तपाईँले पक्कैपनि कुनै न कुनै बेला खुट्टा निदाउँने वा झम झम्झम् गर्ने अवस्थाको महसुस गरेको हुनुहुन्छ होला । एकैठाँउमा नचलिकन बस्दा वा खुट्टा खुम्च्याएर बस्दा प्राय खुट्टा निदाउने गरेको पाइन्छ ।

खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

हाम्रो शरीरमा स्नायुकोष( नर्भ)ले मस्तिस्कसम्म पुरयाउने काम गर्छ । शरीरका अन्य भागमा जस्तै खुट्टामा पनि कैयौँ स्नायुको कोषहरु हुने गर्छ ।

खुट्टामा दवा पर्न जाँदा रक्तसञ्चार प्रणाली अवरुद्ध हुन्छ । जस्ले गर्दा प्रशस्त रगत र त्यसको साथमा अक्सिजन प्रर्याप्त पुग्न पाउदैन । यसले गर्दा खुट्टामा स्नायुहरु केही समयको लागि निस्कृय हुन्छन् र बाह्य सन्देश मस्तिस्कसम्म पुग्न सक्दैन् । यसले गर्दा खुट्टा झम झम गर्ने स्पर्श अनुभव गर्न नसकिने र भारी भएको महशुस हुन्छ ।

जव खुट्टामा दवाव हट्छ अथवा खुट्टा चलाइन्छ अथवा मालिस गरिन्छ रक्तसञ्चार पुन नियमित भई खुट्टा निदाउने समस्या हटछ् ।

के तपाईलाई खुट्टा गनाउने समस्या छ ?

तपाई हामी मध्ये धेरैलाई खुट्टा गनाउने समस्या हुनसक्छ । कुनै कार्यक्रम तथा साथिको कोठामा जाँदा पनि खुट्टा गनाउने समसस्याले सताउछ । दिनभर काम गर्दा लगाएको जुत्ता खोल्न साथ खुट्टाबाट आउने गन्धले नाकै फुट्ला जस्तो हुन्छ । जसले गर्दा व्यक्तिको पहिचानलाई समेत धमिलाउन सक्छ ।

नजिकै बस्नेहरुको लागी ठुलो सास्ती खेप्नुपर्ने हुन्छ । तपाईको वरपर कोहि पनि बस्न चाहदैनन् । अब खुट्टा गनाउने समस्यालाई कसरी हटाउन सकिन्छ । पढौँ यी केही उपायहरु ।

खुट्टाको स्याहार :

जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुट्टा खुल्ला राख्नुपर्छ । यो बेलामा छालामा परेका साना साना चिराहरु दुख्छन र तिनीहरूमा संक्रमण हुन सक्छ । यस्तो बेलामा मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ ।

नुन पानीले फंगसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसिनालाई पनि केही कम गर्छ । साथै यसरी भिजाउँदा छाला केही नरम हुन्छ र फंगस हटाउने क्रीम छालाको भित्री तहसम्म सजिलो तरिकाले पुग्छ । नुन पानीमा भिजाउने क्रम ३–४ हप्तासम्म गरिरहनु पर्छ ।

खाने सोडाको प्रयोग :

यो समस्या देखापरेपछि खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केही बेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा बेश हुन्छ ।

जुत्ता ओभानोरसुख्खा पारेर लाउनेः

यस्तो समस्या पर्ने व्यक्तिले कपडाको जुत्ता लगाउनु बेश हुन्छ । छालाको जुत्ता सकभर प्रयोग नगर्नुहोस् । विशेष गरी गर्मीको याममा त जुत्ताभन्दा चप्पलरस्लीपर जुत्ता लगाए नै वेश हुन्छ । जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ ।

जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नु बेश हुन्छ । तुना बान्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ ।

सूतीको मोजाको प्रयोग :

मोजा गनाउने समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीकै मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । यस्तो समस्या हुनेले मोजा धुँदा सफा गरेर साबुन लगाएर घाममा सुकाउनु पर्छ, ताकि त्यसमा फंगसका कुनै चिन्ह नरहुन् । साथै पसिनाको गन्ध पनि जाओस् र खुट्टा नगनाओस् ।

खुट्टा सुख्खा राख्ने :

हिलो उछिन नदिन र निको पार्न खुट्टा सुख्खा राख्नु अनिवार्य र मुख्य उपाय हो । नुहाइ सकेपछि खुट्टा धोएर ओभानो पारी पुछनु पर्छ र १०–१५ मिनेट घाममा राख्नु पर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भएमा खुट्टामा पाउडर लगाएर काप कापमा पाउडर दलेर मात्र मोजा लगाउनु बेश हुन्छ । यसले पसिना आउन कम गर्छ र पसिना कम आएपछि फंगस पनि केही कम हुन्छ ।

अदुवाको प्रयोग :

अदुवालाई पिँधेर त्यसको रस निकाल्ने त्यसपछि अदुवाको रसमा कपास भिजाइ त्यसलाई राति सुत्नुभन्दा अघि पाइतालामा दलेर रातभर छाड्ने । बिहान राम्रोसँग खुट्टा धुने र अन्य समयमा पनि खुट्टाको सरसफाइमा ध्यान दिने हो भने खुट्टामा हुने दुर्गन्धबाट मुक्ति पाउन सकिन्छ ।

