तिते करेला क्युकर बिटेसी परिवारमा पर्ने वैज्ञानिक नाम (omordica chanatia) भएको फल तरकारी हो । प्रति एक सय ग्राम ताजा तिते करेलामा भीटामिन ए (बिटा क्यारोटिन) १ सय २६ माइक्रोग्राम र भीटामिन सी ८८ मिलिग्राम पाइन्छ । खनिज तत्वहरू मध्ये फोस्फोरस ७० मिलिग्राम, क्याल्सियम २० मिलिग्राम, र फलाम ०.६१ मिलिग्राम पाइन्छ । करेला खेती कलिला, तिता फलको लागि गरिन्छ । यसको प्रयोग तारेर वा पकाएर तरकारीको रूपमा वा अचार बनाएर गरिन्छ ।

करेलामा अर्वुद्ध रोगको प्रतिरोध गर्ने गुणहरू छन् भन्ने विश्वास गरिन्छ । यसको सेबनले रगत र पिसावमा हुने चिनीको मात्रालाई घटाउँदछ । करेलाको बजार माग र उत्पादन दुवै बढ्दो अवस्थामा छ ।

प्रचलित जातहरू

नेपालमा पञ्जिकृत गरिएका र खेती गरिने जातहरूको विवरण तल उल्लेख गरिएको छ । यस मध्ये करेलाका जातहरूमा वर्णसङ्कर जातहरूः

पाली, एन.एस. ४३३, चन्द्र, लक्ष्मी ५५५, पीपल, शिव, गङ्गा, हिरा, सेती ४४४, कोमल, समृद्घि, एन.एस. ४३४, चमन, प्रचलित छन् ।

१. हरियो करेला

बोट ठूलो, हरियो, लहरे प्रकृतिको र पात गहिरो काटिएको अगौटे जात हो । बोटको टुप्पातिर झुस धेरै हुन्छ ।

