जिरा एक मसला वाली हो । यस्को उत्पत्ति मिश्र ( इजिष्ट) मा भएको मानिन्छ । उत्पादन गर्ने प्रमुख राष्ट्रहरुमा भारत,इरान, इराक,साउदी अरव मिश्र चीन आदि पर्छन नेपालमा यसको खेति नगण्य रुपमा गरिदै आएको छ । नेपालमा जिरा आयात गर्ने पव्रमुख देश भारत हो ,बर्षको २० अर्ब भन्दा बदी जीरा आयत हुन्छ । यसको विकासका लागि नेपालमा राष्ट्रिय मसला वाली विकास कार्य समितिले काम गर्दै आएको छ । भारत बाट वीउ ल्याई विभिन्न फर्म/केन्द्रहरुमा परिक्षण प्रशारण गर्दैआईरहेको छ ।

उपयोग 

जिराको उपयोग सम्पूर्ण समुदाय वर्ग र भौगोलिक क्षेत्र वासिन्दाहरुमा रही आएको छ। जुनसुकै तरकारी माछा , मासु, अचार, केक आदिमा प्रयोग गरिन्छ । यो रक्त वर्धक हुन्छ । यस्को खाने कुरालाई स्वादिष्ट मात्र होईन रुची समेत बढाउछ । जिरालाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । घा“टी दुखेको स्वाद दवेको रुघाखोकिमा कलेजो र आन्द्रा सुनिएमा मेख भित्र दाना निस्केमा यस्को प्रयोग गर्ने प्रचलन रहेको छ । जिरा एक वर्षिय झाडिदार मसला वाली हो यस्को वानस्पतिक नाम क्यूमिन साईमिनम (cuminum cyminum) हो र यो Apiacae/umbellifarae परिवारमा पर्दछ । यसवाट पाईन वासना युक्त तेललाई क्यूमिनोल वा क्यूमिक अल्डीहाईड भनिन्छ ।

हावापानी र माटो 

जिरा उष्ण प्रदेशीत विरुवा हो यो उपोष्ण प्रर्दशमा पनि राम्रो हुन्छ । जिरा उष्ण तथा उपोष्ण प्रदेशको शुष्क तथा अर्धशुष्क हावापानि मा लगाउन सकिन्छ । यसवालि हिउदमा रोपिन्छ ।र वढि हुक्ष्सु लाग्ने ,तुसारो पर्ने तथा हिउदे वर्षा, वढीहुने स्थानमा जीरा लगाउन उपयुत्त हुदैन । फूलफूल्ने र दाना लाग्ने वेलामा शुष्क हावापानिले मदत पु¥याउछ । यदी वढी आद्रता भएमा दुसीजन्य रोगले आक्रमण गर्दछ ।

यो खी वाली हो चिसान नभएको सुख्खा जमिनमा यस्को खेती राम्रो नहुने हु“दा यसवालीको लागी सिचाई अति आवश्यक छ । पानी न जाम्ने निकासको राम्रो प्रवन्ध भएको बलौटे दोमट माटो उपयुत्त मानिन्छ । जीरा खेति सधै एउटै स्थानमा लगाई राख्नु राम्रो हुदैन ।लगातार एउटै खेतबाट वाली लिदा काटोको माध्यम बाट सर्ने रोग मध्ये वईलाउने रोग लाग्ने बढी सम्भावना रहन्छ । १५ देखि २५

डि.से.मि तापक्रम वीउ उम्रन र वोट वृधिको लागि उपयुत्तहुन्छ । फूलफूल्न र विउ पाक्नको लागि २०–३० डि.से. तापक्रम चाहिन्छ । समुद्र सतह देखि १००० मी उचाई सम्मका क्षेत्रहरुमा यस्को खेति सफस्ताका साथ गर्न सकिन्छ ।

जातहरु 

आर.एस. १ (राजस्थान) भारतीय प्रचलीत जात हो ।

आर. जेढ १९ (राजस्थान जीरा–१९)

टोपोल्का – वेल्गेरिया बाट निकालिएको जात हो ।

जि.सि. ४३, जो.सी. २ जी.सी. ३ , य.सी.१९८ ले वढी उत्पादन दिने भएकोले खेति गर्न सिफारिस

गरिएको छ । जात अनुसार वाली तयार हुन ११० देखि ११५ दिन लाग्छ ।

वाली लगाउने र विउदर 

जिरा खेति कार्तिक देखि मंसिर महिना सम्ममा रोप्न (मंसिर १–२५) उपयुत्त हुन्छ । छरुवा तरिका वा लाईनमा वा क्यारी बनाएर जिरा छर्न सकिन्छ । वीऊ दर प्रति रोपनि ६००–७०० ग्राम आवश्यक पर्दछ । वीउ छर्नु अघि सेरेसन वा थिरम वा डाईफोलीटान २.५–३ ग्राम प्रति के.जि. वीउको दरले उपचार गर्नुपर्छ । विउ लाई ८ घण्टा जति भिजाएर छरेमा छिटो उम्रन्छ । वीउ छर्दा १–२ से.मि गहिराईमा छर्नु

