वैज्ञानिकहरूका अनुसार काउकुती लाग्दा मानिसको दिमागको त्यही भाग सक्रिय हुन्छ जसले व्यक्तिलाई पीडाको पनि सूचना दिने गर्छ । त्यसैले काउकुती लगाउँदा मस्तिष्कले शरीरलाई पहिल्यै सतर्क गरिदिन्छ ।

कुनै व्यक्ति एकदमै रिसाएको बेलामा उसलाई काउकुती कम लाग्छ र लागेपनि हाँसो उठ्दैन । यसको उल्टो हामीले अर्को व्यक्तिलाई काउकुती लगाउँदा हामीमा कुनै पनि भय रहँदैन र हाम्रो दिमागको अन्य भागबाट प्राप्त संवेदात्मक संकेत नियन्त्रणमा रहन्छ ।

यसले गर्दा हामीलाई आफैंलाई काउकुती लगाउँदा हाँसो नउठेको हो । तर काउकुती लगाउँदा हाँसो उठ्ने नउठ्ने कुरा दिमागको स्थितिमा पनि भर पर्छ ।

वैज्ञानिकहरूका अनुसार काउकुती लगाउँदा शरीर खुम्चिन्छ । अनि हाड कम भएका अंगमा बढी काउकुती लाग्छ, जस्तो पेट र पाइताला ।

काउकुती दुईथरीका हुन्छन् : निसमेसिस र गार्गालेसिस । निसमेसिसमा शरीरमा हलुका स्पर्श हुँदा पनि छालाले मस्तिष्कलाई तत्कालै सन्देश पु–याउँछ । गार्गालेसिसमा चाहिँ पेट, कोखा र गलामा औंलाले छुँदा काउकुती लागेर हाँसो छुट्छ ।

हामीले केहि थप जानकारी दिइएका छाै

के हो चटयाङ ? चट्याङ परेका बेला कसरी जोगिने सम्पुर्ण जानकारी सहित

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो ।

यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो पूर्णतः प्राकृतिक खतरा हो । साधारणतयाः चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन । अपवादको रूपमा ६० किलोमिटरसम्म सुनिएको रेकर्ड छ ।

आवाजविनाको चट्याङलाई “उष्ण बिजुली” भनिन्छ । सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन् । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् । यसको पूर्वानुमान लगाउन सकिँदैन । यो वर्षा भएका ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ । त्यसैले चट्याङ परेका बेला अपनाउनुपर्ने र त्यसका लागि पूर्वतयारी गरेमा यसबाट हुने क्षतिको जोखिम कम गर्न सकिन्छ ।

सूर्यको तापक्रमले पृथ्वीको जमिनको सतहको तापक्रम बढ्छ । सो तापक्रमले पृथ्वीको सतहमा रहेको जलाशयका स्रोतहरू जस्तै– ताल, तलाउ, नदी, सागर, महासागरबाट वाष्पीकरण विधिबाट पानीका कण माथितिर उड्दै जान्छ । यसरी जमिन तातेर वाष्पीकरण विधिबाट माथि गएका पानीका कणहरूले बादलको रूप लिन्छ ।

बादल हावाको माध्यमबाट गतिमान हुन्छ । यसरी गतिमान हुँदा विभिन्न बादलबीच हुने घर्षणबाट चार्जहरू उत्पन्न हुन्छन् । ती पानीका कण विभिन्न तहमा विभिन्न तापक्रममा बसेका हुन्छन् । जब पानीको मात्रा बादलमा पर्याप्त मात्रामा पुग्दछ, बादलको तह बाक्लिँदै जान्छ, जसलाई क्युमलोनिम्बस भनिन्छ ।

धेरै बाक्लो भएपछि यसबाट प्रकाश छिर्न नसक्ने हँदा कालो हुने भएकाले यस्तो बादललाई कालो बादल पनि भनिन्छ । जब कालो बादल आकाशमा देखा पर्दछ, चट्याङ पर्ने सम्भावना बढी हुन्छ । यसको तल्लो भागमा प्रशस्त मात्रामा पानीका थोपाहरू रहेका हुन्छन् भने माथिल्लो भागमा धेरै चिसो तापक्रम हुने भएकाले बरफको टुक्रा हिउँ, असिना आदि रहेका हुन्छन् ।

जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै फरक पर्दछ र बादलहरू नै आपसमा गतिमान भई छिटो–छिटो हिँड्छन् । जसको कारण बादलभित्र हुरीबतास तलमाथि चल्छ । यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा भई धनात्मक तथा ऋणात्मक चार्जहरू उत्पन्न गराउँछन् ।

सुरुसुरुमा आकाशको माथिल्लो भागमा बादलभित्रै बिजुली चम्किने गर्दछ । यस्तो चट्याङलाई बादलदेखि बादलबीचको चट्याङ भनिन्छ, जसले पृथ्वीमा भएको वस्तुहरूमा असर गर्दैन तथा पृथ्वीमा कुनै मानवीय हानि–नोक्सानी हुँदैन बादलभित्र भएका हुरीबतास धेरै समयपछि बादलबाट बाहिरतिर निस्कन थाल्छन् ।

फलस्वरूप पृथ्वीको सतहमा आँधिबेहरी चल्न थाल्छ । घर्षणका कारणबाट चार्जहरू धेरै मात्रामा बनेपछि बादलमा भएका चार्जहरूको कारणले पृथ्वीमा पनि विपरीत किसिमका चार्जहरू उत्पन्न हुन्छन् । यसरी आकाशमा भएको बादलका चार्जहरू र पृथ्वीमा भएको विपरीत चार्जहरूमा विभिन्न प्रतिक्रिया हुन्छन् ।

आकाशमा एक बिजुली चम्किने बेलामा पृथ्वीको वायुमण्डलको तापक्रम अत्यधिक मात्रामा बढ्ने गर्दछ । यसले वायुमण्डललाई आकस्मिक रूपमा तताइदिने र सो तापक्रम लगभग ३० हजार डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिक अध्ययन–अनुसन्धानले देखाएको छ । यसरी तातिएपछि वायुमण्डलको आयतन एक्कासि वृद्धि हुँदा ठूलो आवाज निस्कन्छ, जसलाई मेघ गर्जन भनिन्छ ।

त्यसैकारणले चट्याङ पर्ने र मेघ गर्जन हुने घटना एकैसाथ हुने गर्छ । जब आकाशमा छिटो–छिटो बिजुली चम्कने र मेघ गर्जन थाल्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको डर बढ्दै जान्छ र चट्याङबाट हानि–नोक्सानी हुने खतरा बढी हुन्छ । त्यससँगै विस्तारै पानी पनि पर्न थालेमा बादलबाट निस्कने हुरीबतास र वर्षासँगै बादलमा भएका चार्जहरू पनि बहन्छन् र विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर बग्दछ । यस्तो बेलामा पानीमा भिज्ने व्यक्ति वा अन्य कुनै वस्तुलाई विद्युतीय प्रवाह लाग्ने डर अत्यधिक मात्रामा हुन्छ ।

कसरी पर्छ चट्याङ ?

चट्याङ भनेको एक प्रकारको विद्युतीय चार्ज हो । वास्तवमा वायुमण्डलको सबैभन्दा तल्लो तह ट्रोपोस्फेयरमा धनात्मक र ऋणात्मक चार्ज भएका बादलहरूबीचको घर्षण तथा तिनीहरूबीचको विकर्षण र खण्डीकरणका कारण ठूलो शक्ति उत्पत्र हुन्छ । जसबाट ताप, प्रकाश र ध्वनि वा गर्जन एकैसाथ निस्कन्छ ।

