अहिले लिच्ची को सिजन हो । प्राय तराईमा फल्ने यो फल लाई फल को रानी पनि भनिन्छ । नेपाल को करिब ६२ जिल्लामा यसको खेति हुने गर्दछ । मध्ये नेपाल मा यसको उत्पादन ज्यादा छ त सुदुर पश्चिम मा न्युन छ । अब को केहि हप्तामा बजार मा लिच्ची धेरै नै देखन सकिन्छ । तर लिच्ची पाक्नु अगाबै फल फुट्ने समस्या भने ज्यादा हुन्छ ।

किन फल फुट्छ ( fruit cracking ?

यसका कारण हरु यस प्रकारको छन्

१. तापक्रम ३८ degree माथि हुनु , सापेछित आद्रता ६० प्रतिसत भन्दा कम हुदा र माटो मा चिस्यान न्युन हुदा ।

२, रात र दिनको तापक्रममा ज्यादा अन्तर र त्यसपछि २-३ चोटी बर्षात हुने अनि दिउसोमा टलक्क तापक्रम बढ्दा पनि फल फुट्ने हुन्छ ।

नियन्त्रण

मौसम सुख्खा हुदा र लित्ची फल परिपक्क हुने अवस्था मा लित्च्ची बगैचामा निरन्तर सिंचाई दिनु पर्छ ।

लित्च्ची बगैचा ओरिपोरी हावा अबरोधक रुख हरु लगाउनु पर्छ ।

जब लिच्ची केराउ दाना को साईज हुन्छ तब १ % बोरेक्स को घोल १५ – १५ दिनको फरकमा छर्नु पर्दछ ।

थोपा सिंचाई र फल पाक्ने बेला overhead sprinkler गर्नु पर्दछ ।

बोट लाई सकेसम्म परम्परागत रुपको छापो वा प्लास्टिक मल्चिंग गर्नुपर्छ ।

हामीले केहि थप जानकारी दिइएका छाै

आयुर्वेदिक गुण भएको चम्सुर खेती प्रविधि

वनस्पति वर्गको अङ्गियोस्पर्म, गण ब्रासिकेल्स, वंश लिपिडियम र प्रजाति लिपिडियम सातिभम भनिने अनि नेपालीभाषीहरूले चम्सुर वा चौंसुर भनेर चिन्ने यो झार वर्गको उद्भिद अत्यन्तै लाभकारी उद्भिद् हो जुन हामी सागको रूपमा प्रयोग गर्छौं भने त्यसको मसिना तोरीकाजस्ता अझ साना र झिना दानाहरूलाई पनि औषधिको रूपमा धेरै अघिदेखि प्रयोग गर्दैआएका हौं ।

यो उद्भिद अत्यन्तै लाभकारी र गुणकारी उद्भिद हो।चम्सुर चिसो हावापानीमा हुने तरकारी हो । यसको खेती हिउँद महिनामा तराईमा पनि हुन्छ तर हिउँद, वर्षा दुबैमा चिसो रहनेतर बढी तुषारो हिउँ नपर्ने ठाउँहरुमा बाह्रै महिना खेती गर्न सकिन्छ ।

यसको खेती कस्तो माटोमा गर्न उपयुक्त हुन्छ ?

यसको खेती प्रायः सवै प्रकारको माटोमा गर्न सकिन्छ तर प्राङ्गारिक पदार्थ प्रशस्त भएको मलिलो दोमट माटो सबैभन्दा उपयुक्त मानिन्छ।

यसका जातहरु

चम्सुरका उन्नत जातहरु भन्दा पनि आफ्नै स्थानिय जात यहाँको हावापानी माटोमा राम्रो फल दिई रहेको छ। काठमाण्डौ लोकल जात नै खानमा स्वादिलो र सबैले मन पराउने जात बनेको छ ।

यसको बीउ प्रति रोपनी जमिनमा कतिसम्म लाग्दछ

बीउको गुणस्तर राम्रो भएको चम्सुर ४०० देखि ५०० ग्राम प्रति रोपनी लाग्दछ ।

चम्सुर लगाउने जमीनको तयारी कस्तो हुनु पर्दछ ?

राम्रो बाली उत्पादनका लागि २-३ पटक खनजोत गरी डल्ला फोरी जग्गा सम्याउनु पर्दछ ।

प्रति रोपनी जमीनमा मलखादको मात्रा कति चाहिन्छ ?

एक रोपनी जमीनको लागि ५०० दरेखि ८०० के.जी. गोवरमल, २ के.जी. नाईट्रोजन, २ के.जी. फोस्फोरस तथा २ के.जी.पोटास जग्गा तयार गर्दा माटोमा हाल्नु पर्दछ ।

टपड्रेसको रुपमा पनि खाद्य तत्व दिनु जरुरी छ ?