पर्छ । रोग किरामो प्रकोप कम गर्नकालागि वाली चक्र अपनाउनुपर्छ । यदी लाईनमा राप्ने हो भने हार देखि हारको दुरी ३० से.मि. र विरुवा देखि विरुवा १५से.मि. दुरी कायम गर्नु पर्छ छरेर रोपेको भन्दा लाईनमा रोपेको राम्रो नतिजा पाईएको छ । लाईन मा रोप्दा सिचाई, गोडमेल र वाली संरक्षण गर्नु सजिलो हुन्छ । वीउ पुर्दा धेरै वाक्लो बढी वा वीउ धेरै गहिराईमा रोप्नु हुदैन । साधारण तथा छरीएको जीराले लाईनमा रोपेको भन्दा उत्पादन दिन्छ भनीएको छ ।

जग्गा तयारी 

दुईतीन पटक खनजोत गरी डल्ला फुटाएर माटो बुरबुरउदो पार्नुपर्छ । पहिलेका वालीका ठुटाहरु जलाएर नष्ट गर्नु पर्छ । माटोलाई राम्ररी सम्याएर स साना व्याड तयार गर्नुपर्छ जसबाट पानी पटाउन र गोडमेल गर्न सजिलो हुन्छ । माटोको पी .इच.मान ६–७ जस्मा येथेष्ट मात्रामा हावा तथा पानीको स१चार हुन्छ । त्यही माटोमा सफलताका साथ खेती गर्न सकिन्छ ।

मल खादको व्यवस्था कम्पोष्ट अथवा गोठेमल ४०–५० डोको डी.ए.पी. १.५ के.जी प्रति रोपनि माटोमा मिसाउने । युरीया १.५ के.जी. जग्गा तयार गर्दा १.५ के.जि. जिरा छरेको एक महिना पछी टपड्रस गर्नुपर्छ । तोरीको पिना अण्डीरको पीना, कुखुराको मल जीरा खेतीमा प्रयोग गर्दा उत्पादनमा वृद्धि ल्याई वइलाउने रोग लाग्न कम गर्छ ।

गोडमेल 

सामान्य तथा २–३ पटक झार उखेल्ने पर्छ । लाईनमा छरेको भए हल्का गोडमेल गर्नु उपयुत्त हुन्छ । पछिल्लोपटक झार उखेल्नु र गोडमेल काम जीरा छरेको ३०–४० दिन पछि गर्नुपर्छ । वाक्लो भएका पत्ल्याउनु झारपात नियन्त्रण गर्न वेसालीन विषादी १ लि. प्रति ७०० लि. पानीमा घोली अगाडी छर्नुपर्छ ।

सिचाई

वीउ छरेको तुरुन्त हल्का सिचाई गर्नुपर्छ । अर्को सिचाई ८–१० दिन पछि गर्नु पर्छ । जिरा १०–१५ दिन पछि उम्रन सुरु गर्छ । माटोको किसम अनुसार ४–६ पटक सिचाई गर्नुपर्छ त्यस पछिकासिचाईहरु ३०,४५,६५र ८० दिनमा दिनुपर्छ । फूल फूल्ने र दाना लाग्ने वेलामा सिचाई गर्नु अनिवार्य हुन्छ । । वाली पाक्ने वेला सिचाई वन्द गर्नु पर्छ । जिरा वाली अवधी सम्म जीरालाई २२७ मी.ली.पानी
आवश्यक पर्दछ ।

वाली कटाई तथा उत्पादन 

जीरा पाक्ने समय जात र हावापानी अनुसार फरक पर्दछ । साधारण तथा जीरा ८०–१२० दिनमा तयार हुन्छ । जीरा पूर्ण रुफे छिप्पाएपछि वोट सहित उखेली घाममा सुकाइन्छ सुकाईएको वोट बाट जीरा र १० प्रतिशत भन्दा कम चिस्यान हुनेगरी सुकाएर भणडारण गर्नुपर्छ । प्रतिरोपनि ३०–४५ के.जी उत्पादन हुन्छ ।

रोग तथा कीराहरु 

जीरावाली लाई केही रोग तथा किराहरुले हानी पु¥याउछ । यसवाली मा लाग्ने मुख्य रोगहरुमा पाउडरी मिल्डयू क्यूमिन विलट, ब्लाईट प्रमुख छन । किराहरुमा लाही किरा (Aphid) पातखाने लाभ्रे (Leaf catterpiller) ,प्रमुख छन भने निमालोड ले
पनि यस वालीमा हानी पुर्याउछ ।