त्यसलाई हामी बिजुली चम्किएको, गर्जिएको वा चट्याङ परेको भनेर बुझ्छौँ । तर यसरी एकैसाथ ताप,प्रकाश अनि ध्वनी निस्कने भएपनि बिजुली चम्किएको केही छिन पछि मात्र गर्जन सुनिन्छ । सोको कारण प्रकाशको गति ध्वनीको गतिभन्दा बढी हुने भएकाले हो । प्रकाश १ सेकेन्डमा ९,६०,००० किलोमिटर टाढा पुग्छ भने आवाज मात्र ३३० किलोमिटरको मात्र दुरी तय गर्छ ।

यसरी विपरीत चार्जभएका बादलहरूबीचको प्रतिक्रिया वा घर्षणबाट हजारौँ डिग्री सेल्सियससम्म ताप उत्पत्र हुन्छ । सामान्य चट्याङको बिधुतिय शक्ति एक अर्ब भोल्टसम्मको हुन्छ । बिजुली चम्कँदा उत्पन्न हुने ताप शक्ति सूर्यको सतहको तापक्रमभन्दा पाँच गुणा बढी हुन्छ ।

क्युमुलोनिम्बस नामको जलवाष्पयुक्त बादल नै चट्याङको मुख्य कारण हो । यसमा प्रशस्त मात्रामा विपरीत विद्युतीय ध्रुवको निर्माणमा भने हावाहुरी, सौर्य विकिरण, जलचक्रको प्रक्रिया, आद्रताजस्ता प्रक्रियाले सहयोग पुर्याउँछन् । वाष्पीकरणका कारण जब ऊष्ण र आद्र हावा जोडसाथ माथि जान्छ र सेलाउँदै क्युमुलोनिम्बस बादल बन्छ ।

चट्याङ यही बादलबाट निस्कने ऊर्जाको उपज हो । यो वायुमण्डलमा देखिने बिजुलीको धार हो । आकाशबाट झर्छ भत्रे परम्परागत सोचाइ हाम्रो गाउँघरमा छ, तर त्यस्तो धारणा सत्य होइन । चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठूलो परिमाणको विधुत र तापशक्ति पृथ्वीमा आउँछ जसले सामुत्रेको जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्छ ।

मोर्डन इन्स्टिट्युसन अफ एस्ट्रोनोमिकल साइन्स एण्ड रिसर्च सेन्टरको अनुसार ठुलो परिमाणको बिधुत वहन कुनै माध्यमको आवश्यकता पर्दैन तर बहनको क्रममा बाटोमा भेटिएका माध्यमको भने यसले उपयोग गर्छ । फलस्वरुप यसको प्रत्यक्ष असर प्राय ठुलाठुला रुख मा पर्छ । बिधुत बगेको रुखले ठुलो परिमाणको बिधुत परिबहन सहन नसक्ने हुनाले यो चिरा पर्छ वा फुट्छ ।

चट्याङले जमिन जोत्ने धारणा भने केही हदसम्म सत्य हो । चट्याङसँगै आएको बिधुत शक्ति जमिनमा प्रवेश गर्ने क्रममा जमिनको सतहमा पृथ्वीमा भएको चार्ज र चट्याङको बिद्युतीय चार्जसँग प्रतिक्रिया हुन्छ र जमिनको थोरै सतही क्षेत्रफलमा उथलपुथल मच्चिन्छ र जमिन च्यात्तिएर चिरा पर्छ ।

पृथ्वीको दुई चुम्वकीय ध्रुव, दक्षिणी र उत्तरी ध्रुवको कारणले चार्ज उत्पादन भईरहेको हुन्छ । जव बिजुली चम्कन्छ तब पृथ्वीमा बहिरहेको चार्ज र चट्याङको बिद्युतीय चार्जको बीचमा आकर्षण पैदा हुन्छ । यसैकारण चट्याङ पर्दाको बिजुली उँभो नगइ जमिन तिरनै आउने गर्छ । सामान्यतया हावाहुरी, घना वर्षा वा हिमपातसँगै चट्याङ पर्छ,तर पनि कहिलेकाही वर्षापूर्व वा वर्षा नभै पनि चट्याङ पर्छ ।