बीउ उम्रेको २० देखि २५ दिनपछि १ के.जी.यूरिया मलले टपड्रेस गरेमा राम्रो उत्पादन लिन सकिन्छ ।

कति दूरीमा बीउ रोप्दा बढी उत्पादन लिन सकिन्छ

तयारी गरिएको जमिनमा हार देखि हारको दूरी१० से.मि. र वोट देखि वोटको दूरी ३ से.मि. मा बीउ रोप्दा उत्पादन राम्रो हुन्छ ।

कुन समयमा लगायो भने राम्रो उत्पादन लिन सकिन्छ

तराई क्षेत्रमा आश्विन देखि मंसिरसम्म, मध्य पहाडमा भाद्र देखि माघसम्म र उच्च पहाडमा बाह्रै महिना लगाउन सकिन्छ ।

यस बालीलाई गोडमेल र सिंचाईको कतिको जरुरी पर्दछ ?

यो छोटो अवधिको बाली भएकोले सिंचाईको निकै कम आवश्यकता पर्दछ। बाली अवधि भरमा १(२ पटकको गोडाई र २(३ पटकसम्म सिंचाईको आवश्यकता पर्दछ ।

कति अवधिमा उत्पादन लिन सकिन्छ

बीउ रोपेको ३० देखि ३५ दिनमा उत्पादन लिन शुरु हुन्छ र ४० देखि ४५ दिनमा पूरै बाली लिन सकिन्छ।

चम्सुर साग प्रति रोपनी कति सम्म उत्पादन गर्न सकिन्छ

उत्पादन यसको जात र माटोको मलिलोपन तथा सिंचाई आदिमा निर्भर रहन्छ तर औसतमा ५०० देखि ७०० के.जी.हरियो साग प्रति रोपनी उत्पादन गर्न सकिन्छ ।

यी वालीमा कस्ता कस्ता कीराहरुले आक्रमण गर्दछन्

हालसम्म कीराको कारणले बाली नोक्सानी भएको कमै देखिन्छ तर कुनै कुनै ठाउँमा हरियोकीराले आक्रमण गरेको पाईन्छ । यस्तो ठाउँमा २ मि.लि. नुभान प्रति लिटर पानीमा घोली छरेमा रोकथाम गर्न सकिन्छ ।

यी वालीमा कस्ता कस्ता रोगहरु देखा पर्दछ ?

कीरा जस्तै रोगको पनि त्यति धेरै प्रकोप भएको पाइन्न तर कतै कतै गाँठे जरे भन्ने रोग देखा परेको छ । यसको नियन्त्रणका लागि माटोमा चून राख्ने र घुम्ति बाली लगाएमा यसको सजिलै रोकथाम गर्न सकिन्छ ।

परबल खेती

परबल एक बहुवर्सिय लहरे तरकारी बाली हो । यसका कलीला फल भुटेर तरकारी वा अचार बनाएर प्रयोग गरिन्छ । यो पोसिलो तरकारी हो । यसका कलीलामुन्टा र पात पनि बाली को रूपमा हल्का पकाएर खाइन्छ ।काक्रो र फर्सी समुहका तरकारी बालीहरु मध्य यसमा बढीपौष्टिक तत्व पाइने भएकोले यसलाई राजा तरकारी भनिन्छ ।

परबलमा लउकामा भन्दा १० गुना बढी प्रोटिन पाइन्छ । परबलको औषधीय महत्व पनि छ।मुटु रदिमागका रोगिलाई यसको सेवन लाभप्रदहुन्छ । यसले रक्त संचारमा पनि सुधार ल्याउदछ । परबलकोउद्ग्म स्थल नेपालको पुर्बी क्षेत्र र भारतको आसम बङ्गल क्षेत्र मानिन्छ । नेपालमा यसको खेती तराई र भित्री तराईमा गरिन्छ ।

हावापानी र माटो 

परबलको खेती गर्न गर्मी तथा ओसिलो मौसम चाहिन्छ । प्रसस्त घाम र बर्षामा राम्रो सप्रन्छ । यसले पानी जमेको अवस्था र तुसारो सहन सक्दैन । पानीको राम्रो निकास भएको बलौटे दोमट तथा दोमटमाटोमा यसको खेती सप्रन्छ। माटोको पिएच मान ६-७ चाहिन्छ ।

जातहरु

सेता धर्सा भएको लामो

हरियो लामो

हरियो गोलो

फैजाबाद परबल १

फैजाबाद परबल ३

फैजाबाद परबल ५

जग्गा

गर्मी तथा सुक्खा समयमा २-३ पटक गहिरोसँग जमिन जोत्नु पर्दछ । रोप्ने बेलामा फेरी २-३ पटक खनजोत गर्नु पर्दछ ।ड्याङ३०० सेमी चौडा र २ ड्याङको बिचमा ५० सेमी फराकिलो कुलेसो बनाउनु पर्दछ । हार हार को बिचमा २००सेमी र बोट बोट को बिचमा १००सेमीफरकमा रोपिन्छ ।