किराहरु 

लाही किरा :– लाही जीराको मुख्य सत्रु हो यस्ले कलिला भागको रल चुसेर उत्पादन घटाउछ । लाही नियन्त्रणको लागि ०.०३ प्रतिशत डाइमियोएट वा ०.२५ प्रतिशत मिचाचाईल डिमेटोन वा ०.०१ मोनो क्रोटोफस किटनाषक विषादी सिफरीस गरीएको छ ।

पात खाने लाभ्रे 

यस किराले जिराका कलिला पातहरु खाएर नोक्सान पु¥याउछ । यस्को नियन्त्रणको लागि वालीको कलिलो अवस्थामा ०.०२ प्रतिशत फेस्फामिडन जीरा उम्रेपछि हुनुपर्छ ।

नेमाटोड 

पटेल र साथीहरु (Patel etal) कुनै पनि मसला वाली जस्तै ज्वानो, धनिय ,जिरा मेथी आदिपूर्ण रुपमा नेमाटोडको , असर रहित हुदैनन भन्ने निष्कर्ष गरेका छन तर सौफमा नेमाटोड लाग्दैन ।

खरोन रोग 

यस रोगको लक्षण पात र डाठमा सेतो धुलो देखा पर्छ । यस गोगको प्रकोप जीरा खेतिमा फूल फूल्ने समय देखि फल पाक्ने समय सम्म पनि लाग्न सक्छ । खासगरी फूलखेल्ने र गेडा लाग्नेद समयमा अत्यधिक मात्रामा देखा पर्छ । न्यानो र आद्र मौषममा बढि लाग्छ । फूल खेल्ने अगावै यो रोग लागेमा जीराको गेडा लाग्दैन भने फल लागेको अवस्थामा जीराका वोटमा यस रोगले आक्रमण गरेमा जीराको गेडा सानो हुन्छ र चाउरी पर्छ ।

यसरोगको नियन्त्रणका लागि लक्षण देखिनो साथ क्याराथियन २०–२५ ग्राम प्रति लिटर पानिमा मिसाएर छर्नुपर्छ । आवश्यक परेमा १०–१५ दिन पछि दोस्रो पटक छर्नु पर्छ । अथवा १ एम.एल. क्याराथियन प्रति लिटर पानीमा स्प्रे गर्ने ।

वोट वइलाउने रोग (Cumin Wilt)

यो जिरा वालीको सवै भन्दा डरलाग्दो रोग हो । यस रोलाई जिरा वालीको अवरोधको रुपामा चिनिन्छ । यो रोग पौषको पहिलो हप्तामा उम्रिएको ४–५ हप्ता पुगेको वालीमा देखा पर्दछ । यो रोग पौषको अन्तिम तिर वढि समस्या देखाउछ । यस रोगबाट प्रभावित विरुवाहरुको पात वटारिन्छ । पछि गएर सम्पूर्ण वोट मर्छ । कलिलो वोटमा वढि आक्रमण गर्छ । यो रोगको लागि रसायनिक नियन्त्रण छैन ।

वाली चक्रअपनाउने र निमको पानीको प्रयोग बाट रोग सर्नबाट रोक्छ । रोग नलागेको जग्गाको विउ मात्र प्रयोग गर्नु पर्छ । यस रोगको प्रभावकारी नियगन्त्रणको लागि रोग अवरोधक जात लगाउन सिफारीस गरेको छ। महता र साथिहरुले (१९९०) अनुसार कीटनासक औषधि र नेमाटोड नाषक औषधि कार्वोयुरान, फोरेटे र टेमिक आदिले माटो उपचार गरेमा रोग कम गर्छ ।

डढवा रोग 

रोग लागेको विरुवामा खैरो थोप्लाहरु देखा पर्छ जुन पछिगएर कालो बन्छ । प्राय रोगी वोटमा दाना लाग्दैन । दाना लागे पनी चाउरीएको हलुका र कालो रंगको लाग्छ । यो रोग नियन्त्रणको लागि ०.०२ प्रतिशत डाइथेन एम ४५ रोपेको ४० दिन पछि १० दिनको फरकमा छर्ने सिफारिस गरीएको छ ।

विषादिको राम्रो प्रभावकारीताको लागि प्रति लिटर पानीमा १ एम.एल सावुनको धुलाे मिसाउन सिफारिस गरिएको छ । वढि सिचाई आवश्यक पर्ने वाली र तोरी वाली जिरा खेतको नजिक लगाउन हुदैन । वोभिष्टीन ले वीउ उपचार गरी रोप्दा रोग कम लाग्दछ ।

व्रोडिक्स मिक्चर वा डाइचेन  ४५ वा डाईथेन जेड ७८ ले विरुवा र हप्ताको भए पछि १५ । १५ दिनको फरकमा फरकमा छर्नाले यो रोग नियन्त्रण गर्न सकिन्छ । यो रोग कम गर्न र उत्पादन बढाउन टपसिन एम. ९त्यउकष्ल ०.२ प्रतिशत र ०.३ प्रतिशतको (Topsin Mi) ले विरुवामा स्प्रेगर्नु सिफारिस गरिएको छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।