोन’ भन्ने पदार्थ निष्कासन हुन थाले त्यसले युरिक एसिडको निष्कासनमा ज्यादै बाधा पु¥याएर रगतमा युरिक एसिडको स्तर उच्च गर्दछ । रक्सी, खास गरेर बियरले, शरीरमा पानीको अभाव गरेर युरिक एसिडको मात्रा बढाउँछ ।

युरिक एसिड कम गर्ने तरिका

युरिक एसिड रगतमा सँधै हुने पदार्थ भए पनि त्यसको स्तर बढ्न नदिन विभिन्न उपाय अपनाउनु पर्ने हुन्छ । युरिक एसिडको स्तर ज्यादै रहेमा जोर्नी दुख्नेदेखि लिएर मृगौलाको कार्यक्षमतामा ह्रास आएर ज्यान जोखिममा पर्न सक्छ ।

त्यसैले युरिक एसिडको रक्तस्तर न्यून राख्ने प्रयत्न अपनाउनु पर्ने हुन्छ । त्यसो भएका खण्डमा युरिक एसिड छालामा केन्द्रीत भएर रहने, जोर्नी तथा अरु तन्तुहरुमा युरिक एसिडका मणिहरु थिग्रेर गर्ने खराबी र पीडा तथा मृगौलाका फिल्टरहरुलाई नष्ट गर्न सक्ने अवस्थाबाट शरीरलाई बचाउन सकिन्छ ।

युरिक एसिड उपचारको मुख्य उद्धेश्य रगतमा ६ मिलिग्राम भन्दा तल्लो स्तरमा युरिक एसिडलाई सन्तुलनमा राख्नु हो । त्यसो गर्नाले बिरामीको जोर्नी वा शरीरका विभिन्न भागमा युरिक एसिडका मणिहरु थिग्रिन पाउँदैनन् । पिसाबको अमिलोपना घटाएर पनि मृगौलाबाट बढी मात्रामा युरिक एसिड निष्कासन गर्न सकिन्छ ।

पिसाबलाई बढी पातलो पार्दै पनि शरीरबाट बढी युरिक एसिड निष्कासन गर्न सकिन्छ । त्यसको निम्ती झोल पदार्थ तथा पानी बढी पिउनु पर्दछ । युरिक एसिडको स्तर रगतमा उच्च हुनेले खानामा माछा–मासु एकदमै घटाउने, मदिरा पिउनबाट आफूलाई संयम गर्ने र शरीरको तौल आफ्नो उचाई मिल्दोजुल्दो मात्र राख्नुपर्छ । मोटोपन, रक्सीको सेवन र बढी माछा मासुको भोजनबाट टाढा रहनु युरिक एसिडले निम्ताउने समस्याबाट टाढा हुनु हो ।

के खाने, के नखाने ?

क) खान नहुने

– रातो मासु (खसी, राँगो), भित्री मासु (कलेजो, मुटु, मिर्गौला, गिदी)

– माछाहरु, प्राउन, लोवस्टर

– जाँड, रक्सी

ख) कम मात्रामा खान हुने

– दूध र दूधबाट बनेका परिकारहरु

– सेतो मासु (कुखुरा, हाँस तथा अन्य चराचुरुङ्गीहरुको मासु)

– दाल तथा गेडागुडीहरु

– कुरिलो, काउली, पालुङ्गो, गोलभेडा, च्याउ

– अण्डा

– काजु, ओखर, पेस्ता, बदाम

ग) प्रशस्त मात्रामा खान हुने

– चामल, गहुँ, मकै, आलु, पाउरोटी, चिनी

– हरियो सागपात (सिमी, बोडी बाहेक)

– फलफूलहरु

– गाजर, काक्रो

युरिक एसिड बढ्यो ?