चट्याङ्को समय

सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ । पृथ्वीमा बाह्रैमहिना हरेक दिन हजारौं चट्याङ परिरहेको हुन्छ । तर मनसुन अघिपछि बादलको उचाईं धेरै हुने र अरूबेला भन्दा धेरै पटक ठूलो चट्याङ पर्ने भएकाले तीव्र र बढी खतरा हुन्छ । भेनेजुयलाको माराकाइबो ताल क्षेत्रमा संसारको सबैभन्दा बढी चट्याङ् पर्दछ । यस क्षेत्रमा प्रत्यक मिनेटमा करिब २८ पटक चट्याङ् पर्दछ ।

चट्याङ सँग जमीनमा झर्ने वस्तुहरू

चट्याङ् एक विद्युतिय करेण्ट हो तर पनि चट्याङ् सँग ढुङ्गा जस्तै कडा धातुहरूको आगमनको अनुमान गरिन्छ । जसले गर्दा चट्याङ् परेको रुखमा बोक्राहरूका साथै कतै कतै त हाँगा समेत खसेको देखिन्छ। पश्चिम नेपालको भाषामा चट्याड्लाई “चिड्को” “चिर्को” भनिन्छ । उनिहरूको अनुमानमा चट्याङ्मा बन्चरो, ओदान, निकान, पेठो आदी वस्तुहरू खस्छन् । कतिपय मान्छेले चट्याङ् परेको रुखमुनी खनेर निकालिएका बन्चरा आकारका ढुंगाहरू तान्त्रिक प्रयोग गरि रहेको पनि देखिएको छ । यस्ता वस्तुहरू कमै मात्रामा भेटिन्छन् । गाईको गोबर, केराको बोट, बाधो पहराको सम्पर्कमा आए पछि यस्ता वस्तुहरू जमीनमै रहने जन विश्वास छ ।

चट्याङ्का असरहरू

क्युमुलोनिम्बस बादमा हुने थन्डरस्ट्रोम प्रक्रियाको उपज हो चट्याङ । चट्याङ सँगै पृथ्वीको सतहमा रहेका भौतिक तथा जैविक वस्तुहरुमा क्षति पुग्ने त छँदैछ थन्डर स्ट्रोम प्रक्रियाका अरु धेरै असरहरु पनि छन् । ठूलो आवाजको गड्याङ गुडुङ मानिसलाई सुन्नका लागि पनि निकै डरलाग्दो हुन्छ भने जति धेरै आकाश गज्र्यो उति धेरै वषर हुने गरेको पनि सबैले अनुभव गरेको कुरा हो ।

क्युमुलोनिम्बस बादलमा हुने थन्डरस्ट्रोम प्रकृयाले ठूलो हावाहुरी , आँधीवेहेरी , असिनापात , तथा टोर्नाडो , साइक्लोन जस्ता विनाशकारी आँधी समेत ल्याउने गर्छ । भुमध्यरेखिय क्षेत्रहरु तथा समुद्रको नजिक पर्ने क्षेत्रहरुमा चट्याङ सँगै यस्ता प्राकृतिक विपत्तिहरु आउने गर्छन् । त्यस्तै निकै ठूलो वर्षा का कारण बाढि , पहिरो जस्ता विपद पनि यही वायुमण्डलीय उर्जाका परिणति हुन् ।

चट्याङका फाइदा

आकाश गर्जने , विजुली चम्किने वा चट्याङ पर्ने प्रक्रिया हानीकारक मात्र होइन फाइदाजनक पनि हुन्छ । पर्यावरणीय सन्तुलनको लागि चट्याङ पर्ने बेलामा उत्पन्न हुने तापिय उर्जा निकै महत्वपूर्ण हुन्छ । आकाशमा विपरित चार्ज भएका बादलहरुबीचको घर्षण ले जुन ठूलो मात्राको तापिय उर्जा उत्पन्न गर्छ त्यसले गराउने रासायनिक प्रतिक्रियाबाट उत्पन्न हुने पदार्थ वनस्पतीहरुका लागि फाइदाजनक हुन्छ ।