भिनेगरको मिश्रणमा डुबाउने :

यदि ब्याक्टेरियालाई पुर्णरूपमै सखाप बनाउन चाहनुहुन्छ भने, तपाईँको खुट्टालाई भिनेगरले धुनुहोस् । यसले ब्याक्टेरियामा भोकमरी फैलाउने काम गर्दछ । यसको लागि, एउटा भाँडामा मनतातो पानी राख्नुहोस् र त्यसमा पानीको आधा भागजति भिनेगर मिसाउनुहोस् । उक्त मिश्रणमा ३० मिनेटसम्म आफ्नो खुट्टा डुबाउनुहोस् र यो १ हप्तासम्म गर्नुभयो भने खुट्टाबाट दुर्गन्ध हट्नेछ ।

चियाले खुट्टा पखाल्ने :

कालो चियामा हुने रसायनले हाम्रो पाइतालामा हुने साना साना प्वालहरूलाई टाल्ने काम गर्दछ, जसले गर्दा त्यहाँ ब्याक्टेरियाहरू बस्न पाउँदैनन्। यसले प्राकृतिक एन्टिबायोटिकको काम पनि गर्दछ । यसको लागि, १ कप पानीमा २ चम्चा कालो चिया राख्नुहोस् र १० मिनेटसम्म उमाल्नुहोस् । त्यस चियालाई मनतातो गराउनको लागि थोरै चिसो पानी मिसाउनुहोस् र त्यसले खुट्टा धुनुहोस् । १ हप्तासम्म यस्तो गर्नाले पनि खुट्टाको दुर्गन्ध हट्ने गर्दछ ।

चप्पलको प्रयोग :

स्वीमिगं पुलको वरिपरि, व्यायाम गर्ने ठाउँमा र बाथरूममा चप्पलको प्रयोग गर्दा बेश हुन्छ किन भने यस्तो ठाउँबाट फंगस सर्ने बढी सम्भावना हुन्छ ।

खुट्टा दुख्छ ?

खुट्टा दुख्ने समस्या बढ्दो उमेर, मोटोपन र शारीरिक अस्वस्थतासित सम्बन्धित हुने ‘जर्नल अफ फुट एन्ड एन्कल रिसर्च’ (२००८) मा प्रकाशित एक अध्ययनले जनाएको छ । अध्ययन अनुसार, खुट्टा दुख्ने समस्या पुरुषमा भन्दा महिलाहरुमा बढी हुन्छ । जीवनशैली तथा स्वास्थ्य समस्याको कारण खुट्टा दुखाइ हुन सक्छ ।

खुट्टाको दुखाइ वा असहजपना विशेषगरी खुट्टाको कुर्कुच्चा, पैंताला लगायत भागमा बढी हुने गर्छ । यस्तो दुखाइ सामान्यदेखि असह्य हुनेसम्मको अवस्थामा पुग्न सक्छ । कसैलाई थोरै समय र कसैलाई लामो समयसम्म यस्तो पीडा रहन्छ ।

कतिपय पीडा सामान्य उपचारपछि घरमै ठीक हुन्छ भने लामो समयसम्म पीडा भइरहेमा चिकित्सकको परामर्श लिनुपर्छ ।

खुट्टा दुख्ने कारण र समाधानका उपाय यस्ता छन्ः

अग्लो हिल भएको जुत्ता

खुट्टा दुख्नुको प्रमुख कारणमध्ये अग्लो हिल भएको जुत्ताको प्रयोग पनि एक हो । २ं५ इन्चभन्दा बढी हिल भएको जुत्ताले पैंतालामा अधिक दबाव सिर्जना गरी पैैंतालाको आकारलाई साँघुरो बनाइदिन्छ, जसले गर्दा पीडा हुन्छ ।
हिल जुत्ताको प्रयोगले खुट्टा पोल्ने, मर्कने जस्ता समस्या बढाउँछ ।

समाधानको तरिका

– सही सन्तुलन र कम दबावको लागि बाक्लो हिल भएको जुत्ताको प्रयोग नगर्ने ।

– औंला राख्ने ठाउँमा खुला भएको उच्च हिलयुक्त जुत्ताको प्रयोग गर्ने ।

– साँझमा करिब १५ मिनेटका लागि खुट्टालाई नुनपानीमा डुबाउने ।

– सुत्नुअघि खुट्टाको राम्ररी मसाज गर्ने । यसबाट रक्तसञ्चारलाई प्रभावकारी बनाई दुखाइ कम गर्छ ।

कसिलो जुत्ताको प्रयोग

धेरै कसिलो जुत्ताको प्रयोगले पनि खुट्टा दुख्ने गर्छ । कसिला जुत्ताले खुट्टाका औंलाहरुमा दबाव पर्ने गर्छ । लामो समयसम्म असजिलो जुत्ताको प्रयोगले शरीरको मांसपेशी, जोर्नी, खुट्टाको लिगामेन्ट, पैंताला, कम्मर तथा पिठ्युमा हानि पुर्‍याउँछ ।
ढल्किँदो उमेरसँगै खुट्टाको बनावट परिवर्तन हुने गर्छ । त्यसैले जुत्ता किन्न जाँदा खुट्टाको नाप लिएर मात्र जुत्ता छान्ने गरौं ।