युरिक एसिड बढ्नुलाई चलनचल्तीको भाषामा यसलाई बाथ रोग भनिन्छ । जब शरीरमा युरिक एसिड बढ्छ, हाम्रो जोर्नी दुख्न थाल्छ । कतिपय अवस्थामा त हिँडडुल गर्नै गाह्रो हुन्छ । शरीरमा प्युरिन नामक तत्व टुक्रन्छ, तब शरीरमा युरिक एसिडको समस्या देखिन्छ । शरीरका कोषिका टुट्ने नयाँ बन्न प्रकृया चलिरहदाँ त्यसमा पाइने प्युरिन पनि टुट्न थाल्छ । प्युरिन टुक्रनाले शरीरमा रसायनिक असर देखा पर्न थाल्छ, जसले युरिक एसिड देखिन थाल्छ । यो रगतको माध्यमद्धारा मृगौलासम्म पुग्छ । साथै पिसाबको माध्यमद्धारा बाहिर निस्कन्छ ।

कसलाई हुन्छ युरिक एसिड

– जो अस्वस्थ्यकर खाना खान्छन् तर, शारीरिक श्रम गर्दैनन् ।

– वंशानुगत रुपमा पनि दोस्रो पुस्तामा यो रोग देखापर्न सक्छ ।

– जाँडरक्सी र धेरै प्रोटिनयुक्त खानेकुरा सेवन गर्नेहरु ।

– रगत पातलो बनाउने औषधी, उच्च रक्तचापको औषधी सेवन गरिरहेकाहरु ।

कसरी हुन्छ युरिक एसिड ?

शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ ।

जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ ।

उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै, युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।

के हुन्छ असर ?

शरीरको साना-साना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ । यदि तपाईको उमेर २५ बर्षभन्दा बढी भएको छ र धेरै खाना खानुहुन्छ भने तपाई यस रोगको जोखिममा पर्नुहुनेछ । राती सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाई महसुष हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । यस रोगले शरीरको स-साना जोर्नीमा असर गर्छ । जोर्नीमा पीडा महसुष हुन्छ ।

तर युरिक एसिड बढे

युरिक एसिड कुनै पनि बेला बढ्न सक्छ । यदी युरिक एसिड अचानक बढेमा खुट्टाको पिडुँला, जोर्नी, मृगौला तथा शरीरका अन्य भागहरुमा जमेर बसिदिन्छ । यसले भविष्यमा जार्नीको दुखाई, वाथ रोग, गाठागठी लगायतको समस्या निम्त्याउने गर्छ ।

कसरी नियन्त्रण गर्ने ?

– पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।

– खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन ।

– रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ ।

– हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन-सि जरुर लिनुहोस् ।

– नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।

घरेलु विधी

करिब एक किलो तौलको काँचो मेवालाई राम्ररी पखालौ । अब त्यसलाई बोक्रासमेत सानो सानो टुक्रामा विभाजित गरौ ।

अब यसलाई एउटा भाडोमा हालेर त्यसमा तीन किलो पानी मिसाएर त्यसमा पाच प्याकेट ग्रीन टी मिसाएर करिब १५ मिनेट चिया झै उमालौ र छानौ ।

अब अन्दाजी ५ , ६ गिलास सहितको यो औषधी तयार भयो । यसलाई १४ दिनसम्म लगातार
पिएको खण्डमा तपाईको शरीरमा आश्चर्यजनक परिवर्तन देखिन सक्छ । त्यतिमात्र हैन, १४ दिन पश्चात्त जब तपाईको रिपोर्ट सामान्य आउँछ, त्यसपछि सातामा एक दिन यसको सेवनले युरिक एसिडको समस्या हटेर जान्छ ।

युरिक एसिडले के गर्छ ?

युरिक एसिडले हाम्रो शरीरमा एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ, जसले हाम्रो रक्तकोषिमा हुन सक्ने अदृष्य असरबाट बचाउन मद्दत गर्छ । त्यसैले पनि, युरिक एसिडको लगातारको आपूर्ति हाम्रो शरीरको लागि महत्वपूर्ण मानिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ । 

यो भिडियो पनि हेर्नुहोस् :