वायुमण्डमा ग्यासको रुपमा रहेको ठूलो परिमाणको नाइट्रोजनलाई वनस्पतीले ग्रहण गर्नसक्ने खालको नाइट्रेटको रुपमा बदल्ने काम त्यही तापिय उर्जाले गर्छन । विजुली चम्किँदा उत्पन्न भएको अत्यधिक तापक्रममा नाइट्रोजन ग्यास अक्सिजन ग्यास सँग मिलेर नाइट्रेट बन्दछ जुन पदार्थ वर्षासँगै पृथ्वीमा आउँछ माटोमा मिल्दछ जसलाई विरुवाले मलको रुपमा लिन्छन् । त्यसकारण पनि गड्याङ गुडुङ सहित परेको पानी मलिलो हुन्छ भनेर बुढापाकाले भन्ने गर्छन् ।

गड्याङगुडुङ सहित परेको पानीले युरिया मलमा भएको जस्तै पोषण तत्व बोकेको हुन्छ त्यसैले बालीनाली वा बोटविरुवाका लागि यो निकै फाइदाजनक हुन्छ । त्यसकारण हाम्रा भौतिक संरचना वा जनधनको विनाश गर्ने रुपमा आएको चट्याङ हाननीकारक भएपनि जुन प्रक्रियाद्धारा चट्याङ पर्छ त्यो बोटविरुवा , बालीनाली वा अन्ततः हाम्रै लागि निकै फाइदाजनक र अत्यावश्यक छ ।

चट्याङबाट कसरी बच्ने ?

थन्डरस्ट्रोम प्रक्रियाद्धारा विजुली चम्किने , चट्याङ पर्ने , गर्जन हुने , वर्षा , हुरी वा आँधीबेहेरी हुने लगायतका प्रकोपहरु सिर्जना हुन्छन् । चट्याङ सबैभन्दा बढि भयानक प्रकोप मानिन्छ । हुनत चट्याङ पर्दा पृथ्वीमा आउने ताप र विद्युत उर्जा निकै छोटो समयसम्म मात्र रहन्छ । तरपनि ठूलो परिमाणको उर्जा हुने भएकाले यो प्रलयकारी हुन्छ । चट्याङबाट मानिस , जिवजन्तुको मृत्यु हुने , हरिया रुखहरु समेत मर्ने समेत हुनसक्छ । भौतिक संरचनाहरुमा चट्याङ परेमा आगलागी हुने , विद्युत , टेलिफोन लगायतका पोल तथा स्टेशन समेत चट्याङको बढि जोखिममा हुन्छन् ।

चट्याङबाट बच्नको लागि

फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने, विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने ।

बिजुली चम्केको आधा घन्टासम्म पानी परेको क्षेत्रको १० माइलको परिधिमा कतै ननिस्कने ।

सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने ।

खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्नेस अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने ।

बिजुलीको व्यवस्था भएको ठाउँमा अग्ला घरहरूको निर्माण गरेमा लाईटनिङ रडको प्रयोग गर्ने

पानी परेको वा गर्जिएको बेला घर बाहिर ननिस्किने

यस्तो बेला ठूला रुख , विजुलीका तार , पोल तथा ट्रान्समिटरको तर नबस्ने

घर बाहिर भए कुनै सुरक्षित ठाउँ वा ओडारमा बस्ने

विजुलीको राम्रोसँग अर्थिङ गर्ने

भवन तथा अरु अग्ला संरचनामा चट्याङ पर्न नदिन त्यस्ता संरचनाको सबैभन्दा माथिल्लो भागमा धातुजन्य एन्टेना राखी त्यसमा तार जोडेर जमिनमा लगेर र गाड्नुपर्छ जसका कारण त्यस क्षेत्रमा चट्याङको बेला विद्युतिय चार्ज आएमा तार हुँदै पृथ्वी सम्म पुग्छ र क्षति गर्न पाउँदैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।