फल २०-२५ से.मी. लामो, ७-८ हुन्छ । उत्पादन १२-१६ मे.टन-प्रति हे. हुन्छ ।

फल पहिले हरियो र पाकेपछि पहेलो हुन्छ ।

बेर्ना सारेको ४०-४५ दिनमा उत्पादन लिन सकिन्छ ।

यसको पुरानो नाम पुसा दोमौसमी हो ।

तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिस गरिएको छ ।

यो जातलाई २०५१ सालमा उन्मोचित गरिएको ।

२. एन.एस ४३३ वर्णशंकर जात

बोटको उचाइ १५०-१६० से.मी. हुन्छ ।

बेर्ना सारेको ४०-५० दिनमा बाली लिन सकिने ।

तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।

उत्पादन ४०-४५ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

३.चन्द्रा वर्णशंकर जात

बोटको उचाइ २५०.३०० से.मी. हुन्छ ।

बेर्ना सारेको ४८-५० दिनमा वाली लिन सकिने ।

तराई, र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।

उत्पादन १९.८ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

४. लक्ष्मी ५५५ वर्णशंकर जात

बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।

बेर्ना सारेको ५० दिनमा वाली लिन सकिने ।

तराई, र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।

उत्पादन २८ मे.टन-प्रति हे. हुन्छ ।२०६६ सालमा पञ्जिकृत भएको ।

५. पिपल वर्णशंकर जात

बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।

बेर्ना सारेको ५० दिनमा वाली लिन सकिने ।

तराई, र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।

उत्पादन २०.९ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

६. शिव वर्णशंकर जात

बोटको उचाइ ३०० से.मी. हुन्छ ।

बेर्ना सारेको ४८-५० दिनमा वाली लिन सकिने ।

तराई, र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।

उत्पादन २१.४ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

७. गंगा वर्णशंकर जात

बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।

बेर्ना सारेको ४०-४५ दिनमा वाली लिन सकिने ।

तराईको लागि सिफारिस गरिएको छ ।

उत्पादन २४ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

८. हिरा वर्णशंकर जात

बोटको उचाइ ३०० से.मी. हुन्छ ।

बेर्ना सारेको ४८-५० दिनमा वाली लिन सकिने ।

तराईको लागि सिफारिस गरिएको छ ।

उत्पादन २४.३ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

९. पाली वर्णशंकर जात

बोटको उचाइ ७०० से.मी. हुन्छ ।

बेर्ना सारेको ४५ दिनमा वाली लिन सकिने ।

तराई र मध्य पहाडको लागि सिफारिश गरिएको छ ।

उत्पादन ५० मे.टन-प्रति हे. हुन्छ । २०६७ सालमा पञ्जिकृत भएको ।

१०. सेती ४४४ वर्णशंकर जात

बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।

बेर्ना सारेको ४६-४८ दिनमा वाली लिन सकिने ।

तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।

उत्पादन २६.९ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

११. कोमल वर्णशंकर जात

बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।

बेर्ना सारेको ४८-५० दिनमा वाली लिन सकिने ।

तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।

उत्पादन ३५.६ मे.टन-हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

१२. समृद्धि वर्णशंकर जात

बोटको उचाइ २५०-३०० से.मी. हुन्छ ।

बेर्ना सारेको ४८-५० दिनमा वाली लिन सकिने ।

तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।

उत्पादन ३५.८ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

१३. एन.एस. ४५३ वर्णशंकर जात

बोटको उचाइ १५०–१६० से।मी। हुन्छ ।

बेर्ना सारेको ४०–५० दिनमा वाली लिन सकिने ।

तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।

उत्पादन ४०–४५ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

१४. एन.एस. ४५४ वर्णशंकर जात

बोटको उचाइ १५०–१६० से.मी. हुन्छ ।

बेर्ना सारेको ४०–५० दिनमा वाली लिन सकिने ।

तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।

उत्पादन ४०–४५ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

१५. एन.एस १०२४ वर्णशंकर जात

बोटको उचाइ १५०–१६० से.मी. हुन्छ ।

बेर्ना सारेको ४०–५० दिनमा वाली लिन सकिने ।

तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।

उत्पादन ४०–४५ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

१६. एन.एस ४३१ वर्णशंकर जात

बोटको उचाइ १५५–१६० से.मी. हुन्छ ।

बेर्ना सारेको ४०–५० दिनमा वाली लिन सकिने ।

तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।

उत्पादन ४०–४५ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

१७. एन.एस ४३४ वर्णशंकर जात

बोटको उचाइ १५५–१६० से.मी. हुन्छ ।

बेर्ना सारेको ४०–५० दिनमा वाली लिन सकिने ।

तराई र मध्य पहाडको लागि सिफारिस गरिएको छ ।

उत्पादन ४०–४५ मे.टन-प्रति हे. हुन्छ । २०६६ सालमा पञ्जिकृत भएको ।

हावापानी र माटो

करेला गर्मी तथा न्यानो मौसमको वाली भएकाले तुषारो खप्न सक्दैन । तराईदेखि १५०० मिटर उचाईसम्म र २००–३५ डिग्री सेल्सियस तापक्रम भएको क्षेत्र बढी उपयुक्त हुन्छ । सरदर २५० डिग्री सेल्सियसदेखि ३५० डिग्री सेल्सियसको तापक्रम, बोटको बृद्धि तथा फल लाग्नको लागि उपयुक्त हुन्छ । १२ से. भन्दा कम तापक्रम भएमा बीउ उम्रदैन र बोटको वृद्धि पनि राम्रो हुँदैन । ३८० डि.से.भन्दा माथिको तापक्रममा फल लाग्दैन ।

प्राङ्गारिक पदार्थ प्रशस्त (५ प्रतिशत भन्दाबढी) र पि.एच.मान ६.५–७.०, पानीको निकास राम्रो भएको बलौटे दोमट माटोमा करेला खेती राम्रो हुन्छ ।

नोट 

रोप्न चाहेको बियाँलाई २/३ दिन भिजाउनुहोस् । भए नर्सरी ट्रे नभए सानो सानो प्लास्टीकको थैलामा पुरानोरपाकेको प्राङगरीक मल र नरिवलको जट्टा जस्तो रेसादार बस्तुसंग मिसाई थैला भरेर भिजेको बिऊ राख्नुहोस । आफुलाई हेरचाह गर्न सजिलो ओसिलो ठाउँमा थैलाहरु राखी दैनिक हल्का भिजाउनुहोस ।

जब बेर्ना तयार हुन्छ आफुले रोप्न चाहेको स्थानमा खनजोत मल खाद तयार पारी बिरुवा सार्नुहोस । यसरी सार्दा प्लास्टीक थैला हटाउनुहोस बेर्नाको जरा र रेसादार मिसाएकोले थैला सजिलै बिरुवालाई असर नपरी हटाउन सकिन्छ ।

रोपिसके पछि अरु झारपात नआवस भनेर बिरुवा वरीपरी पुरानो बोरा, प्लास्टीक कपडा जे छ त्यसैले छोपेर मल्चिङ सिस्टम गराउनुहोस।

पुर्ण बिरुवा बढ्न नथालुन्जेल दैनिक हल्का सिंचाई गर्नुहोस ।सिंचाई बेलुका पख गर्नुहोस । जमिनको सतहबाट डेढ मिटरको उचाईमा समतल फल मुनि तर पात टुप्पा मुनि नछिर्ने गरी थाँग्रा दिनुहोस । जब फल्न सुरु हुन्छ फललाई केहीले नछोवस सरर हावा लागोस ।हरियो पात माटो या केहीले फल छोए फलको टुप्पामा किरा लाग्ने हुन्छ ।

नोट : हामीले यो लेख कृषिपत्रिका डटकम बाट लिएका हौँ । कृषिपत्रिका डटकममा तपाईले कृषिबारे थप जानकारीहरु पढ्न सक्नुहुनेछ । यो लेख कृषिपत्रिका डटकममा पढ्नका लागि यो लिंकमा जानुहोस् । http://krishipatrika.com/

माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।