समाधानको तरिका

– गुणस्तरीय र खुट्टालाई आरामदायी हुने जुत्ता लगाउने ।

– ६ देखि आठ महिनाको अन्तरालमा नयाँ जुत्ता लगाउने ।

– ज्हिले पनि साँझतिर जुत्ता खरिद गर्ने । दिनभरको हिँड्डुलले खुट्टामा बढी सुजन हुने भएकोले त्यसबेला खरिद गरेको जुत्ता आरामदायी हुन्छ ।

– जुत्ता खरिद गर्दा जहिले पनि दुवै जुत्ता लगाएर केही कदम हिँड्दै सजिलो भए-नभएको जाँचौं ।

गर्भावस्था

गर्भवती भएको बेला बान्ता हुने, ढाड दुख्ने जस्तै खुट्टा दुख्ने समस्या पनि हुन्छ । बढ्दो तौलका कारण गर्भावस्थामा खुट्टामा बढी भार पर्ने गर्छ, जसले गर्दा खुट्टा दुख्ने र थाक्ने समस्या हुन्छ ।

यस्तो बेला बढ्दो तौलकै कारण घुँडा र पैंतालामा बढी दबाव हुन्छ । यस्तो समस्या गर्भावस्थाको तेस्रो महिनादेखि सुरु हुन्छ । बच्चाको जन्मसँगै दुखाइ हराउँछ ।

गर्भावस्थामा हुने खुट्टाको दुखाइ कम गर्ने तरिका

– खुट्टा लामो समयसम्म नटेकी सकेसम्म उचालेर राख्ने ।

– शरीरमा पानीको अभाव हुँदा खुट्टा सुनिने र दुख्ने भएकोले बढी झोल पदार्थ सेवन गर्ने ।

– बसेर गोलीगाँठोभन्दा मुनिको भागलाई गोलाकार रुपमा घुमाउने । यस्तो व्यायामले गोलीगाँठोमा रक्तसञ्चारलाई प्रभावकारी बनाउँछ ।

खुट्टाको नङ बढ्नु

खुट्टाको नङ बढ्दा पनि पैंतालामा बेलाबखत समस्या बढ्ने गर्छ । नङ बढेर औंलाको छेउछाउमा गढेमा नङछुरी भएर दुखाइ बढ्छ । यसैले तपाईंले बेलाबेलामा नङ काट्न ध्यान दिनुपर्ने हुन्छ ।
कसिलो जुत्ताको प्रयोगले पनि नङछुरी भएर खुट्टामा जलन हुन्छ ।

समाधानको तरिका

– खुट्टाको दुखाइ, जलन, सुजन कम गर्न केही समय तातोपानीमा खुट्टा डुबाउने । अझ प्रभावकारी फाइदा लिन फिट्किरी वा एप्पल साइडर भेनेगरलाई पानीमा मिसाउने ।

– खुट्टालाई पानीमा डुबाएपछि छालामा गढेको नङलाई सुती कपडाले विस्तारै माथि निकाल्ने ।

– औंलामा संक्रमण भएको छैन भने छालामा गढेको नङ आफैंले काट्न सक्नुहुन्छ । संक्रमण भइसकेको छ भने चिकित्सकको परामर्श लिनु उचित हुन्छ ।

लामो समयसम्म उभिनु

कामको दौरान लामो समयसम्म उभिइरहँदा खुट्टामा पीडा तथा सुजन उत्पन्न गराउँछ ।

समाधानको तरिका

– कामको दौरान लामो समय उभिनुपर्छ भने सजिलो खालको जुत्ता लगाउनुस् ।

– उभिँदा शरीरको वजनलाई एउटा खुट्टाबाट अर्को खुट्टामा आलोपालो सार्नुस् ।

– हरेक घण्टा उभिएपछि कम्तीमा दश मिनेट आराम गर्नुहोस् । समय-समयमा खुट्टा तन्काउनुस् ।

– सुत्दा आफ्नो खुट्टालाई शरीरभन्दा केही माथि उठाउँदा पनि राहत मिल्छ ।

चौडा पैताला

चौडा पैंताला जन्मजात हुने समस्या हो । त्यस्ता मानिसलाई खुट्टा दुख्ने समस्या हुनु सामान्य मानिन्छ । यस्तो समस्या अग्लो हिल प्रयोग गर्ने तथा लामो समयसम्म उभिने मानिसहरुमा पनि देखिने गर्छ ।

समाधानको तरिका

– खुट्टालाई आराम दिलाउन दुबो भएको चौरमा खाली खुट्टाले केही समय हिँड्ने गरौं ।

– कुर्कुच्चा तन्काउने व्यायाम गरौं ।

– जहिले पनि खुट्टाको बनावटलाई टेवा दिने खालको जुत्ताको प्रयोग गरौं ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।