प्रसारण बिधी 

परबलको बिउ रोपेर खेती गरिदैन । यसको जरा काटेर बनाएका १५ सेमी लामा तुक्रा वा लहरा कातेर बनएका ५० सेमी लामा तुक्रा रोपिन्छ । लहरा काटेका टुक्रा रोप्ने प्रचलन बढि छ ।

लहराका टुक्रालाई गोलो आकार कोबनाइ दुबैटुप्पा ५-१० सेमी जमिनमाथी पर्ने गरी १५ सेमी गहिराइमा रोपिन्छ । भाले र पोथीका फूल अलग अलग बोटमा हुने भएकोले भाले र पोथी बोटको अनुपात १:९ हुनु पर्दछ । यसरीप्रत्यक १० वटा बोट रोप्दा १भाले बोट रोप्नु पर्दछ । फली रहेको स्वस्थबोटकालहराहरु भदौ देखी कार्तिक सम्मनिकालीन्छ ।

लहरका सबै पातहरु हटाइन्छ । रोप्न लायक १ लहराको टुक्रा १०-१५ आख्ला भएको र ५०-६० सेमी लामो हुनु पर्दछ । १ रोपनी जमिनमा रोप्नको लागी २००-२५० लहराका टुक्राहरु आवस्यक पर्दछ ।

मलखाद 

१ रोपनी जमिनको लागि १ टन पाकेको गोबर वा कम्पोस्ट मल, ४ kg नाइट्रोजन, २ kg फस्फोरस र २ kg पोटाशको आवश्यकता पर्दछ। यिमध्य एक तिहाइ भाग नाइट्रोजन र गोबर मल, फस्फोरस र पोटाशको पुरै मात्रा सबै खाडलराख्नुपर्दछ ।

दोस्रो १ तिहाइ नाइट्रोजन फुल लाग्न थालेपछि र तेस्रो चाँही त्यसको १ महिन पछी थप मलको रुपमा दिनु पर्दछ। बायोजाम २ kg सुक्ष्मतत्वकोधुलो १ kg पिना आदि पनि हाल्न सके राम्रो उत्पादन लिन सकिन्छ।

बाली लगाउने समय 

ताजा लहरका टुक्राहरु असोज्क-र्तिकमा रोपिन्छ । बगरमा खेती गर्नको लागि भने असोज्क-र्तिकमा काटेका लहराका टुक्रा सानो ब्याडमा रोपेर जरा पलाएेपछी माघमा रोपिन्छ ।

गोडमेल 

जाडोमा परबलका लहरा हरु मर्दछन र बसन्तमा पुनस् नयाँ लहराहरु पलाउदछन् । मङ्सिरको अन्त्यतिर सुकेका लहराहरु र मुल लहराको आधा मिटर राखेर अन्य सबै लहराहरु काटेर फेदको माटो खुकुलो गरी मलखाद प्रयोग गर्नु पर्दछ ।

थाक्रास् पर्बलका लहरा चढाउन २ मिटर चौडा, १.२५ मिटर अग्ला र आवश्यकता अनुसारका लम्बाइका बास र सुतरी वा फलामको तारको छाप्रो बनाउनु पर्दछ ।

सिचाई 

लहरा रोपेपछी सिचाई गर्नु पर्दछ । सुख्खा गर्मी मौसममा ८-१० दिनको फरकमा सिचाई गर्नु पर्दछ। बर्षा यामा सिचाईको आवश्यकता पर्दैन। बर्षायामपछि असोज्क-र्तिकमा चिस्यान हेरेर १-२ पटक सिचाइ गर्नु पर्दछ ।

बाली टिपाइ 

परबलका पुरा बडेका कलीला फल फाल्गुन देखी कार्तिक सम्म लगातार टिप्न सकिन्छ। हप्ताको २ पटक परबल टिपिरहनुपर्दछ। फल टिपेपछी पानी हालेको भाडामा रखिन्छ।

उत्पादन 

पहिलो बर्ष ५००-१००० kg, दोस्रो र तेस्रो बर्ष १५००-२००० kg प्रती रोपनी परबलको फल उत्पादन हुन्छ ।

नोट : हामीले यो लेख कृषिपत्रिका डटकम बाट लिएका हौँ । कृषिपत्रिका डटकममा तपाईले कृषिबारे थप जानकारीहरु पढ्न सक्नुहुनेछ । यो लेख कृषिपत्रिका डटकममा पढ्नका लागि यो लिंकमा जानुहोस् । http://krishipatrika.com/

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।